तानसेन (पाल्पा)। यहाँको माथागढी गाउँपालिका र रम्भा गाउँपालिकामा एक पुरुष र एक महिला मृतावस्थामा फेला परेका छन्।

आज दिउँसो माथागढी गाउँपालिका–४ झडेवास्थित खोल्सामा सोही ठाउँका ४९ वर्षीय रेशमराज सार्की मृतावस्थामा फेला परेका छन्। सार्की पाँच दिनअघि आफन्तको घरमा गएको र मंगलबार आफन्तको घरबाट फर्किएको भनिए पनि साँझ अबेरसम्म घर नपुगेपछि परिवारले खोजतलास गरेका थिए।
खोजतलास गर्ने क्रममा आज दिउँसो जंगलमा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनील मल्लले जानकारी दिए। उनका अनुसार घटनाको प्रारम्भिक अनुसन्धानपछि शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको छ।
त्यसैगरी रम्भा गाउँपालिका–३ राम्दीस्थित कालीगण्डकी नदीको खोंचमा एक महिला मृतावस्थामा फेला परेकी छन्। बगनासकाली गाउँपालिका–६ दर्पुककी ३४ वर्षीया गङ्गा माझी मृतावस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए। दर्पुक माइती घर भएकी माझी बगनासकाली– ५ मा मानबहादुर दर्लामीको घरमा डेरा लिइ बस्दै आएकी थिइन्।

मृतावस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबरका थिए। खबरलगत्तै प्रहरी चौकी राम्दी र जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान गरी शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा पठाइएको छ। दुवै घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सामाग्री श्रोत :