काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्र लेख्ने सर्वोच्च अदालतका अधिकृत महिमानसिंह बिष्ट आफैं पक्राउ परेका छन् । स्रोतका अनुसार उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसरमा राखिएको छ ।

सर्वोच्चका अधिकृत बिष्टले प्रहरीलाई पत्र लेख्दै रेशम चऔधरीलाई पक्राउ गर्न पठाएका थिए । उनले लेखेको प्त्र अनाधिकृत भएको भन्दै उनलाई हिरासतमा लिइएको बताइएको छ । उनले लेखेको पत्रकै आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेर डिल्लिबजार कारागार चलान गरेको थियो ,
रेशमलाई रिहा गर्न सर्वोच्च अदालतले पत्र पठाउने भएको छ । बुधबार बिहान जारी भएको भनिएको पत्र आधिकारिक नभएको भन्दै सर्वोच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्ने तयारी गरेको हो ।
सर्वोच्च प्रशासनको बैठकमा विष्टसँग पत्र लेख्नुको आधार सोधिएको थियो । उनले आफ्नै विवेकले पत्र लेखेको बयान दिएका थिए ।

सामाग्री श्रोत :
रेशम चौधरीलाई पक्राउ गर्न पत्र काट्ने सर्वोच्चका कर्मचारी आफैं पक्राउ