२०८२ बैशाख १८ बिहीबार
२०८२ बैशाख १८ बिहीबार

स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !

२०२४ पास आउट अर्थात् पास भएको एक वर्ष पनि नबित्दै सामाजिक सञ्जालमा पोस्टाइएका साथीभाईका हर्षका तस्बिरहरू शुभयात्रा मित्रजन, अस्ट्रेलिया, अमेरिका, क्यानडा, दुबई तथा जर्मनीको यात्रा सफल रहोस्। बाँकी साथीहरू पनि विदेशकै प्रक्रियामा छन्। कोही  ओपीआरएको  तयारीमा, कोही डीएचएको  तयारीमा, कोही एनएपीएलईएक्सको  तयारीमा, त कोही पीईबीसीको तयारीमा जुटेका छन्। यसको मतलब मसँग आबद्ध भयका ९० प्रतिशत साथीभाई वैदेशिक यात्राको तयारीमा जुटेका छन् भन्दा फरक नपर्ला। अहिलेको वर्तमान परिस्थितिमा भविष्यको खोजीमा र भवितब्यबाट बच्नका लागि पनि वैदेशिक यात्रा एक नविनतम उपाय बन्न पुगेको छ। 

नेपाल फार्मेसी काउन्सिलमा २०८२ वैशाखसम्ममा जम्माजम्मी ७,४३० जना फार्मासिस्टहरू दर्ता छन्। जुन देशको मागभन्दा निकै कम जनशक्ति हो। तर देशलाई हेरेर न त आफ्नो पेट भरिदो रहेछ न त परिवारको भर्न नै सकिदो रहेछ। चार वर्षीय फार्मेसी विषय अध्ययन गरिसकेपछि मात्रै स्नातक सरहको डिग्री प्राप्त हुन्छ अनि केही व्यवसायमा आबद्ध हुन काउन्सिलमा दर्ता हुनै पर्यो। त्यसको लागि पनि पुन दिमाग खियाउनै पर्यो। चार वर्षमा अध्ययन गरेको विषयबाट सोधिने १५० वटा वस्तुगत प्रश्नमा ५० प्रतिशत अङ्क ल्याउन नसके अर्को काउन्सिलको परीक्षा मिति कुर्नु बाहेक वैकल्पिक छैन।

काउन्सिलमा दर्ता भइसकेपछि चाहिँ जागिरको लागि प्रक्रिया अघि बढाउने क्रममा अन्तर्वार्ता दिइन्छ, जागिर पाइयो पनि अनि बिछिप्त बनाउने घटनाको लावालस्कर सुरु हुन्छ यहाँबाट। 

प्रथम त पारिश्रम
सानै उमेरदेखि प्राविधिक विषय पढ्दा जागिर पाउन सजिलो हुन्छ तलब राम्रो हुन्छ भन्ने जोसुकैले पनि सुन्दै आएका छौं तर यो कालान्तरको कथा रहेछ भन्दा फरक नपर्ला। फार्मेसी पेसामा आबद्धको तलब २२ हजार देखि ३५ हजारसम्म छ भन्दा धेरैलाई विश्वास गर्न गाह्रो होला। तर पेसाको वास्तविकता र फार्मेसी पेसामा आबद्धको हकिकत यहि नै हो। चार वर्षको कडा मेहनत, अथाह औषधिको एकएक सुत्र र डोजको रटान, उच्च शिक्षासूल्क, तर पारिश्रम न्यून जुन पारिश्रमले, न त पढ्दा साहुसँग लिएको ऋण तिर्न सकिन्छ न त आन्नदले परिवारको पेट नै पाल्न सकिन्छ। अनि विदेश नहानिएर के गर्ने। 

दोस्रो प्रतिष्ठा 
अझै पनि फार्मेसीलाई पसलेको रुपमा चिनिन्छ। देशको स्वास्थ्यमन्त्री जस्तो ओहदामा बसेकालाई फार्मेसी स्वास्थ्यकै एउटा संकाय हो भन्ने पनि थाहा छैन अनि प्रतिष्ठाको खोजीमा विदेश नहानिएर के गर्ने?

तेस्रो सुविधा 
एकै स्थानमा वा एकै जागिरमा रहिरहन प्रेरणाको ऊर्जा आवश्यक पर्छ। सुविधाको माग हुन्छ। तर जहाँ सुविधाको कमी हुन्छ त्यहाँ अन्य विकल्पहरूको खोजी कार्य हुन्छ। आदर्शका शब्दहरू, देशप्रतिको चिन्तन यी सबैको परिकल्पना गर्न यो कुनै सत्ययुग होइन। आदर्शवान बनेर देशमै भविष्य बनाउँछु भनेर कसैले सपना देख्छ भने ३०, ३५ हजारमा आकाशको फल आँखातरी मर सरह नै हो।

चौथो हेपिएको पेसा

आजको समयमा २५ देखि ३० हजार भनेको सामान्य काम गर्ने व्यक्तिले पनि कमाउँछन्। जुन कमाईले आजको महङ्गीसँग जुध्ने दक्षता पनि राख्न सक्दैन। लोकसेवा लड्नको लागि भने विज्ञापन मरेतुल्य खुल्छन्। यदि केही गरी खुल्यो भने माग सङ्ख्या एक हुन्छ। त्यसको लागि पनि कि त कोही ब्यक्ति सिफारिसको लागि भैदिनु पर्यो होइन भने लाखौंका बिटा तेर्साउने क्षमता हुनु पर्यो। जुन देशमा लाखौं खर्चेर पढ्ने अनि कामको लागि पनि लाखौं तेर्साउन पर्ने हो भने विदेश बैकल्पिक बाहेक अन्य सायदै होला। अझ फार्मेसी पेशामा आबद्ध भएकाको सूचाङ्कन छैन। निगमले समयसमयमा गर्नुपर्ने निरीक्षण पनि समयमा छैन। बजार व्यवस्थापन लथालिङ्ग छ। सम्बन्धित निकायको ध्यानाकर्षण कमजोरी भएको पाइन्छ। त्यसैले पनि हेपिएको पेशामा सूचित पर्यो।

त्यसैले यी सबै तनावहरूबाट छुट्कारा पाउनका लागि अस्ट्रेलिया, अमेरिका, क्यानडा, दुबई, र जर्मनीको यात्रा रोज्ने साथीहरूप्रति पनि सम्मान व्यक्त गर्नैपर्छ। उनीहरूको संघर्षको यात्रालाई शुभकामना व्यक्त गर्नैपर्छ। भविष्यको खोजिमा विदेश पलायन हुने साथीभाईलाई पनि उच्चताको कामना गर्नैपर्छ। शुभकामना।।


 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट