२०८२ भाद्र २२ आईतवार
२०८२ भाद्र २२ आईतवार

बीपीकेआईएचएसमा स्नातक अध्ययनरत विद्यार्थीका लागि अनुसन्धान वर्कसप

धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान)का स्नातकका विद्यार्थीहरुलाई अनुसन्धान बारे जानकारी दिनुका साथै सीप विकास गर्ने दुई दिने अनुसन्धान वर्कसप आयोजना गरिएको छ। प्रतिष्ठानमै सञ्चालित वर्कसपममा मेडिसिन, डेन्टल, नर्सिङ र एलाइड मेडिकल साइन्सेजका गरी ३० जना बढीको सहभागिता रहेको थियो।

मेडिकल शिक्षाका साथै अध्ययन/अनुसन्धानको ज्ञान जरुरी रहने भएकाले उक्त वर्कसप गरिएको प्रतिष्ठानको कलेज अफ डेन्टल सर्जरीका असिस्टेन्ट प्रोफेसर डा उज्वल गौतमले बताए। उनल भने,  ‘किताबी ज्ञानले मात्रै एक दक्ष चिकित्सक बन्न सकिदैन। अनुसन्धानमा रुचि जगाएमा उनीहरुले नयाँ कुरा पत्ता लगाउने कोशिस गर्नुका साथै नयाँ प्रोटोकल र तौरतरिकाबारे अध्यावधि हुने बानीको विकास हुन्छ।’ अन्य ठाउँमा स्नातकोत्तरपछि अनुसन्धानमा जोड दिने भएपनि वीपीले स्नातकबाटै सिकाउने गरेको उनले बताए। 

उक्त वर्कसपका लागि भारतको प्रतिष्ठित संस्था पीजीआई चन्डिगढबाट डा विकास मेदी र अन्य विज्ञहरु आएका थिए। अनुसन्धानलाई पनि उत्तिकै जोड दिने प्रतिष्ठानका निमित्त उपकुलपति समेत रहेका डा सञ्जिव शर्माले विद्यार्थीहरुलाई अनुसन्धानको महत्वका विषयमा जानकारी दिएका थिए।  डा मेदी पीजीआईको फर्माक्लोजी विभागका साथै भारतको अनुसन्धान क्षेत्रका विभिन्न सरकारी समितिहरुमा रहेका छन्। विशेषगरी खोपलाई लिएर निर्णय दिने समितिमा उनको उपस्थिति रहन्छ।

कार्यक्रम कोहेजन परियोजना-आई मल्टिनेशनल रिसर्च परियोजनाले संयोजन गरेको हो। जुन परियोजनामा नेपाल, भारत, मोजाम्बिक र पेरु रहेका छन्।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट