२०८२ बैशाख १७ बुधबार
२०८२ बैशाख १७ बुधबार

वेबसाइटबाट पनि भ्वाइस र भिडिओ कल गर्न मिल्ने सुविधा ल्याउँदै ह्वाट्सएप

काठमाडौँ । चर्चित मेसेजिङ एप ह्वाट्सएपले वेब संस्करणमार्फत पनि भ्वाइस र भिडिओ कलिङको सुविधा दिने संकेत गरेको छ । ह्वाट्सएपको अपडेटबारे जानकारी दिने डब्लूएबेटा इन्फोका अनुसार ह्वाट्सएपको वेब संस्करणमा अब कल गर्ने आइकनहरू देखिन थालेका छन् । यसले वेब ब्राउजरमै बसेर सिधै कल गर्न मिल्ने सम्भावना देखिएको छ । 

हालसम्म ह्वाट्सएप प्रयोगकर्ताले मोबाइल एप वा डेस्कटपका लागि छुट्टै एप डाउनलोड गरेर मात्र भ्वाइस वा भिडिओ कल गर्न पाउँछन् । अघिल्लो महिनाको अपडेटमा ह्वाट्सएपले प्राइभेट र ग्रुप च्याटमा भ्वाइस र भिडिओ कल सुरु गर्ने तरिका परिवर्तन गर्दै नयाँ ‘कल ड्रपडाउन’ मेनु थपेको थियो । 

अब भने वेब संस्करणमै फोन र क्यामेरा आइकन देखिन थालेपछि ह्वाट्सएपले यो सुविधा थप व्यापक रूपमा ल्याउन लागिरहेको अनुमान गरिएको छ । यो सुविधा आधिकारिक रूपमा सार्वजनिक भयो भने प्रयोगकर्ताले मोबाइल एप डाउनलोड नगरीकनै क्रोम, एज, सफारी जस्ता वेब ब्राउजरमा बसेर कल गर्न सक्नेछन् । 

यसले ह्वाट्सएपलाई माइक्रोसफ्ट टिम्स जस्ता बहुप्रयोगी सञ्चार प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न सक्षम बनाउने विश्लेषण गरिएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १६, २०८२ १५:४६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट