२०८२ बैशाख १६ मंगलवार
२०८२ बैशाख १६ मंगलवार

सबै बालबालिकाको भविष्य सुनिश्चित गर्न आवश्यक छः मन्त्री सुडी

गोदावरी (कैलाली) । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले सरकारले सन् २०३० भित्र सबै बालबालिकाका लागि स्वस्थ, सुरक्षित र समुन्नत जीवनको आधार तयार गर्ने लक्ष्य लिएको बताएका छन्।

आज धनगढीमा आयोजना गरिएको राष्ट्रिय बालबालिका नीति, २०८० को कार्यान्वयन कार्ययोजना मस्यौदामा राय सुझावसम्बन्धी प्रदेशस्तरीय छलफलमा उहाँले सबै बालबालिकाको भविष्य सुनिश्चितताका लागि नीति लागू गर्न सरकारले तयारी अघि बढाएको बताए।

नेपालको संविधान, बालबालिकासम्बन्धी ऐन २०७५, नियमावली २०७८, सोह्रौँ योजनाका साथै बालअधिकारसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिहरूले निर्धारण गरेका मापदण्ड र मार्गनिर्देशनहरूलाई व्यवहारमा उतार्न कार्ययोजना तयार गरिएको मन्त्री सुडीको भनाइ थियो। उनले नीति लागू भएपछि बालबालिकाको स्वास्थ्य, पोषण, शिक्षा, खेलकुद, संरक्षण, सहभागिता र सर्वाङ्गीण विकासमा समान र समावेशी पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सरकारले बालबालिकासम्बन्धी सबै कानुनी र नीतिगत प्रतिबद्धताहरूको कार्यान्वयनमा जोड दिएको बताउँदै मन्त्री सुडीले विशेषगरी शारीरिक, मानसिक हिंसा, शोषण, विभेद र उपेक्षाबाट मुक्त समाज निर्माण गर्ने लक्ष्य लिएको बताउनुभयो । प्रारम्भिक बालविकास, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत सम्पूर्ण व्यक्तित्व विकासका पक्षलाई समेटेर कार्ययोजना अघि सारिएको उहाँको भनाइ छ।


सामाग्री श्रोत :

सबै बालबालिकाको भविष्य सुनिश्चित गर्न आवश्यक छः मन्त्री सुडी

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट