२०८२ बैशाख १३ शनिबार
२०८२ बैशाख १३ शनिबार

शिक्षकहरूले आन्दोलन रोकेर विद्यार्थीको अधिकार प्राप्तिमा सघाउनुपर्छ : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले शिक्षकहरूले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्ने बताएका छन्।

शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै पूर्वअर्थमन्त्रीसमेत रहेका सांसद महतले यस्तो बताएका हुन्।

उनले शिक्षकका जायज र राज्यले थेग्न सक्ने मागहरू सम्बोधन गरिनुपर्ने समेत बताए। उनले विद्यालय शिक्षा ऐन टुङ्ग्याउन अझै केही समय लाग्ने भएकाले शिक्षकहरूले सहजीकरण गरिदिनुपर्ने बताए।

उनले सरकारतर्फबाट वार्ता गरेर तत्काल पूरा गर्न सकिने माग पूरा गर्ने र नसकिने विषयमा शिक्षकहरूलाई सम्झाउन जरुरी रहेको बताएका छन्।


सामाग्री श्रोत :

शिक्षकहरूले आन्दोलन रोकेर विद्यार्थीको अधिकार प्राप्तिमा सघाउनुपर्छ : कांग्रेस

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट