२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

क्वान्टम कम्प्युटिङमा चीनलाई ठूलो सफलता, डेटा सुरक्षामा भने थपियो चुनौती

काठमाडौं । विश्वको ध्यान आर्टिफिसियल इन्टलिजेन्स (एआई) मा केन्द्रित भइरहँदा यता चिनियाँ अनुसन्धानकर्ताहरूले भने क्वान्टम क्रिप्टोलोजीमा ठूलो सफलता हात पारेको छ । साङ्घाई विश्वविद्यालयका प्राध्यापक वाङ छाओको नेतृत्वमा रहेको टोलीले क्यानाडामा निर्मित डी-वेभ एड्भान्टेज क्वान्टम कम्प्युटर प्रयोग गरेर ९०-बिटको आरएसए इन्टिजर (RSA Integer) क्रयाक गर्न सफल भएको छ,  जुन केही वर्ष अघिसम्म असम्भव मानिएको थियो । 

क्वान्टम क्रिप्टोलोजी भन्नाले उपपरमाणविक (subatomic) स्तरमा क्वान्टम यान्त्रिक प्रयोग गरेर कोड लेख्ने र तोड्ने विज्ञान भनेर बुझिन्छ । यो प्रविधि र एआई मिलेर ‘चौथो औद्योगिक क्रान्ति’ गर्ने विश्वास गरिन्छ । किनभने यसको सफलताले संसारको कुनै पनि कोड तोड्न सक्ने क्षमता विकास हुन्छ भन्ने मान्यता छ ।

तर, यस्तो प्रविधिले ठूलो खतरा पनि निम्त्याउने भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूका अनुसार यस्तो प्रविधिले संसारलाई क्यू-डे (Q-Day) नजिक पुर्याइरहेको छ । अर्थात् त्यस्तो दिन जब क्वान्टम कम्प्युटरहरू हालकै सबैभन्दा सुरक्षित इन्क्रिप्सन प्रणालीहरू समेत तोड्न सक्षम हुनेछन्, जसले व्यक्तिगत गोपनीयता र डेटा सुरक्षामा गम्भीर असर पार्न सक्छ ।

यो खतरा रोक्न विश्वभर वैज्ञानिकहरू पोस्ट-क्वान्टम क्रिप्टोग्राफी लगायतका वैकल्पिक उपायहरूमा अनुसन्धान गरिरहेका छन्। तर वाङको टोलीले क्वान्टम एनीलिङ एल्गोरिदम र परम्परागत क्रिप्टोग्राफिक प्रविधिहरूलाई मिलाएर ९०-बिटसम्मको इन्टिजर क्रयाक गर्न सफल भएको छ । यो उपलब्धिले फुजित्सु (९-बिट), लकेड मार्टिन (१३-बिट) र पर्ड्यु विश्वविद्यालय (२०-बिट) का अघिल्ला कीर्तिमानहरूलाई उछिनेको छ।

क्वान्टम एनीलिङ भन्नाले न्यूनतम ऊर्जा अवस्था (optimal solution) पत्ता लगाउने एक प्रविधि हो, जसले कठिन समस्या समाधानमा उच्च दक्षता देखाउँछ।

यस अनुसन्धानले क्वान्टम कम्प्युटिङको प्रयोगमार्फत क्रिप्टोग्राफीमा नयाँ सम्भावना देखाएको मात्र होइन, इन्क्रिप्सन प्रणालीमाथि हमला गर्न क्वान्टम युगको नयाँ अवधारणा समेत प्रस्तुत गरेको छ।

यसबीच, बैंकिङ, ब्लकचेन र सरकारी सेवा क्षेत्रहरूलाई पोस्ट-क्वान्टम क्रिप्टोग्राफी तत्काल अपनाउन विज्ञहरूले सल्लाह दिएका छन्। ‘क्वान्टम माइग्रेसन’ भन्ने अभ्यास विश्वभर सुरु भइसकेको छ, जहाँ संवेदनशील डेटा भविष्यमा क्वान्टम कम्प्युटरले डिकोड गर्न नसक्ने गरी सुरक्षित राख्न हाइ टेक्नोलोजी प्रयोग हुँदैछ ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ ८:४६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट