२०८२ बैशाख १० बुधबार
२०८२ बैशाख १० बुधबार

वीर अस्पतालमा थपियो ९ बेडको सर्जिकल आइसियु

काठमाडौं – वीर अस्पतालमा ९ बेडको सर्जिकल आइसियु थपिएसँगै कुल आइसियु बेड संख्या ११० पुगेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललको उपस्थितिमा उक्त सर्जिकल  आइसियुको उद्घाटन भएको हो। उक्त उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नागरिकको भरोसा जित्न सफल भएको वीर अस्पतालका सेवालाई आगामी दिनमा थप विस्तार गर्न आवश्यक भएको बताए । वीर अस्पतालमा बिरामीको संख्या बढ्नु भीडभाड नभई अस्पतालप्रतिको आकर्षण भएको मन्त्री पौडेलको भनाई थियो। उनले भने– ‘अस्पताल प्रति विश्वास नभएको भए यतिका मान्छे अस्पतालमा आउँदैन थिए’ उनले भने–‘यहाँ चिकित्सकहरुले राम्रो उपचार गर्छन्,नर्सहरुले राम्रो हेरचाह गर्छन् भनेर नै बिरामीको संख्या बढेको हो।’ वीर अस्पतालप्रतिको आकर्षणलाई अझै बढाउन सबैले मिलेर काम गर्ने बेला आएको उनको भनाई थियो। राष्ट्रको ढुकुटी कमजोर अवस्थाामा रहेकाले भएका स्रोत साधनको प्रयोग गरी अधिकतम फाइदा लिनुपर्ने अवस्था रहेको मन्त्री पौडेलको भनाई थियो । अस्पतालमा भिआईपी कक्ष तथा क्याबिनलाई व्यवस्थित तरिकाले प्रयोग गर्नका लागि मन्त्री पौडेलले निर्देशन दिए । ‘यसले पैसा भएका मानिसहरु पनि वीर अस्पतालमा उपचारका लागि आउने स्थिती बन्छे’, मन्त्री पौडेलले भने, ‘जसले अस्पतालको कमाई बढ्नुका साथै अस्पतालप्रति विश्वास पनि बढ्दै जान्छ।’चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति बस्नेतले न्याम्सको स्थापनासँगै संघमा केन्द्रीकृत विशेषज्ञ चिकित्सकीय सेवालाई जिल्ला अस्पतालसम्म पु¥याउन सफल भएको बताए।  हालसम्म न्याम्सले ३ हजार भन्दा बढी विशेषज्ञ चिकित्सक उत्पादन गरिसकेको उनको भनाई छ। न्याम्सले एमडीएस कार्यक्रमका साथै अनुसन्धानका क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गरिरहेको छ। न्याम्सले अक्सफोर्ड विश्वविद्यालयको रिसर्च टिमसँग मिलेर काम गरिरहेको उनले जानकारी थिए। न्याम्सले हाल काठमाडौ उपत्यका तथा बाहिर गरेर विभिन्न २४ अस्पतालहरुमा अध्यापन तथा तालिम दिँदै आएको उनले बताए। ९ सर्जिकल आइसियु बेड थपिएसँगै अस्पतालले आइसियु र एचडियु गरी करिब ११० बेडबाट सेवा दिने उनले बताए। उनले आफुले वीर अस्पतालमा निर्देशकका रुपमा काम गर्दाे ५ वटा मात्रै आइसियु बेड रहेको सम्झिएँ। त्यतिबेलाको स्मरण गर्दै डा बस्नेतले भने,  ‘आइसियु बेड मिलाइदिनका लागि उच्च तहबाट धेरै दबाब आउने गर्थ्यो। धेरै दबाबका बीच काम गर्नु परेको थियो। निर्देशकका रुपमा काम गर्न धेरै गाह्रो भएको थियो। हाल आइसियु बेड सजिलै पाइने उनले बताए। अझै ९ बेड थप भएसँगै आगामी दिनमा वीर अस्पतालमा आइसियु नपाएर बिरामी रेफर गर्नुपर्ने अवस्थाकोे अन्त्य नै भएको डा बस्नेतको दाबी छ। हाल १८ शल्यक्रिया कक्षबाट सेवा दिँदै आएको अस्पतालले कुल ९ शय ६० बेड सञ्चालन गर्दै आइरहेको छ। गत वर्ष वीर अस्पतालले ६ लाख ७५ हजारलाई ओपिडी सेवा दिएको अस्पतालको तथ्यांक छ । त्यस्तै इर्मर्जेन्सीमा ३५ हजार,  शल्यक्रियातर्फ २६ हजार ९ शय ३३ बिरामीलाई अस्पताले सेवा दिएको थियो। अस्पतालले हाल ६ फार्मेसी तथा १८ वटा काउन्टरबाट सेवा दिइरहेको छ। कुन–कुन आइसियु कति ?वीर अस्पतालले हाल रेस्पेरेटिभ आइसियु ५, मेडिकल ८, सीसीयु ८, एआईसीयु १४, न्युरो आइसीयु ५, आइसियु ७३, सर्जिकल आइसीयु ९, बर्न आइसीयु  ५ लगायत आइसियु र एचडीयु गरी ११० वटा सञ्चालनमा गरिरहेको छ।  
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट