लन्डन। बेलायतस्थित नेपाली दूतावासले त्यहाँको केमन आइल्याण्डमा पहिलोपटक मोबाइल कन्सुलर सेवा (घुम्ती शिविर) आयोजना गरेको छ। दूतावासको एक टोलीले हालै त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरी कन्सुलर सेवा प्रदान गर्न शिविर आयोजना गरेको हो।

सिभिक सेन्टरस्थित जर्ज टाउन हलमा आयोजना गरिएको शिविरमा एक सयभन्दा बढी नेपालीले राहदानी नवीकरण, कागजात प्रमाणीकरण, प्रवेशाज्ञा तथा अन्य कन्सुलर सेवा प्राप्त गरेको दूतावासले जनाएको छ।
दूतावासले ३० अप्रिल २०२६ भित्र राहदानीको बहाल अवधि समाप्त हुनेहरूलाई नवीकरणका लागि आव्हान गरेको थियो। केमन आइल्याण्डमा करिब तीन हजारभन्दा बढी नेपाली बसोबास गर्दै आएका दूतावासको अनुमान छ। जसमध्ये धेरैजसो सेक्युरिटी तथा हस्पिटालिटी क्षेत्रमा कार्यरत छन्।
यसैगरी, यही अप्रिल ३० तारिखमा पनि आयरल्याण्डमा गैरआवासीय नेपाली संघ आयरल्याण्डको सहकार्यमा शिविर आयोजना गर्न लागिएको जनाएको छ।

सामाग्री श्रोत :