काठमाडौं- सरकारले वैशाख ६ र ७ गते अर्थात् शनिबार र आइतबार देशभरका बालबालिकाहरूलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदैछ।राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५ वर्ष उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ भने एकदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइँदैछ।६ महिनाभन्दा माथिका बालबालिकालाई पोषणयुक्त आहार ‘बाल भिटा’ दिने बताइएको छ। नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिका पनि खोप दिइने कार्यक्रम रहेको छ।दुई दिने अभियानमा पाँच वर्षमुनिका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ। जुकाको औषधि भने २०५६ बाट खुवाउन सुरु भएको हो।
सामाग्री श्रोत :
swasthyakhabar

