२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

आवासीय चिकित्सकको समस्या समाधान नभएसम्म सिट निर्धारण र शुल्क परिमार्जन कार्यदलमा नबस्ने चिकित्सक संघको घोषणा

काठमाडौं- नेपाल चिकित्सक संघ शुल्क निर्धारण र एमबीबीएस/बीडीएसको शुल्क परिमार्जन कार्यदलबाट बाहिरिएको छ। १६ औं बैठकले गरेको निर्णयमा आवासीय चिकित्सकहरुलाई नेपाल सरकारको आठौं तहसरहको रु.४८,७३७ निर्वाह भत्ता दिने निर्णय कार्यान्वयन नभएको भन्दै बाहिरिएको हो।संघको वैशाख ६ गतेको केन्द्रीय कार्यकारिणीको नियमित बैठकले उक्त निर्णय कार्यान्वयन नभएसम्म कार्यदलमा नरहने जानकारी गराएको हो। महासचिव डा सञ्जिव तिवारी हस्ताक्षरित बिज्ञप्तिमा भनिएको छ,  ‘१६ औं बैठकको निर्णय तुरुन्त लागू गर्न र आन्दोलनरत आवासीय चिकित्सकहरुलाई निसर्त र सुरक्षित रूपमा काममा फर्कने वातावरणको सुनिश्चितता नभएसम्म यो कार्यदलको काम कारवाहीमा सहमति नहुने भनी निर्णय संयोजकज्यूलाई जानकारी गराउन चाहन्छु।’चिकित्सा शिक्षा आयोगले २०८२ साल वैशाख ३ गते सिट पुनरावलोकन साथै शुल्क समायोजन गर्नेलगायतमा कार्यदल बनाएको छ।  
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट