२०८२ बैशाख ६ शनिबार
LATEST NEWS
२०८२ बैशाख ६ शनिबार

‘जानै लाग्यो वैँश रिमई’ भन्दै आए हेमन्त र लक्ष्मी

काठमाडौं। गायक तथा संगीतकार हेमन्त कान्छा रसाईलीको ‘जानै लाग्यो वैँश रिमई’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ।

विदाईको समयमा हुने रुवाबासी र मन कटक्क खाने दृश्यहरुसहितको भिडियोमा गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाईली र गायिका देवीघर्तीको जादुमयी स्वर सुन्न सकिन्छ।

गीतमा राजकुमार बगरका शब्द सृजना रहेको छ भने मिक्सिगं र मास्टरिङ एचबिएन किस्मतको रहेको छ। गायक स्वयमकै संगीत रहेको गीतको भिडियोमा हेमन्तसँग लक्ष्मी थापा मगरको अभिनय देख्न सकिन्छ। मोडलद्धय हेमन्त र लक्ष्मी मज्जैसँग अभिनयमा खुलेका छन्।

भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना, मायामा डुबेको प्रेमजोडी र रोमान्सले भरिएको समयदेखि छुट्दासम्मको विरहको गाथालाई निर्देशक एकिन्द्र शाराशंकरले कलात्मक शैलीमा प्रस्तुत गरेका छन् ।

करण चैसियारको छायांकन, प्रविण भट्टको सम्पादन तथा कलर रहेको सार्वजनिक गीतको भिडियो गायक रसाईली स्वयंकै युट्युब च्यानलबाट बजारमा आएको हो ।


सामाग्री श्रोत :

‘जानै लाग्यो वैँश रिमई’ भन्दै आए हेमन्त र लक्ष्मी

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट