२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

ईस्टर पर्वको पूर्वसन्ध्यामा श्रीलङ्काको चर्चमा गोली प्रहार

एजेन्सी–श्रीलङ्काको एक चर्चमा शुक्रबार बेलुकी गोली प्रहार भएको छ। 

प्रहरीले जानकारी दिएको अनुसार घटनास्थल राजधानी कोलम्बोबाट करिब १६० किलोमिटर टाढा रहेको मानाम्पिटिया भन्ने ठाउँमा पर्छ।

गोली लागेर चर्चको झ्यालहरूमा केही क्षति पुगे पनि कसैलाई चोटपटक भने लागेको छैन। घटनामा संलग्न भएको आशंकामा एक जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Ncell 2
Ncell 2

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा ती व्यक्तिले चर्चका पादरीसँगको व्यक्तिगत रिसइवीका कारण गोली चलाएको देखिएको छ।

सन् २०१९ मा इस्टर आइतबारका दिन भएका बम आक्रमणको सम्झनामा सुरक्षालाई ध्यानमा राख्दै अहिले देशभरका चर्चहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

shivam cement
shivam cement

छ वर्षअघि भएका ती आक्रमणमा तीन वटा चर्च र तीन वटा होटलमा विस्फोट हुँदा २७९ जनाको ज्यान गएको थियो भने ५०० भन्दा बढी घाइते भएका थिए। घटनाको दोष एक स्वदेशी अतिवादी समूहलाई दिइएको थियो।

क्याथोलिक चर्चले यस वर्षको इस्टर सोमबार ती पीडितहरूलाई ‘विश्वासका नायकहरू’ घोषणा गर्दै श्रद्धाञ्जली दिने तयारी गरेको छ।

घटनापछि पीडित परिवार र क्याथोलिक समुदायले न्यायको माग गर्दै आएका छन् र केही अनुसन्धानहरूले आक्रमणकारीहरू र सुरक्षा निकायहरूबीच सम्बन्ध रहेको पनि देखाएका छन्।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट