२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

पार्किन्सनको नयाँ औषधि क्लिनिकल ट्रायल पास, अनावश्यक साइड इफेक्टहरूलाई न्यून गर्न सफल

अमेरिका- एक नयाँ औषधिले पार्किन्सन रोगको उपचारमा आशाजनक नतिजा देखाएको छ, जसले अनावश्यक साइड इफेक्टहरूलाई न्यून गर्न सफल भएको छ।तवापाडोन नामक यो एकदिनमा एकपटक लिइने चक्कीले ती बिरामीहरूका लक्षणहरू (जस्तै कडकपन, समन्वयमा समस्या, काँपिने लक्षण र गतिविधि)मा लामो समयसम्म राहत दिएको पाइयो, जो दैनिक कम्तिमा ४०० मिग्रामा लेभोडोपा लिइरहेका थिए र जसले ‘मोटर फ्लक्चुएसन’ अनुभव गरिरहेका थिए। मोटर फ्लक्चुएसन भन्नाले त्यो अवस्था जनाइन्छ, जब औषधिको प्रभाव घट्न थाल्छ र लक्षणहरू पुनः देखा पर्न थाल्छन्।अहिलेसम्म लेभोडोपा पार्किन्सन रोगका बिरामीहरूका लागि मुख्य उपचारका रूपमा प्रयोग हुँदै आएको छ। यो औषधि मस्तिष्कमा गएर डोपामिन मा परिवर्तन हुन्छ र डी२/डी३/डी४ डोपामिन रिसेप्टरहरूमा असर गर्छ। तर यस औषधिले निन्द्रासम्बन्धी समस्या, भ्रम, व्यवहारसम्बन्धी समस्या, तौल बढ्ने, खुट्टा सुन्निने र रक्तचाप परिवर्तन जस्ता साइड इफेक्टहरू निम्त्याउने गरेको पाइन्छ।तर अध्ययन अनुसार, तवापाडोनले डोपामिनको नक्कल गर्ने काम गर्छ र डी१/डी५ रिसेप्टरहरूमा लक्षित हुन्छ, जसले लेभोडोपाजस्तै लाभ पुर्‍याउँछ तर बिना ती साइड इफेक्ट।डा. ह्युबर्ट एच. फर्नान्डेज, जो क्लिभल्यान्ड क्लिनिकको सेन्टर फर न्युरोलोजिकल रिस्टोरेसन का निर्देशक हुन् र अध्ययनका प्रमुख लेखक पनि हुन्। उनी भन्छन्. ‘यो बिरामीहरूलाई मोटर फ्लक्चुएसनका लक्षणहरू घटाउन नयाँ विकल्प दिन्छ, जुन लेभोडोपाले मध्यमदेखि गम्भीर अवस्थामा पुर्‍याउँछ।’उनका अनुसार यो अन्तर्राष्ट्रिय, बहु-केंद्रित महत्त्वपूर्ण परीक्षणमा तवापाडोन प्रयोग गरिएका बिरामीहरूलाई ‘अन टाइम’ (औषधिको असर भइरहने समय) बढी र ‘अफ टाइम’ (औषधिको असर घट्ने समय) कम भएको देखियो। हालैको अनुसन्धानले पार्किन्सन रोगका केसहरू सन् २०५० सम्ममा तीव्र रूपमा बढ्ने अनुमान गरिएको छ, जसले विश्वभर २५ मिलियन मानिसहरूलाई असर पार्न सक्छ।अनुसन्धानकर्ताहरूले जनाए अनुसार, ८० वर्ष र सोभन्दा माथिको उमेर समूहमा सबैभन्दा ठूलो वृद्धि हुने अपेक्षा गरिएको छ, र यो उमेर समूहमा पार्किन्सन रोगका केसहरू सन् २०५० सम्ममा १९६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट