२०८२ बैशाख ३ बुधबार
२०८२ बैशाख ३ बुधबार

मोटसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दमक(झापा)। मोटरसाइकलको ठक्करबाट झापाको शिवसताक्षी नगरपालिकामा एक पैदलयात्रीको मृत्यु भएको छ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीको बुद्ध चोकमा सोमबार भएको सवारी दुर्घटनामा परेर गम्भीर घाईते स्थानीय ६० वर्षीय पुष्प दास दर्जीको आज मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

डुडामारी चोकबाट झिलझिलेतर्फ गइरहेको प्र. १–०१–०१७ प ६५६९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते दर्जीको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको थियो।

दुर्घटनामा संलग्न सोही ठाउँका मोटरसाइकल चालक ३० वर्षीय दुरेन शेर्मालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सामाग्री श्रोत :

मोटसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट