काठमाडौं- बागमती प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका स्वास्थ्य सेवाका सहायक पाँचौं तहका पदहरूको खुला विज्ञापन खोलिएको छ। लोक सेवाले ११८ जना नर्स र ५२ जना हेल्थ असिस्टेन्टसहितको आवेदन मागेको हो।भनिएको छ, ‘बागमती प्रदेशको प्रदेश निजामती सेवा ऐन, २०७९ र स्थानीय सेवा (गठन तथा सञ्चालन ऐन २०७९ बमोजिम प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका निम्न सेवा, समूह, उपसमूह तथा तहका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्नुपर्ने भएकोले प्रदेश निजामती सेवा ऐन २०७९ को दफा १६ र स्थानीय सेवा (गठन तथा संचालन) ऐन, २०७९ को दफा १८ बमोजिम अयोग्य नभएको र देहाय बमोजिमको योग्यता पुगेका उम्मेदवारहरूबाट दरखास्त आह्वान गरिन्छ।’तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणाली https://ppsconline.bagamati.gov.np मार्फत् आवेदन दिनुपर्ने बताइएको छ।प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षा एकीकृत रूपमा एकै पटक सञ्चालन हुनेछ र प्रतियोगितात्मक परीक्षाबाट छनौट भएका उम्मेदवारहरूको प्राथमिकताक्रम अनुसार नियुक्तिको लागि सम्बन्धित निकायमा सिफारिस गरिनेछ।हेर्नुहोस् बिज्ञापन :
सामाग्री श्रोत :
swasthyakhabar

