२०८२ बैशाख ३ बुधबार
२०८२ बैशाख ३ बुधबार

नेपालीलाई अनलाइन जुवामा फसाउन मेटाबेटका आधा दर्जन बढी वेबसाइट सक्रिय

काठमाडौँ । नेपालको कानुनले निषेध गरेको अनलाइन जुवा भित्रभित्रै मौलाउँदै गएको पाइएको छ । ‘मेटाबेट’ नामक अनलाइन क्यासिनो प्लेटफर्ममार्फत नेपाली प्रयोगकर्तालाई लक्षित गरी अवैध जुवा तथा सट्टेबाजी धन्दा तीव्र पारिएको हो ।

यो प्लेटफर्मले आफूलाई एसियाकै विश्वसनीय र लोकप्रिय अनलाइन क्यासिनोको रूपमा दाबी गरेको छ । दैनिक पुरस्कार र सजिलो दर्ता प्रक्रिया रहेको प्रलोभन देखाउँदै प्रयोगकर्तालाई आकर्षित गरिन्छ ।। मेटाबेटको वेबसाइटमा भनिएको छ, “मेटाबेटले सयौं खेलहरू प्रदान गर्दछ, जसले अनलाइन सट्टेबाजीको अनुभवलाई पूर्ण रूपमा परिवर्तन गर्छ ।”

नेपालमा मेटाबेट ६३ एनपी, मेटाबेट ६३, मेटाबेट ६३ एनपीएआर डट लाइभ, एमटी६३ एनपीआर लगायत आधा दर्जन बढी वेबसाइट तथा मोबाइल एपबाट क्यासिनो गेम, बेटिङ, लाइभ डिलर जस्ता स्किम सञ्चालन हुँदै आएको देखिन्छ । यी सबै वेबसाइटको डोमेन फरक फरक राखिए पनि इन्टरफेस एउटै छ । 

अहिले मेटाबेटले एमटी६३ एनपी वेबसाइटमार्फत बढी सक्रियता देखाउँदै फेसबुकमा विज्ञापन बुस्ट गरेर प्रचार गरिरहेको छ । २१ सयभन्दा बढी फलोअर रहेको मेटा अफिसियल ६३ नामको फेसबुक पेजबाट तीन दिनअघि मात्रै एउटा भिडिओ पोस्ट गरिएको छ, जसमा ९१ लाख बढी भ्युज आइसकेको छ ।

“अब हामीसँग सामेल हुनुहोस् र सोचेभन्दा धेरै पैसा जित्नुहोस्” भन्ने क्याप्सनसहित राखिएको पोस्ट नेपालीलाई लक्षित गरी बुस्ट गरिएको छ । साथै आईपीएलको अवसर पारेर प्रचार अभियान थप तीव्र बनाइएको छ ।

मेटाबेटले सञ्चालन गर्ने वेबसाइटले सिटिजन्स बैंक, एभरेस्ट बैंक, ग्लोबल आईएमई, प्रभु बैंक, कनेक्ट आईपीएस लगायतका बैंक तथा भुक्तानी सेवा प्रदायकहरूको लोगो प्रयोग गरेर समेत प्रचार गरिरहेका छन् । अनलाइन जुवा अवैध भएकाले यी लोगोहरू अनधिकृत रूपमा प्रयोग गरिएको आशंका गरिएको छ ।

नेपालको जुवा ऐन, २०२० अनुसार देशभित्र कुनै पनि प्रकारको जुवा र सट्टेबाजी पूर्ण रूपमा अवैध छ । तर, मेटाबेटले आफ्नो वेबसाइटमा ‘np’ राखेर नेपाली प्रयोगकर्तालाई लक्षित गर्दै बेटिङ प्रचार गरिरहेको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यस्ता वेबसाइट बन्द गर्ने बताउँदै आए पनि मेटाबेटका वेबसाइट र एपहरू अझै खुलेआम सञ्चालनमा रहेका छन् ।

विज्ञहरूका अनुसार अनलाइन जुवाले आर्थिक समस्या, लत र सामाजिक विकृति निम्त्याउने जोखिम उच्च रहेको छ । आकर्षक बोनस र पुरस्कार देखाएर आर्थिक रूपमा कमजोर वर्गलाई प्रलोभन दिने यस्ता प्लेटफर्मले समाजमा नकारात्मक असर पुर्‍याउने चेतावनी उनीहरूले दिएका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख २, २०८२ १६:४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट