
काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसीलाई दिएका छन्।
त्रिविको कुलपति समेत रहेका ओलीले उपकुलपतिको जिम्मेवारी प्रा.डा. केसीलाई दिएका हुन्।
यसअघिका उपकुलपति प्राडा. केशरजंग बरालले राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
पर्वत मोदी गाउँपालिका-५, का केसी अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विज्ञ हुन्। यसअघि त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा उनको काम उत्कृष्ट मानिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

सामाग्री श्रोत :
नेपाललाइभ

















