मुम्बइ- भारतीय अभिनेत्री सामन्था रुथ प्रभुले आफूले रोगसँगै बाँच्न सिकेको बताएकी छिन्। एक भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै यस्तो बताएकी हुन्।’सिरिज सिटाडोल: हनी बनी’ अमेजनको सुटिङको क्रममा सामन्थालाई मायोसाइटिस नामक दुर्लभ रोग लागेको थाहा भएको थियो। सुटिङका क्रममा आफ्नो स्वास्थ्य बिग्रिएको बताउँदै एकपल्ट बेहोश नै भएकी थिइन्। सन् २०२२ देखि आफू उक्त समस्यासँग संघर्ष गरिरहेको बताएकी थिइन्। यो एकप्रकारको अटोइम्युन डिजिज हो। जसमा मांसपेशिहरु सुन्निन्छन्। प्रतिरक्षा प्रणालीले गल्तीले स्वस्थ मांसपेशीलाई आक्रमण गर्दा यस्तो हुन्छ । यसले मांसपेशीहरूमा कमजोरी, दुखाइ र सुनिने समस्या निम्त्याउँछ।यो समस्या १० लाखमा एक जनामा हुने बताइएको छ। मायोसाइटिस विभिन्न प्रकारका हुन्छन्। एउटा डर्माटोमायोसाइटिस हो । जसमा छाला र मांसपेशी दुवै कमजोर हुने तथा सुनिने हुन्छ। अर्को पोलिमायोसाइटिस हो। जयसमा मांसपेशीमा मात्र सुनिन्छ, विशे गरी कम्मर, तिघ्रा, काँध र घाँटीको मांसपेशी सुनिन्छ। अर्को समानान्तर मायोसाइटिस (आईबीएम) हो । यसमा मांसपेशी सुनिनुका साथै कमजोरी बढ्दै जान्छ। यसका लक्षणहरुमा मांसपेशी कमजोरी सबैभन्दा सामान्य लक्षण हो। त्यसपछि मांसपेशीहरूमा दुखाइ र सुन्निने हुन सक्छ, जसले हिँड्न गाह्रो बनाउँछ।सामान्य भन्दा बढी थकान महसुस हुने, सास फेर्न गाह्रो हुने र कहिलेकाहिँ फोक्सोको मांसपेशी पनि सुन्निने हुन्छ। जसका कारण सास फेर्न गाह्रो हुन्छ ।यसबारे सामन्था भन्छिन् :जब मलाई मेरो अटोइम्युन रोगको बारेमा थाहा भयो, म स्वास्थ्यप्रति धेरै लापरवाह थिएँ र पूर्ण रूपमा एक्लो महसुस गर्थें। मलाई थाहा थिएन, कहाँबाट सुरु गर्ने। जब हामी बिरामी हुन्छौं, सामान्यतया एक हप्ताको औषधि खाएर ठिक भइने अपेक्षा राखिन्छ। किनभने हाम्रो जीवनमा सधैंजसो देखिएको कुरा यही हो- जसरी पनि बिरामी भए पनि, एक हप्ताको औषधिले निको हुन्छ।तर अहिलेको मेरो अवस्था त्यस्तो छैन। मैले यससँगै बाँच्न सिकिसकें। यो एक दीर्घकालीन रोग हो र साथसाथै यसको कुनै उपचार छैन। जब मलाई भनिन्थ्यो कि यो रोग त जिन्दगीभरि रहनेछ, वा झन् बिग्रिन सक्नेछ, त्यो समय मेरो लागि निकै कठिन हुन्थ्यो। मलाई धेरै रिस उठ्थ्यो, मेरो अगाडि पूरै जिन्दगी खुला थियो, तर सबै सकिए जस्तो लाग्थ्यो। म आफैंलाई यस्तो परिस्थितिमा असहाय महसुस गर्थें। अहिले म फेरिएको छु।
सामाग्री श्रोत :
swasthyakhabar

