२०८२ बैशाख ३ बुधबार
२०८२ बैशाख ३ बुधबार

अवैध रूपमा भारतमा बसिरहेको आरोपमा १५ विदेशी पक्राउ

नयाँ दिल्ली–दिल्ली प्रहरीले वैध भिसा बिना भारतमा बसोबास गर्ने विदेशी नागरिकहरूलाई पक्राउ गर्न थालेको छ।

यसै नीति अन्तर्गत दिल्ली प्रहरीको टोलीले वैध भिसा बिना भारतमा बसेको आरोपमा दुई बङ्गलादेशी सहित १५ विदेशी नागरिकलाई पक्राउ गरेको छ।

यिनीहरूविरुद्ध थप कानुनी कारबाही भइरहेको बताइएको छ। दिल्ली प्रहरीले मोहन गार्डेन र उत्तम नगर क्षेत्रमा यस्ता अवैध विदेशी नागरिकहरूलाई पक्राउ गर्न विशेष अभियान चलाएको थियो।

Ncell 2
Ncell 2

यस अवधिमा दुई बङ्गलादेशी बाहेक १२ नाइजेरियाली र आइभरी कोस्टका एक नागरिकलाई पनि पक्राउ गरिएको छ। यिनीहरू वैध भिसा बिनै भारतमा धेरै समय बसेको प्रहरीले बताएको छ। 

यसरी पक्राउ गरिएकाहरूलाई हिरासत केन्द्रमा पठाइएको छ। प्रमाणीकरण पछि विदेशी क्षेत्रीय पञ्जीकरण कार्यालय (एफआरआरओ)ले उनीहरूलाई देश निकालाको आदेश दिएको छ। यिनीहरूलाई डिपोर्ट गर्ने तयारी भइरहेको बताइएको छ। 

shivam cement
shivam cement

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट