२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

नेविसंघ अध्यक्षमा नरेश भट्टको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२औं महाधिवेशनमा डाक्टर नरेश भट्टले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्।

नेविसंघ केन्द्रीय सदस्यसमेत रहेका भट्टले काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस अध्ययन पूरा गरेका छन्। उनी नेपाल ल क्याम्पसमा कानुन विषयसमेत अध्ययन गर्दै आएका छन्। आफ्नो नेतृत्वमा भएको आन्दोलनका कारण चिकित्सा शिक्षाभित्रका विभिन्न बेथितिको अन्त्य भएको दाबी गर्दै उनले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।

‘मेरो नेतृत्वको आन्दोलनका कारण चिकित्सा शिक्षामा निजी कलेजहरूको ८० लाखसम्म पुगेको शुल्क घटाएर ४० लाखमा सीमित राख्न सफल भएका छौं,’ उनले भने। भट्टले नर्सिङ तथा मेडिकल विद्यार्थीहरूको शुल्क फिर्ता, छात्रावास र छात्रवृत्तिको माग लिएर आन्दोलनको नेतृत्वगरेका थिए।

काठमाडौं विश्वविद्यालय मेडिकल साइन्सेजको नेविसंघ सभापति, विद्यार्थी कल्याण परिषद् अध्यक्ष, चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक र फेडेरेसन अफ नेपाली मेडिकल स्टुडेन्ट्सका राष्ट्रिय अध्यक्षको भूमिकामा समेत रहिसकेका छन्।

डाक्टर भट्टले आफ्नो उम्मेदवारी घोषणा गर्दै देश, संगठन र विद्यार्थीहरूको हक–हितका लागि नेविसंघलाई एकताबद्ध रूपमा अगाडि बढाउने बताएका छन्। आफ्नो उम्मेदवारीले नेविसंघको नेतृत्व प्रतिस्पर्धालाई थप गतिशील बनाउने अपेक्षा उनको रहेको छ। उनी कैलालीको धनगढी निवासी हुन्।


सामाग्री श्रोत :

नेविसंघ अध्यक्षमा नरेश भट्टको उम्मेदवारी घोषणा

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट