काठमाडौं- स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा छात्रवृत्ति करारमा कार्यरत १२ जनाले ६ महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन्। मेडिकल अधिकृत, डेन्टल अधिकृत र जनस्वास्थ्य अधिकृत गरी १२ जनाले कात्तिकदेखि चैतसम्मको पारिश्रमिक नपाएका हुन्।उनीहरुले वैशाख ३ गतेसम्म समस्या समाधान नभए इमर्जेन्सी बाहेकका सेवा बन्द गर्ने चेतावनी सहितको ध्यानाकर्षण पत्र बुझाएका छन्। सामूहिक हस्ताक्षर रहेको पत्रमा वैशाख ३ सम्म तलबभत्ता उपलब्ध गराउन माग गरिएको छ। तलबभत्ता नपाउनेमा मेडिकल अधिकृत ७, डेन्टल सर्जन २ र जनस्वास्थ्य अधिकृत ३ जना रहेका छन्। उक्त कार्यालयमा काम गरेर बाहरिरिएका ३ मेडिकल अधिकृत र १ डेन्टल सर्जन गरी ४ जनाले पनि तलबभत्ता नपाएका छैनन्।
सामाग्री श्रोत :
swasthyakhabar

