२०८२ बैशाख ३ बुधबार
२०८२ बैशाख ३ बुधबार

राजतन्त्रको पक्षमा नाराबाजी गर्ने क्रममा पक्राउ परेका अमेरिकी नागरिकलाई डिपोर्ट गरिँदै

काठमाडौं –राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको माइतीघर मण्डलमा गरेको प्रदर्शनको क्रममा पक्राउ परेका एक अमेरिकी नागरिकलाई डिपोर्ट गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ ।

नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयविरूद्ध चैत १४ गते राप्रपाले माइतीघरमा प्रदर्शन गरेको थियो ।

Ncell 2
Ncell 2

उक्त प्रदर्शनमा सहभागी भएका अमेरिकी नागरिक ५८ वर्षीय जुलियन क्रिपा ब्लिसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले उनीमाथि थप अनुसन्धानको लागि अध्यागमन विभागमा पठाएको थियो ।

shivam cement
shivam cement

अध्यागमन विभागले उनीमाथि अनुसन्धान गरेर अहिले डिपोर्ट गर्ने प्रक्रियामा अघि बढेको निर्देशक तथा सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए ।

‘अनुसन्धान गरेर गृह मन्त्रालयमा पठाएका थियौं । हिजो गृहबाट पनि जबाफ आएपछि अब प्रक्रिया अघि बढेको छ,’ ढकालले भने । उनका अनुसार ब्लिसलाई अब दुई वर्ष नेपाल आउन प्रतिबन्ध गरिएको छ । उनी भिजिट भिसामा नेपाल आएका थिए । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट