२०८२ बैशाख ३ बुधबार
२०८२ बैशाख ३ बुधबार

पूर्वप्रधानमन्त्री शेख हसिना विरुद्ध अर्को पक्राउ पुर्जी जारी

एजेन्सी–बंगलादेशको एक अदालतले आइतबार पूर्वप्रधानमन्त्री शेख हसिना, उनकी बहिनी शेख रेहाना र भतिजी ट्युलिप रिजवाना सिद्दिकीसहित अन्य ५० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ।

राजनीतिक शक्तिको दुरुपयोग गरेर जग्गाको अवैध अधिग्रहण गरेको आरोपमा राजधानी ढाकाको एक अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

Ncell 2
Ncell 2

स्थानीय सञ्चारमाध्यमका अनुसार ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले भ्रष्टाचार विरोधी आयोग (एसीसी) द्वारा दायर गरिएका तीन छुट्टाछुट्टै आरोप पत्रहरूलाई संज्ञान लिएर अदालतमा अनुपस्थित भएकोमा अभियुक्तहरूविरुद्ध पक्राउ पुर्जी जारी गरे। न्यायाधीशले पक्राउ पुर्जीको कार्यान्वयन सम्बन्धी प्रतिवेदनको समीक्षा गर्न अप्रिल २७ तारिख तोकेका छन्। 

shivam cement
shivam cement

गत वर्ष हिंसात्मक विरोध पछि शेख हसिनाको सरकार ढलेको थियो। त्यसपछि ५ अगस्ट २०२४ मा शेख हसिना भारत भागिन्। त्यस बेलादेखि उनी भारतमा बस्दै आएकी छिन्। 

मुहम्मद युनुसको नेतृत्वमा रहेको बंगलादेशको अन्तरिम सरकारले भारतलाई शेख हसिनालाई हस्तान्तरणको लागि औपचारिक रूपमा अनुरोध गरिसकेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट