२०८२ बैशाख ३ बुधबार
२०८२ बैशाख ३ बुधबार

नयाँ वर्षसँगै नयाँ ल्यापटप किन्ने सोच बनाउनुभएको छ, नछुटाई यी कुरा ख्याल राख्नुहोस्

काठमाडौं  । आजदेखि नयाँ वर्ष २०८२ सुरु भएको छ । यसै अवसरमा यदि तपाईं नयाँ ल्यापटप किन्ने सोचमा हुनुहुन्छ भने यो लेख उपयोगी हुन सक्छ । अहिले नेपाली बजारमा ल्यापटपका विभिन्न विकल्प छन् । यीमध्ये आफ्नो आवश्यकता अनुसार सही ल्यापटप चयन गर्न पक्कै अलमलमा पर्नु भएको होला । यस्तो अवस्थामा तपाईंलाई कुनै पनि भ्रममा नपार्न र सही निर्णय लिन मद्दत गर्न हामीले ल्यापटप किन्ने बेला ध्यान दिनुपर्ने प्रमुख कुरा उल्लेख गरेका छौं:

केका लागि ल्यापटप किन्दै हुनुहुन्छ ?

सबैभन्दा पहिले तपाईं ल्यापटप किन्न चाहनुहुन्छ भने त्यसको उद्देश्य स्पष्ट गर्न अत्यन्त महत्त्वपूर्ण छ । यदि तपाईं अफिसको काम, अनलाइन क्लास वा सामान्य प्रयोगका लागि ल्यापटप खोज्दै हुनुहुन्छ भने महँगो ल्यापटपको आवश्यकता पर्दैन । नेपाली बजारमा ३४ हजार रुपैयाँ हारहारीका ल्यापटपदेखि ७० हजार रुपैयाँको रेञ्जमा पर्याप्त ल्यापटप पाइन्छ । यदि गेमिङ, एडिटिङ वा अन्य प्रोफेसनल कामका लागि ल्यापटप खोज्दै हुनुहुन्छ भने उच्च स्टोरेज र प्रोसेसर भएका महँगो मोडलहरू उत्तम विकल्प हुन् । 

कति खर्च गर्ने ?

ल्यापटप खरिद गर्दा सस्तोको पछाडि नलाग्नुहोस् । माथि पनि हामीले उल्लेख गरिसकेका छाैँ, तपाईँको आवश्यकता अनुसार बजेट पनि तय हुन्छ । २०८२ मा पछिल्लो प्रविधि र स्मार्ट फिचरहरूले सुसज्जित ल्यापटपहरू अझ बढी प्रभावकारी र दीर्घकालीन हुने भएकाले लेटेस्ट एडिसनका लागि पैसा खर्चिने हो । प्राय सस्तो रेन्जका ल्यापटपमा पनि यी फिचर पाउन सकिन्छ । तर प्रोफेसनल कामका लागि उच्च फिचर भएको ल्यापटप खोज्दै हुनुहुन्छ भने करिब एक लाख रुपैयाँ वा त्यसमाथिको बजेट तपाईँसग हुनुपर्छ । 

प्रोसेसर र र्‍याम

यसपालि ल्यापटप किन्दा कमसेकम इन्टेल आईफाइभ प्रोसेसरको थर्टिन्थ जेनेरेसन वा कुनै लेटेस्ट प्रोसेसर रोज्नुहोस् । साथमा, कमसेकम ८ जीबी र्‍यामको सुविधा हुनु अत्यन्त महत्त्वपूर्ण छ । उच्च प्रोसेसर र र्‍यामले तपाईंको ल्यापटपलाई फास्ट र प्रभावकारी बनाउन मद्दत गर्छ ।

ल्यापटपको लुक्स र साइज

आजकल हलुका र स्लिक डिजाइनका ल्यापटपहरू फेसनको रूपमा परिणत भएका छन् । १४ इन्चको ल्यापटपहरू धेरै लोकप्रिय छन् जसले तपाईँलाई पोर्टेबल र आकर्षक अनुभव दिन्छ । यदि तपाईंलाई लामो समयसम्म ल्यापटपमा काम गर्नु पर्छ भने १५.६ इन्चको ल्यापटप पनि एक उत्तम विकल्प हो । यद्यपि, तपाईंको आवश्यकताको आधारमा यसको तौल र साइजको ध्यान दिनुहोस् ।

डिस्प्ले र कनेक्टिभिटी

स्मार्ट डिस्प्ले पनि ल्यापटपको महत्त्वपूर्ण पक्ष हो । कम्तीमा ७२०पी रेजोलुसनसँगको नन-रिफ्लेक्टिभ स्क्रिन ल्यापटप चयन गर्नुहोस् । यसले तपाईंको आँखा थाक्दैन र सफा दृश्य दिन्छ । कनेक्टिभिटी पोर्टहरूको बारेमा सोच्दा कमसेकम यूएसबी टाइप-ए, यूएसबी टाइप-सी, हेडफोन ज्याक, ल्यान पोर्ट र एचडीएमआई पोर्ट जस्ता आधारभूत पोर्टहरू त हुनैपर्यो ।

सस्तो र महँगोबिच सन्तुलन

ल्यापटप खरिद गर्दा सस्तो र महँगो बिचको सन्तुलन मिलाउनु महत्त्वपूर्ण छ । सस्तो ल्यापटपले तपाईंलाई तत्काल समाधान दिन सक्छ, तर त्यसको कार्यक्षमता र दीर्घकालीन उपयोगिता सीमित हुन सक्छ । महँगो ल्यापटपले तपाईंको आगामी वर्षको काम र अध्ययनमा थप सुविधा र पर्फर्मेनेन्स दिन सक्छ ।

नयाँ वर्षको अवसरमा ल्यापटप खरिद गर्दा प्रविधिको स्पेसिफिकेशन ध्यान त दिनु नै पर्छ, सँगै आफ्नो बजेट र आवश्यकता पनि ख्याल गर्नुहोस् । साथै कम्पनीहरूले पनि नयाँ वर्षको अवसरमा आकर्षक स्किम र अफर ल्याएका हुन सक्छन् । यी अफरहरू अध्ययन गरेर विभिन्न ब्रान्डहरूको मूल्य, वारन्टी र विशेष छुटको बारेमा जानकारी लिनुहोस्।  यसरी, तपाईं आफ्ना लागि उत्तम निर्णय लिन सक्नुहुन्छ र नयाँ वर्ष २०८२ को सुरुवातसँगै राम्रो ल्यापटप खरिद गर्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १८:७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट