काठमाडौँ । गुगलको पछिल्लो ह्वाइटपेपर जेमिनाई जस्ता लार्ज ल्याङ्वेज मोडेल-एलएलएम (LLM) का लागि प्रभावकारी प्रम्प्टहरू कसरी लेख्ने भन्ने विषयमा प्रयोगकर्ताहरूलाई मार्गदर्शन गर्न तयार पारिएको हो । ओपनएआईको च्याटजीपीटीले अत्यधिक सफलता पाएसँगै जेनेरेटिभ एआई टुलहरूका लागि राम्रो प्रम्प्ट तयार पार्नु आफैमा एक विशेष सीप बनेको छ । यसले प्रम्प्ट इन्जिनियरिङ भनेर चिनिने एउटा नयाँ सीपको जग बसालेको छ।

प्रविधि अत्यधिक विकसित र व्यापक रूपमा अपनाउँदै जाँदा एआईबाट प्राप्त हुने नतिजाहरूको गुणस्तर प्रयोगकर्ताहरूले कसरी एलएलएमलाई स्पष्ट र प्रभावकारी रूपमा निर्देशन दिन्छन् भन्ने कुरामा निर्भर हुन्छ । “एलएलएम निर्देशन (instructions) पालना गर्न भारी मात्रामा रहेका डेटामा प्रशिक्षित गरिएका हुन्छन् । त्यसैले तिनीहरू प्रम्प्ट बुझ्न र जवाफ तयार पार्न सक्छन् ।
तर एलएलएम पर्फेक्ट छैनन्; तपाईँको प्रम्प्ट टेक्स्ट जति स्पष्ट हुन्छ, एलएलएमले त्यति नै राम्रोसँग सम्भावित अनुमान गर्न सक्छ ।
के हो प्रम्प्ट इन्जिनियरिङ ?

सरल शब्दमा एआई मोडेलले आउटपुट अनुमान गर्न प्रयोग गर्ने टेक्स्ट इनपुटलाई प्रम्टको रूपमा बुझ्न सकिन्छ । तपाईँले प्रयोग गर्ने मोडेल, मोडेललाई प्रशिक्षण दिन प्रयोग गरिएको डेटा, मोडेल कन्फिगरेसन, तपाईँको शब्द चयन, शैली तथा टोन, संरचना, र सन्दर्भ जस्ता प्रम्प्टका विभिन्न पक्षहरूले यसको प्रभावकारितामा असर पार्न सक्छन् ।
जब प्रयोगकर्ताले एलएलएममा टेक्स्ट प्रम्ट सब्मिट गर्छ, यसले चरणबद्ध ढङ्गले टेक्स्टलाई इनपुटको रूपमा विश्लेषण गर्छ र मोडेललाई प्रशिक्षित गरिएको डेटाको आधारमा कुन टोकन फलो गर्ने भनेर अनुमान गर्छ ।
प्रम्प्ट इन्जिनियरिङले उच्च-गुणस्तरका प्रम्प्टहरू डिजाइन गर्ने प्रक्रियालाई जनाउँछ । जसले एलएलएमलाई सटीक आउटपुट तयार पार्न मार्गदर्शन गर्छ । यो एक अत्यधिक दोहोरिरहने प्रक्रिया पनि हो ।
यसमा जनरल प्रम्प्टिङ तथा जेरो शट, वन शट, फ्यु शट, सिस्टम प्रम्प्टिङ, कन्टेक्चुअल प्रम्प्टिङ, रोल प्रम्प्टिङ, स्टेप-ब्याक प्रम्प्टिङ, चेन अफ थट (CoT), ट्री अफ थट्स (ToT), र रिएक्ट (कारण र कार्य) लगायतका प्रमुख प्रम्प्टिङ प्रविधि समावेश छन् ।
प्रम्ट दिँदा ख्याल राख्नुपर्ने कुरा
१. उदाहरणहरू दिने: गुगलले टेक्स्ट प्रम्प्टभित्र कम्तीमा एक वा एकभन्दा बढी उदाहरणहरू समावेश गर्न सुझाएको छ । ताकि एआई मोडेलले दिइएको काम सम्पन्न गर्नका लागि आवश्यक प्याटर्न बुझ्न वा उदाहरणको नक्कल गर्न सकोस् । यो भनेको एआई मोडेललाई रेफ्रेन्स पोइन्ट वा लक्ष्य निर्धारण गर्ने कुरा जस्तै हो, जसले तपाईँले दिएको काम पुरा गर्ने क्रममा शुद्धताका साथै शैली अनि टोनमा सुधार गर्छ ।
२. सरल बनाउने: टेक्स्ट प्रम्प्ट भित्र एलएलएमसँग जटिल भाषा प्रयोग गर्ने र अनावश्यक जानकारी दिने कुरामा सावधानी अपनाउन गुगलले सचेत गराएको छ । बरु त्यसको साटो कामलाई व्याख्या वा वर्णन गर्ने भर्ब तथा क्रियापद प्रयोग गर्न सुझाइएको छ ।
३. स्पष्ट हुने: सिस्टम वा कन्टेक्स्ट प्रम्प्टिङ मार्फत प्रम्प्टमा स्पेसिफिक वा स्पष्ट रूपमा विवरण दिँदा मोडेललाई सान्दर्भिक कुराहरूमा ध्यान केन्द्रित गर्न मद्दत पुग्छ । जसले समग्र शुद्धतामा सुधार ल्याउँछ । जबकि सिस्टम प्रम्प्टिङले एलएलएमलाई ‘बिग पिक्चर’ प्रदान गर्दछ । कन्टेक्स्ट प्रम्प्टिङले भने तत्कालको कुराकानी वा कार्यसँग सम्बन्धित स्पेसिफिक विवरण वा पृष्ठभूमि प्रदान गर्दछ ।
४. सीमितता तोक्नेभन्दा निर्देशनमा ध्यान दिने: एआई मोडेललाई के नगर्ने भनेर बताउनुको साटो के गर्ने भनेर अह्राउनु होस् । यसले दुबिधाबाट बच्न र आउटपुटको शुद्धतामा सुधार गर्न सक्छ ।
५. टोकनको सीमा तोक्ने: यसको मतलब एआईबाट तयार हुने आउटपुटलाई एक निश्चित लम्बाइ वा अधिकतम टोकन सीमा राखेर कन्फिगर गर्नु हो । उदाहरणका लागि: “Explain quantum physics in a tweet length message.”
६. प्रम्प्टहरूमा भेरियबल राख्ने: यदि तपाईँले विभिन्न प्रम्प्टहरूमा जानकारीको एउटै भाग प्रयोग गर्नुपर्ने छ भने यसलाई भेरियबलमा स्टोर गर्न सक्नुहुन्छ । त्यसपछि प्रत्येक प्रम्प्टमा उक्त भेरियबललाई रेफ्रेन्समा राखे पुग्छ । यसले दोहोर्याइ रहनु पर्ने झन्झट कम गरेर तपाईँको समय र मेहेनत बचाउँछ ।
७. लेखन शैलीमा प्रयोग: एआईले दिने जवाफ वा नतिजा त्यसको मोडेल कन्फिगरेसन, प्रम्प्ट फर्म्याट, शब्द चयन आदि जस्ता धेरै पक्षमा निर्भर हुन्छ । शैली, शब्द चयन र प्रम्प्टको प्रकार जस्ता प्रम्प्टका विशेषता प्रयोग गर्दा फरक अनि चाहे जस्तो नतिजा पाउन सक्नु हुन्छ । त्यसैले लेखन शैलीमा खेल्नु राम्रो हुन्छ ।
८. मोडेल अनुसार अपडेट हुने: गुगलले प्रयोगकर्ताहरूलाई एआई मोडेलको आर्किटेक्चरमा हुने परिवर्तनका साथै घोषित फिचर तथा क्षमताको बारेमा जानकारी राख्न सल्लाह दिएको छ । नयाँ मोडेल भर्सनहरू ट्राई गर्नुहोस् र नयाँ मोडेल फिचरलाई अझ राम्रोसँग उपयोग गर्न आफ्नो प्रम्प्ट एडजस्ट गर्नुहोस् ।
१०. आउटपुट फर्म्याट परीक्षण गर्ने: गुगलले एलएलएमलाई जेसन (JSON) फर्म्याटमा आउटपुट आउनेगरी प्रम्प्ट इन्जिनियरिङ गर्न सुझाएको छ । जाभास्क्रिप्ट अब्जेक्ट नोटिफिकेसन (JSON) एउटा स्टक्चर्ड डेटा फर्म्याट हो, जुन प्रम्प्ट इन्जिनियरिङमा प्रयोग गर्न सकिन्छ । खास गरी डेटा एक्ट्राक्सन, सेलेक्टिङ, पार्सिङ, अडरिङ, र्याङ्किङ तथा क्याटेगोराइजिङ जस्ता कार्यहरूका लागि यो उपयोगी हुन सक्छ ।
पछिल्लो अध्यावधिक: बैशाख १, २०८२ १७:९
सामाग्री श्रोत :
टेक पाना