२०८२ बैशाख २ मंगलवार
LATEST NEWS
२०८२ बैशाख २ मंगलवार

आयुर्वेदबाट कसरी निको हुन्छ ‘ग्याष्ट्रिक’को समस्या?

ग्याष्ट्रिक भनेर आम नागरिकले चिन्ने ग्याष्ट्राइटिसको समस्या अहिले घर–घरमा छ। एक हिसाबले भन्ने हो भने यो हाम्रो राष्ट्रिय रोग नै हुन लागि सक्यो। ग्याष्ट्रिकलाई चिकित्सकीय भाषामा ग्याष्ट्राइटिस भनिन्छ। पेटको भित्तामा रहेको म्युकोजा एसिडबाट रक्षा गर्ने एक झिल्ली हुन्छ। जुन झिल्लीमा क्षति भएर अनेकौ लक्षणहरु उत्पन्न गराउने रोग हो।ग्याष्ट्रिक अस्वस्थ खानपान, अनियमित दिनचर्या र पाचनमा हुने कमजोरीका कारण हुन्छ। यसका विभिन्न लक्षणहरु हुन्छन् :  – माथिल्लो पेटमा ग्याँस भरिएको जस्तो हुने– खाना खाइसकेपछि अपच हुने– वाकवाकी तथा बान्ता हुने– ग्याष्ट्रिक पुरानो भए रगत सहितको वान्ता हुने आदि।अत्यधिक मदिरा पिउने तथा सूर्तिजन्य पदार्थको सेवन गर्ने व्यक्तिमा पनि ग्याष्ट्रिकको समस्या हुन्छ। दुखाई कम गर्ने औषधिहरुको सेवनले पनि ग्याष्ट्रिक निम्त्याउँछ। पाचन प्रणालीमा ब्याक्टेरियल संक्रमण हुँदा पनि ग्याष्ट्रिक देखिन्छ। ९० प्रतिशत कारकमा एच पाइलोरी जिवाणुका कारण पनि भइरहेको देखिन्छ। अटोइम्युन डिजिज अर्थात् कही अवस्थामा शरीरको प्रतिरक्षा प्रणालीले आफ्नै पेटको भित्तालाई क्षति पुर्याउँदा पनि ग्याष्ट्रिक विकसित भइरहेको हुन्छ।  आयुर्वेदमा हामी ग्याष्ट्रिकलाई उध्र्वग अम्लपित्त भनेर चिन्छौं। यो प्राय पित्त दोष विकृत भएर उत्पन्न भइरहेको देखिन्छ। लामो समयसम्म खाली पेट बस्नु, खाएको खाना नपचिकन अर्को खाना खाँदा, धेरै खाँदा, खाएको खानेकुराको समायोजन नमिल्दा पनि पाचन प्रणालीमा समस्या आउँछ।यी समस्यालाई हामीले घरमै पनि केही हदसम्म नियन्त्रण गर्न सक्छौ। बिहान एलोभेरा अर्थात ध्यूकुमारी, गुर्जोको जुस पिउन सकिन्छ। धनियाँको दानालाई रातभरी भिजाएर बिहान त्यसको पानी पिउँदा पनि ग्याष्ट्रिकको केही लक्षणमा सुधार ल्याउन सकिन्छ। ग्याष्ट्रिकलाई स्थायी रुपमा आयुर्वेदको माध्यमबाट निको पार्न सकिन्छ।आयुर्वेदमा ग्याष्ट्रिकको कारण पित्त दोषको असन्तुलन भएकाले पनि यसलाई सन्तुलन पार्ने खालको उपचार गरिन्छ। सही आहार, जीवनशैलीमा सुधार र औषधीय जडिबुडीहरु, पञ्चकर्म जस्ता विधिहरुले आयुर्वेदलाई जरैदेखि हटाउन पनि सक्छ। (डा रक्षा भट्टराई आयुर्वेद चिकित्सक हुन्) 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट