२०८२ बैशाख २ मंगलवार
२०८२ बैशाख २ मंगलवार

औषधि मूल्य समायोजन: आवश्यकता कि बाध्याता

नेपाली वजारमा उपलब्ध औषधिलाई हेर्दा भिन्न भिन्न उत्पादक कम्पनिहरुवाट उत्पादित एकै प्रकारको औषधिहरुको मूल्य विच एकरुपता भने पाईदैन। साथै फरक फरक मूल्य कायम भएको सन्दर्भमा पर्याप्त, स्पष्ट आधार एबम कारणहरु समेत देखिदैन ।यस्तो अवस्थाको अन्त्य  गर्दै मूल्य निर्धारणलाई व्यवस्थित,वैज्ञानिक एबम समय सापेक्षित बनाउंदै लैजानुपर्ने अहिलेको आवश्यकता  हो। प्रचलित कानुन अनुसार औषधि व्यवस्था विभागले औषधिको मूल्य निर्धारण गर्न आवश्यक देखेमा औषधि परामर्श परिषदको बैठकमा पेश गरि मूल्य निर्धारण गर्ने प्रक्रिया अघि बढाउन सक्ने प्रावधान रहेको छ।यसरि निर्धारण गरिएको मूल्य नेपाल सरकारको राजपत्रमा प्रकाशित भए पश्चात लागु हुनेछ। मूल्य समायोजनको प्रक्रियाले उत्पादक र उपभोक्ता विचको दुरी कम गराई उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध हुने अवस्था बनाउन मद्दत पुर्याउछ।मूल्य समायोजन बैज्ञानिक, व्यवस्थित र स्वचालित हुनुपर्दछ।जसका लागी औषधिको मूल्य निर्धारण सम्बन्धि व्यवस्थाको दीर्घकालीन रुपमा समाधान खोज्न आवश्यक छ ।अन्तराष्ट्रिय अभ्यासलाई समेत हेरी  प्रचलित कानुन औषधि ऐन २०३५ ले दिएको व्यवस्थामा सशोधन गरी National Pharmaceutical Pricing Authority को स्थापना मार्फत दिगो रुपमा औषधिको मूल्य निर्धारणको प्रक्रियालाई नियमित,स्वचालित बनाउन आवश्यक छ। अन्य नयाँ व्यवस्था लागु नहुँदा सम्म प्रचलित कानुनको अधिनमा रही मूल्य निर्धारण सम्बन्धि कार्यलाई अघि बढाउनुपर्ने वाध्यात्मक अवस्था हो।औषधि उद्योगले तयारी औषधि बनाउनका लागि आवश्यक कच्चापदार्थ एबम प्याकेजिंग सामाग्री, दक्ष जनशक्ति, भौतिक संरचना,औजार-उपकरण, गुणस्तर नियन्त्रण, भण्डारण, ढुवानी,वजार व्यवस्थापन, औषधि उत्पादनमा अवलंबन गरिएको विधि प्रक्रिया, प्रविधि, राष्ट्रिय-अन्तराष्ट्रिय मान्यता, अनुसन्धानात्मक औषधि, निर्धारित राजश्व, अन्तराष्ट्रिय सन्दर्भ मूल्य, उचित मुनाफा लगायतका विषयहरु मूल्य तय गर्नका लागि ध्यान दिनुपर्ने विषयहरु हुन्। सबै औषधिको मूल्य निर्धारण नहुनु र भएकामा समेत समायोजन नहुँदा उपभोक्ता मारमा छन्। तसर्थ निम्न विषयहरुलाई अध्ययन गरि  तथ्यमा  आधारित भई मूल्य समायोजनको प्रक्रिया अघि बढाउदा यसरि कायम गरिने मूल्य वैज्ञानिक,व्यवाहारिक एवं पारदर्शी देखिनुका साथै कार्यान्वयनमा सहजता हुनेछ। •    दिर्घ रोगीहरुले प्रयोग गर्ने ,लामो समय देखि मूल्य हेरफेर नभएका औषधिहरुलाई ध्यान दिई मूल्य समायोजन गर्न आवश्यक छ।    •    अघिल्लो मितिमा मूल्य निर्धारण भएका औषधिहरु समेतलाई पुनरावलोकन गरि उचित मूल्य कायम गर्नुपर्ने छ।   •    नेपालमा उत्पादन नहुने परनिर्भर रहनुपर्ने Biological Product लगायतका औषधिहरुको मूल्य समायोजन गर्दा अटुट रुपमा उपलब्ध हुन सक्ने गरि मूल्य निर्धारण गर्नुपर्नेछ।  •    Cancer/Renal transplant मा प्रयोग हुने औषधिहरुको हकमा अटुट रुपमा उपलब्ध हुन सक्ने गरि उचित मूल्य कायम गर्नुपर्ने छ। •    Large Volume Parenteral/Life savings औषधिहरुको मूल्य समायोजन गर्दा अटुट रुपमा उपलब्ध हुन सक्ने गरि उचित मूल्य निर्धारण गर्नुपर्नेछ। •    मूल्यको विषय लिई वेलावेलामा बजार अभाव हुन् सक्ने देखिएका औषधिलाई ध्यान दिई मूल्य समायोजन गर्नुपर्नेछ।नेपाल सरकारले हालसम्म आइपुग्दा सबै औषधिको मूल्य निर्धारण नहुनु र भएकामा समेत समायोजन नहुँदा उपभोक्ता मारमा परेको विषयलाई लिई मूल्य समायोजनको प्रक्रिया अघि बढाउनु स्वागतयोग्य छ।समायोजन वैज्ञानिक,व्यवाहारिक एबम पारदर्शी बनाउन उत्पादक देखि उपभोक्ता सम्म सबैको जिम्मेवारी रहन्छ।समायोजनले टेन्डर प्रकृयावाट औषधि खरिद गरिने संस्थामा उपभोक्ताले  तिर्नुपर्ने औषधिको मूल्य र प्राइभेट संस्था एबम फार्मेसीहरुमा अधिकतम खुद्रा मुल्यमा आधारित भई औषधि खरिद गर्दा तिर्नुपर्ने रकम विचको खाडलमा पनि कमि गर्न मद्दत पुग्नेछ। Paracetamol 500 mg ट्याब्लेटको अधिकतम खुद्रा मूल्य रु.१ रुपैयाँ निर्धारण गरिएको छ।वेलाबखतमा वजारमा Paracetamol 500 mg ट्याब्लेटको मूल्य कमि भयो भनेर औषधि अभाव हुने अवस्था देखापर्दछ र वैज्ञानिक रुपमा अध्ययन गरि हेर्दा केहि मुल्य बढाउनुपर्ने अवस्था यथार्थपरक हुन आउछ।वर्षौदेखि समस्याको रुपमा रहेको विषयलाई अध्ययन गरि मूल्य समायोजनको प्रक्रिया मार्फत कायम रहेको मुल्यमा बढाउनुपर्ने भए बढाउने घटाउनुपर्ने भए घटाउने सरकारको जिम्मेवारी,सम्बन्धित निकायको हो। उक्त विषयलाई ज्यादा राजनीतिकरण गरि सरकारले मूल्य बृद्दी गर्यो भन्ने भाष्य बनाउन तिर लागियो भने त्यो अनुत्पादक बन्दछ।मूल्य सधै एकै रहन सक्दैन। त्यससँग धेरै विषयहरु अन्तर्निहित रहन्छन। तसर्थ विज्ञानमा आधारित रही स्वचालित प्रणाली बनाई समय समयमा मूल्य समायोजनको प्रक्रिया अघि बढाउनुमा सबैको हित हुन्छ। उपभोक्ताले वैज्ञानिकतामा आधारित रही कायम भएको मूल्यलाई मान्दछ।उत्पादकले मान्नुपर्दछ ।अध्ययन गरि तथ्यमा आधारित भई मूल्य बढाउने घटाउने अवस्थालाई एकिन गर्ने कार्यलाई यथासिघ्र सम्पन्न गर्न सबैको वल मिलोस्।          उदाहरणका लागि हेरौं : विभिन्न निकायहरुले खरिद गरेका औषधिको खरिद मूल्य र अधिकतम खुद्रा मूल्य विचको अन्तर जसले गर्दा उत्पादक,विक्रेता देखि उपभोक्ता विच उचित मूल्य कायम भई अटुट रुपमा औषधि उपलब्ध हुने अवस्था सिर्जना हुन्छ। 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट