२०८१ चैत्र ३१ आईतवार
२०८१ चैत्र ३१ आईतवार

औषधी किन्दा वा फलोअपमा जाँदा चिकित्सकलाई के सोध्ने ? 

नेपालमा ज्येष्ठ नागरिकका स्वास्थ्यसँग के–के पक्षहरुले सरोकार राख्न सक्छ भन्ने केही पक्षलाई यहाँ प्रस्तुत गर्न खोजिएको छ। नेपालमा अहिले कुल जनसंख्याको १०.२१ प्रतिशत ज्येष्ठ नागरिक छन् । आगामी २५ वर्षमा नै यो संख्यामा दोब्बरले बढोत्तरी हुने अनुमान गरिएको छ । ज्येष्ठ नागरिकसँग सरोकार राख्ने धेरै प्रकारका जनस्वास्थ्यका समस्याहरु छन्। जसमा ज्येष्ठ नागरिकहरुमा एक भन्दा बढी रोगहरु हुन्। प्रत्येक ४ जनामध्ये एक जनामा एक भन्दा बढी रोग हुनु, औषधि खाइरहेकाहरु मध्ये एकदमै कम ज्येष्ठ नागरिकहरुलाई उच्च रक्तचाप तथा महुमेहजस्ता रोग नियन्त्रण हुनुजस्ता समस्याहरु देखिने गरेको छ। त्यस्तै करिब ५० प्रतिशत ज्येष्ठ नागरिकलाई डिप्रेसन, एन्जाइटी जस्ता मानसिक स्वास्थ्य समस्या रहेको पाइएको छ। करिब १६ प्रतिशत ज्येष्ठ नागरिकहरुमा कुपोषणको समस्या तथा ६१ प्रतिशत कुपोषण हुने जोखिममा रहेको अनुसन्धानले पत्ता लगाएको छ। यसरी हेर्दा करिब २० –२२ प्रतिशत ज्येष्ठ नागरिकलाई उचित प्रकारको खानपानको व्यवस्था हुन सकेको छ। बिरामी हुँदा करिब ६० प्रतिशत ज्येष्ठ नागरिक मात्रै उपचारका लागि शुरुमै अस्पतालजाने गरेको पाइन्छ। त्यसमध्ये ४० प्रतिशतले भने आयुर्वेदिक वा अन्यसेवा लिएको पाइएको छ। अस्पताल गएर सेवा लिएकामध्ये ७० प्रतिशत ज्येष्ठ नागरिकलाई स्वास्थ्य सेवा लिन समस्या भएको रिपोर्ट गरेका छन्। करिब ४० प्रतिशतज्येष्ठ नागरिकले कुनै न कुनै प्रकारको दुव्र्यवहारको सामना गर्नुपरेको छ। उनीहरुका स्याहारकर्ताले उचित स्याहार नदिएको  तथा शाब्दिक रुपमा दुव्र्यवहार गरेको पाइएको छ। यस्तो अवस्थामा उनीहरुको जीवनशैलीलाई स्वस्थ मान्न सकिदैंन। नेपालमा ५ प्रतिशत ज्येष्ठ नागरिकहरुले विभिन्न माध्यमबाट एकै व्यक्तिले स्वास्थ्य सेवा लिँदा औषधि डुप्लीकेसनको समस्या देखिएको छ। जस्तै एकै प्रकारको तर फरक फरक कम्पनीको औषधि प्रयोग गर्नु।करिब ५० प्रतिशत ज्येष्ठ नागरिकहरुले ५ भन्दा बढी प्रकारका औषधिहरु सेवन गरिरहेका छन् । करिब ५० प्रतिशत ज्येष्ठ नागरिकहरुले वृद्धावस्थामा उपयुक्त नमानिने औषधिहरु समेत प्रयोग गरिरहेका छन् । यसले गर्दा उनीहरुलाई फाइदा भन्दा बढी हानी गरिरहेको अवस्था छ। ४३ प्रतिशतले पछिको लागि भन्दै सिटामोल, पेन किलर जस्ता औषधिहरु किनेर घरमा राख्ने गरिएको पाइएको छ। त्यसले स्वास्थ्यमा नकारात्मक असर गरेको पाइएको छ। ज्वरो आएको बेला घरमा लगेर राखिएको सिटामोल र आइबुप्रोफेन प्रयोगको समिश्रण डेंगु हुँदा प्रयोग भएमा त्यसले नकारात्मक असर गर्छ । यसरी पछि चाहिन्छ भनेर घरमा औषधि भण्डारण हुँदा कतिपय ज्येष्ठ नागरिकले म्याद गैसकेको अवस्थामा पनि औषधिको प्रयोग गरिरहेको पाइन्छ, जुन स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक होइन बरु घातक मानिन्छ ।बिरामीले औषधीको उचित र सुरक्षीत प्रयोग गर्नका लागि परामर्श लिंदा फार्मसिष्ट र चिकित्सकलाई यी कुरा सोधौं१. औषधीको नाम र मात्रा२. सेवन गर्ने विधि र समय अर्थात् दिनमा कतिपटक खाने, खाली पेटमा खाने कि, खानाअघि खाने कि,खाना सँगै खाने कि खानापछि खाने, राम्रोसँग भन्ने र बुझ्ने३. औषधी कहिलेसम्म सेवन गर्ने सोको समय-अवधी४. औषधी लिँदा – खान नहुने अरु औषधिहरू, खाद्य बस्तुहरु र पेयपदार्थहरु५. औषधीलिंदासोऔसधिलेदेखाउनेअपेक्षितसाइडइफेक्ट६. भूलवस औषधिको मात्रा छुटिहाल्यो भने – छुटेको मात्राको परिपूर्ति गर्ने तरिका७. औषधी खोलेपछि कहिलेसम्म प्रयोग गर्न मिल्ने हो सोको समयावधि८. औषधी कहाँ र कसरी राख्ने तरिका९. औषधी उत्पादन भएको र म्याद सकिने मिति१०. प्रयोग नभएको अथवा म्याद सकिएको औषधीको उचित व्यवस्थापन गर्ने तरिका११. औषधी प्रयोग गर्दा अपनाउनुपर्ने अन्य सावधानीहरूफलोअपमा जाँदा फार्मसिष्ट र चिकित्सकलाई यी कुरा सोधौं – मैले प्रयोग गरिरहेको औषधिहरुको थप डोज खानु पर्छ कि पर्दैन?पर्छ भने – मैले थप डोज किन खानुपर्ने हो?- की पुरानो औषधि छोडेर नयाँ नयाँ औषधि थप गरिएको हो?- किन पुरानो औषधि छोडेर नयाँ खानु पर्ने हो ?–अब कुन कुन औषधि नियमितरुपमा कहिलेसम्म सेवन गर्नुपर्छ ?–मेरो औषधि कसरी र कति समयसम्म खाने वा प्रयोग गर्ने ?–प्रयोग गरेको औषधिले काम गरिरहेको छ वा छैन भन्ने मैलै कसरी थाहा पाउने र यसका सम्भावित असरहरु के – के हुनसक्छन् ?–अर्को पटक आउँदा मलाई कुनै थप परीक्षण चाहिन्छ ?–अर्को पटक तपाईलाई भेट्न कहिले आउने ?लेखक डा. शर्मा ज्येष्ठ नागरिकमा औषधिको उचित र सुरक्षित प्रयोग गर्न सकिने विषयमा अनुसन्धानमा सक्रिय छन्।  (डा रमेश शर्मा पौडेल औषधि विज्ञ हुन्।)     
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट