टक्सार (भोजपुर)। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिलेको व्यवस्थाबाट मुलुक पुनः पछाडि फर्कने अवस्था नरहेको बताएका छन्।

आज कांग्रेस भोजपुरको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले पुरानो व्यवस्थामा पुनः फर्कन खोज्नुलाई भूतप्रेतको सङ्ज्ञा दिए। अब फेरि नेपालमा संवैधानिक राजा बनाउन नसकिने बताउँदै गणतन्त्रलाई संस्थागत गर्न त्यसभित्र देखिएका फोहरलाई सफा गर्न जरुरी रहेको उनको भनाइ छ।
अहिलेको व्यवस्थामा बढ्दै गएको असन्तुष्टिलाई सुधार गर्दै अगाडि बढ्नुपर्नेमा उनले जोड दिए। विसं २०४६ पछि लाभमा रहेका व्यक्तिको छानबिन गर्न शक्तिशाली आयोगको जरुरी रहेको बताउँदै महामन्त्री थापाले छानबिनमा कांग्रेसका नेता अथवा जोसुकै परे पनि त्यसको भारी कांग्रेसले नबोक्ने बताए।
पार्टीको महाधिवेशन तोकिएको समयभित्रै हुनुपर्ने बताउँदै उनले अहिले त्यसका लागि आवश्यक तयारी भइरहेको बताए।

सामाग्री श्रोत :