२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

राजा महाराजाको काम छैन, फेरि फर्किए देश बर्बाद हुन्छ – अध्यक्ष नेपाल

रौतहट –नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा राजा ल्याए बर्बाद हुने बताएका छन् । राजा महाराजाको कुनै काम नभएको भन्दै उनले जनताभन्दा माथि कोही नरहेको पनि दाबी गरे ।  

रौतहटको गरुडामा बिहीबार पार्टीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले राजवादीको तीनकुने आन्दोलन हिंस्रक भएको जिकिर गरे । उनले राजावादीद्वारा आफ्नो पार्टी कार्यालय तोडफोड, नागरिकका सम्पत्तिमा आगजनी, मानिस मार्ने, चोरी गर्ने र सार्वजनिक सम्पत्ति जलाउनेलगायतका कार्य गरेको उल्लेख गरेका छन् ।  

Ncell 2
Ncell 2

‘चैत १५ गते राजावादीले तीनकुनेमा जताततै कार्यालय तोडफोड गरे, पसल चोरी गर्ने काम गरे, आगजनी, मानिस मार्ने काम गरे यसले देश बर्बाद हुनेवाला छ । अव राजामहाराजाको कुनै काम छैन । अव जनता नै सबैथोक हो । हामी सबैको सामु भनिरहेका छौँ । हामी जनताको सेवामा लागिरहेका छौँ । समाज परिवर्तनमा लागिरहेका छौँ,’ पूर्वप्रधानमन्त्री समेत नेपालले भने ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट