२०८२ बैशाख ४ बिहीबार
२०८२ बैशाख ४ बिहीबार

‘अवैध अभ्यास’मा डा पंकज: क्यान्सरको ‘नक्कली औषधि’ सिफारिस प्रकरणमा मुछिए

काठमाडौं-  नेपालमा कार्यरत भारतीय क्यान्सर रोग विशेषज्ञ डा पंकजकुमार वर्मन ‘अवैध अभ्यास’ संलग्न रहनुका साथै ‘क्यान्सरको नक्कली औषधि’ सिफारिस प्रकरणमा मुछिएका छन्।उनी ५ महिनादेखि लाइसेन्सबिहिन छन् तर आफू चितवन मेडिकल कलेजमा कार्यरत रहेको उनी आफैंले बताउने गरेका छन्। क्यान्सरको नक्कली औषधि बनाएर बिक्री गरेको आरोपमा पक्राउ परेको भारतीय गिरोहसँग सम्बन्ध रहेको विषयलाई लिएर नेपाल मेडिकल काउन्सिल र  जिल्ला अदालत ललितपुरमा मुद्दा परेको छ।  हाल चितवन मेडिकल कलेजमा कार्यरत रहेको बताउने उनको मुद्दा भने नेपाल मेडिसिटी अस्पतालमा कार्यरत रहँदाको हो। डा वर्मनसहित मेडिसिटी अस्पतालमा कार्यरत डा विजय शाह र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध उच्च अदालत पाटनमा मुद्दा परेको हो। क्यान्सरको नक्कली औषधीका कारण आफ्नो आमाको मृत्यु भएको भन्दै छोरीहरु भूमिका पिया र भिन्नता पियाले मुद्दा दायर गरेका हुन्।नेपाल मेडिकल काउन्सिलले डा वर्मनका विषयमा मुद्दा दर्ता भएपछि तुरुन्तै छानविन थालिएको प्रवक्ता तथा रजिष्ट्रा डा सतिश देव बताउँछन्। छानविनकै क्रममा रहेकाले धेरै बोल्न नमिल्ने उल्लेख गर्दै उनले भने, ‘उहाँसँग हामीले स्पष्टीकरण सोधिसकेका छौं। थप छानविन गरेर निर्णयमा पुग्नेछौं।’ गत भदौमै डा कालुसिंह खत्री नेतृत्वको समितिले उनको स्पष्टीकरण लिएको थियो। तर, उक्त विषयमा काउन्सिलले निर्णय लिन भने ढिलाइ गरिरहेको छ। स्पष्टीकरणमा उनले भारतमा नक्कली औषधि बेचेको आरोपमा पक्राउ परेका निरज चौहानलाई चिन्ने बताएका छन्। आफूले उक्त औषधि ‘गुड फेथ’मा सिफारिस गरेको दाबी गरेका छन्।  के छ आरोप?डा वर्मनबिरुद्ध भिन्नता पियाले २०८१ साउन २१ गते काउन्सिलमा उजुरी गरेकी थिइन्। भारतमा सक्कली औषधिको भाँडोमा नक्कली पदार्थ मिसाएर बेचेको आरोपमा निरज चौहान लगायतलाई प्रहरीले पक्राउ गर्यो। उनको मुद्दा चलिरहेको छ।  नक्कली क्यान्सरको औषधि बनाएर बेच्ने उक्त गिरोहले ३ हजारदेखि रु ६ हजार भारतीय रुपैयाँमा ‘किट्रुडा’ नामक औषधिको खाली भाँडो किन्थ्यो, तिनलाई नक्कली पदार्थले भरेर ४० हजारदेखि रु ५० हजारसम्ममा फार्मेसी र अनलाइन प्लेटफर्महरूमार्फत बेच्न गरेको प्रहरी अनुसन्धानले देखाएपछि पक्राउ गरिएको थियो। डा वर्मनले उक्त औषधिका लागि भारतमा आफूलाई नीरज चौहानलाई भेट्न पठाएको च्याटको स्क्रिन सटसमेत काउन्सिलमा बुझाइएको छ। जहाँ डा वर्मनले अंग्रेजीमा लेखेका छन्,  ‘प्रेस्क्रिप्सन र नीरजको फोन नम्बर पठाइएको छ।’उक्त औषधिको शुल्क भने डा वर्मनको टिमले नेपालकै मेडिसिटी अस्पतालमा बुझेको उक्त स्क्रिनसटले दर्शाउँछ। जहाँ डा वर्मनकै टिमका डा विजय (शाह)ले कोठा नं ६५७ बाट ३ लाख ५२ हजार रुपैयाँ ‘बुझेको’ उजुरीसँग उपलब्ध प्रमाणले दर्शाउँछ।  दर्ताबिनाको औषधी प्रेस्क्राइब मेडिकल काउन्सिल स्रोतका अनुसार आफूले ‘गुड फेथ’मा उक्त औषधि प्रेस्क्राइब गरेको लिखित स्पष्टीकरणमा डा वर्मनले स्वीकारेका छन्। तर, उनले प्रेस्क्राइब गर्ने समयमा उक्त ब्रान्ड औषधि व्यवस्था विभागमा दर्ता नै थिएन।नेपाल मेडिसिटी अस्पतालमा डा वर्मनको टिमसँग सीता गुरुङ नामकी बिरामीको उपचार २०७७ साल माघ २३ गतेदेखि उपचार भएको थियो। उनको मृत्यु २०७९ माघ २६ गते भएको थियो। औषधि व्यवस्था विभागमा भने किट्रुडा (Keytruda) नामक उक्त ब्रान्ड २०८१ साल जेठ २९ गतेसम्म दर्ता नभएको पाइएको छ। विभागले उजुरीकर्ताका पक्षलाई उपलब्ध गराएको पत्रअनुसार त्यसको जेनेरिक पेम्ब्रोलाइजुमाब (Pembrolizumab) मात्रै दर्ता भएको उल्लेख छ। जुन बंगलादेशमा उत्पादित रहेको अर्को पत्रमा उल्लेख छ। नेपालमा दर्ता भएका जेनेरिक औषधिको विदेशी ब्रान्ड उत्पादन तथा बिक्री गर्न उत्पादन, उत्पादनकर्ता र आयातकर्ता विभागमा दर्ता हुनुपर्ने प्राबधान रहेको विभागले जनाएको छ।  छैन नवीकरण तर भेटिन्छन् मेडिकल कलेजमाडा वर्मन भारतीय नागरिक भएकाले हरेक वर्ष दर्ताका लागि नेपाल मेडिकल काउन्सिलमा निवेदन दिनुपर्छ। काउन्सिललाई मनासिव लागेमा नवीकरण गर्ने प्रावधान छ।डा वर्मनको लाइसेन्स (दर्ता) २०२४ अक्टोबर २ मै सकिएको देखिन्छ। मेडिकल अन्कोलोजिस्टका रुपमा दर्ता भएका उनको लाइसेन्स ‘रिन्यु’  नभएको नेपाल मेडिकल काउन्सिलले जानकारी दिएको छ। काउन्सिलका रजिष्ट्रार तथा प्रवक्ता डा सतिश देवले हालसम्म उनले नवीकरणका लागि निवेदन समेत नदिएको बताएका छन्। उनले भने,  ‘अन्तिम दर्ता चितवन मेडिकल कलेजबाट देखिन्छ। त्यो अक्टोबर २ मा सकिएको छ। त्यसपछि निवेदन परेको छैन।’गत चैत ३ गते उनी चितवन मेडिकल कलेजमा भेटिएका थिए। उनले आफू एशोसिएट प्रोफेसर तथा मेडिकल अन्कोलोजिस्ट रहेको बताए। उनले आफू त्यहाँ विगत एक वर्षदेखि कार्यरत रहेको बताए। डा बर्मनले नेपालमा २०१७ देखि काम गर्दै आएको देखिएको छ। सुरुमा उनले बीएण्डबी अस्पतालमा केही वर्ष काम गरेका छन्। त्योबेला पनि उनले त्यहाँका लागि लाइसेन्स लिएर अन्य अस्पतालमा काम गरेको भन्दै विवाद भएको थियो। नेपाल मेडिकल काउन्सिलमा समेत उजुरी परेको बुझिएको छ। 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट