२०८१ चैत्र २६ मंगलवार
LATEST NEWS
२०८१ चैत्र २६ मंगलवार

‘तपाईँको एन्ड्रोइड फोन अप टु डेट छ’ भन्दै गुगलले तपाईँलाई पनि ढाँटीरहेको त छैन ?

काठमाडौँ । गुगल प्ले सिस्टम अपडेटहरू महत्त्वपूर्ण हुने गर्छन्, तर यस्ता अपडेट प्रायः लुकेर बसेका हुन्छ अथवा प्रयोगकर्ताले बिर्सिरहेका हुन्छन् । यदि तपाईँले प्रत्येक पटक आफ्नो एन्ड्रोइड फोनमा अपडेट उपलब्ध भए नभएको जाँच गर्दा “तपाईँको सिस्टम अपडेट भइसकेको छ” (Your system is up to date) भन्ने सन्देश देखाइरहेको हुन्छ । वास्तवमा कहिलेकाहीँ पेन्डिङ अपडेट लुकिरहेको हुन्छ । 

यो समस्या यति धेरै हुन्छ विगत केही वर्षहरूमा आफूले प्रयोग गरेका प्रत्येक पिक्सेल, ग्यालेक्सी, नथिङ, अनर, रियलमी वा अन्य कुनै पनि फोनमा सयौँ पटक भएको एन्ड्रोइड अथोरिटीकी सिनियर फिचर एडिटर रिता एल खरीले लेखेकी छिन् । “म एन्ड्रोइडको त्यो सन्दर्भको कुरा गरिरहेको छैन, जसमा पहिलो पटक स्पष्ट रूपमा “अपडेटहरूको लागि जाँच गर्नुहोस्” ट्याप नगरेसम्म अपडेटहरू देखाउँदैन । म गुगल प्ले सिस्टम अपडेटहरूको बारेमा कुरा गरिरहेको छु, जुन म प्रायः महिनौँसम्म बिर्सिन्छु । जबसम्म अप्रिल आइपुग्दैन र मेरो प्ले सिस्टम गत वर्षको सेप्टेम्बरको संस्करणमा चलीरहेको हुन्छ । त्यसपछि महसुस गर्छु कि सायद यही कारणले गुगलले दिएका नयाँ सुविधाहरू मैले पाउन सकेको छैन । र म त्यो अपडेट गर्छु अनि बल्ल साँच्चै अपडेट हुन्छ ।”

“यी प्ले सिस्टम अपडेटहरू के हुन्, तिनीहरू कहाँ लुक्छन्, र गुगलले उपलब्ध गराउँदा हामीलाई किन सूचित गर्दैन ? मसँग पहिलो र दोस्रो प्रश्नको जवाफ छ, तर तेस्रोको छैन ।”

सन् २०१९ भन्दा पहिले, तपाईँको पिक्सेल इतरका एन्ड्रोइड फोनमा नयाँ फिचरहरू प्राप्त गर्नु एउटा कठिन काम थियो । सामसङ, मोटोरोला, अनर, साओमी वा अन्य कम्पनीहरूले तपाईँको फोनको लागि पूर्ण नयाँ सफ्टवेयर अपडेट (नयाँ एन्ड्रोइड भर्सन होस् वा मासिक प्याच) पूर्ण रूपमा परीक्षण गरेपछि मात्र जारी गर्नुपर्ने हुन्थ्यो । यसमा प्रायः महिनौँ लाग्थ्यो, सस्ता फोनहरूमा त झन् वर्षौँ पनि लाग्न सक्थ्यो । गुगलसँग प्रि-इन्स्टल गुगल प्ले सर्भिस सिस्टम एपमार्फत त्यसलाई केही हदसम्म बाइपास गर्ने उपाय थियो । जसले गर्दा फुल सफ्टवेयर अपडेटहरूबाट स्वतन्त्र रूपमा केही नयाँ सुविधाहरू ल्याउन सकिन्थ्यो, तर एउटा एपले मात्र धेरै गर्न सक्दैनथ्यो ।

सन् २०१९ मा प्रोजेक्ट मेनलाइन सुरु भएपछि चीजहरू परिवर्तन भए । गुगलले महसुस गर्‍यो कि एन्ड्रोइड फोनहरूमा समयमै नयाँ सुविधाहरू ल्याउन निरन्तर कठिन प्रयास गर्नुपर्ने हुन्छ । त्यसैले यसले एन्ड्रोइड सिस्टमका केही मुख्य भागहरूलाई प्रोजेक्ट मेनलाइन अन्तर्गत अलग गरेर आफ्नै हातमा लियो । यसले फुल सफ्टवेयर अपडेटको आवश्यकता बिना र अन्य कुनै कम्पनीको दक्षतामा भर नपरी ओएसका भागहरूलाई सिधै अपग्रेड गर्न, नयाँ फिचरहरू जारी गर्न वा गोपनीयता र सुरक्षा सुधारहरू गर्न सकिने भयो । 

गुगलले मोबाइल निर्माताहरूमार्फत नगइकन अपग्रेडलाई सरल र छिटो छरितो बनाउन एन्ड्रोइड सिस्टमका भागहरू अलग गर्‍यो । तिनीहरू नै गुगल प्ले सिस्टम अपडेट हुन् । यस्ता गुगल अपग्रेडले हाम्रा लागि धेरै सुविधा ल्याएका छन्, जुन हामी अहिले दैनिक प्रयोग गरिरहेका हुन्छौँ । 

क्रस-डिभाइस सर्भिस अन्तर्गत एन्ड्रोइड १२ को गोपनीयता ड्याशबोर्ड, गत वर्षको फाइन्ड माई डिभाइस नेटवर्क विस्तार वा चोरी पत्ता लगाउने लक, इस्टेन्ट हटस्पट तथा प्ले प्रोटेक्ट, गोपनीयता, आपत्कालीन एसओएस, एप हाइबरनेसन (प्रयोगकर्ताले लामो समयसम्म नचलाएका एपरूलाई राखिने विशेष अवस्था) लगायतका थुप्रै सुधारहरू गुगल प्ले सिस्टम अपडेटहरूबाटै आएका हुन् ।

त्यसैले जब गुगलले सबै एन्ड्रोइड १० फोनहरूमा नयाँ सुविधा आउँदैछ भनेर एकमुष्ट घोषणा गर्छ, यसको अर्थ प्रायः ती प्ले सिस्टम अपडेटमार्फत आउनेछन्, सफ्टवेयर अपडेटमार्फत होइन । गुगललाई थाहा छ कि यस मार्फत सबै एन्ड्रोइड फोनहरूमा पुग्न सक्छ । यसलाई तपाईँको ग्यालेक्सी वा अर्को कुनै फोनमा पठाउन कुनै विशेष निर्माता कम्पनीको स्वीकृति वा परीक्षण आवश्यक पर्दैन ।

तपाईँको फोनले यस्तो अपडेट भएको बताउँछ… तर वास्तवमा त्यसो भएको हुँदैन । प्ले सिस्टम अपडेट पर्खिरहेको हुन्छ । रिता भन्छिन्, “यस्ता अपडेटहरू मेरो फोन, तपाईँको फोन र सपोर्ट गर्ने लगभग सबैजसो फोनमा तुरुन्तै आउनुपर्ने हो । हुन त ती अपडेट प्रायः आउँछन्, तर आंशिक रूपमा लुकेका हुन्छन्, र गुगलले हामीलाई तिनीहरूको बारेमा सूचित गर्दैन ।”

यसले चुपचाप पर्खन्छ, जबसम्म तपाईँ आफ्नो फोन रिबुट गर्नुहुन्न । जुन आज वा तीन महिनामा हुन सक्छ र त्यसपछि मात्रै तिनलाई गुगलले अप्लाई गर्छ । त्यसैले, यदि तपाईँले कहिल्यै भनिएको नयाँ फिचर कहाँ छ र तपाईँको फोनमा आउन किन महिनौँ लाग्यो भनेर सोच्नुभएको छ भने, कारण यही हो । 

कहाँबाट पाउन सकिन्छ गुगल प्ले सिस्टम अपडेट ?

मानौँ तपाईँ आफ्नो पिक्सेल फोन फोर्स-अपडेट गर्न चाहनु हुन्छ । तपाईँ नियमित रूपमा आफूले जानेका चरणहरू पछ्याउनु हुन्छ र Settingsमा गएर System हुँदै Software updates मा जानु हुन्छ । तर त्यहाँ केही हुँदैन । त्यहाँ फुल सफ्टवेयर अपडेट (र केही कारणले एप अपडेटहरू पनि!) हुन सक्छ । तर त्यो महत्त्वपूर्ण प्ले सिस्टम अपडेट भने होइन ।

गुगलले यस्ता अपडेटहरूलाई अन्यत्र कतै लुकाएको हुन्छ । पिक्सेलमा ती अपडेट प्राप्त गर्न Settings मा गएर Security & privacy हुँदै System & updates मा जानुपर्छ । त्यहाँ मुख्य सफ्टवेयर + सुरक्षा अपडेटका साथै Google Play system update दुवै हुन सक्छन् । त्यसमा ट्याप गरेर नयाँ अपडेट चेक गर्न, डाउनलोड गर्न र त्यसलाई अप्लाई गर्न आफ्नो फोन रिस्टार्ट गर्न सक्नु हुन्छ । 

यदि तपाईँले हालै आफ्नो फोन अपडेट वा रिस्टार्ट गर्नुभएको छैन भने, आफ्नो प्ले सिस्टम भर्सनको धेरै पुरानो रिलिज मिति देख्नुहुनेछ । जब कि सिस्टम भित्रको भागले सफ्टवेयर अपडेट भएको बताउँछ । एकै समयमा एक ठाउँमा अपडेट भएको बताइरहेको हुन्छ अनि अर्कै ठाउँमा अपडेट उपलब्ध भइरहेको हुन्छ । यी मध्ये एक झूट हो ।

अब मूल प्रश्नमा प्रवेश गरौँ । गुगलले यति धेरै प्रयास गरेर ल्याउने यस्ता अपडेटहरू किन बढी भिजिबल बनाउँदैन ? किन पिक्सेल लगायतका अन्य एन्ड्रोइड फोनहरूमा दुई ओटा अलग अपडेट मेनुहरू राखिएका छन् ? त्यो एकदमै भ्रमपूर्ण छ । मुख्य अपडेट मेनुमा बेकारको एप अपडेट शर्टकट हुन्छ, तर प्ले सिस्टम अपडेटमा पुग्ने शर्टकट नै हुँदैन ।

प्ले सिस्टम अपडेट किन सेक्युरिटी एन्ड प्राइभेसी मेनु अन्तर्गत लुकाइएको होला ? जहाँ धेरैजसो प्रयोगकर्ताले अपडेट उपलब्ध हुन सक्ने कुरा कहिल्यै सोचेका हुँदैनन् । 

वास्तवमा प्ले सिस्टम अपडेट ल्याउनुको उद्देश्य सम्पूर्ण प्रयोगकर्ताहरूलाई उपलब्ध हुने बित्तिकै सबै फिचर पुर्‍याउनु थियो । तर गुगलले मेनु लुकाउँछ र नयाँ अपडेटहरूको बारेमा प्रयोगकर्तालाई सूचित नै गर्दैन । अझ महत्त्वपूर्ण कुरा गुगलले यी बाँकी रहेका अपडेटहरूको जानकारी प्रयोगकर्तालाई किन देखाउँदैन ? यी प्रश्नहरू अनुत्तरित छन् । हाम्रा फोनहरू महिनौँ पुरानो संस्करणमा चलीरहेका छन्, र हामीलाई थाहा पनि छैन ।

 

पछिल्लो अध्यावधिक: चैत २४, २०८१ १५:२१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट