काठमाडौं । प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक प्रधानमन्त्री केपीशर्मा ओली गृहजिल्ला झापा पुग्नुभएको छ । गत असारमा प्रधानमन्त्री बन्नुभएका ओली २ दिन बस्नेगरि गृहजिल्ला झापा पुग्नुभएको हो ।
प्रधानमन्त्री ओलीलाई चन्द्रगढी विमानस्थलमा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राई, एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली मेचीनगर नगरपालिका–४ मा १९औँ शाखाका रुपमा स्थापना गरिएको मानवसेवा आश्रम र दमक नगरपालिका–३ दापगाछीमा नवनिर्मित दमक व्यावसायिक कम्प्लेक्सको उद्घाटनमा सहभागि हुनुभएको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले व्यावसायिक कम्प्लेक्स उद्घाटन कार्यक्रममा प्रधानमन्त्रीसँगै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र खानेपानीमन्त्री प्रदीप यादवसमेत सहभागी भएको जानकारि दिनुभएको छ । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली झापामा पुग्दा कालो झाण्डा देखाइएको छ ।
सोमबार बिहान १० बजे बेलडाँगी खानेपानी आयोजनाको उद्घाटन, ११ बजे गौरादह नगरपालिकाअन्तर्गत महारानीझोडामा जग्गाधनीपुर्जा वितरण र दिउँसो १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलामा प्रधानमन्त्री ओली व्यस्त हुनुहुनेछ । मेचीनगरको मानवसेवा आश्रम उद्घाटन, शिलान्यासबाहेक अन्य सबै कार्यक्रम निर्वाचन क्षेत्रभित्र रहेका छन् ।
सोमबार दिउँसो २ बजे बिर्तामोडस्थित सिटीसेन्टरमा पार्टी अगुवा कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने तालिका रहेको एमाले पार्टी जिल्ला सचिव तुलसी कार्कीले जानकारि दिनुभएको छ । सोमबार साँझ प्रधानमन्त्री ओली काठमाडौं फर्किने बताइएको छ ।
यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : [email protected]
पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source