सभापति लामिछानेमाथी ज्यादती भएको भन्दै रास्वपाले दियो मानवअधिकार आयोगमा उजुरी

Nepal Tube Australia
Facebook
Twitter
LinkedIn

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लग्ने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । कात्तिक २ मा प्रहरीले पक्राउ गरेदेखि नै विभिन्न किसिमले मानसिक यातना दिने भइरहेको बारे ध्यानाकर्षण गराउदै रास्वपाले आयोगमा उजूरी दिएको हो ।

राज्य संयन्त्रबाट सभापति लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार हुँदै आएको आयोगमा दर्ता गरिएको उजूरीमा उल्लेख छ । मंसिर २० गते मध्यराति चितवनबाट पोखरा स्थानान्तरण र्दा राज्य संयन्त्रको दुरुपयोग गरिएको, प्रहरीले डायरी खोस्ने लगायत सुतिरहेको व्यक्तिमाथी अमर्यादित व्यवहार भएको रास्वपाको दाबी छ । राज्य संयन्त्रले नियोजित रुपमा सञ्चारमाध्यमहरूको प्रयोग गरी लामिछानेलाई अपराधीका रुपमा प्रचारप्रसार र बदनाम गराउने प्रयत्न गरेको तर्फ समेत रास्वपाले उजुरीमा ध्यानाकर्षण गराएको छ ।

निवर्तमान उपप्रधान एवम् गृहमन्त्री समेत रहेका रास्वपा सभापति लामिछानेविरुद्ध भएका मानवअधिकार हनन्का घटनाहरुको सत्य तथ्यपूर्ण तथा निष्पक्ष छानबिनको माग रास्वपाले अघि सारेको छ । राज्यको न्यायिक पद्दति,कानुनी शासन र लोकतान्त्रिक मानवअधिकारको रक्षाका लागि मानवअधिकार आयोगबाट आवश्यक कदम अघि बढ्ने विश्वास रास्वपाले गरेको छ ।


यस वेवसाईटमा प्रकाशित समाचार, विचार र लेखबारे तपाईको कुनै प्रतिक्रिया, गुनासो, सुझाव र सल्लाह छन् भने कृपया हामीलाई निम्न ईमेलमा पठाउनुहोला । तपाईको सहयोगले हामीलाई निष्पक्ष र तटस्थ पत्रकारिता गर्न टेवा पुग्नेछ । सम्पर्क इमेल : [email protected]



पुरा समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
Source

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.