एस २५ अल्ट्राको फोटो लिक गर्ने सामसङका कर्मचारी बर्खास्त

Facebook
Twitter
LinkedIn

काठमाडौं । सामसङको फ्ल्यागशिप सिरिज ग्यालेक्सी एस २५ सार्वजनिक हुन अब एक महिनामात्र बाँकी छ । तर, कम्पनीका केही कर्मचारीको गल्तीका कारण यो ब‍हुप्रतिक्षित डिभाइसको फर्स्ट लुक (प्रारम्भिक झलक) विश्वले नियाल्न पाएको छ ।

कर्मचारीले सिरिजको फोटो लिक गरेपछि सामसङले ती कर्मचारीलाई बर्खास्त गरेको छ । फोन एरेनाको रिपोर्टअनुसार हालै मात्र ती कर्मचारीलाई जागिरबाट हटाइएको हो । 

२२ जनवरी २०२५ मा आयोजना हुने सामसङ अनप्याक्ड इभेन्टमा कम्पनीले बहुप्रतिक्षित ग्यालेक्सीको नयाँ सिरिज सार्वजनिक गर्नेछ । सोही दिन सार्वजनिक हुने ग्यालेक्सी एस २५ सिरिजको फोटो अनधिकृत रूपमा लिक भएको हो ।

लिकर एवम् एक्स प्रयोगकर्ता जुकान्लो स्रेभ (@Jukanlosreve) ले सबैभन्दा पहिले एस २५ प्लस मोडेलको फोटो सार्वजनिक गरेका थिए । फोटोमा डिभाइसको आइडेन्टिफिकेसन नम्बर प्रष्ट देखिन्थ्यो । त्यही नम्बरबाट उक्त फोटो कुन कर्मचारीले लिक गरेका थिए भन्ने पत्ता लाग्यो । यही दौरानमा फोटो लिक गर्ने काममा संलग्न कर्मचारीले जागिर गुमाउन पुगेका छन् ।

प्रविधि क्षेत्रमा बहुप्रतिक्षित डिभाइसको विवरण लिक हुनु अनौठो विषय भने होइन । तर, सामसङ जस्ता कम्पनीका लागि यो एक दुःखद घटना हो । यसरी कार्यक्रम अगाडि नै प्रडक्टको फोटो लिक भइदिंदा उनीहरूले सार्वजनिक कार्यक्रमको प्रचारका लागि गरेको लगानी डुब्ने अवस्थामा पुग्छ ।

विवरण लिक हुँदा सर्वसाधारणमा उत्साह त पैदा हुन सक्छ । तर, यसले ‘अनप्याक्ड’ जस्ता कार्यक्रमका लागि गरेको लगानी खेर जाने अवस्थासम्म पुर्‍याउन सक्छ ।

अर्का लिकर ईभान ब्लास ग्यालेक्सी २५ अल्ट्रा र एस २५ प्लसको फोटो पोस्ट गरेपछि यस विषयले थप चर्चा पाएको थियो ।

 

 

पछिल्लो अध्यावधिक: पुस ७, २०८१ १३:४९





समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.