कविता : आवाजविहीन पत्रकार

Facebook
Twitter
LinkedIn

राज्यलाई खबरदारी गर्ने पत्रकारहरु
राज्य संचालककै निगाहामा रहेछन्
राजनीतिक दलका झुन्ड झुण्ड
व्यापारीका दाहिने हात
भ्रष्टाचारीका लागि सुनपानी छर्कने गुरु
सरकारी कर्मचारीका लागि प्रवक्ता
जनप्रतिनिधिका लागि प्रेस सल्लाहकारका नाममा
पाएको केही सेवा सुविधामा आफ्नो पेशाको मर्यादा लिलाम गर्दा
भुते भुते भएको छ चौथो अंग

खबरदारी गर्ने पत्रकारहरु
दलकै एउटा समूह रहेछ
काँग्रेस, एमाले र माओवादीका पत्रकार भन्दै
मागिरहेछ भोट
व्यवसायिक छ कि छैन ?
पेशागत छ कि छैन ?
कुनै मतलब छैन
रास्वपा, राप्रपा र समाजवादीको रखवाला हो कि हैन
त्यो मात्रै महत्त्वपूर्ण छ।

उसले समाजका लागि के गर्यो ?
कति इस्यु लेख्यो ?
दलालहरूको कति खोइरो खन्यो ?
घुस्याहरूकोे होस हवास् कति उडायो?
कुनै लेखा जोखा छैन ।
छ त केवल कुन पार्टीको पत्रकार ?
कुन नेतासँग,
कुन कर्मचारीसँग,
कुन व्यापारीसँग नजिक छ
भन्ने मात्रै हेरियो
त्यहीँ आधारमा मत मागे मत दिए
माग्ने र दिने दुवै
एउटै समूहका,
एउटै ड्याङका।

अचम्म लाग्दो
पत्रकार चौथो अंग कहाँ रह्योर
यो त अन्य अंगको रखवाली गर्ने
बढाइचढाइ गर्ने,
एउटा दलाल मात्रै भयो
भनुम दलालको कुुनै ‘अंग’ हुँदैन
बेसरम हुन्छ
पत्रकार र पत्रकारिता यस्तै यस्तै भयो।

सुनेको थिए जनताले मत बेच्छन्
यहाँ त पत्रकार भनाउँदाहरु
खुलम खुला मतको बार्गेनिङ गरिरहेछन्
संगठनका नाममा सदस्य भएर
बाहिर एउटा,
भित्र एउटा व्यवहार गरेको भेटिए
ए हजुर,
मैले त पत्रकारले मत बेचेको पनि भेटेँ
मत बेच्ने जनता भनेर लेख, समाचार लेख्नेहरु
दुई चार हजार र दुई चार बोतलमा बिकेको देखेँ।
चौथो अंगको हाल बेहाल भएको देखेँ।

चुनाव जित्नासाथ बालकोट, खुमलटार र बुढानिलकण्ठ धाएको देखेँ
पत्रकारको चुनावमा सिंगो सरकार र दलहरु लागेको देखेँ
जिल्ला जिल्लाबाट आए विज्ञप्तिहरु दलका
ए हजुर, पत्रकारलाई दलका नेताले तह लाएको देखेँ।
आवाजविहीनको आवाज रहेका पत्रकारहरु
आफैं आवाजविहीन भएको देखेँ।


समाचार र भिडियो हेर्न तल का लिंकहरु मा क्लिक गर्नुहोस्
श्रोत : डिसी नेपाल https://www.dcnepal.com/2024/12/620975/

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.