निकोसियाको फार्माकासमा भिषण आगलागी, बस्ति खाली गराइदै

Facebook
Twitter
LinkedIn

निकोसियाको फार्माकासमा भिषण आगलागी भएको छ।  जंगलबाट सुरु भएको आगलागी बस्ती तर्फ आउने सम्भावना देखिए पछी प्रहरी र सिभिल डिफेन्स को सहयोग मा फार्माकास गाउँ खालि गराइदै छ।

अग्नि नियन्त्रण विभागका प्रवक्ता एंड्रियास केट्टीका अनुसार आगलागी नियन्त्रण गर्न ठुलो मात्रामा अग्नि नियन्त्रक, सहायता टोलि र  स्यमसेवकलाई खटाइएको छ। आगो नियन्त्रण गर्न IKAROS II नामक एक्सन प्लान पनि सक्रिय गराइएको छ।

आगलागी नियन्त्रण गर्न जोर्डन बाट पनि दुई हेलिकप्टर साइप्रस आउदै गरेको बताइएको छ।

अहिले हेलीकप्टर र  ७ वटा एयरट्याकटर बिमानले लगातार आगो निभाउने प्रयास गरि रहेको स्थानिय मीडियाले जनाएका छन्।  सो क्षेत्रमा अहिले अत्याधिक गर्मि र  तेज हावा चलिरहेकोले आगो नियन्त्रणमा  मुस्किल भै रहेको प्रवक्ता एंड्रियास केट्टीले जानकारी दिएका छन्।

केहि दिन अघि मात्र पापोसमा भिषण आगलागी भएको थियो जसमा ४ घर जलेर पुर्ण नस्ट भएको थियो भने अन्य घरमा क्षति भएको थियो।

गर्मियाम सुरु भए देखि नै साइप्रसमा बन विभाग, अग्नि नियन्त्रण विभाग ‘रेड अलर्ट’ मा बसेका छन्।  हरेक वर्ष यसरि गर्मि को महिनामा आगलागी हुने गरेको छ।

छुटाउनु भयो कि ?

सम्पादन

सम्पर्क ठेगाना

सिग्मा नेपाल मिडिया प्रोडक्सन प्रा.लि.​

मुख्य कार्यालय नेपाल

बुढानिलकण्ठ नगरपालिका ४, काठमाण्डौ

सम्पर्क

साइप्रस

27, Agias Eirinis Street, 3095, Limassol, Cyprus

Sigma Nepal Media  © Copyrights 2021. All rights reserved. 

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.