१६ नोभेम्बर २०२२/ लिमासोल
लिम्बु जातिहरुको साझा संस्था किराँत याक्थुङ चुम्लुङ साइप्रसले चासोक तङ्नाम उधौली /न्वागी पुजा येले तङ्बे ५०८२ तथा २०७९ सालको पावन अवसर को अवसरमा शुभकामना आदनप्रदान तथा साँस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
आगामी डिसेम्बर ११ तारिखमा लिमासोलको ब्रीटानिया म्युजिक हलमा कार्यक्रम आयोजना हुन लागेको हो। लिम्बू भेषभुषा ,संस्कार संस्कृती, रितिरिवाज झल्किने प्रस्तुतिहरु रहने गरि ‘ चासोक तङ्नाम ५०८२ ‘ आयोजना हुदै छ।
कार्यक्रममा याक्थुङ लिम्बुहरुको मौलिक संस्कार,भेषभुषा, संस्कार र संस्कृती बारे हेर्न /बुझ्न साथै विभिन्न नेपाली साङ्गितिक मनोरञ्जनात्मक साँस्कृतिक प्रस्तुतिहरु रहने आयोजक पक्षले जानकारी दिएको छ।
कार्यक्रममा । केलाङ, यालाङ नृत्य नेतृत्व गर्न र विशेष सांगीतिक प्रस्तुतिको लागि यु.के. बाट चर्चित कलाकार गायक सुरेन ताम्लिङ आउने तय भएको छ। गायक ताम्लिङ्ग र परान चाम्लिङ्ग संगै स्थानिय कलाकारहरु को पनि मौलिक सस्कृती झल्काउने नृत्यहरु देख्न पाइने छ।
केलाङ र यालाङ भनेको लिम्बूहरुको मौलिक नाच हो जसको अर्थ भनेको के (च्याब्रुङ) लाङ (नाच) र या(धान) लाङ (नाच) हुन्छ । केलाङ विशेषगरी चाडपर्व , सभा तथा विवाह इत्यादि अवसरमा सुरु र अन्त गर्दा या मनोरञ्जनको लागि पनि नाच्ने गरिन्छ ।
यो पनि पढ्नुहोस् :