२०८३ जेष्ठ १ शुक्रबार
२०८३ जेष्ठ १ शुक्रबार

काठमाडौं– प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सुशासन आयोग गठन गर्ने निर्णय गरेको छ । 

सोमबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा १५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो ।

Ncell 2
Ncell 2

आयोगमा अर्थमन्त्री, गृहमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुनमन्त्री, लोकसेवा लगायत आयोग सदस्य रहने बताइएको छ । 

shivam cement
shivam cement

यस्तै मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत सहसचिव चन्द्रकला पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय समेत गरेको छ ।  

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं – चिकित्सा शिक्षा आयोगले गठन गरेको शुल्क परिमार्जन तथा एमबीबीएस/बीडीएसको सिट निर्धारणका लागि अध्ययन गर्न बनाइएको कार्यदलको बैठक दोस्रो दिन पनि विषय प्रवेश नै नगरी उठेको छ। करिब दुई घन्टा चलेको बैठकको सुरुमै १६ औं बैठकको निर्णय कार्यान्वयन नभइ अघि बढ्न नसकिने कुरा उठेको थियो। निजी मेडिकल कलेजका तर्फबाट सहभागी एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालका अध्यक्ष तथा विराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमान सिंह कार्की र कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले एकैपल्ट टुंग्याउनुपर्ने बताएका थिए। त्यसपछि नेपाल मेडिकल एशोसिएसनका अध्यक्ष डा अनिलविक्रम कार्की र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा मंगल रावलले त्यस्तो अवस्थामा विषय प्रवेश गर्न नसकिने बताएका थिए। चिकित्सा शिक्षा आयोगको १६ औं आवासीय चिकित्सकलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता दिने निर्णय भएको थियो। उक्त निर्णय निजी मेडिकल कलेजले कार्यान्वयन नगर्दा आवासीय चिकित्सक आन्दोलनमा छन्।  कार्यान्वयनका लागि प्रधानमन्त्री तथा आयोगका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पुन: स्मरण पत्र पठाउँदा समेत निजी मेडिकल कलेजले सम्बोधन गरेका छैनन्। उक्त निर्णय नयाँ भर्ना गरेपछि लागु हुने बताउँदै पहिले नै भर्ना भएका विद्यार्थीलाई उक्त निर्वाह भत्ता नदिने अडान उनीहरुले कार्यदलको बैठकमा समेत दोहोर्‍याएका छन्। कार्यदलका ११ जना नै सहभागी हुँदा विषय प्रवेश हुने छाँट नदेखिएपछि तीन सदस्यीय टोली बनाएर काम गरेर अन्तिममा सबैले छलफल गर्ने विकल्प अघि सारिएको थियो। जसको चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीले विरोध गरेका थिए। त्यसपछि उक्त विकल्पले समेत मूर्त रुप पाएन। कार्यदललाई दिइएको कार्यादेशमा प्रवेश गर्ने विषयमा समेत सहमति नजुटेपछि अर्को बैठकको मिति समेत तय हुन सकेन। शिक्षा सचिव डा दिपक काफ्ले संयोजत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको छ कार्यदलमा स्वास्थ्य सचिव डा विकास देवकोटा, डा रमेशकान्त अधिकारी, मेडिकल काउन्सिलका पूर्व अध्यक्ष डा भगवान कोइराला, आइओएमको पूर्वडीन  डा दिव्या सिंह शाह,  नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्की, मेडिकल कलेज एण्ड डेन्टल कलेज एशोसिएसन अफ नेपालका अध्यक्ष डा ज्ञानेन्द्रमान सिंह कार्की, कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा मंगल रावल आइओएमका डिन डा मोहनराज शर्मा र केयू स्कुल अफ मेडिसिनका डीन डा मनोज हुमागाईं सदस्य छन्। शिक्षा मन्त्रालयका सहसचिव सदस्य सचिव रहन्छन्।  
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मंगलबार नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६ औँ वर्षका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मंगलबार दिउँसो पार्टी स्थापना दिवसको अवसरमा विशेष कार्यक्रम गर्न लागिएको एमाले केन्द्रीय कार्यालय सचिव डा भिष्म अधिकारीले जानकारी दिए।

त्यस अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेका सातजना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने पनि निर्णय भएको उनले बताए।
सम्मान हुनेमा लालबहादुर विश्वकर्मा (कञ्चनपुर), रत्न शर्मा न्यौपाने (मरणोपरान्त), बाचस्पति देवकोटा (गोरखा), शान्ता मानवी (काठमाडौं), सत्यनारायण मण्डल (सप्तरी), शोभाराम बस्नेत (दाङ), हरिचरण शिवाकोटी (झापा) छन्।

कार्यक्रममा तत्कालीन नेकपा (माले) र कोर्डिनेसन केन्द्र निर्माणका क्रममा ३४ जना नेता तथा कार्यकर्ताको संस्मरण समेटिएको ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक गर्ने भएको छ।


सामाग्री श्रोत :

एमालेले ‘नेकपा’ स्थापना दिवसमा विशेष कार्यक्रम गर्ने

काठमाडौँ । आजभोलि मोबाइल निर्माता कम्पनीहरूले मिडरेन्ज फोनहरू पनि फ्ल्यागशिप जत्तिकै पावरफुल र फिचरयुक्त बनाउन थालेका छन् । फ्ल्यागशिपसम्म जान नसक्ने, तर मिडरेन्जका लागि खर्च गर्न सक्ने प्रयोगकर्तालाई लक्षित गर्न यस्ता फोनहरू बन्ने गरेका हुन्छन् । 

अहिलेका मिडरेन्ज फोनहरूमा पनि टिकाउ ब्याट्री, राम्रो पर्फमेन्स, राम्रो सफ्टवेयर फिचर, आँखामैत्री यूआई लगायतका फिचरहरू हुन्छन् । तर पनि मिडरेन्ज भन्दा फ्ल्यागशिप फोन नै किन प्रयोग गर्ने त ? आज हामी यही विषयमा चर्चा  गर्दैछौँ । ​

 

लामो समयसम्म पाइने सफ्टवेयर सपोर्ट 

फ्ल्यागशिप फोन खरिद गर्नुको एउटा फाइदा भनेको लामो समयसम्म पाइने सफ्टवेयर सपोर्ट हो । अर्कोतिर सफ्टवेयर अपडेट पनि समयमै पाइन्छ । प्राय: मिडरेन्ज र बजेट फोनमा भन्दा यस्ता अपडेटहरू फ्ल्यागशिपमा अगाडि आउने गर्छन् । मिडरेन्ज र बजेट फोनले नयाँ आएका सफ्टवेयर अपडेटका लागि केही महिना कुर्नैपर्ने अवस्था हुन्छ ।

गुगलको विषयमा भने यो कुरा अलिक फरक छ । गुगलले भने मिडरेन्जका पिक्सेल फोनमा पनि सिस्टम अपडेट सार्वजनिक भएकै दिन दिने गर्छ । अर्कोतिर धेरैजसो एन्ड्रोइड फ्ल्यागशिप फोनमा अधिकतम सात वर्षसम्मको सिस्टम अपडेट पाइन्छ ।

 

अपडेटेड एआई फिचरहरू 

एआई टुलहरू अहिले दैनिक आवश्यकताको विषय नै बनिसकेका छन् । हाम्रो दैनिकीलाई मोबाइलमा हुने एआई फिचरहरूले सहज बनाइरहेका हुन्छन् । तर कम्पनीहरूले भने फ्ल्यागशिपमा जति एआई फिचरहरू मिडरेन्जमा दिँदैनन् । उदाहरणका लागि गुगलको पिक्सेल ९ वा ९ प्रोमा भएका एआई फिचर जस्तै कल नोट्स, पिक्सेल स्टुडियो, पिक्सेल स्क्रिनशट, एड मी, रिइम्याजिन लगायतका फिचरहरू मिडरेन्जका पिक्सेल फोनमा पाइदैनन् ।

मिडरेन्ज फोनमा कतिले सपोर्ट नगर्ने त कतिले स्टोरेज लगायतका विषयका कारण पनि पावरफुल एआई फिचरहरू उपलब्ध हुँदैनन् । बढ्दो एआईको प्रयोग र विकासका कारण पनि भोलिको दिनमा कुन टुल कतिखेर विकल्प नभई आवश्यकता बन्नसक्छ थाहा हुँदैन । यस्तोमा मिडरेन्जमा अड्किनु भन्दा फ्ल्यागशिप आँट्नु नै उचित हुन्छ । 

 

राम्रो टुल र फिचरहरू 

एउटा फ्ल्यागशिप फोनले प्रयोगकर्ताको बदलिँदो आवश्यकतालाई राम्रोसँग सम्बोधन गर्न सक्छन् । उदाहरणको लागि तपाईँलाई अहिले सामान्य फोन भए पुग्छ, धेरै फिचर भएको किन चाहियो भन्ने लाग्नसक्छ । तर पछि गएर भविष्यमा तपाईँको आवश्यकता परिवर्तन हुनसक्छ । तपाईँलाई राम्रो क्यामेरा, लामो समय टिक्ने ब्याट्री, विभिन्न एआई फिचर, राम्रो सीपीयू लगायतको आवश्यकता महसुस हुनसक्छ । वा तपाईँको व्यावसायिक जीवनकै लागि पनि राम्रो फिचर भएको फोन चाहिन सक्छ ।

यस्तोमा नयाँ फोन किन्नुको विकल्प तपाईँसँग हुँदैन । कम्पनीहरूले फ्ल्यागशिप फोनहरूमा भने समयसँगै परिवर्तित फिचरहरू पनि उपलब्ध गराएका हुन्छन् । २०२३ मा अल्ट्रा जुम क्यामेरा किन चाहियो भनेर तपाईँ मिडरेन्जमा सीमित भइदिएको भए आज २०२५ मा आएर त्यसको आवश्यकता धेरै हुनसक्छ । यस्तोमा तपाईँको बढ्दो आवश्यकतालाई फ्ल्यागशिपले साथ दिनसक्छ । 

 

फ्ल्यागशिप फोनहरू समयसँगै थप अपडेट हुँदै जान्छन् 

सन् २०२३ को फेब्रुअरीमा सामसङ ग्यालेक्सी एस२३ अल्ट्रा सार्वजनिक भएको थियो । सोही वर्षको अक्टोबरमा गुगलले आफ्नो पिक्सेल ८ प्रो सार्वजनिक गर्‍यो । दुवै फोन आजको दिनसम्म आउँदा निकै परिवर्तन भइसकेका छन् । आजसम्म पनि ती फोनहरूले प्रयोगकर्तालाई अपडेटेड फिचर उपलब्ध गराइरहेका छन् ।

सन् २०२४ मा सार्वजनिक भएको ग्यालेक्सी एस२४ सँगै सामसङले ग्यालेक्सी एआई पनि सार्वजनिक गरेको थियो । यो फिचर सन् २०२३ का फ्ल्यागशिप फोनहरूमा पनि पाउन सकिन्छ । जबकी सोही वर्ष सार्वजनिक भएका मिडरेन्ज फोनहरूमा भने त्यस्ता फिचरहरू अपडेटमा दिइएको छैन । २०२४ मै सार्वजनिक भएको ग्यालेक्सी ए ५४ मा समेत यो फिचर पाइदैन । 

 

महँगो भए पनि भरपर्दो हुन्छ 

पैसाको हिसाबले मिडरेन्ज भन्दा फ्ल्यागशिप फोन केही महँगा नै हुन्छन् । विशेषगरी आफ्नो बजेट कम भएको समयमा मिडरेन्जमा नै सीमित हुन मन लाग्छ । तर उत्कृष्टताका हिसाबले हेर्ने हो भने फ्ल्यागशिप फोनको लागि केही बढी पैसा तिर्नु न्यायोचित पनि हुन सक्छ । हाइ रेजोलुसन डिस्प्ले, आँखामैत्री स्क्रिन र लाइट, घाममा पनि प्रस्ट देखिने उज्यालो स्क्रिन, छिटो चार्ज हुने अनि लामो समय ब्याट्री टिक्ने, फोन नतात्ने, लगायतका फिचरहरू आजको आवश्यकता नै बनिसकेका छन् ।

यससँगै वायरलेस चार्जिङ पनि आजको दैनिकीको अर्को महत्त्वपूर्ण पक्ष हो । यस्ता विभिन्न कारणहरूले गर्दा मिडरेन्ज भन्दा फ्ल्यागशिपमा जानु नै उपयुक्त हुनसक्छ । अर्कोतिर सबै फ्ल्यागशिप फोनहरू महँगा हुन्छन् भन्ने पनि हुँदैन । कम्पनी अनुसार फ्ल्यागशिप फोनहरूको मूल्य फरक पर्न सक्छ । यदि तपाईँको लागि ग्यालेक्सी एस२५ अल्ट्रा महँगो पर्छ भने तपाईँ वनप्लसको फ्ल्यागशिप फोन वनप्लस १३ छनोट गर्न पनि सक्नुहुन्छ । 

-एन्ड्रोइड पुलिस

 

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ २०:३७





सामाग्री श्रोत :
टेक पाना

काभ्रेपलाञ्चोक– पूर्वराष्ट्रपति डा रामवरण यादवले पत्रकारिता ऐनाजस्तै सत्यतथ्य देखाउने माध्यम भएको बताएका छन्। 

काभ्रेपलाञ्चोकको फुलबारीमा आज आयोजित नवक्षितिज साप्ताहिकको रजतजयन्तीका अवसरमा उनले लेखन, कला र साहित्य क्षेत्रमा लाग्नेले समाज, राष्ट्र र संसारलाई नै अझ बढी बुझ्ने भएकाले सोहीअनुसार विश्लेषण गरिनुपर्नेमा जोड दिएका हुन्। 

Ncell 2
Ncell 2

लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था आएपछि मुलुकमा धेरै उपलब्धि भएको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले व्यवस्था संरक्षणमा लाग्न आग्रह गरे। त्यससँगै नदीनाला, पहाड र चुरे दोहनले जलवायु परिवर्तनका असर देखिरहेकाले त्यसमा पत्रकारिताको माध्यमबाट सचेत गराउन उनले आग्रह गरेका छन्। 

shivam cement
shivam cement

पूर्वराष्ट्रपति यादवले नवक्षितिज साप्ताहिकको स्मारिका विमोचन गर्नुका साथै साप्ताहिकका स्तम्भकार प्रल्हाद दाहालद्वारा लिखित ‘अनुभूतिको सङ्गालो’ र दीपा गुरुङद्वारा लिखित कथा सङ्ग्रह ‘कथा काठमाडौँको’ लोकार्पण गरे। 

नवक्षितिज साप्ताहिकका प्रधानसम्पादक नवराज बजगार्इंले साप्ताहिक पत्रिकाले २५ वर्ष प्रवेश गर्नु गौरवको कुरा भएको उल्लेख गर्दै यात्रासम्म आइपुग्न सहयोग गर्ने सबैलाई धन्यवाद् ज्ञापन गरेका छन्। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं-  ब्लुक्रस अस्पतालले महिलामा हुने एडिनोमायोसिस लगायतका समस्याको उपचारका लागि माइक्रोवेव एब्लेशन प्रविधि भित्र्याएको छ। अस्पतालकी वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा रंगिना लाइकमबमको नेतृत्वमा ब्लु क्रस हस्पिटलले माइक्रोवेव एब्लेशन उपचार प्रविधि सुरु गरेको हो।सोमबार अस्पतालमा एक कार्यक्रम आयोजना गरी उक्त प्रविधिबारे जानकारी दिइएको छ। कार्यक्रममा डा लाइकमबमले भनिन्, ‘माइक्रोवेव एब्लेशन एक अत्याधुनिक, मिनिमल इन्वेसिभ उपचार प्रविधि हो। जसले गर्भाशयको विभिन्न समस्याहरु, जस्तै इन्डोमेट्रियोसिस एडिनोमाइसिस र अन्य गाइनाकोलोजीकल विकारहरूमा प्रभावकारी समाधान प्रदान गर्न मद्दत गर्दछ।’ आफ्नो ओपीडीमा आउनेमध्ये ३० देखि ४० प्रतिशत बिरामी एडिनोमायोसिका हुने समेत उनले जानकारी दिइन्। चिकित्सकहरुका अनुसार एडेनोमायोसिस त्यस्तो चिकित्सकिय अवस्था हो, जसले गर्भाशयको भित्री तह (एन्डोमेट्रियम टिस्यु), जो सामान्यतया गर्भाशयको आन्तरिक पत्र बनाउँछ। गर्भाशयको मांसपेशी बढ्न थाल्छ। जसलाई एडेनोमायोटिक गर्भाशय भनिन्छ। जसले गर्भाशयको आकार बढाएर धेरै र लामो समयसम्मको रजस्वला,  अत्याधिक पेट दुखाइ र यौनसम्पर्कको समयमा असजिलो जस्ता लक्षणहरू देखिन सक्छन्। विशेषगरी ३०–५० वर्षको उमेर समूह तथा धेरै गर्भधारण गरिसकेका महिलाहरूमा बढी देखिने अध्ययनहरुले देखाएका छन्। नेपालमा उक्त प्रविधि पहिलोपटक भित्रिएको बताउँदै त्यसका लागि आफूले बिगत ६-७ महिनादेखि प्रयास गरेको डा लाइकबमले बताइन्। चिनका चर्चित चिकित्सक आफैंले निर्माण गरेको प्रबिधि भएकाले त्यसको प्रयोगका लागि चिकित्सकको योग्यता समेत जाँच हुने उनको भनाइ छ। उपचारमा शरीरमा कुनै ठूलो चीरा नपारी मात्र सानो छिद्र मार्फत रेडियो तरंग प्रयोग गरी उपचारको प्रक्रिया सम्पन्न गरिने डा लाइकबम बताउँछिन्। ‘यसले कम पीडा, छोटो समयमै रिकभरी  र अस्पताल बसाइको समय घटाउनेछ। उच्च गुणस्तरको, सुरक्षित र प्रभावकारी उपचार विकल्प हो। यस प्रविधिको माध्यमबाट हामी महिलाहरूलाई असहज र लामो उपचार प्रक्रियाबाट बचाउन सक्दछौं,’ उनले थपिन्।अहिले धेरै नेपालीहरु पछिल्लो समय विश्वबजारमा उपलब्ध प्रविधि नेपालमा नभित्रिएका कारण विदेशमा उपचार गर्न जाने गरेका छन्। यो उपचार विधिले महिला स्वास्थ्य उपचारमा सहजता ल्याउने विश्वास अस्पतालले गरेको उनको भनाइ छ। अस्पतालका निर्देशक डा प्रज्वलमान श्रेष्ठ भन्छन्,  ‘यस्ता प्रविधिबाट उपचारका लागि विदेशमा गएर महंगो खर्च बेहोर्नेपर्ने अवस्थाको अन्त्य गर्न पनि यो प्रविधि भित्र्याइएको हो।’ब्लु क्रस डाइग्नोष्टिक सेन्टरबाट ब्लू क्रस नर्सिङ होम हुँदै अहिले ५० शैयाको ब्लू क्रस हस्पिटलको रुपमा स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको छ। बिगत करिब ३ दशकदेखि सेवा दिइरहेको अस्पतालले नयाँ उपचार पद्धति र प्रविधिमा सधैं जोड दिँदै आएको अस्पतालका वित्तिय तथा प्रशासन निर्देशक सति गौतम सिंहल बताइन्। उनले भनिन्,  ‘नयाँ उपचार प्रविधिको प्रयोग गरेर बिरामीलाई सहज सहज उपचार सेवा दिन सक्रिय डाक्टरहरुको टिमप्रति हार्दिक आभार प्रकट गर्दछौं। उहाँहरुले आफ्नो सीपज्ञानमा निखारता ल्याउँदै नयाँ प्रविधि भित्र्याउन राख्नुभएको प्रस्तावलाई हामीले सधैं सकारात्मक रुपमा लिएका छौं। नयाँ उपचार प्रविधि र पद्धतिमा विश्वास गर्ने गरेकै कारण अस्पतालप्रति बिरामीहरुको भरोसा बढेको छ।’
सामाग्री श्रोत :
swasthyakhabar

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौंमा हुने भएको छ। एनआरएनए उच्चस्स्तरीय समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २० देखि २२ सम्म काठमाडौंको हायात होटलमा महाधिवेशन हुने जानकारी दिइयो।

समितिका संयोजक डा शेष घलेले लामो समयदेखि विवादमा अल्झिएको संघलाई एकताबद्ध गर्दै महाधिवेशनबाट समस्या समाधान हुने बताए। ‘विवादरहित संंस्था बनाउन सर्वोच्चले दिएको परामदेशका आधारमा संस्थालाई आवश्यक सुधार गर्न महाधिवेशन हुँदैछ’, उनले भने, ‘निष्पक्षताका लागि लड्नैपर्ने रहेछ। अब नयाँ ढंगले एनआरएनए बनाएर अगाडि बढ्ने छौँ।’

एकता महाधिवेशनमा बढीभन्दा बढी एनआरएनको सहभागिताका लागि निःशुल्क सदस्यताको व्यवस्था गर्नुका साथै सदस्यताका लागि आवेदन दिने मिति पटकपटक थप गरिएको घलले बताए।

एकता महाधिवेशन उच्चस्तरीय मूल समितिका सदस्य सचिव रविना थापाले एनआरएनए उच्चस्तरीय समितिको वेभसाइटमा १६ हजारभन्दा बढीले सदस्यताका लागि आवेदन दिएको जानकारी दिए। ‘उच्चस्तरीय समितिलाई पठाइएको सङ्ख्या हेर्दा उक्त सङ्ख्या ४७ हजार बढी रहेको छ। उच्चस्तरीय समितिको वेवसाइट र एनसीसीहरूबाट आएको सङ्ख्या जोड्दा ६३ हजारभन्दा बढी सदस्य बन्नुभएको छ’, उनले भने, ‘एकता महाधिवेशनमा प्रतिनिधिको रूपमा सहभागी हुन आइतबारसम्म दुई हजार पाँच सयभन्दा बढीले निवेदन दिइसकेका छन्। आवेदनका लागि मंगलबारसम्म समय रहेको छ।’

थापाले सन् २००३ मा स्थापना गरिएको एनआरएनए अहिले एउटा महत्वपूर्ण मोडमा आइपुगेको बताए। यस अवधिमा नेपालमा लगानी बढाउने, नेपाल सरकारसँग निकट सम्पर्कमा रही प्रवासमा रहेका गैरआवासीय नेपालीको हकहित संरक्षण गर्ने तथा अन्य सामाजिक कल्याणकारी काम सम्पन्न भएको थापाको भनाइ छ।

संघले कानुनी सर्वोच्चताको पालना गर्दै खुला छलफल, वार्ता र संवादको माध्यमबाट संस्थालाई एकजुट बनाउन र तोकिएको मितिमा काठमाडौंमा भेला भएर एकता महाधिवेशनलाई सफल बनाउन आह्वान गरिएको छ।

सदस्य सचिव थापाले भने, ‘ऐतिहासिक एकता महाधिवेशन आयोजना गर्नका लागि विभिन्न उपसमिति गठन गरी तयारीको काम तीव्र गतिमा अगाडि बढिरहेको छ। हालसम्म १४ पटक उच्चस्तरीय समितिको बैठक बसिसकेको छ। यसमा नेपाल सरकारका प्रतिनिधिहरू समेत सहभागी हुनुहुन्थ्यो।’


सामाग्री श्रोत :

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

काठमाडौँ । डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायक कम्पनी माई पेको एन्ड्रोइड एप १० लाखभन्दा बढी पल्ट डाउनलोड भएको छ । सीमित वालेटहरू कम्पनीहरू स्थापित भइरहेको बेला माई पेले यो महत्त्वपूर्ण उपलब्धी हात पारेको हो । अन्य डिजिटल वालेटहरूमा ईसेवा सबैभन्दा बढी डाउनलोड हुने एप हो, जसको डाउनलोड गुगल प्ले स्टोरमा मात्रै एक करोडभन्दा बढी छ । त्यस्तै खल्तीको डाउनलोड ५० लाख बढी रहेको छ ।

यस बाहेक आईएमई पे समेत प्ले स्टोरमा १० लाखभन्दा बढी पटक डाउनलोड भएको छ । अन्य एपहरूको डाउनलोड अपेक्षित रूपमा बढ्न नसकिरहेको बेला ईसेवा, खल्ती र आईएमई पे पछि १० लाख डाउनलोडको आँकडा पुरा गर्ने चौथो एपको रूपमा माई पे अगाडि आएको हो ।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा हाल २५ ओटा भुक्तानी सेवा प्रदायक कम्पनीहरू अस्तित्वमा रहेका छन् । स्मार्ट कार्ड नेपाल प्रालिले २०७६ देखि सञ्चालनमा ल्याएको माई पे त्यस मध्येको ए डिजिटल वालेट एप हो ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १८:५५





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

आजको बैठकमा जारी शिक्षक आन्दोलनको सम्बोधनका विषयमा छलफल हुने एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद् बैठक बस्नुअघि राजीनामा दिएकाले शिक्षामन्त्री विद्या भट्टराई बैठकमा सहभागी छैनन् ।

Ncell 2
Ncell 2

अघिल्ला सरकारसँग भएका सहमति कार्यान्वयनको माग गर्दै देशभरबाट जम्मा भएका सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंमा लगातार प्रदर्शन गरिरहेका छन् ।

shivam cement
shivam cement

शिक्षामन्त्री भट्टराईले शिक्षकका माग सम्बोधनका लागि पटकपटक वार्ता गरे पनि निकास निस्कन सकेको थिएन । अघिल्लो मन्त्रिपरिषद्ले शिक्षकका माग सम्बोधन गर्न संघीय संसद् बोलाउने लगायतका केही निर्णय लिए पनि आन्दोलनकारी शिक्षकहरू आश्वस्त हुन सकेका छैनन् ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले चैत २० देखि काठमाडौंकेन्द्रित प्रदर्शन जारी राखेका छन्। उक्त समस्याको समाधानका लागि मन्त्री भट्टराईले पहल गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले नसुनेका कारण मन्त्रीपरिषद्बाट बाहिरिएको बुझिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट