२०८२ आश्विन ४ शनिबार
२०८२ आश्विन ४ शनिबार

काठमाडौँ । चीनले अन्तरिक्षमा एआईमा आधारित सुपर कम्प्युटर सञ्जाल निर्माणको काम सुरु गरेको छ । चीनले हालै १२ ओटा स्याटलाइट प्रक्षेपण गरी सुपर कम्प्युटर निर्माणको काम सुरु गरेको हो । 

स्पेस न्युजका अनुसार यो परियोजना अन्तर्गत चीनले २८०० स्याटलाइट प्रक्षेपण गर्ने योजना बनाएको छ । त्यसका लागि पहिलो चरणमा १२ ओटा स्याटलाइट अन्तरिक्षमा पठाइएको हो । 

चीनको एडीए स्पेस, झिजियाङ प्रयोगशाला र नेइजाङ हाई-टेक जोनले निर्माण गरेका ती स्टाटलाइट पृथ्वीमा डेटा पठाएर प्रशोधन नगरी आफैले सङ्कलन गरेका डेटा प्रशोधन गर्नेछन् । यो परियोजना एडीए स्पेसको ‘स्टार कम्प्युट’ कार्यक्रमको हिस्सा हो भने यसलाई ‘थ्री-बडी कम्प्युटिङ कन्स्टेलेसन’ को पहिलो चरण भनिएको छ ।

प्रक्षेपण गरिएका १२ ओटै स्याटलाइटमा ८ अर्ब पारामिटरको एआई मोडेल जडान गरिएको छ । यसले गर्दा प्रत्येक स्याटलाइटले प्रति सेकेन्ड ७४४ टेरा अपरेसन गर्न सक्छन् । सामूहिक रूपमा यी १२ स्याटलाइटले प्रति सेकेन्ड ५ पेटा अपरेसन गर्न सक्ने एडीए स्पेसको दाबी छ । यो भनेको माइक्रोसफ्ट कोपाइलट पीसीका लागि आवश्यक ४० टीओपीएसभन्दा निकै बढी हो । 

चिनियाँ सरकारका अनुसार यस सञ्जालको अन्तिम लक्ष्य हजारौं स्याटलाइटमार्फत एक हजार पीओपीएस क्षमता हासिल गर्नु हो । ‘स्पेस न्युज’का अनुसार यी स्याटलाइटले लेजरको माध्यमबाट प्रति सेकेन्ड १०० गिगाबिटसम्मको गतिमा एकअर्कासँग सञ्चार गर्छन् ।

साथै तिनीहरूबिच ३० टेराबाइटको शेयर्ड स्टोरेज क्षमता रहेको छ । गत हप्ता प्रक्षेपण गरिएका यी स्याटलाइटमा वैज्ञानिक उपकरण पनि जडान गरिएका छन् । त्यसमा गामा-रे विस्फोट जस्ता सङ्क्षिप्त ब्रह्माण्डीय घटना पत्ता लगाउन एक्स-रे पोलाराइजेसन डिटेक्टर राखिएको छ । यी स्याटलाइटले थ्रीडी डिजिटल ट्विन डेटा तयार गर्न सक्छन् भने त्यसलाई इमर्जेन्सी रेस्पोनस्, गेमिङ र पर्यटन जस्ता उद्देश्यका लागि प्रयोग गर्न सकिने एडीए स्पेसले जनाएको छ ।

‘साउथ चाइना मर्निङ पोस्ट’का अनुसार अन्तरिक्षमा निर्माण हुने यस सुपर कम्प्युटरले सञ्चारको समय बचत गर्छ । साथै परम्परागत स्याटलाइट प्रसारणको ढिलाइ र सीमित ब्यान्डविथको समस्यालाई सम्बोधन गर्ने बताइएको छ । 

हार्वर्ड विश्वविद्यालयका अन्तरिक्ष इतिहासकार तथा खगोलशास्त्री जोनाथन म्याकडोवेलका अनुसार अर्बिटल डेटा सेन्टर (अन्तरिक्षको डेटा केन्द्र)ले सौर्य ऊर्जा प्रयोग गर्न सक्छन् । साथै तिनीहरूले आफ्नो ताप अन्तरिक्षमा विकिरण गर्न सक्नेछन् । यसले गर्दा ऊर्जा आवश्यकता कम हुने र कार्बन फुटप्रिन्ट पनि घट्ने म्याकडोवेले द भर्जलाई सुनाए ।  म्याकडोवेलले भविष्यमा अमेरिका र युरोपले पनि यस्तै परियोजना सञ्चालन गर्न सक्ने उल्लेख गरे ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८२ १५:२९





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको तर्फबाट आयोजना गरिएका कार्यक्रममा बोलाएर पनि सहभागी नहुनेहरूलाई अर्को पटकदेखि नबोलाउन निर्देशन दिएका छन्।

सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन्।

उनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहप्रति लक्षित गर्दै सधैँ कार्यक्रममा बोलाइरहनुपर्ने तर कहिल्यै नआउने गरेको टिप्पणी गरेका हुन्। कुनै पनि सरकारले आयोजना गरेका कार्यक्रमहरूमा सधैँ नाम राखेर बोलाइरहने तर नआउने गरिएको उल्लेख गर्दै उनले यस्ता व्यक्तिहरूको रेकर्ड हेरेर आगामी कार्यक्रमहरूमा नाम नराख्न निर्देशन दिएका हुन्।

Ncell 2
Ncell 2

कुनै अर्थ र महत्त्व नै नबुझ्नेहरूको नाम सधैँ झुन्ड्याइरहने काम राम्रो नभएको उनको भनाइ थियो।

प्रधानमन्त्री ओलीले भने, ‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने। मानका खातिर मानको चलन चाहिँ छोड्दा पनि हुन्छ कि के हो। कोही–कोही मान्छे हरेक फङ्सनमा राख्ने गर्दछौँ, कहिल्यै देखा पर्दैन। त्यस्तो खालको मान्छे खोज्यो भने भेटिन्छन् कि जस्तो लाग्छ। कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने, कुनै अर्थ छैन, महत्त्व नै छैन, अर्थ नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ। आउनुपर्ने नआइदिने, बोलाउने सधैँ बोलाइराख्नुपर्ने – यस्तो हुँदैन। अर्को पल्टसम्ममा सोधी खोजी गर्नुहोला। हेर्नुहोला, रेकर्ड – को एक पटक पनि आउँदैन। त्यो रेकर्ड हेरेर आउने हो कि होइन, सोधेर आउने नभए नाम नराख्नु होला। हरेक पटक इतिहास बनिरहने, नाम छापिरहनुपर्ने, मान्छे नआउने।’

shivam cement
shivam cement

प्रधानमन्त्री ओलीले गणतन्त्र दिवस जनस्तरमा मनाउनुपर्ने र केवल सरकारी कार्यक्रममा मात्रै भर पर्न नहुने धारणा पनि राखेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं, मलेसिया सरकारले विदेशी श्रमिकहरूलाई रोजगारीको विभिन्न क्षेत्रहरूमा रोजगारदाता परिवर्तन गर्न अनुमति दिने निर्णय गरेको छ । मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुतियन इस्माइलका अनुसार यो निर्णय विदेशी श्रमिकहरूको व्यवस्थापन सम्बन्धी १३औं संयुक्त समितिको बैठकमा गरिएको हो ।
पहिले, सरकारले विदेशी श्रमिकहरूलाई समान क्षेत्रभित्र मात्रै रोजगारदाता परिवर्तन गर्ने अनुमति दिएको थियो, जुन कम्पनी पुनर्संरचना, बन्द, विस्तार वा श्रम विभागको निगरानीमा रहेको समितिद्वारा अनुमोदन जस्ता सर्तहरूमा आधारित थियो।
‘यस नीति परिवर्तनले सरकारका साथै रोजगारदाता र विदेशी श्रमिकहरूका लागि विभिन्न फाइदाहरू प्रदान गर्नेछ,’ सैफुद्दिनले बैठकपछि जारी गरिएको विज्ञप्तिमा भनिएको छ । उनले सरकारले गरेको पछिल्लो निर्णय अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले गरेका विभिन्न सिफारिसहरुसाग मेल खाने उल्लेख गरे जुन अन्य विकसित देशहरूद्वारा पहिले नै अपनाइएको छ।
यसैबीच मलेसियाका मानव संसाधन मन्त्री स्टेभन सिमले औपचारिक क्षेत्रहरू उत्पादन, निर्माण, कृषि, बगान र सेवा क्षेत्रहरु गरी पाँचवटा क्षेत्रमा काम गर्ने विदेशी श्रमिकहरुले रोजगारदाता परिवर्तन गर्न अनुमति लिन सक्नेछन् ।
गृहमन्त्री सैफुद्दिनका अनुसार बैठकले विदेशी श्रमिकहरूको चेक आउट मेमोको व्यवस्थापन सुधार गर्ने प्रस्तावलाई पनि अनुमोदन गरेको छ । यो निर्णयसँगै, रोजगारदाताहरूलाई विदेशी श्रमिकहरूको प्रस्थान दर्ता व्यवस्थापन गर्न अन्तर्राष्ट्रिय निकासी बिन्दुहरूमा उपस्थित हुन आवश्यक हुनेछ, ठीक त्यस्तै जसरी उनीहरूले उनीहरूको देश प्रवेश व्यवस्थापन गर्छन्।
यो निर्णय कहिलेदेखि कार्यान्वयनमा ल्याइनेछ भन्ने बारेमा भने प्रष्ट पारिएको छैन ।

सामाग्री श्रोत :
deshparadesh

काठमाडौं। गृहमन्त्री रमेश लेखकले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको आगजनी र हिंसा, अपराध कर्म भएकाले कुनै पनि धर्म वा आस्थासंग जोडेर हेर्न नमिल्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नोत्तरमा मन्त्री लेखकले हिंसालाई धर्मसंग जोड्न नसकिने भन्दै तीनकुनेमा गरिएको राजतन्त्र वकालतको बिषय नेपालको संविधान बिपरित रहेको समेत बताए।

उक्त घटनामा संलग्नहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान र अभियोजन भइरहेको उनले जानकारी दिए। उनले अपराधीक कार्यमा संलग्न जोसुकै भएपनि कानूनी दायरमा ल्याइने स्पष्ट पारे । मन्त्री लेखकले त्यस्ता खालका अपराधजन्य घटना हुन नदिन सरकार सचेत र सतर्क रहेको उल्लेख गरे। उनले तीनकुनेमा भएको हिंसात्मक घटनाको जिम्मेवारी आयोजकले नै लिनुपर्नेमा सरकार प्रष्ट रहेको जिकिर गरे।

त्यस्तै गृहमन्त्री लेखकले उक्त घटनाका घाइतेको सरकारले निशुल्क उपचार गरिरहेको र हाल दुई जनाको उपचार जारी रहेको बताए। गृहमन्त्री लेखकलाई सांसदहरु प्रेम सुवाल, निशा डाँगी र सोविता गौतमले प्रश्न गरेका थिए।

 


सामाग्री श्रोत :

तीनकुने घटनामा गृहमन्त्रीको जवाफः ‘हिंसा र अपराध कर्मलाई कुनै पनि धर्म वा आस्थासंग जोडेर हेर्न मिल्दैन’

काठमाडौँ । नेपाल टेलिकमको आम्दानी र नाफा दुवैमा गिरावट आएको छ । सोमबार प्रकाशित आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार टेलिकमको नाफा गत वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशतले घटेको छ ।

टेलिकमले यस आवको तेस्रो त्रैमाससम्म दुई अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँमात्र खुद नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा कम्पनीले पाँच अर्ब ५३ करोड ७५ लाख ६३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

कम्पनीको कुल आय करिब ८.९० प्रतिशतले घटेर २८ अर्ब ४४ करोड ४८ लाख ४५ हजार रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमास अवधिमा कम्पनीको कुल सञ्चालन आय ३१ अर्ब २३ करोड २३ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

अन्तरिम वित्तीय विवरण अनुसार कम्पनीको कुल सञ्चालन आय २५ अर्ब ३१ करोड ७६ लाख १४ हजार रुपैयाँ रहेको छ । जुन गत वर्षको २५ अर्ब ४८ करोड १२ लाख ८९ हजारको तुलनामा ०.६५ प्रतिशत कम हो ।

प्रतिवेदन अनुसार प्रति शेयर आम्दानी पनि गत वर्षको ४१.०२ बाट घटेर २१.०५ रुपैयाँ कायम भएको छ ।

कम्पनीले नाफा घट्नुको कारण तीव्र बजार प्रतिस्पर्धा, ग्राहकको बदलिँदो व्यवहार, सस्तो प्याकेजको माग र ओटीटी एपहरूको बढ्दो प्रयोगलाई मानेको छ । यस्तै, अन्तर्राष्ट्रिय र स्वदेशी भ्वाइस सेवाको आम्दानीमा कमी, प्राविधिक उपकरणको अभाव र नियामक नीतिका परिवर्तनले पनि वित्तीय प्रदर्शनमा असर पारेको कम्पनीको भनाइ छ ।

नेपाल टेलिकमको कुल सम्पत्ति हाल एक खर्ब २१ अर्ब ९० करोड ८५ लाख ८० हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको सम्पत्ति एक खर्ब ३३ अर्ब ६९ करोड ५४ लाख ६८ हजार रहेको थियो । यो बिचमा करिब ८.८० प्रतिशतले सम्पत्ति घटेको देखिन्छ । यस्तै, खुद सम्पत्ति प्रति शेयर ५०३.९३ रहेको छ भने कुल सम्पत्ति प्रति शेयर ६७६.३६ रहेको छ ।

कम्पनीको शेयर मूल्यमा भने स्थिरता देखिएको छ । तेस्रो त्रैमासमा अधिकतम शेयर मूल्य ९९६.३०, न्यूनतम ८७४ र अन्तिम मूल्य ८९९.८४ रहेको छ । यस्तै कर्मचारी खर्चदेखि सञ्चालन र मर्मत खर्च र नियामक शुल्कसम्ममा कटौती भएको प्रतिवेदनले देखाएको छ ।

नेपाल टेलिकमले प्रतिस्पर्धालाई सामना गर्न फोरजी/एलटीई र एफटीटीएच सेवाको विस्तार, भ्यालु एडेड सर्भिसहरूको विकास र ग्राहक सम्बन्ध व्यवस्थापन प्रणालीको प्रयोगलाई तीव्रता दिएको जनाएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८२ १४:७





सामाग्री श्रोत :
टेक पाना

काठमाडौं – राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र सोमबार विशेष अदालतमा दायर गरेको हो।

आर्थिक वर्ष ०७५/०७६ मा राष्ट्रिय सूचना प्रविधि केन्द्रको लागि भएको खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, तत्कालीन सहायक निर्देशक रमेश पौडेलसहित ५ जनाविरुद्ध मुद्दा दायर भएको हो।

Ncell 2
Ncell 2

अख्तियारले दायर गरेको मुद्दामा राष्ट्रिय सूचना प्रविधि केन्द्रको एनआईटीसी/जीएनसीबी-६-०७५/०७६ शीर्षकको खरिदमा २६ करोड २९ लाख ५३ हजार ३३५ रुपैयाँ लागत अनुमान तयार गरी पेस भएको बोलपत्रमा म्याक्स इन्टरनेशनलले ०७६ असार ४ गते पेस गरेको बिलअनुसार केन्द्रबाट ‘ट्रेनिङ एण्ड वान टाइम इन्स्टलेसन एण्ड कन्फिगरेसन एट जीआईडीसी एण्ड डीआरसी’ शीर्षकको भ्याटबाहेकको २ करोड ६५ लाख र अनसाइट सपोर्ट शीर्षकको भ्याटबाहेकको ३ करोड १४ लाख रुपैयाँ भुक्तानी लिएको उल्लेख छ।

प्रतिवादीले आफूलाई गैरकानूनी लाभ पुर्‍याउने तथा नेपाल सरकार र सार्वजनिक संस्थालाई हानी पुर्‍याउने बदनीयतले ५ करोड ५९ लाख बरावरको रकम बढी भुक्तानी लिई दिई कसूरजन्य कार्य गरे गराएको आयोगका सहसचिव एवम प्रवक्ता राजेन्द्र पौडेलले जानकारी दिए।

shivam cement
shivam cement

उनका अनुसार पौडेलसँगै केन्द्रका तत्कालिन निर्देशक रमेश पोख्रेल र कम्प्युटर इन्जिनियर रामशरण गायक, तत्कालीन लेखा अधिकृत निमबहादुर वली, म्याक्स इन्टरनेशनलन प्राली पुतलीसडक र उक्त कम्पनीका प्रमुख कार्यकारी अधिकृत अकवर हुसेनलाई पनि ५ करोड ७९ लाख बराबरकै जनही विगो दाबी सहित मुद्दा दायर भएको छ।

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

काठमाडौं, वैदेशिक रोजगार विभागका महानिर्देशक कमल प्रसाद भट्टराईले आफ्नो १५ बुँदे प्राथमिकता सार्वजनिक गरेका छन् । हालै विभागको महानिर्देशक नियुक्त भएका भट्टराईले प्रभावकारी अनुगमन, कानुन विपरित काम गर्नेहरुलाई दण्ड सजाय लगायतका प्रतिवद्धता सहितको आफ्नो प्राथमिकता सार्वजनिक गरेका हुन् । यी हुन् महानिर्देशक भट्टराईका प्राथमिकताका क्षेत्रहरुः
१. सेवा प्रवाहमा सुशासन कायम गर्ने, प्रविधिगत सुधार गर्ने।२. वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) अध्यावधिक गर्दै यसलाई राहदानी विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागसँग जोड्ने।३. सेवाहरूको जानकारी वेबसाइट तथा सामाजिक सञ्जालमार्फत नियमित रूपमा गराउने।४. विभागका सम्पूर्ण कार्य प्रक्रियालाई सूचना प्रविधिमा आधारित बनाई थप निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाइने।५. उपत्यका भित्रका इजाजतपत्र प्राप्त संस्थाको अनुगमन थप व्यवस्थित बनाउन नियमित अनुगमन गर्ने। उजुरीको संवेदनशीलता हेरेर आकस्मिक अनुगमन बढाउने।६. शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी), ट्राभल रेटिङ एजेन्ट लगायतले वैदेशिक रोजगार सम्बन्धी विज्ञापन गरेको विषय, राहदानी संकलन गर्ने र वैदेशिक रोजगारमा पठाइदिने भनि कसैसँग रकम लिएको पाइएमा तत्काल अनुगमन गरी कारबाहीको दायरामा ल्याउने।७. वैदेशिक रोजगारसँग सम्बन्धित उजुरी पर्छ्यौट, राहत उद्धार र क्षतिपूर्ति समयानुकुल छुट्टै निर्देशिका÷कार्यविधि तर्जुमा गरी लागु गर्ने। व्यवसायी र पीडितबीच प्राथमिकताका आधारमा छलफल गराउने।८. मुद्दा शाखाको अभिलेख प्रणालीलाई डिजिटलाइज्ड गरी फेमिस प्रणालीमा आबद्ध गरिने।९. एआई नीति प्रणालीका लागि योजना बनाइ लागु गर्ने।१०. श्रमिकका सबै विवरण नागरिक एप र राष्ट्रिय परिचयपत्रमा आबद्ध गरी सेवाग्राहीले पटकैपिच्छे आफ्नो विवरण भनिरहनुपर्ने अवस्थाको अन्त्य गर्ने।११. गन्तव्य मुलुकको भिसा रोजगारदाता कम्पनीको कन्ट्र्याक पेपरसँग सम्बन्धित तथा अन्य आवश्यक जानकारी श्रमिकसँग लिएर राष्ट्रिय परिचयपत्र प्रणालीसँग आबद्ध गर्ने। श्रम स्वीकृति थप छिटो, छरितो, सरल, सहज पारदर्शी बनाउँदै प्रवाह गरिने।१२. समय सापेक्ष सर्भर एंव नेटवर्क उपकरण खरिद लगायत नयाँ प्लेटफर्मका लागि काम गर्ने।१३। प्रणालीमा असम्बन्धित इमेल मोबाइलबाट पहुँच नहुने व्यवस्था गर्ने।१४. प्रणाली मजबुद गरी ह्याकरहरूबाट सुरक्षित बनाउने।१५. प्रत्येक दिन हरेक युजरबाट भएका काम कारबाहीको प्रतिवेदन तयार गरी विश्लेषण गर्ने।

सामाग्री श्रोत :
deshparadesh

काठमाडौं– नेपाल टेलिकमले आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक (चैत्र मसान्तसम्म) को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको कुल सञ्चालन आयमा सामान्य कमी आए पनि कर अघिको मुनाफामा भने उल्लेखनीय वृद्धि देखिएको छ।

यद्यपि, खुद मुनाफामा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.६७ प्रतिशतले कमी आएको छ।

मुख्य वित्तीय विवरणको सारांश:

कुल सञ्चालन आय: रु. २५ अर्ब ३१ करोड ७६ लाख १३ हजार (गत वर्षको सोही अवधिमा रु. २५ अर्ब ४८ करोड १२ लाख ८९ हजार) – ०.६४ प्रतिशतले कमी
कुल आय: रु. २८ अर्ब ४३ करोड १५ लाख ६६ हजार (गत वर्षको सोही अवधिमा रु. ३१ अर्ब २० करोड ४८ लाख ५८ हजार) – ८.८९ प्रतिशतले कमी
EBITDA: रु. १४ अर्ब १९ करोड २१ लाख ९२ हजार (गत वर्षको सोही अवधिमा रु. १३ अर्ब ४० करोड २९ लाख ४५ हजार) – ५.८९ प्रतिशतले वृद्धि
कर अघिको मुनाफा: रु. ८ अर्ब ६२ करोड ५४ लाख ४ हजार (गत वर्षको सोही अवधिमा रु. ७ अर्ब ३८ करोड ३३ लाख ६३ हजार) – १६.८२ प्रतिशतले वृद्धि
खुद मुनाफा: रु. २ अर्ब ८४ करोड २२ लाख ८९ हजार (गत वर्षको सोही अवधिमा रु. ५ अर्ब ५३ करोड ७५ लाख ६२ हजार) – ४८.६७ प्रतिशतले कमी
प्रति शेयर आम्दानी (annualized): रु. २१.०५

राजस्व तथा खुद मुनाफामा आएको परिवर्तनका प्रमुख कारणहरू:

नेपाल टेलिकमले राजस्व र खुद मुनाफामा आएको परिवर्तनका मुख्य कारणहरू पनि उल्लेख गरेको छ:

ओटीटी (OTT) सेवाहरूको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा कमी आएकोले अन्तरआवद्धता आयमा करिब २२.३७ प्रतिशतले कमी आएको र यसले समग्र भ्वाइस/एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव पारेको।

गत वर्ष जीएसएम अनुमति पत्र नवीकरणका लागि रु. २० अर्ब एकमुष्ठ भुक्तानी गर्नुपरेको र कर्मचारीहरूको निवृत्तिभरणका लागि ठूलो रकम (गत वर्ष रु. ४ अर्ब ९७ करोड र यस वर्ष रु. १३ अर्ब १५ करोड) छुट्याइएकाले लगानीमा कमी र ब्याज दर घटेको कारण ब्याज आयमा करिब ४६.०२ प्रतिशतले कमी आएको।

प्रतिस्पर्धी इन्टरनेट सेवा प्रदायक (ISP) हरूले मोबाइलमा आधारित वाई-फाई सेवा दिइरहेकाले मोबाइल डेटाको प्रयोगमा उल्लेखनीय कमी आएको।

राष्ट्रिय सञ्चार भएकोले बढी लागत र कम प्रतिफल हुने दुर्गम स्थानमा पनि सेवा विस्तार र गुणस्तर सुधारमा निरन्तर लागिरहेकोले लागत बढिरहेको।

सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएकाले सेवाको दररेटमा कटौती भई राजस्वमा नकारात्मक असर परेको।

नेपाल लेखामान १९ अनुसारको योगदानमा आधारित पेन्सन योजनाको खर्च लेखांकन र यस वर्ष रु. १३ अर्ब १५ करोड Defined Benefit Assets मा थप रकम छुट्याइएका कारण स्थगन करको प्रभाव परेको।

गत वर्षसम्म Contingent Liabilities मा देखिएका केही मुद्दाहरूको यस वर्ष छिनोफानो भई कम्पनीलाई परेको थप आर्थिक भार व्यवस्थापन गरिएको।

यसरी नेपाल टेलिकमको तेस्रो त्रैमासिक वित्तीय विवरणले कुल सञ्चालन आय र कुल आयमा सामान्य गिरावट देखाए पनि, कर अघिको मुनाफामा वृद्धि भएको छ। तर, विभिन्न कारणहरूले गर्दा खुद मुनाफामा भने उल्लेख्य कमी आएको छ।


सामाग्री श्रोत :

नेपाल टेलिकमको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक, खुद मुनाफामा ४८.६७ प्रतिशतले कमी

 

काठमाडौँ । नेपालमा ‘ओमोडा एन्ड जेइको’ को आधिकारिक वितरक, एसपीजी अटोमोबाइल्स प्रा. लि. ले ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सुरु गरेको छ । जेठ गते, आइतबारबाट सुर भएको यो अफर जेठ १० गतेसम्म चल्नेछ । यस अवसरमा ग्राहकले आफ्नो कुनै पनि गाडी सँग ‘ओमोडा ई-फाइभ’ वा ‘जेइको जे-सिक्स’ साट्न सक्नेछन् ।  

यो योजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागू हुनु अघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरि ल्याइएको कम्पनीले जनाएको छ ।

यस अफरअन्तर्गत, ग्राहकहरूले नयाँ गाडी खरिदमा नि:शुल्क १ वर्षको बीमा, एउटा नि:शुल्क ७ किलोवाटको चार्जर, ब्याट्रि र मोटरमा ८ वर्ष वा १६०,००० किमिको वारेन्टि प्राप्त गर्न सक्नेछन् । यस्तै ८० प्रतिशत फाइनान्सिङ सहित ५५ लाख ९९ हजार रुपैयाँबाट सुरु हुने गाडीहरूको डेलिभरी, जेठ १७ तदनुसार मे ३१ अघि नै बुक गर्ने ग्राहकहरूको लागि अन्य विभिन्न पुरस्कारको व्यवस्था गरिएको कम्पनीले जनाएको छ । 

यसमा गाडी डेलिभरी गरिएकोमध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमण गर्ने मौका पाउनेछन्, एकजनाले आइफोन १६ प्रो जित्ने मौका पाउनेछन् । त्यसैगरी पाँच भाग्यशाली जोडीले लक्जरी स्टेकेसन जित्ने मौका पाउनेछन् भने दुई भाग्यशाली ग्राहकहरूले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्ने कम्पनीले जनाएको छ । 

नयाँ सरकारी नियमअनुसार विद्युतीय गाडीहरूको लागि बैंकबाट कर्जा सीमा ९० प्रतिशतबाट ६० प्रतिशतमा सीमित गरिएको छ । यसै समयमा ग्राहकहरूलाई लक्षित गरी ‘स्विच एन्ड ड्राइभ प्रि-बजेट एक्सचेन्ज अफर’ सार्वजनिक गरिएको कम्पनीको भनाइ छ । 

पछिल्लो अध्यावधिक: जेठ ५, २०८२ १३:३१





सामाग्री श्रोत :
टेक पाना

Ncell 2
Ncell 2
shivam cement
shivam cement

काठमाडौँ –सोमबार (आज) नेपाली बजारमा सुनको मूल्यमा सामान्य अंकले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज प्रति तोला ६०० रुपैयाँले बढेर १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको छ । यसअघि आइतबार सुन प्रतितोला १ लाख ८४ हजार २०० रुपैयाँ कायम भएको थियो । 

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ, आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । आइतबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको थियो । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट