
काठमाडौँ । सोमबार २६ मे २०२५ मा ‘एनईबी रिजल्ट्स एन्ड न्युज’ (NEB Results & News) नामक फेसबुक पोस्टले ४ वर्षीया बालिकाले आत्महत्या गरेको दाबी सहित एउटा पोस्ट राख्यो । ‘एआईसँग कुरा गर्दा इमोस्नल भएर मेन्टालिटी हेल्थ बिग्रिएर अमेरिकामा एक ४ वर्षीया बालिकाले सुसाइड गरेकी छन् । यो केस अहिले कोर्टमा रहेको छ’ भन्दै रोमनमा अपूरो जानकारी सहित राखिएको यो पोस्ट टेकपाना फ्याक्टचेकका क्रममा मिथ्या देखिएको छ । ४ वर्षीया बालिका एआईसँग भावनात्मक रूपमा नजिकिएर मानसिक स्वास्थ्यमा असर परेपछि आत्महत्या गरेको भन्ने समाचारको तथ्य कुनै पनि स्रोतबाट पुष्टि हुँदैन ।
दाबी
२६ मे २०२५ दिउँसो २ः०४ मिनेटमा ‘NEB Result & News’ नामक फेसबुक पेजले ४ वर्षीया बालिकाले आत्महत्या गरेको दाबीसहित पोस्ट राख्यो । पोस्टमा रोमनमा लेखिएको छ, “Shocking: AI sanga kura garda emotional bhayera mentality health bigrera America ma ek 4 yrs old balika le sui!cide gareki chan. Yo case ahile court ma raheko cha.”
यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा २३०० बढी रियाक्सन, १०० बढी कमेन्ट र ११ बढी शेयर आएको छ । हेर्नुहोस् ओरिजिनल पोस्ट, आर्काइभ पोस्ट र स्क्रिनशट ।
अनुसन्धान
४ वर्षीया बालिका एआईसँग भावनात्मक रूपमा नजिकिएको भन्ने पोस्ट फेला पारेपछि टेकपाना फ्याक्टचेक डेक्सले यस्ता दाबीसहितका अन्य पोस्ट फेसबुक, एक्स र टिकटकमा खोज्यो । त्यस क्रममा फेसबुकमा नेपाल न्युज अपडेट, ओपन खबर, सुनसरीपाना नामक फेसबुक पेजले यही पोस्ट दुरुस्तै राखेको पाइयो । यहाँ, यहाँ र यहाँ क्लिक गरेर ओरिजिनल लिङ्क फेला पार्न सक्नुहुन्छ भने यहाँ, यहाँ र यहाँ क्लिक गरेर आर्काइभ लिङ्क हेर्न सक्नुहुन्छ । सँगै ती दाबीको स्क्रिनशट पनि यहाँ राखिएको छ ।
टेकपाना फ्याक्टचेक डेस्कले सबैभन्दा पहिले यसलाई विश्लेषण गर्यो । ४ वर्षीया बालिका एआईसँग कुरा गर्न सक्ने सम्भावना कति हुन्छ ! ल मानौं, अभिभावकले एआई च्याटबटसँगै कुरा गर्न नै दिए भने पनि ऊ भावनात्मक रूपमा जोडिने अवस्था हुन्छ ? झट्ट सुन्दा यो आश्चर्य लाग्छ ।
ल भावनात्मक रूपमा पनि जोडिने शङ्काको सुविधा दिंऔं । त्यसमा मानसिक स्वास्थ्य बिग्रिएर आत्महत्याको सोच आउने सम्भावना कति हुन्छ ? ४ वर्षीया बालिकालाई सम्पूर्ण फोन नै जिम्मा दिएर भावनात्मक रूपमा नजिकिने अवसर दिई बेवास्ता गर्ने अभिभावक कति हुन्छन् ? यी सबैलाई एक छिनलाई हो भन्ने मान्यौ भन्ने पनि ४ वर्षीया बालिका कसरी चाहिं आत्महत्या गर्न सक्छिन् ।
‘एनईबी रिजल्ट्स एन्ड न्युज’ नामक पेजले सूचनाको आधारभूत पक्षलाई नै बेवास्ता गरेको छ । तथ्य नखुलाई फाइभ डब्लु वन एच अर्थात् के, कहिले, कसले, किन कहाँ र कसरी भन्ने प्रश्नको उत्तर राख्नुपर्ने हुन्छ । यो पोस्टमा कसले, के, कहाँ र किन भन्ने प्रश्नको अपूरो जानकारी राखिएको छ । त्यस्तै कहिले र कसरी भन्ने प्रश्नको जवाफ नै छैन । यी जानकारी नभएको समाचार वा पोस्टलाई भ्रामक वा मिथ्या सूचना मानिन्छ । यो त भयो सैद्धान्तिक कुरा । अब लागौं तथ्यतर्फ:
हामीले यससँग सम्बन्धित अन्य पोस्ट वा समाचार खोज्न ‘4-year-old girl suicide AI America’, ‘child suicide AI conversation news’, ‘4-year-old suicide AI court case US’, ‘4-year-old girl suicide AI court case America’, ‘child suicide AI lawsuit court details’, ‘AI chatbot suicide lawsuit US court’ जस्ता कीवर्ड गुगल सर्चमा राखेर हेर्यौं ।
तर, कुनै पनि समाचार माध्यमले यसबारे समाचार राखेको फेला परेन । अमेरिकामा एआईसम्बन्धी केही घटना हुँदा द वाशिङटन पोस्ट, एपी न्युज, बीबीसी, द न्युयोर्क टाइम्स, द गार्डियन लगायतका सञ्चारमाध्यममा यस सम्बन्धी समाचार आइपुग्छ । तर, कुनै पनि समाचार माध्यमले ‘४ वर्षीया बालिकाले एआईका कारण आत्महत्या गरेको’ सम्बन्धी कुनै पनि समाचार राखेका छैनन् ।
हामीले यसमा थप विश्लेषण गर्न ग्रोक, जेमिनाई, परप्लेक्सिटी एआई जस्ता खोज तथा अनुसन्धान प्रयोजनका लागि प्रयोग हुने टुल हेर्यौं । यी सबै टुलबाट पनि ‘४ वर्षीया बालिकाले एआईकै कारण आत्महत्या गरेको’ दाबी पुष्टि हुने आधार भेटिएन ।
अक्टोबर २०२४ मा एआईका कारण किशोरले आत्महत्या गरेको घटना सतहमा आएको थियो । टेकपानाले पनि यस विषयमा त्यसबखत समाचार राखेको थियो । समाचारका अनुसार २०२४ को फेब्रुअरी महिनामा फ्लोरिडा सहरका १४ वर्षीय सिवेल सेजर नामक किशोरले आत्महत्या गरेका थिए । उनकी आमाले किशोरको आत्महत्याको कारण ‘क्यारेक्टर एआई’बाट डेनेरिज टार्गेरियन ड्यानी नामको पर्सनल क्यारेक्टर रहेको आरोप लगाएकी थिइन् । किशोर एआईसँग भर्चुअल प्रेममा परेको र एआई क्यारेक्टरले आत्महत्या गर्न प्रेरित गरेपछि आत्महत्या गरेको ती किशोरकी आमाको दाबी थियो । यो मुद्दा फ्लोरिडा सहरको ‘यूएस डिस्ट्रिक्ट कोर्ट फर द मिडल डिस्ट्रिक्ट अफ फ्लोरिडा’मा दायर भएको थियो ।
यी सबै तथ्यलाई विश्लेषण गर्दा एनईबी ‘रिजल्ट्स एन्ड न्युज’ नामक पोस्टले ‘४ वर्षीया बालिका एआईसँग भावनात्मक रूपमा नजिकिंदा मानसिक स्वास्थ्य बिग्रिएपछि आत्महत्या गरेको’ भन्ने दाबी मिथ्या रहेको पुष्टि भएको छ ।
दाबी
एआईसँग भावनात्मक रूपमा नजिकिएपछि मानसिक स्वास्थ्य बिग्रिंदा ४ वर्षीया बालिकाले आत्महत्या गरिन् ।
दाबीकर्ता
एनईबी रिजल्ट्स एन्ड न्युज, नेपाल न्युज अपडेट, ओपन खबर र सुनसरीपाना नामक फेसबुक पेज ।
तथ्य
एनईबी रिजल्ट्स एन्ड न्युज, नेपाल न्युज अपडेट, ओपन खबर र सुनसरीपाना नामक फेसबुक पेजले दाबी गरेको जस्तो ४ वर्षीया बालिका एआईसँग भावनात्मक रूपमा नजिकिंदा मानसिक स्वास्थ्य बिग्रिएपछि आत्महत्या गरेको भन्ने दाबी २६ मे २०२५ सम्म उपलब्ध कुनै पनि समाचार सामग्रीबाट पुष्टि हुँदैन । ४ वर्षीया बालिका, त्यसमाथि एआईसँग भावनात्मक रूपमा नजिक हुने, अझै मानसिक स्वास्थ्य बिग्रिएर आत्महत्या गर्ने भन्ने दाबीमा सामान्य विचार पुर्याउने हो भन्ने पनि असम्भव छ बुझ्न सकिन्छ । त्यसबाहेक कुनै पनि तथ्यले यो दाबी पुष्टि गर्दैनन् । गत अक्टोबरमा भने फ्लोरिडा सहरका एक १४ वर्षीय किशोर एआईसँग भावनात्मक रूपमा नजिकिएको र पछि एआईले उक्साएपछि आत्महत्याको बाटो रोजेको भन्ने समाचार आएको थियो ।
निष्कर्ष
एनईबी रिजल्ट्स एन्ड न्युज, नेपाल न्युज अपडेट, ओपन खबर र सुनसरीपाना नामक फेसबुक पेजले दाबी गरेको जस्तो ‘एआईसँग भावनात्मक रूपमा नजिकिएपछि मानसिक स्वास्थ्य बिग्रिंदा ४ वर्षीया बालिकाले आत्महत्या’ गरेको घटना बाहिर आएको छैन । इन्टरनेटमा उपलब्ध कुनै पनि समाचार स्रोतबाट यो घटनाको आधिकारिता पुष्टि हुन आएन । गत अक्टोबरमा अमेरिकाको फ्लोरिडा सहरका १४ किशोर एआईसँग भावनात्मक रूपमा नजिकिएको र एआईले उस्काएपछि फेब्रुअरीमा आत्महत्याको बाटो रोजेको घटना बाहिर आएको थियो । यसर्थ एनईबी रिजल्ट्स एन्ड न्युज लगायतका पेजले ४ वर्षीया बालिकालाई जोडेर मिथ्या सूचना फैलाएको टेकपाना फ्याक्टचेक डेक्सले पुष्टि गरेको छ ।
प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ २१:५९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – प्रेस सेन्टर नेपालले २३ वर्षअघि राज्यबाट हत्या गरिएका पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवस मनाउँदै छ। मंगलबार देशैभरी विभिन्न कार्यक्रम गरेर प्रेस सेन्टरले २३औँ सेन स्मृति दिवस मनाउन लागेको हो।
जनदिशा दैनिकको प्रधान सम्पादक रहँदा प्रहरीले २०५९ जेठ १३ गते पत्रकार कृष्ण सेनको हत्या गरेको थियो। उनको हत्या भएको दिन हरेक वर्षको जेठ १३ गतेलाई प्रेस सेन्टरले सेन स्मृति दिवसको रूपमा मनाउने गरेको छ।
सेन्टरको केन्द्रीय समितिले मंगलबार काठमाडौँमा २३औँ कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवस कार्यक्रम आयोजना गरेको छ। सोमबार सङ्गठनका महासचिव मनोज घर्तीमगरले प्रेस नोट जारी गरेर केन्द्रीय समितिको आयोजना र उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेशको सहभागितामा कार्यक्रम गर्न लागिएको जानकारी गराएका छन्।
काठमाडौँको बिजुलीबजारस्थित कृष्टल पार्टी भेन्यूमा बिहान ११ बजे आयोजित कार्यक्रम दुई चरणको हुने सङ्गठनले जनाएको छ।‘दुई चरणमा गरिने कार्यक्रमको पहिलो चरणमा कृष्ण सेन ‘इच्छुक’बारे प्रेस सेन्टर नेपालले तयार पारेको भिडियो सामाग्री प्रसारण गरिनेछ’, प्रेस विज्ञप्तिमा भनिएको छ।
दोस्रो चरणमा पिसिएन संवाद हुने र सो संवादमा ‘गणतन्त्र र समाजवादको यात्रा’ र ‘कृष्ण सेन ‘इच्छुक’ र जनपक्षीय पत्रकारिता’ बारे वक्ताहरूसँग संवाद गरिने सेन्टरले जनाएको छ। कार्यक्रममा प्रेस सेन्टर नेपालले प्रदान गर्ने विभिन्न पत्रकारिता पुरस्कार घोषणासमेत गरिने महासचिव घर्तीमगरले जानकारी दिए।
प्रेस सेन्टरले काठमाडौँमा आयोजित कार्यक्रममा सहभागिताका लागि सङ्गठनका पूर्व अध्यक्ष तथा संयोजकहरू, संस्थापकहरू, पूर्व सल्लाहकार, पूर्वपदाधिकारी तथा सदस्यहरू, केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, समितिका पदाधिकारी तथा सदस्यहरू, उपत्यका, प्रतिष्ठान र एशोसियट प्रदेश, प्रदेश अन्तर्गतका जिल्ला समिति तथा शाखाका पदाधिकारी तथा सदस्यहरू, सङ्गठनका सदस्य, शुभेच्छुकहरू र सम्पूर्ण पत्रकारहरूलाई आग्रह गरेको छ।
महासचिव घर्तीमगरले प्रेस सेन्टरले प्रदेश समिति, जिल्ला तथा शाखा र पालिका समितिहरूबाट सेनको विचार, गणतन्त्रसहितको राजनीतिक परिवर्तन, जनपक्षीय पत्रकारिताका विषयलाई केन्द्रविन्दुमा राखेर विविध कार्यक्रम गरेर देशैभर २३औँ सेन स्मृति दिवस मनाइने जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
म्याङलुङ्ग (तेह्रथुम)- तेह्रथुमको म्याङलुङ्ग नगारपलिकामा रहेको जिल्ला अस्पताल परिसरमा बिहानदेखिनै सयौं बिरामीहरुको ठूलो भिड थियो। भिडलाई व्यवस्थित बनाउन स्वंसेविकाहरु खटिएका थिए। ७० वर्षभन्दा माथि ज्येष्ठ नागरिकले लाइन नलागी सेवा लिइरहेका थिए।
दैनिक डेढ सयदेखि दुई सय बिरामी आउने अस्पतालमा शनिबार भने हजार भन्दा बढी बिरामी थिए। अस्पतालमा यसरी सेवाग्राहीको चाप बढी हुनुको कारण हो, दुई दिने निशुल्क स्वास्थ्य शिविर। देशका विभिन्न अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरुले सेवा दिने गरी अस्पताल परिसरमा नै शिविरको आयोजना गरिएका कारण अस्पतालमा सेवाग्राही धेरै आएका थिए।
नेपाल चिकित्सक संघ, तेह्रथुम सरोकार समाज र म्याङलुङ्ग नगरपालिकाको आयोजना र जिल्ला अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १८ सय भन्दा बढीले सेवा लिएका थिए। शनिबार र आइतबारको शिविरमा एक हजार आठ सय २६ जनाले सेवा लिएको समाजका अध्यक्ष डिल्लीराम ढुंगेलले जानकारी दिए।
उनका अनुसार शिविरमा काठमाडौं, चितवन, मोरङ, झापा, धरानका अस्पतालहरुमा कार्यरत विशेषज्ञ चिकित्सकहरुको टोलीले जिल्लाका ६ वटा स्थानीय तहका नागरिकलाई सेवा दिएका छन्।
शिविरमा क्यान्सर, मुटुरोग, नाक, कान, घाँटी, बालबालिका, हाडजोर्नी, मृगौलासम्बन्धी रोग, स्त्रीरोग, चर्मरोग, मधुमेह, थाइरोइड, आँखासम्बन्धी रोग, दाँत तथा गिजा रोग, छालासम्बन्धी रोग, नसासम्बन्धी रोग, मानसिक रोग, सामान्य चिकित्सा लगायतका विशेषज्ञ चिकित्सकहरुले सेवा दिएको नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिलविक्रम कार्कीले जानकारी दिए।
डा कार्कीका अनुसार संघले समाजका लागि चिकित्सक र चिकित्सकका लागि समाज भन्ने नाराका साथ आयोजना गरेको शिविरमा २० भन्दा बढी अस्पतालका ५० भन्दा बढी विशेषज्ञ चिकित्सकसहित एक सय जना स्वास्थ्यकर्मीको सहभागिता रहेको थियो।
शिविरमा वीर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, नेपाल भारत मैत्री अस्पताल, भरतपुर सेन्ट्रल हस्पिटल, भरतपुर क्यान्सर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्र, नेपाल एपिएफ अस्पताल, कोसी अस्पताल, नोबेल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, विराट मेडिकल कलेज, बीएन्डसी मेडिकल कलेज, तेह्रथुम जिल्ला अस्पताल, ग्लोवल आई हस्पिटल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बुद्ध डेन्टल हस्पिटलका चिकित्सक तथा स्वास्थ्यकर्मी सहभागि थिए।
दुई दिने शिविरमा लामो समयदेखि रोग लागेर पनि उपचार सेवामा नपुगेका बिरामीदेखि नियमित स्वास्थ्य जाँच गराउने जागरुक नागरिकले समेत सेवा लिएको अध्यक्ष डा कार्कीले जानकारी दिए। ‘ग्रामिण क्षेत्रका नागरिकलाई विशेषज्ञ सेवा दिन पाउँदा काठमाडौं तथा देशका सहरी क्षेत्रमा कार्यरत विशेषज्ञ चिकित्सकहरु समेत खुसी भएका थिए,’ उनले भने, ‘विशेषज्ञ चिकित्सकको पहुँचमा आउन नसक्ने समुदायका नागरिकहरु पनि घरआँगनमै सेवा लिन पाउँदा खुसी भएका थिए।’
शिविरमा सामान्य समस्यदेखि क्यान्सरको समस्या भएका गम्भीर बिरामी समेतले सेवा पाएको म्याङलुङ नगरपालिकाका मेयर संजय तुम्बाहाम्फेले जानकारी दिए। उनका अनुसार शिविरमा दुई जना बिरामीले शल्यक्रिया सेवा समेत लिन सकेका थिए।
‘त्यही शल्यक्रियाका लागि धेरै खर्च गरेर ठूला अस्पतालमा जानुपर्ने बिरामीले समेत यहीँ शिविरमा नै सेवा पाउन सकेका छन्,’ उनले भने, ‘घर नजिकै एकैपटक धेरै विशेषज्ञ चिकित्सकले सेवा दिने खबर पाएपछि ४/५ घण्टा हिँडेर समेत बिरामीहरु सेवा लिन आएका थिए।’ उनले आगामी दिनमा पनि आवश्यकता अनुसार यस्तै शिविरहरु सञ्चालन गरिने जानकारी दिए।
सामाग्री श्रोत :
swasthyakhabar
गण्डकी। पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ। आज आयोजित एक कार्यक्रमबीच महानगर प्रमुख धनराज आचार्यले पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन्।
सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष नगरभित्रका सबै बालबालिकाहरूले तोकिएका खोपहरू प्राप्त गरेको सुनिश्चिततासहित घोषणा गर्ने गरिन्छ।
महानगर प्रमुख आचार्यले बालबालिकाहरूको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका खोपहरूसहित स्वास्थ्यसम्बन्धी सेवाहरू समयमा उपलब्ध गराउनु पर्ने दायित्व प्रति प्रतिबद्ध रहेको बताए। बालबालिकाहरूका लागि आवश्यक खोप तथा पोषणका कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गर्न उनले स्वास्थ्यकर्मीहरूलाई निर्देशनसमेत दिए। महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले बालबालिकाहरूका लागि खोप प्रभावकारी र अत्यावश्यक कार्यक्रमका रूपमा सञ्चालन गरिएको बताइन्।
पूर्ण खोप भन्नाले राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्रमा पाउनुपर्ने सबै खोपहरू, सबै बालबालिकाहरूले पूर्ण रूपमा लिएको एवं पछि तालिकामा अन्य खोपहरू थप भएमा सो समेत लिएको अवस्थालाई बुझिन्छ। पूर्ण खोप सुनिश्चितताका लागि १६ महिना देखि ५९ महिनासम्म उमेरका बालबालिकाहरूमा खोप अवस्थाको पहिचान र विश्लेषण गरिन्छ।
सामाग्री श्रोत :
काठमाडौँ । एमएडब्लू वृद्धि स्पीड चार्जर्सले जोमसोममा ईभी चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । कम्पनीले जोमसोममा सीसीएसटु (CCS2) प्रविधिमा आधारित ईभी चार्जिङ स्टेसन औपचारिक रूपमा उद्घाटन गरेको हो ।
“जोमसोममा स्थापना गरिएको चार्जिङ स्टेसन एउटा इन्जिनियरिङ उपलब्धिमात्रै नभई नेपालमा ईभी विकासको महत्त्वपूर्ण सुरुआत पनि हो,” कम्पनीले भनेको छ, “अब यस्तो उचाइमा पनि CCS2 चार्जिङ सुविधा उपलब्ध भएकाले ईभी प्रयोगकर्ताहरूले सुरक्षित यात्रा गर्न सक्नेछन् र हरित नेपाल निर्माणमा योगदान दिन सक्नेछन् ।”
एमएडब्लू वृद्धिले हालसम्म नेपालभर ११६ स्थानमा सीसीएसटु चार्जिङ स्टेसनहरू सञ्चालनमा ल्याइसकेको छ ।
पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ २०:३८
सामाग्री श्रोत :
टेक पाना
काठमाडौँ – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ।
सोमबार साँझ बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले भिजिट भिसा प्रकरणमा संसदबाटै गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्ने निर्णय गरेको छ। सिंहदरबारमा सोमबार बसेको रास्वपा संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा प्रश्न उठेपछि अनुसन्धानका लागि मार्गप्रसस्त गर्नुपर्ने भन्दै मंगलबार बस्ने संसद बैठकमा सशक्त प्रतिपक्षी रुपमा गृहमन्त्रीको राजीनामा माग गर्ने निर्णय गरेको रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए। उनले […]
सामाग्री श्रोत :
काठमाडौँ । गत चैत १५ गतेको राजावादी प्रदर्शनका क्रममा दुर्गा प्रसाईंले गाडीभित्रबाट ‘आओ, आओ’ भन्दै गरेको भिडिओ खिच्ने युट्युबर प्रकाशचन्द्र दाहालविरुद्ध आपराधिक उपद्रव र संगठित अपराधको अभियोगमा मुद्दा दायर गरिएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार जिल्ला अदालतमा अभियोगपत्र दायर गर्दै दाहाललाई दुई फरक मुद्दामा सजाय माग गरेको हो ।
दाहाल ‘नेपाल पुकार’ नामक युट्युब च्यानलका सञ्चालक हुन् । दुर्गा प्रसाईंले गाडी चलाउँदै आफ्ना समर्थकलाई बोलाइरहँदा त्यही गाडीमा रहेका दाहालले आफ्नो युट्युब च्यानलमा लाइभस्ट्रिम गरेका थिए । अहिले त्यो भिडिओ प्राइभेट गरिएको छ ।
दाहालले आपराधिक समूह/संगठनसँग मिलेमतो गरी राज्य संस्था र संवैधानिक संरचना पल्टाउने उद्देश्यले भएको घोषणा सभामा उपस्थित भई आपराधिक उपद्रव गरेको अभियोगपत्रमा दाबी गरिएको छ ।
उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ को उपदफा (१) र उपदफा (२) को खण्ड (क) बमोजिम व्यक्तिगत सम्पत्ति समेतमा आगो लगाई आपराधिक उपद्रवको कसुरमा सोही संहिताको दफा २८५ को उपदफा (३) को खण्ड (घ) बमोजिम सजाय माग गरिएको छ ।
त्यस्तै संगठित रूपमा आपराधिक उपद्रवको कसुर गरेको भन्दै संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को उपदफा (१) ले निषेधित, उपदफा (२) ले परिभाषित कसुरमा ऐनको दफा ३ को उपदफा (३) को खण्ड (क) बमोजिमको कसुरमा ऐनको दफा (९) को खण्ड (क) बमोजिम सजाय माग गरिएको छ ।
चैत १५ गतेको प्रदर्शनमा आन्दोलनका कमान्डर दुर्गा प्रसाईं प्रहरीको सुरक्षा घेरा तोड्ने प्रयास गर्दै तीनकुनेबाट बानेश्वरस्थित संसद् भवनतर्फ जाँदै थिए । सोही क्रममा गाडीमै सवार प्रकाशचन्द्र दाहालले प्रसाईंले ‘आओ, आओ’ भन्दै भिडलाई आफूतिर बोलाइरहेको दृश्य खिचेका थिए । उक्त भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेको थियो र त्यसका आधारमा थुप्रै मिमहरू पनि बनिरहेका छन् ।
पछिल्लो अध्यावधिक: जेठ १२, २०८२ १९:४२
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं –राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोलि बस्ने प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकलाई प्रश्न गर्ने भएको छ।
आज संसदीय दलको वैठकपछि पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले गृहमन्त्रीलाई सुरुमै जवाफ दिएर लुसुक्क हिँड्न नदिने बताएका हुन्।
आफूहरूसँग भएको सूचना र प्रमाणका आधारमा पछिल्लो पटक गृहमन्त्री लेखकको बारेमा भिजिट भिसाका विषयमा आएका विषयवस्तुबारे प्रश्न गर्ने रास्वपा सांसद झाले बताए।
गृहमन्त्रीबारे हाम्रो रणनीति के हुने भन्ने विषयमा आवश्यक छलफल गर्यौं,’ बैठकपछि सांसद झाले भने, ‘सबैको अभिमत सुनेर नेतागणले रणनीतिक तयारी गरिरहेका छौं।’
उनले भने, पहिले हामीले प्रश्न सोध्न पाउनुपर्यो। सोध्दै नसोधेको प्रश्नको जवाफ दिएर हुँदैन। हामीले प्रश्नै सोध्न नपाइकन जवाफ दिएर लुसुक्क हिँड्न दिँदैनाैं। प्रश्न सोध्न पाउनुपर्छ। उहाँलाई के थाहा छ हामीसँग के के प्रमाण छ, कस्ता सूचना छन् भन्ने।’
गतवर्ष आफ्नो पार्टीको सभापति रवि लामिछानेबारे प्रश्न उठ्दा २२ वटा बैठक कांग्रेसले अवरोध गरेको पनि भोलि स्मरण गराइने झाले बताएका छन्।
उनले भने, ‘उहाँहरुले हाम्रो सभापतिलाई दुई महिनासम्म बोल्न रोक्नुभएको थियो। तर, हामी त्यस्तो गर्दैनौं। हामी उहाँहरुको भन्दा सुदृढ संसदीय अभ्यास गरेर देखाउनेछौं।’
कांग्रेस पदाधिकारी वैठकले लेखकलाई क्लीन चिट दिन खोजेको भन्दै रास्वपाले आपत्ति जनाएको छ।
रास्वपाले यसअघि नै गृहमन्त्री लेखकको राजीनामा माग गर्ने निर्णय गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
जनकपुर। धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा दुई साँढेबीचको जुधाइमा परेर एक जनाको मृत्यु भएको छ।
मधेश प्र ०२–००७ प ९२६६ नं को स्कुटर चढेर गइरहेका बेला उपमहानगर—६ स्थित पेठियाबजारबाट प्रादेशिक अस्पताल जानेबाटोमा जुधिरहेका साँढेसँग ठोक्किँदा घाइते भएका वडा नं ७ का ५० वर्षीय सत्तार राइनको मृत्यु भएको हो।
उनलाई जानकी हेल्थ केयरमा उपचारका लगिएकामा गएराति नै चिकित्सकले मृत घोषणा गरेका धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए।
सामाग्री श्रोत :