
काठमाडौं– प्रतिपक्षीले अवरोध गरेपछि प्रतिनिधिसभा बैठक शुक्रबार सम्मका लागि स्थगित भएको छ ।
बिहीबार प्रतिनिधिसभा सुरु हुने बितिकै प्रतिपक्षी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । भिजिट भिसा प्रकरणमा छानविन समिति गठन गर्नुपर्ने माग राख्दै उनीहरुले विरोध जनाएका हुन् ।
उनीहरुले विरोध जनाएपछि सभामुख देवराज घिमिरेले संसद सांसदहरुको बोल्ने थलो भएकाले जनताको मुद्दामाथि बहस गर्ने वातावरण बनाउन आग्रह गरे ।
संघर्षको स्वरुप परिवर्तन गर्दै संसद सञ्चालन हुने अवस्था सिर्जना गर्न समेत उनले आग्रह गरेका थिए । प्रतिपक्षी दलका सांसदले निरन्तर उठेर विरोध जनाएपछि सभामुख घिमिरले कार्यसूचीमा रहेका कार्यक्रमलाई हटाउँदै शुक्रबार १ बजे बस्नेगरि स्थगित गरेका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- उपचारमा लापरबाही गरेको मुद्दामा ॐ अस्पताललाई ५० लाख ७० हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला भएको छ। उपभोक्ता अदालतको राम प्रसाद शर्मा अध्यक्ष, गेहेन्द्रराज रेग्मी सदस्य र आनन्दराज पोखरेल सदस्य रहेको इजलासले उक्त फैसला गरेको स्रेस्तेदार शोभाकर खरेलले जानकारी दिए।
खरेलले भने, ‘बसन्त गौतमले आफ्नो बुवा उपचारमा लापरबाही भएको भन्दै ५ करोड क्षतिपूर्ति पाउँ भनेर दायर गरेको मुद्दामा ५६ लाख ८१ हजार रुपैयाँ क्षतिपुर्ती भराउने आदेश भएको छ। अस्पताललाई ८० प्रतिशत र उपचारमा संलग्न २ चिकित्सकलाई ३ लाख ५ हजारका दरले २० प्रतिशत क्षतिपूर्ति भराउने आदेश भएको हो।’
आफ्ना बुवा हरिहर प्रसाद गौतमको उपचारमा लापरबाही गरेको भन्दै छोरा बसन्त गौतमले मुद्दा दायर गरेका थिए। उजुरीकर्ताका अनुसार ९८ वर्षको उनी २०८१ माघ ५ मा बाथरुममा जाने क्रममा लडेर खुट्टा टेक्न नसक्ने अवस्थामा भएपछि बेडमा बस्दा बेडबाट समेत लडेपछि चाबहिलस्थित ॐ हस्पिटलको इमरजेन्सीमा उपचार गर्न लिइएको थियो।
इमरजेन्सीमा कार्यरत सामान्य चेकजाँच पश्चात एक्सरे अध्ययन गरी खासै केही नभएको भन्दै दुखाइ कम हुने इन्जेक्सन दिएर केही औषधि लेखि डिस्चार्ज गरेको उजुरीमा उल्लेख छ।
डिस्चार्ज गरेको ४ दिन पश्चात समेत दुखाइ कम नभएपछि हामी परिवारका अर्को निजी अस्पतालमा लैजाँदा खुट्टा फ्याक्चर भएको देखिएको बताइएको छ। सही उपचार नगरी लापरबाही भएका कारण अन्य स्वास्थ्य जोखिम उत्पन्न भएर पिताको ज्यान गएको भन्दै उनले ५ करोड क्षतिपूर्ति पाउँ भन्दै मुद्दा दायर गरेका थिए।
सामाग्री श्रोत :
swasthyakhabar
एजेन्सी। भारतको अहमदाबादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ। लन्डनका लागि उडान भरिरहेको एयर इन्डियाको विमान बिहीबार दिउँसो टेकअफको क्रममा दुर्घटनाग्रस्त भएपछि विमानस्थल केही घण्टाका लागि बन्द गरिएको थियो।
नागरिक उड्डयन मन्त्रालयले दुर्घटनामा परेको केही घण्टापछि अहमदाबाद विमानस्थलमा उडान सञ्चालन पुनः सुरु भएको जनाएको छ। अहमदाबाद विमानस्थल सञ्चालनमा आएको छ। उडान सुरक्षा प्रोटोकलहरू अत्यन्त सावधानीपूर्वक पालना गरिँदैछ,’ नागरिक उड्डयन मन्त्रालयले भनेको छ।
बोइङ ७८७ ड्रीमलाइनर विमान अपराह्न करिब १ः ३८ बजेको भारतीय समय अनुसार उडान भरेको केही क्षणमै दुर्घटना भएको थियो। प्रारम्भिक विवरणअनुसार विमानमा जम्मा २४२ जना सवार थिए। जसमा १२ चालक दलका सदस्यहरू थिए।
घटनापछि प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबादमा भएको घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै यसलाई ‘शब्दले भन्न नसकिने हृदयविदारक’ भनेका छन्।
सामाग्री श्रोत :
दुर्घटनापछि अवरुद्ध भारतको सरदार वल्लभभाई पटेल विमानस्थल सुचारु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले चरित्रहत्या हुने गरी आफ्नो तस्बिर सार्वजनिक गरेको भन्दै असन्तुष्टि जनाएका छन् । बुधबार राष्ट्रिय सभागृहमा भएको उपमेयर सुनिता डङ्गोलसहित पाँच सदस्यीय वार्ताका क्रममा उनले महानगरका प्रवक्ता एवम् वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले आफ्नो तस्बिर सार्वजनिक गरेको विषयलाई लिएर कानुनी लडाईमा जान सक्ने चेतावनी दिएका हुन् ।
उक्त बैठकमा बालेन, सुनिता, मानन्धरसँगै वडा नं ३२ का अध्यक्ष नवराज पराजुली र वडा नं १५ का अध्यक्ष ईश्वरमान डङ्गोलसमेत सहभागी थिए । बैठकमा प्रवक्ता मानन्धरले टेलिभिजन कार्यक्रममा तस्बिर सार्वजनिक गरेको विषयलाई लिएर दुवै जनाबिच सवालजवाफ भएको महानगर स्रोतले जनाएको छ ।
महानगर स्रोतका अनुसार ‘टेलिभिजन कार्यक्रममा गएर फोटो सार्वजनिक गरेर मुठभेड नै गर्न खोजेको हो भने कानुनी लडाइँमा जान सकिन्छ’ भन्दै बालेनले चेतावनी दिएका थिए । स्रोतले भन्यो, “बैठकका क्रममा वडाध्यक्षहरूसहित पाँच जनाबिच २ घण्टा लामो कुराकानी चलेको थियो । मेयर र उपमेयर दुई जना मात्रैले पनि २ घण्टा लामो कुराकानी गर्नुभएको थियो । यसबिचमा धेरै विषयमा मतभेद र कुराकानी भएको थियो ।”
तर, उक्त घटनालाई लिएर वास्तवमा नै कानुनी लडाइमा जाने विषयमा भने बालेनले कुनै प्रतिक्रिया दिएका छैनन् । प्रवक्ता मानन्धरले ८ अप्रिलमा योहो टेलिभिजनमा प्रसारित अन्तर्वार्तामा बालेनले सेतो बाथरोब लगाएको अवस्थामा एक युवतीसँग खिचेको तस्बिर देखाउँदै आफूलाई कतैबाट प्राप्त भएको बताएका थिए । उक्त तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल समेत बनेको थियो ।
त्यसपछि व्यक्तिगत चरित्रलाई लिएर आधारहीन र आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै बालेन सचिवालयले मानन्धरलाई गल्ती स्वीकार गरी लिखित प्रतिबद्धता पेस गर्न पत्राचार गरेको थियो । उता बालेनकी श्रीमती सबिना काफ्लेले भाइरल तस्बिर खिचिएकै दिनका अन्य तस्बिर पनि सार्वजनिक गर्दै भाइरल बनाउन अरूपनि कन्टेन्ट दिने भन्दै व्यङ्ग्य गरेकी थिइन् ।
पछिल्लो केही समयदेखि काठमाडौँ महानगरमा बालेन र अन्य जनप्रतिनिधिबिच असन्तुष्टि गहिरिँदै गएको छ । जसले गर्दा लामो समयदेखि महानगरको कार्यपालिका बैठकसमेत बस्न सकेको छैन । आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम ल्याउनु पर्ने समय नजिकिँदै गर्दा पनि बैठक बस्न नसकेपछि बुधबार वार्ता भएको हो ।
उक्त वार्ता महानगरको आगामी कार्यपालिका बैठक सञ्चालनका लागि सकारात्मक देखिएको बताइएको छ ।
पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ १८:२५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा २०४ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
अहमदाबादबाट लन्डनका लागि उड्नेबित्तिकै दुर्घटनामा परेको एयर इन्डियाको एआई-१७१ जहाज दुर्घटनाबारे जानकारी दिँदै अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले २०४ वटा शव प्राप्त भएको जानकारी दिएका हुन् । साथै दुर्घटनामा परी घाइते भएका ४१ जनाको उपचारका जारी रहेको पनि प्रहरीले जनाएको छ ।
रतीय समयअनुसार दिउँसो १:३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभरवालसँग ८ हजार २ सय घण्टा र कोपाइलट कुन्दरसँग १ हजार १ सय घण्टाको अनुभव रहेको भारतको नागर विमानन महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जहाजमा क्याबिन क्रुसहित २४२ जना सवार रहेको एयर इन्डियाले एक्समार्फत जानकारी दिएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
भारत- गुजरात राज्यको अहमदाबादमा दुर्घटनाग्रस्त एयर इण्डिया ठोक्किएको बिल्डिङ चिकित्सकको निवास रहेको पाइएको छ। सरकारी अस्पतालका चिकित्सकहरु त्यहाँ बस्ने गरेको जनाइएको छ।
विमान ठोक्किएको बिल्डिङमा रहेका १५ जना चिकित्सक घाइते भएको भारतीय सञ्चामाध्यम दैनिक भास्करले जनाएको छ।
भारतीय समय अनुसार अहमदावाद विमानस्थलबाट १ बजेर ३८ मिनेटमा उडेको जहाज दुई मिनेटमै भुइँमा झरेको थियो ।
जहाजमा चालक दलका सदस्यसहित २४२ जना यात्रु सवार थिए ।
अहिलेसम्म १०० जनाको शव निकालिएको बताइएको छ।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट संयुक्त अधिराज्यको लण्डनका लागि उडेको एअर इन्डियाको यात्रुवाहक विमान आज दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका छन्।
सो दुर्घटनाबाट भएको मानवीय क्षतिप्रति राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समार्फत गहिरो दुःख व्यक्त गरेका छन्।
सामाग्री श्रोत :
राष्ट्रपति पौडेलद्वारा भारतमा विमान दुर्घटनाप्रति दुःख व्यक्त
काठमाडौँ । इन्टरनेट निरन्तर परिवर्तन भइरहेको छ, जहाँ वेबपेजहरू सिर्जना हुन्छन्, अपडेट हुन्छन्, र कहिलेकाहीँ पूर्ण रूपमा हराउँछन् । बीबीसीका अनुसार सन् २०१३ देखि २०२३ सम्मका २५% वेबपेजहरू हराएका छन् ।
सन् २०१३ मा अस्तित्वमा रहेका वेबपेजहरूमध्ये ३८% ले अब काम गर्दैनन्, र २०२३ मा प्रकाशित वेबपेजहरूको ८% सोही वर्षको अक्टोबरसम्ममा हराइसकेका थिए । वेबको यस किसिमको अस्थिर प्रकृतिका कारण डिजिटल इतिहासलाई संरक्षण गर्ने कार्य जटिल बनेको छ ।
वेब अभिलेख (Web Archiving) के हो ?
वेब अभिलेख (Web Archiving) भनेको विश्वव्यापी वेबबाट सामग्री सङ्कलन गर्ने, त्यसलाई सुरक्षित राख्ने, र भविष्यका अनुसन्धानकर्ता तथा सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउने प्रक्रिया हो । यसको मुख्य उद्देश्य जानकारीलाई अभिलेखात्मक ढाँचामा सुरक्षित राख्नु हो । वेब अभिलेख अभियान्ताहरू (web archivists) ले यसका लागि सामान्यतया स्वचालित वेब क्रलर (web crawlers) प्रयोग गरिरहेका छन् ।
अर्काइभ आफैँमा निकै महत्त्वपूर्ण छ, किनभने इन्टरनेटमा धेरै जानकारी चाँडै हराउँछन् वा बिग्रन्छन् । यसले हराएका वा मेटाइएका वेबपेजहरू पुन: अवलोकन गर्न, सन्दर्भ सामग्रीको रूपमा राखिएका साइट प्रयोग गर्न, र वेबसाइटको इतिहासलाई निगरानी गर्न मद्दत गर्छ ।
उदाहरणका लागि, सन् २०११ मा अमेरिकी अदालतमा भएको ‘युनाइटेड स्टेट्स भर्सेस बन्सल’ (United States v. Bansal) जस्ता मुद्दाहरूमा वेब अभिलेखलाई प्रमाणका रूपमा प्रयोग गरिएको थियो । जहाँ बन्सलको वेबसाइटका स्क्रिनशटहरूलाई प्रमाणका रूपमा स्वीकार गरिएको थियो ।
आफैँमा चुनौतीपूर्ण छ, वेब अर्काइभ
वेब अर्काइभिङका आफ्नै चुनौतीहरू पनि छन् । वेबपेज टेक्स्ट, इमेज र कोडहरूको संयोजनबाट बनेका हुन्छन् । जुन स्क्रिनको आकार र ब्राउजर अनुसार फरक देखिन सक्छन् । आधुनिक वेबसाइटहरू जाभास्क्रिप्ट, एक्सएमएल, जेसन र एज्याक्स जस्ता प्रविधिहरूमा बढी निर्भर छन् । जसले परम्परागत क्रलरहरूलाई समस्यामा पार्छ ।
वेबको विशाल आकार र निरन्तर परिवर्तन हुने प्रकृतिका कारण सबै सामग्रीलाई पूर्ण रूपमा अभिलेखमा राख्न गाह्रो छ । औसत वेबपेजको जीवन दुई वर्ष अनुमान गरिएको छ, जुन अत्यन्तै कम हो ।
अर्कोतर्फ वेब अभिलेखमा प्राय: अरूले सिर्जना गरेको सामग्री सङ्कलन गरिन्छ । त्यसैले क्रल सुरु गर्नुअघि अनुमति लिनु सामान्य अभ्यास हो । तर, साइट धनीहरूबाट न्युन प्रतिक्रिया आउने र सबै सामग्रीका लागि अनुमति प्राप्त गर्न सम्भव समेत नहुने चुनौतीहरू छन् । robots.txt प्रोटोकलले क्रलरहरूलाई वेबसाइटका केही भागहरूमा पहुँच गर्नबाट रोक्न सक्छ ।
क्रलरहरूले वेबसाइटको गहिरो वेब (Deep Web) मा लुकेका ठुला भागहरू वा लग-इन पछाडिका सामग्रीहरू सङ्कलन गर्न सक्दैनन् । विज्ञापन ब्यानर र तस्विरहरू पनि प्रायः अभिलेखमा छुटेका हुन सक्छन् ।
यस बाहेक इन्टरनेट अर्काइभमा वित्तीय खतरा, प्राविधिक चुनौती, साइबर आक्रमण र बौद्धिक सम्पत्तिको नि:शुल्क प्रतिलिपि जस्ता सामग्री समेत रहन सक्छन् । जसले गर्दा यस्तो सेवा दिने संस्थाहरूले कानुनी लडाइँको सामना पनि गर्नु परिरहेको हुन्छ ।
यद्यपि निष्कर्ष इन्टरनेट निरन्तर विकसित हुँदै जाँदा यसको डिजिटल इतिहासलाई संरक्षण गर्ने आवश्यकता झन् महत्त्वपूर्ण बन्दै गइरहेको छ । यो एक जटिल कार्य भए पनि वेब्याक मसिन र अन्य विकल्पहरूले हाम्रो डिजिटल सम्पदालाई जोगाउन महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् ।
वेब अर्काइभ राख्ने तरिका
-
ट्रान्जेक्सनल अभिलेख (Transactional Archiving): यसले साइटका प्रयोगकर्ता र सर्भरबीच हुने कारोबारहरूको अभिलेख राख्छ । यो अवधारणामा कहिल्यै नहेरिएका सामग्रीहरू अभिलेखमा राख्न सम्भव हुँदैन । यसलाई विशेष गरी कानुनी वा नियामक आवश्यकताहरूका लागि प्रमाणका रूपमा सामग्री संरक्षण गर्न प्रयोग गरिन्छ ।
-
सर्भर-साइड अभिलेख (Server-Side Archiving): यसमा सर्भरबाट फाइलहरू सोझै कपी गरिन्छ र यसका लागि सर्भर धनीको सहमति र सहकार्य आवश्यक हुन्छ ।
-
क्लाइन्ट-साइड वा रिमोट हार्वेस्टिङ (Client-Side or Remote Harvesting): यो सबैभन्दा सामान्य विधि हो । जहाँ वेब क्रलरहरूले ‘सिड’ यूआरएल (seed URL) बाट लिङ्कहरू पछ्याएर सामग्री सङ्कलन गर्छन् । यो विधिले डकुमेन्ट, टेक्स्ट पेज, अडियो फाइल, इमेज, भिडिओ र डेटा फाइलसमेत सङ्कलन गर्न सक्छ ।
मुख्य वेब अर्काइभ राख्ने विभिन्न टुल
वेबसाइटका पुराना संस्करणहरू हेर्न वा अभिलेख राख्न बजारमा विभिन्न टुलहरू छन् । आज हामीले त्यस मध्येका प्रचलित केही टुलहरूको बारे यहाँ उल्लेख गरेका छौँ ।
१. वेब्याक मसिन (Wayback Machine): यो इन्टरनेट अभिलेख (Internet Archive) को एक परियोजना हो, जुन सन् १९९६ मा स्थापना भएको एक गैर-नाफामुखी संस्था हो । यसलाई पुराना वेबपेजहरू पत्ता लगाउने मुख्य स्रोतको रूपमा लिइन्छ ।
वेब्याक मसिनले हजारौँ वेबसाइटका स्न्यापशटहरू नियमित रूपमा खिचेर सुरक्षित गर्छ । हाल यसले ८ खर्ब ६६ अर्ब वेबपेजहरू स्टोर गरेर राखेको छ । यसले अनुसन्धानकर्ता, पत्रकार, र सामान्य प्रयोगकर्ताहरूलाई मेटाइएका वा अद्यावधिक गरिएका वेबपेजहरू पुन: अवलोकन गर्न सम्भव बनाउँछ ।
यसमा यूआरएल टाइप गरेर वार्षिक टाइमलाइन र क्यालेन्डरमा हेर्न सकिन्छ, जहाँ स्न्यापशटहरू लिइएको समय र मिति हाइलाइट गरेर देखाइएको हुन्छ । यदि तपाईँले यूआरएल बिर्सनुभयो भने, एड्भान्स सर्च (Advanced Search) प्रयोग गरेर किवर्डमार्फत वेबपेज पत्ता लगाउन सक्नु हुन्छ ।
वेब्याक मसिनको ब्राउजर एक्सटेन्सन र मोबाइल एप्लिकेसन पनि उपलब्ध छन् । यो हालसम्म विश्वको सबैभन्दा ठुलो र पुरानो वेब अभिलेख हो । यसले हराएका वा बिग्रिएका लिङ्कहरू फेला पार्न, प्रतिस्पर्धीको विश्लेषण गर्न, ब्याकलिङ्कका अवसरहरू पहिचान गर्न, र सर्च इन्जिन रिजल्ट पेज-एसईआरपी (SERP) मा हुने परिवर्तनको निगरानी गर्न एसईओ पेसाकर्मीहरूलाई पनि मद्दत गर्छ ।
२. अर्काइभ डट टुडे ( archive.today / archive.is)
यसले वेबपेजको तत्काल स्न्यापशट लिने र त्यसको स्थायी रेकर्ड सिर्जना गर्ने सुविधा दिन्छ । यसले सेभ गरिएका पेजका दुई संस्करणहरू प्रदान गर्छ: एक स्थिर प्रतिलिपि (static copy) र अर्को क्लिक गर्न मिल्ने लिङ्क समावेश भएको अन्तरक्रियात्मक संस्करण (interactive version) ।
यो पत्रकार र अनुसन्धानकर्ताहरूका लागि तत्काल अनलाइन सामग्री संरक्षण गर्न उपयोगी हुन्छ । यो निःशुल्क छ र धेरैजसो यूआरएलका लागि पुराना डेटा देखाउँछ । यो क्रोम एक्सटेन्सन र एन्ड्रोइड एपमा पनि उपलब्ध छ।
३. वल्डवेब डट टुडे (OldWeb.today)
यो केवल अभिलेख गरिएका वेबपेजहरूको सङ्ग्रह मात्र नभई यसले मुख्यतया इन्टरनेट अभिलेखबाट अभिलेखहरू तान्छ, तर तिनीहरूलाई इमुलेटेड पुराना ब्राउजरहरूमा चलाएर इन्टरनेटको प्रारम्भिक दिनहरूमा फर्कन मद्दत गर्छ ।
यसमा नेभिगेटर (Navigator), इन्टरनेट एक्सप्लोरर (Internet Explorer), फायरफक्स (Firefox), र मोजाइक (Mosaic) जस्ता पुराना ब्राउजरका विभिन्न संस्करणहरू समावेश छन् ।
४. लाइब्रेरी कँग्रेस (Library of Congress)
यो अमेरिकी कँङ्ग्रेसको आधिकारिक अभिलेख हो । जसले पुस्तक, समाचारपत्र, चित्र, वेबपेज, र अन्य सामग्रीको विस्तृत अभिलेख राख्छ ।
यसको वेब अभिलेख प्रोग्रामले वेबमा उपलब्ध सबै सामग्रीलाई संरक्षण गर्ने लक्ष्य राख्छ । यसले मूलतः अमेरिकी इतिहास र सांस्कृतिक सम्पदासँग सम्बन्धित अभिलेखमा राखिएका वेबसाइटहरूको सङ्ग्रह प्रदान गर्दछ ।
५. अर्काइभबक्स (ArchiveBox)
यो एक सेल्फ-होस्टेड ओपन सोर्स सफ्टवेयर हो, जसले विभिन्न ढाँचाहरूमा वेबसाइटहरूबाट सामग्री संरक्षण गर्ने सुविधा दिन्छ ।
यसले एचटीएमएल, जेएस, पीडीएफ, मिडिया र अन्य विभिन्न स्वरूपका सामग्रीहरू सुरक्षित गर्न सक्छ । यसले तपाईँलाई बुकमार्क, ब्राउजर हिस्ट्री, सामाजिक सञ्जाल फिड, आरएसएस, र अन्य स्रोतहरूबाट समेत वेब अर्काइभ गर्ने अनुमति दिन्छ ।
६. वेबफ्रिजर (Pagefreezer)
यो व्यवसायहरूका लागि निर्मित एक सास (SaaS) सेवा हो । विशेष गरी कानुनी मापदण्डहरू पुरा गर्न आवश्यक पर्नेहरूका लागि उपयोगी हुन्छ । यसले वेबसाइट, सामाजिक सञ्जाल, र कर्पोरेट सञ्चारको सुरक्षित र वास्तविक-समय अभिलेख राख्न सघाउँछ ।
७. स्टिलिओ (Stillio)
यो नियमित स्वचालित स्न्यापशटहरू आवश्यक पर्ने प्रयोगकर्ताहरूका लागि डिजाइन गरिएको हो । यसले प्रयोगकर्ताहरूलाई दैनिक, साप्ताहिक, मासिक वा घण्टाको आधारमा स्न्यापशटहरू राख्ने सुविधा दिन्छ ।
८. पर्मा डट सीसी (Perma.cc)
यो ‘लिङ्क रोट’ (link rot) को समस्यालाई सम्बोधन गर्न सिर्जना गरिएको वेब अभिलेख अनुप्रयोग हो । यसले वेबपेजहरूमा स्थायी, अपरिवर्तनीय लिङ्कहरू सिर्जना गर्छ । यो खासगरी विश्वविद्यालयहरू, कानुनी संस्थाहरू र पुस्तकालयहरूमा व्यापक रूपमा प्रयोग गरिन्छ ।
९. वेबसाइट (WebCite)
यो शैक्षिक र बौद्धिक आवश्यकताहरूका लागि तयार पारिएको एक अन-डिमान्ड अर्काइभ सेवा हो । यसले उद्धरणका लागि स्थायी प्रकृतिका लिङ्कहरू सिर्जना गर्छ ।
१०. गिटहब (GitHub for web archiving)
गिटहब परम्परागत प्रकृतिको अर्काइभिङ टुल नभए तापनि यो विशेष गरी डेभलपरहरू र प्राविधिक प्रयोगकर्ताहरूद्वारा वेब सामग्रीको संरक्षणका लागि बढ्दो रूपमा प्रयोग भइरहेको छ ।
पछिल्लो अध्यावधिक: जेठ २९, २०८२ १७:३९
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– नेकपा बहुमतका कार्यकर्ताहरूले उच्च अदालत, वीरगञ्जका न्यायाधीश डा. खुसीराम थारूलाई मोसो प्रहार गरेका छन् ।
उनीहरूले कार्यकक्षमै पुगेर न्यायाधीश थारूमाथि मोसो प्रहार गरेका हुन् । मोसो प्रहार गरेलगत्तै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
थारूसहितको इजलासले केही दिनअघि ज्यान मुद्दामा कारागारमा रहेका नेपाली कांग्रेसका पूर्वसांसद अफताब आलमलाई सफाइ दिएको थियो ।
जनविरोधी फैसला गरेको भन्दै थारूलाई मोसो प्रहार गरिएको नेकपा बहुमतका कार्यकर्ताले बताएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- एअर इन्डिया ठोक्किएको होस्टेलमा बस्ने ६ रेसिडेन्ट डाक्टरको मृत्यु भएको छ। अहमदाबादमा एअर इन्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान सिभिल अस्पतालको होस्टलका चार वटा भवनमा ठोक्किएको थियो।
ती भवनहरूमा रेजिडेन्ट डाक्टरहरू बस्ने गर्दथे। घटनाको समयमा होस्टलमा करिब ५० देखि ६० जना इन्टर्न डाक्टरहरू रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। उनीहरू सबै दिउसोको खाना खाइरहेका थिए।
दुर्घटना यति शक्तिशाली थियो कि भित्र रहेका डाक्टरहरूको शवसमेत टुक्राटुक्रामा छरिएको पाइएको छ।
विमानमा लागेको आगोबाट उठेको धुवाँले होस्टलको भवन पूरै कालो भएको छ। होस्टल पूरै खण्डहरजस्तो बनेको छ। घाइते १५ जना चिकित्सक अस्पताल पुर्याइएको छ।
सामाग्री श्रोत :
swasthyakhabar