
स्वदेशमै केही गर्ने सपना बोकेको थिएँ…
देशकै स्वास्थ्य प्रणालीमा केही योगदान पुर्याउनेछु, भन्ने सोचले मैले १२ कक्षा सकिएपछि मेडिकल वा नर्सिङभन्दा फरक तर अत्यन्तै महत्वपूर्ण विषय रोजें- ब्याचलर इन हेल्थकेयर म्यानेजमेन्ट (बीएचसीएम)। अहिले म मास्टर्स इन हेल्थकेयर म्यानेजमेन्छ (एमएचसीएम) अन्तिम सेमेस्टरमा छु। आफ्नो देशलाई स्वस्थ, सुदृढ र जनमुखी स्वास्थ्य सेवा उपलब्ध गराउने सपना बोकेकी म, आज एक निजी अस्पतालमा न्यूनतम पारिश्रमिकमा काम गर्दैछु- जहाँ न त मेरो शैक्षिक योग्यता अनुसारको जिम्मेवारी छ, न त भविष्यप्रति आश्वस्त हुने कुनै संकेत।
स्वास्थ्य व्यवस्थापन: भविष्य निर्माणको विषय, तर नेपालमा बिचल्ली
हरेक वर्ष नेपालका ६ भन्दा बढी प्रतिष्ठित कलेजहरूबाट ब्याचलर र मास्टर्स इन हेल्थकेयर म्यानेजमेन्टमा सयौं विद्यार्थीहरू स्नातक भइरहेका छन्। तर तीमध्ये थुप्रैले पाएको रोजगारी निजी क्षेत्रमै सीमित छ, त्यो पनि न्यून पारिश्रमिक र असमान भूमिकासहित। सरकारी अस्पतालहरूमा व्यवस्थापन पक्षको आवश्यकता भए पनि स्वास्थ्य व्यवस्थापकको लागि कुनै स्थायी दरबन्दी लोकसेवा आयोगले नखोलेको कुराले हामी सबै निराश भएका छौं।
अव्यवस्थित प्रणाली, असंवेदनशील नीति
आज देशका अधिकांश अस्पतालहरू जनशक्ति व्यवस्थापन, सेवा समन्वय, अस्पतालको प्रशासनिक पारदर्शिता र स्रोतको प्रभावकारी उपयोगमा कमजोर छन्। यस्तो कमजोर प्रणाली सुधार गर्ने जिम्मा स्वास्थ्य व्यवस्थापनमा दक्ष जनशक्तिले लिन सक्छ। तर अफसोस- सरकारले व्यवस्थापनलाई अझै पनि सहायक पक्षको रूपमा मात्रै लिएको छ। न त लोकसेवा आयोगमा स्पष्ट पद सिर्जना गरिएको छ, न त नीति निर्माण तहमा यस विषयलाई प्राथमिकता दिइएको छ।
निजी अस्पतालमा हाम्रो हैसियत के?
आज म निजी अस्पतालमा काम गर्छु। तर व्यवस्थापनको नाममा केही कागजी काम, अप्रशिक्षित स्टाफको काममा सहयोग, र अन्ततः चिकित्सक वा प्रशासकीय प्रमुखको निर्देशन पालना गर्नु नै मेरो काम हो। निर्णय प्रक्रिया, रणनीति निर्माण वा नीति कार्यान्वयनमा हाम्रो कुनै भूमिका छैन। पढेको ज्ञान प्रयोग गर्न नपाउँदा, देशका लागि केही गर्न चाहँदा पनि नपाउँदा, हाम्रो पढाइ नै निरर्थक लाग्न थाल्छ।
विदेश जाने कि…?
जब म साथीसँग कुरा गर्छु—त्यो अस्पताल व्यवस्थापनमा अध्ययन गरेकी, या त्यो एचआर र अप्रेसन्समा दक्ष साथी सबै एउटै गुनासो हुन्छ: ‘नेपालमा हाम्रो भविष्य के हो?’ किनकि स्वास्थ्य मन्त्रालयले हामीलाई चिनेको छैन, लोकसेवा आयोगले दरबन्दी दिएको छैन, र निजी क्षेत्रले सम्मानजनक पारिश्रमिक दिएको छैन। यस्तो अवस्थामा प्रश्न उब्जन्छ:
👉 के हामीले विदेश जानु पर्ने बाध्यता स्वीकार गर्नुपर्ने हो?
👉 देशमै केही गर्न चाहने हामीलाई हतोत्साहित गर्ने यो प्रवृत्ति कहिलेसम्म जारी रहने हो?
मन्त्रालय र नीति निर्माणकर्ता समक्ष मेरा विनम्र प्रश्नहरू:
• स्वास्थ्य व्यवस्थापनका लागि स्थायी पद सिर्जना कहिले हुन्छ?
• ओएन्डएम सर्वेमा स्वास्थ्य व्यवस्थापकलाई संरचनामा समावेश गर्ने पहल किन भएन?
• प्रत्येक वर्ष सयौं स्वास्थ्य सेवा व्यवस्थापक उत्पादन हुँदा पनि सरकार किन मौन छ?
• विदेशिन चाहँदैनौं, तर देशले बाटो नै नदेखाउँदा के गरौ त हामीले?
सम्भावना अझै बाँकी छ – केही सल्लाह र आग्रह
• स्वास्थ्य व्यवस्थापक पद लोकसेवा आयोगको स्थायी दरबन्दीमा समावेश गरियोस्।
• सरकारी अस्पतालहरूमा व्यवस्थापन संरचना पुनरावलोकन गरी स्वास्थ्य व्यवस्थापकलाई स्पष्ट
(लेखक खनाल स्वास्थ्य सेवा व्यवस्थाप , स्नातकोत्तर अन्तिम वर्षमा अध्ययनरत छिन्)
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा मानिसहरूको हलचलको भरमा तस्बिर कैद गर्ने गोप्य क्यामेरा (स्पाई क्यामेरा) हरू जडान गरिएका छन् । वन्यजन्तु र वनस्पतिको संरक्षणका लागि भन्दै चितवन राष्ट्रिय निकुञ्जका भित्री स्थानमा ३० ओटा स्पाई क्यामेरा जडान गरिएको हो ।
निकुञ्जका संरक्षण अधिकृत प्रवचन पौडेलका अनुसार यी क्यामेराहरू कहाँ कहाँ छन् भन्ने जानकारी गोप्य राखिएको छ । क्यामेराहरूमा मोसन-बेस्ड सेन्सर जडान गरिएको उनले बताए । उनले भने, “यसले क्यामेराको अगाडि कुनै गतिविधि भयो भने तत्काल फोटो खिच्छ । र, तत्कालै रियल टाइममा हामीलाई जानकारी पठाउँछ ।” यस्ता स्पाई क्यामेरा राख्नुको मुख्य उद्देश्य निकुञ्जमा हुने चोरी पैठारीका तथ्याङ्क सङ्कलन गर्नु र निकुञ्जको सुरक्षा बढाउनु रहेको उनले जानकारी दिए ।
पौडेलका अनुसार निकुञ्जमा गोप्य क्यामेरा जडानको काम निरन्तर भइरहन्छन् । तर मौसम अनुसार थप घट भइरहने उनले सुनाए । उनले भने, “आगलागी हुन सक्ने जोखिम भएका मौसममा क्यामेरा हटाइन्छ । अरू बेलामा क्यामेरा थपिन्छ । गत नोभेम्बरदेखि स्पाई क्यामेरा बढाइरहेका छौँ ।” हाल नयाँ पुरानो गरेर ३० ओटा गोप्य क्यामेरा निकुञ्जको निगरानीमा प्रयोग भएको उनले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: असार ९, २०८२ १८:५५
सामाग्री श्रोत :
टेक पाना
काठमाडौं– इजरायल-इरानबीच चर्किएको द्वन्द्वमा अमेरिका समेत जोडिएपछि मध्यपूर्वको तनावको असर पेट्रोलियम पदार्थमार्फत नेपालमा छिटै पर्न सक्ने अधिकारीहरूले चेतावनी दिएका छन्।
नेपाल आयल निगम (एनओसी)का अधिकारीहरूले देशमा स्वचालित बिक्री मूल्य प्रणाली लागु रहे तापनि ‘ठूला तथा अप्रत्याशित अन्तर्राष्ट्रिय घटना’का बेला सरकारले ‘विशेष निर्णय लिन सक्ने’ बताउने गरेका थिए।
निगमका प्रवक्ताले अबको झन्डै एक सातामा आउने अर्को दरसँगै नयाँ अवस्थाको एउटा झल्को आउने र सोहीअनुसार निर्णयहरू लिइने बीबीसीलाई बताएका छन्।
हाल प्रत्येक अङ्ग्रेजी महिनाको १ र १६ तारिखमा भारतीय आयल निगम (आईओसी)ले पठाउने मूल्य सूचीका आधारमा नेपालमा मूल्य निर्धारण हुने गर्छ।
“युद्ध सुरु भएदेखि नै तेलको मूल्य भारतमा बढिरहेको छ। जसकै औसत हामीले पाउने मूल्य हुने हुँदा त्यो उल्लेख्य बढ्ने आशा गर्न सकिन्छ,” प्रवक्ता मनोजकुमार ठाकुरले भने।
करिब एक दशकपछि दुई वर्षपछि नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थका लागि स्वचालित बिक्री मूल्य प्रणाली लागु गरेको थियो।
विसं २०७१ सालमा लागु गरिएको स्वचालित प्रणाली डलरको भाउ उच्च भएको भन्दै केही महिना पनि टिकेको थिएन।
एकजना पूर्व वाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाले तेलको भाउ बढिरहे स्वचालित मूल्य प्रणालीका नाममा “जनताको क्रयशक्तिले नभ्याउने मूल्य तोकिराख्न नमिल्ने” बताउँछन्।
भारतबाट आउने दररेटको प्रतीक्षा
हिजो आइतवार ब्रेन्ट क्रुडको मूल्य ज्यानुअरीयताकै उच्च प्रतिब्यारल झण्डै ७९ अमेरिकी डलर पुगेको थियो।
जबकि भारतबाट नेपालले पाएको अघिल्लो भाउ प्रतिब्यारल ६५ अमेरिकी डलर हुँदाको रहेको एनओसी अधिकारी बताउँछन्।
भारतले नेपाललाई दिने मूल्य अन्तर्राष्ट्रिय बजारमा तय हुने कच्चा पदार्थ र ट्र्याक प्रिमिअम भनिने प्रशोधन शुल्कको मूल्यको औसतका आधारमा तय गरिन्छ।
पेट्रोल र डीजलको भाउ नेपालले प्रत्येक १५-१५ दिनमा पाउँछ भने मट्टितेल, हवाई इन्धन र एलपी ग्यासको मूल्य हरेक महिना पठाएपछि त्यसकै आधारमा नेपालमा मूल्य समायोजन हुने गर्छ।
“युद्ध सुरु भएकै दिन ८ देखि १० प्रतिशत कच्चा तेलको मूल्य बढेको थियो। त्यसपछि भारतले पनि महँगोमै किन्नुपर्ने अवस्था आइरहेको छ। त्यसको असर हामीलाई पक्कै पनि पर्ने देखिन्छ,” प्रवक्ता ठाकुर भन्छन्।
“लामो समय प्रतिब्यारल ६४-६५ अमेरिकी डलरको आसपास कच्चा तेलको मूल्य बस्यो। अहिले सो मूल्य ७८-८९ डलरतिर पुग्दा हामीलाई मूल्य बढेरै आउने देखिन्छ। अब नयाँ मूल्य आएपछि के कस्तो परिस्थिति देखिन्छ त्यसकै आधारमा निर्णय हुन्छ।” निगमको प्रयास चाहिँ त्यसबेला पनि यो परिस्थिति धेरै लामो समय नचल्ला भन्ने आकलनकै आधारमा स्वचालित मूल्य प्रणाली नै कायम राख्ने भन्ने हुने प्रवक्ता ठाकुर बताउँछन्।
तर उपभोक्ताले थेग्न सक्ने मूल्य हुने-नहुने र त्यसबेला के निर्णय लिने भन्ने विषय नयाँ मूल्य सूची पाएपछि मात्र विश्लेषण गरिने उनी बताउँछन्। पूर्वसचिव पूरुषोत्तम ओझाले केही मूल्य बढ्ने अवस्थालाई रोक्न नसकिने भए पनि स्थिरिकरण कोषका सहायताले केही समय थेग्ने काम गर्नु पर्ने बताउँछन्।
ओझा थप्छन्: “आंशिक रूपमा केही मूल्य बढाएर, आंशिक रूपमा स्थिरिकरण कोषको प्रयोग गरेर र फोसिल इन्धनकै खपत कम गर्ने उपाय लगाएर त्यस्तो अवस्थाको सामना गर्नु पर्ने हुन्छ।”
मूल्य स्थिरिकरण कोषमा निगमले आफ्ना सबै विक्रीको १ प्रतिशत रकम जम्मा गर्ने गर्छ।
नेपालको रणनीतिक भण्डार
नेपालको हालको भण्डारण क्षमताका आधारमा पेट्रोलियम पदार्थ पूर्णतः आयात नभइरहेको अवस्थामा पेट्रोलको भण्डारणले ७ देखि ८ दिन थेग्ने निगमले जनाएको छ। त्यसैगरी डिजल १० देखि १२ दिन, हवाई इन्धन ८ देखि १० दिन र मट्टितेल एक महिनासम्मै धान्न सक्ने अवस्था रहने बताइन्छ।
एलपी ग्यासका हकमा भने आयल निगमको आफ्नै भण्डार नरहेकाले त्यो ५९ वटा ग्यास उद्योगहरूमा भर पर्नु पर्ने अवस्था छ।
ती उद्योगहरूको कुल भण्डारण क्षमता झन्डै १० हजार मेट्रिक टन रहेकामा नेपालको मासिक खपत ५० हजार मेट्रिक टन जति रहेकाले त्यसले झन्डै पाँच दिन धान्न सक्ने बताइन्छ।
आफ्ना परमाणु केन्द्रमा अमेरिकी हमला भएपछि इरानले ‘स्ट्रेट अफ हर्मुज’ भनिने खाडी क्षेत्रको जल क्षेत्र बन्द गर्ने भन्ने विवरण आइरहँदा पेट्रोलियम पदार्थमा थप मार पर्ने देखिन्छ।
मध्य पूर्वका प्रमुख तेल र ग्यास उत्पादकहरूले पेट्रोलियम पदार्थ ढुवानी गर्न उक्त जलमार्ग प्रयोग गर्ने हुँदा त्यहाँ हुने अवरोधले ठूलो असर तेलको मूल्यमा पर्ने ठानिन्छ।
“त्यस्तो अवस्थामा पनि तेल आउनै रोकिने भन्ने त हुँदैन। वैकल्पिक मार्गहरू प्रयोग गरेर पारवहनका काम हुन्छन्। तर हामीलाई असर पर्ने फेरि पनि चर्को मूल्यमै हो,” ठाकुर भन्छन्।
त्यस्तो अवस्थामा कच्चा तेलको भाउ प्रतिब्यारल १०० अमेरिकी डलरसम्म पुग्न सक्ने अग्रणी वित्तीय संस्था गोल्डमन स्याक्स र परामर्शदाता कम्पनी र्यापिड इनर्जीले चेतावनी दिएका छन्।
पूर्वसचिव ओझाले विश्वको झन्डै २० प्रतिशत तेल स्ट्रेट अफ हर्मुजको जलमार्गमार्फत् ओसारपसार हुनेमा नेपालको एकमात्र स्रोत राष्ट्र भारतलाई समेत त्यसको असर पर्ने हुँदा नेपाल कसैगरी त्यसको मारबाट बच्न नसक्ने ठान्छन्।
“केही न केही मूल्य त बढ्छ नै। हाम्रो क्रयशक्तिलाई हेरेर कतिसम्म थेग्ने भन्ने मात्र हो।”
इन्धनको मूल्य बढ्नुको असर खाद्यान्नदेखि सम्पूर्ण विकास निर्माणसम्ममा पर्ने भन्दै त्यसमा ठूलो वृद्धि हुने अवस्था हुन नहुने विज्ञहरू बताउने गर्छन्।
राहत दिने उपाय छ?
अमेरिकी हमलाको इराने कसरी प्रतिक्रिया जनाउला भन्ने आकलन भइरहँदा अहिले नै तेल कारोबारको एउटा मुख्य ‘बेन्चमार्क’ मानिने ब्रेन्ट क्रूड मूल्य पाँच महिनायताकै उच्च बिन्दुमा पुगेको छ।
त्यस्तो अवस्थामा नेपालको वशमा नहुने अवस्थाका लागि पहिले नै राखिएका विकल्पहरूको प्रयोग गर्नुपर्ने हुनसक्ने अधिकारीहरू बताउँछन्।
जस्तो, स्वचालित प्रणालीमा जाँदा उपभोक्तामाथि उच्च मार पर्ने भन्दै मूल्य स्थिरिकरण कोषमा निगमले आफ्ना सबै विक्रीको १ प्रतिशत रकम जम्मा गर्छ।
जसमा १२ अर्ब रुपैयाँभन्दा धेरै रकम जम्मा भइसकेको अवस्था रहेको बताउँदै सञ्चालक समितिले आवश्यक निर्णय गरेमा त्यसलाई प्रयोगमा ल्याउन सकिने प्रवक्ता ठाकुर बताउँछन्।
“त्यस कोषले धान्न सक्ने गरी मूल्यवृद्धि हुँदाको अवस्था एउटा छ। तर धेरै नै मूल्यवृद्धि भएमा कुनै पनि कोषले धान्न सक्दैन,” उनी भन्छन्।
“रुस-युक्रेन युद्धका बेला तेलको भाउ बढेपछि सो अनुसारको मूल्य समायोजन नगर्दा निगम मासिक १० अर्ब रुपैयाँसम्म घाटामा पुगेको थियो।”
हाल मासिक १ अर्ब रुपैयाँजति मुनाफा गरिरहेको नियमको आर्थिक अवस्था सहज देखिन्छ।
नेपालले आयात गर्ने पेट्रोलियम पदार्थमध्ये आधाभन्दा धेरै भाग डीजलको हुन्छ। त्यसपछि पेट्रोल र एलपी ग्यासको हुन्छ। मट्टितेलको हिस्सा निकै न्यून छ। बीबीसीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- बलिउडका सुपरस्टार सलमान खानले हालै आफ्नो मस्तिष्कमा एनोरिज्म र ट्राइजेमिनल न्युराल्जिया भन्ने गम्भीर रोगसँगको संघर्षबारे खुलासा गरेका छन्। ट्राइजेमिनल न्युराल्जिया एक दुर्लभ र पीडादायी स्नायु रोग हो जसलाई ‘आत्महत्या रोग’ पनि भनिन्छ, किनभने यसले अनुहारमा अत्यधिक पीडा, बिजुलीको झट्काजस्तो अनुभूति गराउँछ।
उनी भन्छन्, ‘ट्राइजेमिनल न्युराल्जियासँगै काम गरिरहेका छौं। दिमागमा एन्युरिज़्म छ, तर अझै पनि काम गरिरहेका छौं। एभी मालफर्मेसन (रक्तनलीको असामान्य संरचना) छ, त्यसको बाबजुद पनि चलिरहेका छौं। म एक्शन गर्छु। हिंड्न सक्दिन, तर नाचिरहेछु। यही सबै चलिरहेको छ मेरो जीवनमा।’
यो रोगले सामान्य दिनचर्याका गतिविधिहरू, बोल्न, चपाउन, वा हल्का हावाले अनुहार छोएको जस्ता कार्यहरूमा पनि पीडा उत्पन्न गर्न सक्छ। यस्तो पीडा सेकेन्डदेखि मिनेटसम्म रहन सक्छ र जीवनलाई अत्यन्त कठिन बनाउँछ।
सलमान खानले यो रोगबारे खुलेर बोलेपछि यसबारे चेतना फैलिएको छ, जुन प्राय: गलत बुझाइ वा निदान नपाएको रोग मानिन्छ। डाक्टरहरूका अनुसार, ट्राइजेमिनल न्युराल्जिया विभिन्न कारणले हुन सक्छः स्तै स्नायुमा रक्तनलीको दबाब, चोटपटक, बुढ्यौली वा मल्टिपल स्क्लेरोसिसजस्ता अन्य रोगहरू।
यस रोगको लक्षण अचानक आउने अत्यधिक पीडा हो, जुन छोटो समयका लागि भए तापनि गहिरो असर पार्ने खालको हुने चिकित्सक बताउँछन्। यसका कारण बिरामीमा डिप्रेशन, चिन्ता र कहिलेकाहीँ आत्महत्याको भावना समेत देखिन सक्छ।
सलमान खानको यो साहसिक खुलासाले ट्राइजेमिनल न्युराल्जियाबारे समाजमा चेतना फैलाउने र अन्य बिरामीहरूलाई हौसला दिने काम गरेको चिकित्सकहरु बताउँछन्।
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । धेरैले डार्क वेबलाई ह्याकर र अपराधीहरूले मात्र प्रयोग गर्ने रहस्यमय अनलाइन संसार ठान्छन् । तर, यसमा सामान्य मानिसले पनि सर्च गर्न सक्छन् । यद्यपि यसका लागि विशेष टुल र सावधानी भने अपनाउन जरुरी हुन्छ ।
डार्क वेब सामान्य इन्टरनेटभन्दा फरक नेटवर्कमा चल्छ र यसका वेबसाइटहरू ‘.onion’ डोमेनमा रहेका हुन्छन् । त्यसैले गुगल जस्ता सामान्य सर्च इन्जिनहरूले यी साइटहरूलाई भेट्न सक्दैनन् । डार्क वेबमा खोज्नका लागि विशेष टुल चाहिन्छ । तपाईँले गुगल क्रोम वा माइक्रोसफ्ट एज जस्ता सामान्य ब्राउजरहरूबाट डार्क वेबका साइटहरू खोल्न सक्नुहुन्न । यसका लागि तपाईँलाई ‘.onion’ वेबसाइटहरूमा पहुँच दिने ब्राउजर नै चाहिन्छ । जसमध्ये सबैभन्दा लोकप्रिय ब्राउजर हो, टोर (Tor) ।
टोर ब्राउजरमा गइसकेपछि तपाईँलाई ‘.onion’ कन्टेन्टका लागि डिजाइन गरिएको सर्च इन्जिन चाहिन्छ । अहमिया (Ahmia) र टर्च (Torch) यसका लागि सबैभन्दा बढी प्रयोग हुने दुई सर्च इन्जिन हुन् । यी ब्राउजरबिच पनि एक्सेस र सुरक्षाका हिसाबले निकै भिन्नता छ ।
अहमिया डार्क वेबमा सर्च गर्ने राम्रो विकल्प हो, किनभने यसले अवैध सामग्री फिल्टर गर्छ र टोरभित्र र बाहिर दुवैतर्फ काम गर्छ । तपाईँ यसलाई अहमिया डट एफआई (ahmia.fi) मा गएर सामान्य ब्राउजरबाट पनि हेर्न सक्नुहुन्छ । तर ‘.onion’ लिङ्कहरूमा क्लिक गर्नका लागि भने टोर ब्राउजर नै आवश्यक पर्छ । अहमियाले कम र क्युरेटेड नतिजाहरू देखाउँछ, जसले तपाईँलाई खतरनाक सामग्रीसँग ठोक्किनबाट बचाउँछ । तर यसले निश वा विवादास्पद कम्युनिटीसम्म पुग्ने सम्भावनालाई कम गर्छ ।
अर्कोतर्फ टर्च फिल्टर नगरिएको सर्च इन्जिन हो र यसले अहमियाले जानाजान रोक्ने सामग्रीसहित विस्तृत नतिजाहरू देखाउँछ । टर्चले धेरै पेजहरू इन्डेक्स गर्छ । तर यसमा डुप्लिकेट, निष्क्रिय लिङ्कहरू, स्पाम वा खतरनाक साइटहरू पनि समावेश हुन सक्छन् ।
याद गर्नुहोस्, डार्क वेब सर्च इन्जिनहरू गुगल जस्तो सजिलैसँग काम गर्दैनन् । तिनीहरूमा हरेक ‘.onion’ साइटलाई वास्तविक समयमा इन्डेक्सिङ गर्ने विस्तृत किसिमको स्वचालित क्रलिङ सिस्टम हुँदैन । बरु, यी उपकरणहरू खासगरी म्यानुअल सब्मिसन, क्युरेटेड लिस्ट र प्रयोगकर्ताका रिपोर्टहरूमा निर्भर हुन्छन् । यसको अर्थ डिजाइनकै कारण तिनीहरूको कभरेज अपूर्ण हुन्छ । अधिकांश ‘.onion’ साइटहरू अस्थायी, प्राइभेट वा सक्रिय रूपमा लुकाइएका हुन्छन् ।
केही साइटहरू कुनै सूचना बिना हटाइन्छन् वा विभिन्न एड्रेसमा सारिएका हुन्छन् । सर्च इन्जिनहरूले कुनै साइट देखाए पनि त्यो पहिल्यै अफलाइन भइसकेको हुन सक्छ वा शीर्षकमा उल्लेख गरिएको भन्दा नितान्त फरक स्थानमा लैजान सक्छ ।
आधिकारिक ‘.onion’ साइट र स्क्याम चिन्ने तरिका
डार्क वेबमा तपाईँले सामान्य इन्टरनेटमा बानी परेका विश्वास गर्न लायक सङ्केतहरू पाउनु हुन्न । जस्तै यसमा प्याडलक, भेरिफाइड चेकमार्क यसमा हुँदैनन् । विशेषगरी मार्केटप्लेस र फोरमहरूमा स्क्याम र इम्पर्सोनेसन सामान्य जस्तै हुन्छन् ।
त्यसो भए वैध लिंकहरू कसरी चिन्ने त ? यसका लागि सबैभन्दा पहिला लिंक कहाँबाट आइरहेको छ वा त्यसको सोर्स के हो भनेर चेक गर्नु होस् । अहमियामा, प्रत्येक रिजल्टमा सङ्क्षिप्त डिस्क्रिप्सन र कहिलेकाहीँ उक्त साइट अन्तिम पटक कहिले अनलाइन देखिएको थियो भन्ने टाइम स्ट्याम्प पनि हुन्छ । यदि कुनै साइट लामो समयदेखि सक्रिय देखिएको छैन भने, त्यो डेड, म्याद गुज्रिएको वा कुनै शङ्कास्पद चिजले प्रतिस्थापन भएको सम्भावनाको रूपमा बुझ्नुपर्ने हुन्छ ।
अर्को तरिका भनेको डट अनियन लिंक तथा एड्रेसहरू कुनै प्रतिष्ठित स्रोतहरूमा उल्लेख भएका हुन सक्छन् । फेसबुक, बीबीसी र प्रोपब्लिका जस्ता केही प्रसिद्ध संस्थाहरूले आफ्ना आधिकारिक ‘.onion’ लिङ्कहरू आफ्ना वेबसाइट वा विकिपिडिया पेजहरूमा सूचीबद्ध गरेका हुन्छन् । यो नै साइटको पहिचान पुष्टि गर्ने सबैभन्दा भरपर्दो तरिका हो ।
यस बाहेक डाइरेक्टरी र फोरमहरू प्रयोग गर्न पनि सक्नु हुन्छ । साना वा अनौपचारिक साइटहरूमा जाँदै हुनुहुन्छ भने Real World Onion Sites Github (क्लियर वेबमा उपलब्ध) जस्ता परिचित ‘.onion’ डाइरेक्टरीमा यूआरएल क्रस-चेक गर्न वा प्राइभेसी फोरमहरूमा सर्च गर्नुहोस् । r/onions वा r/deepweb जस्ता रेडिट कम्युनिटीहरूले कहिलेकाहीँ भेरिफाइड लिंकहरू र स्क्यामहरूको बारेमा सचेत गराइरहेका हुन्छन् । पहिले नवप्रवेशीहरूका लागि लोकप्रिय रहेको हिडेन विकी (Hidden Wiki) अब भने विश्वसनीय स्रोत मानिँदैन ।
सबैभन्दा महत्त्वपूर्ण आधार भनेको आफ्नो अन्तर्ज्ञान (instincts) मा निर्भर हुनु हो । यदि कुनै साइटले तपाईँलाई केही डाउनलोड गर्नतर्फ धकेल्छ, सुरुमै व्यक्तिगत जानकारी माग्छ, वा तपाईँले अपेक्षा गरेभन्दा बिल्कुल फरक देखिन्छ भने पछि हट्नु र विकल्प खोज्नु बुद्धिमानी हुन्छ ।
यदि डार्ब वेबमा तपाईँले कुनै लिङ्क खोल्ने प्रयास गर्नुभयो भने अनुभव त्यति सहज हुने छैन । धेरैजसो .onion साइटहरू एकदमै आधारभूत किसिमका हुन्छन्, ढिलो लोड हुन्छन् वा आंशिक रूपमा मात्र काम गर्छन् । यसको मतलब तिनीहरू नक्कली वा खतरनाक छन् भन्ने होइन । बरु तिनीहरू प्रयोगकर्तामैत्री रूपमा निर्माण गरिएका होइनन् भन्ने बुझ्नुपर्ने हुन्छ । धेरैजसो डार्क वेब साइटहरू जानाजानी साधारण बनाइएका हुन्छन्; जसले टोर नेटवर्कको ढिलो ब्राउजिङ स्पिडलाई सन्तुलन कायम गर्न मद्दत गर्छ ।
तर, यदि तपाईँले केही उपयोगी कुरा फेला पार्नुभयो भने, त्यसको लिंक तुरुन्तै सेभ गर्नुहोस् । सबै .onion यूआरएल लामा, अल्फान्युमेरिक स्ट्रिङ युक्त हुन्छन्, जो सम्झन वा पुनः फेला पार्न सजिलो हुँदैन । त्यसैले बुकमार्क वा सुरक्षित नोट बिना तपाईँ पछि दोहोर्याएर त्यहाँ पुग्न नसक्ने हुन सक्छ ।
डार्क वेब सूचना तथा जानकारीको अनौठो संसार हो । तर यसमा सुरक्षित रूपले नेभिगेट गर्न सही टुल र उच्च सावधानी आवश्यक पर्छ ।
डार्कवेब ब्राउजिङ गर्दा ध्यान दिनुपर्ने सुरक्षाका आधारभूत कुरा
डार्क वेब सुरक्षित रूपमा ब्राउज गर्न तपाईँ एक्सपर्ट नै हुनुपर्छ भन्ने छैन । तर सावधानी अपनाउन र सचेत रहन भने अवश्य पनि हुन जरुरी छ ।
डार्कवेब प्रयोग गर्दा सधैँ टोर ब्राउजर नै प्रयोग गर्नुहोस् । यसलाई सधैं अप-टु-डेट राख्नुहोस् । नियमित ब्राउजरहरू (जस्तैः गुगल क्रोम वा माइक्रोसफ्ट एज लगायत) मा ‘.onion’ लिङ्कहरू नखोल्नुहोस् । सामान्यतया ती ब्राउजरबाट यस्ता साइटहरू खोल्दा लोड हुँदैनन् र तपाईँले एक्सेस गर्न खोजेको कुरा संयोगवश खुलाइ दिन पनि सक्छन् । यसका साथै ब्राउजर वा एपहरू बीचमा लिंक कपी गर्दा त्यसको लग, ट्र्याक, वा अनाहकमा लिक हुन सक्ने जोखिम हुन्छ । त्यसैले यस्तो गर्नबाट जोगिने कुरामा ध्यान दिनुहोस् ।
व्यक्तिगत ईमेल वा युजरनेमबाट लग इन नगर्नुहोस् । यदि कुनै साइटका लागि अकाउन्ट नै चाहिन्छ भने पनि तपाईँले अरू कतै प्रयोग नगर्ने एक अस्थायी (थ्रो अवे) वा गुमनाम प्रकारको पहिचान र पासवर्ड प्रयोग गर्नुहोस् ।
टोरको सेटिङहरूमा गएर स्क्रिप्टहरूलाई डिसेबल पार्नुहोस् । धेरैजसो ‘.onion’ साइटहरू स्क्रिप्ट बिनै ठिकसँग काम गर्छन् । स्क्रिप्टलाई अन राख्दा तपाईँमाथि ट्र्याकिङ वा मालवेयरको जोखिम बढ्छ ।
आफूलाई सोर्स प्रति पूर्ण रूपमा भरोसा नलागेसम्म केही पनि डाउनलोड नगर्नुहोस् । सामान्य देखिने फाइलहरूले पनि तपाईँलाई जोखिममा धकेल्न सक्छन् ।
केही मानिसहरूले थप गोपनीयताका लागि खासगरी निषेधित क्षेत्रमा हुँदा भीपीएनको साथमा टोर प्रयोग गरिरहेका हुन्छन् । तपाईँले पनि भीपीएन प्रयोग गर्न चाहनु हुन्छ भने एक विश्वसनीय, नो-लग भीपीएन प्रदायक छान्न सक्नु हुन्छ । तर यसले सधैँ तपाईँको गुमनाम रहने प्रयासमा सुधार गर्छ भन्ने नहुन सक्छ ।
अर्को कुरा कानुनी सीमाको ख्याल गर्नुहोस् । धेरै देशहरूमा डार्क वेबमा प्रवेश गर्नु आफैँमा अवैध कार्य मानिँदैन । तर तपाईँले त्यहाँ के गर्नुहुन्छ, त्यो चाहिँ अवैध हुन सक्छ । यदि तपाईँले प्रतिबन्धित सामग्रीमा पहुँच गर्नु भयो, अवैध सामान खरिद गर्नु भयो, वा गलत प्रकारको बजारमा पुग्नु भयो भने कानुनी उल्झनमा पर्ने जोखिम हुन्छ ।
पछिल्लो अध्यावधिक: असार ९, २०८२ १३:३०
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी– अभिनेता विजय देवेराकोन्डाविरुद्ध एससी/एसटी ऐन अन्तर्गत दोस्रो उजुरी दर्ता गरिएको छ।
मे महिनामा चलचित्र रेट्रोको रिलिज पूर्व आयोजित कार्यक्रममा उनले एक बयानमा आदिवासी समुदायविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप छ। आदिवासी समितिले त्यसै विषयमा उनीविरुद्ध उजुरी दर्ता गरेको छ।
आदिवासी समितिका आन्ध्र प्रदेश अध्यक्ष नेनावता अशोक कुमार नायकले दायर गरेको उजुरीमा विजय देवेराकोन्डाले फिल्म रेट्रोको रिलिज पूर्व कार्यक्रममा आपत्तिजनक टिप्पणी गरेर आदिवासी समुदायको अपमान गरेको आरोप लगाइएको छ। यो उजुरी साइबराबादको रायदुग्राम प्रहरी चौकीमा दर्ता गरिएको छ।
मे महिनाको सुरुमा, अधिवक्ता लाल चौहानले विजयविरुद्ध एसआर नगर प्रहरी चौकीमा लिखित उजुरी दिएका थिए। उनले प्रतिलिपिमा रेट्रोको रिलिज पूर्व कार्यक्रमको भिडियोको स्क्रिनसट पनि संलग्न गरेका थिए।
विजय देवरकोन्डाको भनाइ के थियो?
मे महिनामा फिल्म रेट्रोको प्रि-रिलिज कार्यक्रममा विजयले पहलगाम आतङ्कवादी हमलाको बारेमा कुरा गरेका थिए। यस क्रममा उनले भने- कश्मीरमा भइरहेको घटनाको समाधान भनेको आतङ्ककारीहरूलाई शिक्षित गर्नु हो। उनीहरूले के हासिल गर्नेछन् ? कश्मीर भारतको हो, कश्मीर हाम्रो हो। भारतले पाकिस्तानमाथि आक्रमण गर्नु पनि आवश्यक छैन किनभने पाकिस्तानीहरू पहिले नै आफ्नो सरकारबाट वाक्क भइसकेका छन्। यदि यो जारी रह्यो भने, उनीहरूले आफैँले उनीहरूमाथि आक्रमण गर्नेछन्। वास्तवमा, यी मानिसहरू कुनै पनि बुद्धिमत्ता र समझ बिना ५०० वर्ष पहिले लडेका आदिवासीहरू जस्तै व्यवहार गरिरहेका छन्।’
कार्यक्रमबाट विजयको भनाइ बाहिर आएपछि उनको चर्को आलोचना भएको थियो। विवाद बढ्दै जाँदा, अभिनेताले सार्वजनिक रूपमा माफी मागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं- आर्थिक वर्ष २०८२/०८३ को नेपाल सरकारद्बारा प्रस्तुत मन्त्रालयगत विनियोजन शिर्षक अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट पेश भएका कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको मन्त्री प्रदीप पौडेलले जवाफ दिएका छन्।
संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरेको बताउँदै स्वास्थ्य सेवाका सबै अङ्ग( स्वास्थ्य प्रवर्द्बनात्मक, प्रतिकारात्मक, उपचारात्मक पुनर्स्थापनात्मक र प्रशामक) विशिष्टकृत विधा र उपचार पद्बतिको समूचित विकास तथा विस्तारद्बारा स्वास्थ्य सेवामा पहुँच अभिवृद्बि गर्न गराउने गरी बजेट विनियोजन गरिएको बताएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि जम्मा ९५ अर्ब ८१ करोड विनियोजन गरिएको छ। जसमा संघ सरकारमा ५५ अर्ब ३९ करोड, प्रदेश सरकारमा ६ अर्ब ५३ करोड र स्थानीय तहका लागि ३४ अर्ब ३२ करोड विनियोजन भएको छ।
उनले निरोगी नेपालको अवधारणा बमोजिम फाल्गुण महिनालाई नसर्ने रोग स्क्रिनिङ्गको महिनाकारुपमा व्यापक कार्यक्रम सञ्चालन, म स्वास्थ्य मेरो समुदाय स्वस्थका लागि ७३६ स्थानीयतहमा जनस्वास्थ्यका कार्यक्रमको प्रभावकारी सञ्चालनका लागि एक जनस्वास्थ्य अधिकृतको व्यवस्था, आयुर्वेद, योग ध्यान तथा परम्परागत चिकित्सा पद्बति मार्फत निरोगी नागरिक बनाउन नागरिक आरोग्य कार्यक्रमलाई सबै स्थानीयतहमा विस्तार, मानसिक स्वास्थ्य प्रवर्द्बन, संक्रामक रोग तथा महामारी व्यवस्थापन, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर र प्रजनन रुग्णता सम्बन्धी स्वास्थ्य सेवा सबै स्थानीयतहमा लागू हुने गरि विनियोजन गरिएको बताएका छन्। १४ वर्ष मूनीका बालबालिकालाई पाठेघरको मुखको क्यान्सर विरुद्ब एच पि भी खोप लगाउने व्यवस्था मिलाइएको उनले बताए।
हेर्नुहोस् भिडियो :
निर्माण सम्पन्न भएका आधारभूत अस्पतालको तीनै तहको सहकार्यमा संघ सरकारबाट चिकित्सक सहित औजार उपकरण उपलब्ध गराई श्रावण १ गते देखि सञ्चालनमा ल्याइने बताएका छन्।
सांसदहरुले विशेषगरी स्वास्थ्य बीमाको प्रभावकारी कार्यान्वयनमा सवाल उठाएका छन्। पालिकास्तरका अस्पतालका विषयमा उनीहरुको चासो रहेको छ भने जनशक्ति दुर्गमसम्म पुर्याठउने विषय पनि उनीहरुको सवालमा समेटिएको छ।
यस्तो छ सवाल जवाफको पूर्णपाठ :
सामाग्री श्रोत :
swasthyakhabar
काठमाडौँ । आजको डिजिटल युगमा प्रविधिको प्रयोग बढेसँगै साइबर अपराधका घटनाहरू पनि बढिरहेका छन् । साइबर अपराधीहरूले विभिन्न किसिमका हमलाहरू मध्ये, ‘इम्पर्सोनेसन’ अर्थात् भेष बदल्ने कार्यलाई एउटा मुख्य हतियारको रूपमा प्रयोग गर्छन् ।
इम्पर्सोनेसन भन्नाले कसैको व्यवहार वा कार्यको नक्कल गर्नु हो । सुरक्षाको सन्दर्भमा यो एक आपराधिक कार्य हो, जहाँ अपराधीले अरू कसैको परिचयको नक्कल गर्छ र त्यसलाई ठगी वा गोपनीय जानकारी चोर्नका लागि प्रयोग गर्छ ।
यो ‘सोसल इन्जिनियरिङ’ (Social Engineering) को एक महत्त्वपूर्ण पाटो हो, जहाँ अपराधीहरूले मानिसहरूको मनोविज्ञान र भावनाहरूको शोषण गर्छन् ।
साइबर अपराधीहरूले सर्वसाधारण वा आफ्नो सिकारलाई जालमा पार्नका लागि इम्पर्सोनेसनको प्रयोग गर्छन् । यसमा मानिसहरूको भय, लापर्बाही र जानकारीको अभाव जस्ता मानवीय कमजोरीहरूलाई माध्यम बनाइन्छ ।
कठिन परिस्थितिहरू जस्तै; कोभिड-१९ महामारी, प्राकृतिक प्रकोप, बेरोजगारी, आदि साइबर अपराधीहरूका लागि एक उपयुक्त अवसर हुन्छ । किनकि यस्तो बेला मानिसहरू बढी त्रसित र कम सचेत हुन्छन्, जसले गर्दा उनीहरूलाई सजिलै ठगीको सिकार बनाउन सकिन्छ ।
यस्ता आक्रमण भौतिक आक्रमण जस्तो महँगा हुँदैनन् । दूरी र भूगोलमा सीमित पनि हुँदैनन् र सजिलै ट्य्राक वा पहिचान गर्न सकिँदैन । जसले गर्दा यस किसिमका साइबर आक्रमण उनीहरूका लागि अझ आकर्षक र सर्वसाधारण इन्टरनेट प्रयोगकर्ताका लागि खतरनाक हुन्छन् ।
यस क्रममा साइबर अपराधीहरूले बैँक, सरकारी निकाय, प्रहरी र स्थापित व्यवसाय जस्ता विश्वसनीय संस्था तथा सङ्गठन वा साथी र परिवारका सदस्यहरूको रूप धारण गर्छन् । उनीहरूले आफ्नो कल वा मेसेजलाई साच्चिकै जस्तो देखाउनका लागि फोन नम्बर वा प्रेषकको आईडीलाई स्पुफ (नक्कल) गर्ने प्रविधिको प्रयोग गर्छन् । इम्पर्सोनेसनको रूपमा हुने साइबर अपराधलाई केही उदाहरणको रूपमा बुझौँ ।
१. गभर्मेन्ट इम्पर्सोनेसन स्क्याम
गत वर्षको माघ महिना तिर नेपाल प्रहरीको साइबर ब्युरोले फेक ईमेल र नेपालका प्रमुख सुरक्षा अधिकारीहरूका नाम र दर्जा दुरुपयोग गरी ठगी गर्ने काममा संलग्न रहेको आरोपमा सुनसरीका दुई युवालाई पक्राउ गर्यो । उनीहरूले आफू नेपाल प्रहरी भएको नाटक गर्दै डिजिटल अरेस्टको डर देखाएर विभिन्न व्यक्तिसँग रकम माग्ने गरेका थिए ।
कोरोना महामारीले धेरै मानिस बेरोजगार भइरहेको बेला २०७७ माघतिर स्क्यामरले आफूलाई नेपाल दूरसञ्चार प्राधिकरण बताउँदै ठगी गरे । उनीहरूले प्राधिकरणकै नाममा फेसबुक पेज बनाएर रोजगारी खुलेको भन्दै झुटो विज्ञापन बुस्ट गराएका थिए ।
यी केही प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । स्क्यामरहरूले आफूलाई साइबर ब्युरो, नेपाल प्रहरी, नेपाल राष्ट्र बैँक, नेपाल टेलिकम, नेपाल दूरसञ्चार प्राधिकरण जस्ता सरकारी निकाय वा त्यहाँको अधिकारी भएको नाटक गर्छन् ।
उनीहरूले सामाजिक सञ्जाल मार्फत सम्पर्क गर्न सक्छन् वा ईमेल/टेक्स्ट मेसेजमा लिङ्क पठाएर व्यक्तिगत जानकारी माग्न सक्छन् । तर, सरकारी निकायहरूले सामान्यतया तपाईँलाई अनलाइन सेवाहरूमा लगइन गर्नका लागि टेक्स्ट मेेसेज वा ईमेलमा लिंक पठाउँदैनन् ।
२. बैँक वा वालेट इम्पर्सोनेसन स्क्याम
स्क्यामरहरूले तपाईँको बैँक वा डिजिटल वालेटबाट आएको जस्तो गरी कल वा मेसेज पठाउन सक्छन् । उनीहरूले खातामा समस्या भएको, भुक्तानी सम्बन्धी गडबडी भएको वा सुरक्षाको लागि रकम अर्को खातामा सार्न आग्रह गर्ने जस्ता झुक्याउने बहाना सुनाउँछन् ।
उनीहरूले पठाएका लिङ्कहरूमा क्लिक गर्दा प्रयोगकर्ताको डिभाइसमा मालवेयर इन्स्टल हुन पनि सक्छ । यसको ताजा उदाहरण हो, हालैको ‘द अलर्ट’, ‘एटी अलर्ट’नामबाट सर्वसाधारणलाई अकाउन्ट सस्पेन्ड हुन लागेको भन्दै पठाइएको फिशिङ लिङ्क ।
यसले ईसेवा, खल्ती लगायतका डिजिटल वालेटदेखि सर्वसाधारण प्रयोगकर्ता सबैलाई सताएको थियो । पछि यस किसिमको गतिविधिमा संलग्न रहेको आरोपमा एक २२ वर्षीय युवक पक्राउ परे । करिब दुई वर्ष अघि ब्याङ्करको फोटो र नाम राखेर ह्वाट्सएपमा फैलिएको स्क्यामले नेपालको वित्तीय क्षेत्रमा एक किसिमको आतङ्क नै सिर्जना गरेको थियो ।
३. बिजनेस ईमेल कम्प्रोमाइज
यसमा स्क्यामरहरूले कम्पनी वा संस्थाको ईमेल सिस्टममा पहुँच प्राप्त गर्छन् र आफूलाई त्यहाँको पदाधिकारी वा सिनियर कर्मचारीको रूपमा प्रस्तुत गर्छन् । उनीहरूले ग्राहक, क्लाइन्ट वा अन्य सरोकारवालाहरूलाई नक्कली बिल पठाएर वा वैध बिलको बैँक विवरण परिवर्तन गरेर भुक्तानी आफ्नो खातामा सार्न लगाउन सक्छन् ।
४. च्यारिटी इम्पर्सोनेसन स्क्याम
स्क्यामरहरूले परोपकारी संस्थाको नाममा चन्दा सङ्कलन गर्ने नाटक गर्छन् । यसका लागि उनीहरूले नक्कली पेज, आईडी वा वेबसाइट बनाउन सक्छन् । करिब दुई वर्षअघि अमेरिकामा आफ्ना श्रीमान्को उपचारमा रहेकी सिर्जना सुवेदीको नाममा महिनौँसम्म चन्दा सङ्कलन गरेर स्क्याम गरिएको थियो ।
५. सेलिब्रिटी इम्पर्सोनेसन स्क्याम
स्क्यामरहरूले प्रसिद्ध व्यक्तिहरूको नाम र तस्विर उनीहरूको अनुमति बिना प्रयोग गरी अवैध बेटिङ वा क्रिप्टोको प्रचार गर्ने, चन्दा सङ्कलन गर्ने जस्ता कामहरू गर्छन् । केही समय अघि गायक शिव परियार, धरानका मेयर हर्क साम्पाङ र काठमाडौँका मेयर बालेन साहको नाममा भएको स्क्यामलाई यसको उदाहरणको रूपमा लिन सकिन्छ ।
कहिले काहीँ रोमान्स स्क्याम गर्नेहरूले पनि सेलिब्रिटीको रूप धारण गर्न सक्छन् । एलन मस्कको नाममा एक महिला यस्तै ठगीको सिकार भएकी थिइन् ।
५. फ्रेन्ड्स/फेमिली इम्पर्सोनेसन स्क्याम
यसमा स्क्यामरहरूले परिवारका सदस्य वा साथीको नाटक गरेर मेसेज पठाउँछन् र उनीहरूलाई आफूले नयाँ फोन नम्बर लिएको बताउँछन् । त्यसपछि उनीहरूले आफू कुनै समस्यामा परेको बहाना बनाएर पैसा माग्छन् ।
नेपालमा फेसबुक आईडी ह्याक गरी त्यसमा जोडिएका साथी, आफन्त तथा परिवारका सदस्यलाई पैसा मागेर ठग्ने प्रवृत्ति एकताका निकै मौलाएको थियो । नयाँ पत्रिका दैनिकका पत्रकारहरू समेत यसको सिकार बनेका थिए ।
६. फोन स्क्यामर (भिसिङ)
भिसिङ भनेको ‘भ्वाइस फिसिङ’ को सङ्क्षिप्त रूप हो, जसमा स्क्यामरहरूले टेलिफोन कलको माध्यमबाट व्यक्तिगत वा वित्तीय जानकारी चोर्ने प्रयास गर्छन् ।
उनीहरूले बैँकका प्रतिनिधि वा सरकारी अधिकारीको रूप धारण गर्न सक्छन् । यस्तो कलमा खातामा समस्या आएको, भुक्तानी बाँकी रहेको वा कुनै पुरस्कार जितेको जस्ता कुराहरू बताइन्छ ।
बैँक खाता वालेटमा लिङ्क गर्ने, खाता नवीकरण गर्ने, केवाईसी फर्म अपडेट गर्ने, स्टेटमेन्ट भेरिफाइ गर्ने, सेक्योर ट्रान्सफर चार्ज नलाग्ने र राम्रो बोनस उपलब्ध गराइ दिने जस्ता बहानामा नेपालमा यस किसिमको ठगी हुने गरेको छ । आफूलाई बैँकको कर्मचारी भएको बताउँदै ओटीपी मागेर रकम झिक्ने गतिविधिमा संलग्न एक व्यक्तिलाई प्रहरीले दुई वर्षअघि पक्राउ गरेको थियो ।
७. डिपफेक इम्पर्सोनेसन
यसमा डिपफेक प्रविधि र एआई प्रयोग गरी कसैको नक्कली आवाज वा भिडिओ तयार पारिन्छ । जसलाई ठगी कार्यमा प्रयोग गरिन्छ । केही समय अघि २ डलरमा आईफोन १५ प्रो दिने भन्दै चर्चित युट्युबर मिस्टर बिस्टको डिपफेक भिडिओ बनाएर यस्तै किसिमको ठगी भएको थियो ।
इम्पर्सोनेसनबाट कसरी जोगिने ?
इम्पर्सोनेसन ठगीबाट बच्नका लागि सचेतनाका साथै केही महत्त्वपूर्ण सावधानीका उपायहरू अपनाउन आवश्यक छ । सामाजिक सञ्जालमा व्यक्तिगत विवरणहरू, जस्तै जन्म मिति, ठेगाना वा पारिवारिक जानकारी पोस्ट गर्नुअघि दुई पटक सोच्नुहोस् र आफ्नो प्रोफाइललाई सुरक्षित राख्नुहोस् ।
व्यक्तिगत जानकारी माग्ने अप्रत्याशित ईमेल वा मेसेजहरूलाई सधैँ शङ्काको नजरले हेर्नुहोस् । शङ्कास्पद स्रोतहरूबाट आएका लिङ्कहरूमा कहिल्यै क्लिक नगर्नुहोस् वा फाइलहरू डाउनलोड नगर्नुहोस् । बरु, सम्बन्धित व्यक्ति, कम्पनी, संस्था वा निकायलाई सिधै आधिकारिक माध्यमबाट सम्पर्क गरेर थप बुझ्नु होस् ।
आफ्नो ईमेल, डिजिटल वालेट, मोबाइल बैँकिङ, सामाजिक सञ्जाल र अफिसका सिस्टम तथा सफ्टवेयर जस्ता सबै महत्त्वपूर्ण अकाउन्टहरूमा मल्टिफ्याक्टर अथेन्टिकेसन इनेबल गर्नुहोस् । यसले सुरक्षाको अतिरिक्त तह थप्छ र अपराधीहरूलाई तपाईँको अकाउन्टमा पहुँच पाउन लगभग असम्भव जस्तै बनाउँछ ।
तत्काल कुनै केही गरिहाल्न वा धम्कीपूर्ण भाषा प्रयोग गरिएको छ वा शङ्कास्पद लिङ्कहरू, गलत व्याकरण वा संवेदनशील जानकारीका लागि अप्रत्याशित अनुरोध जस्ता सोसल इन्जिनियरिङका सम्भावित प्रयासहरूलाई चिन्न सिक्नुहोस् । यदि कल वा मेसेज अनौठो लाग्यो भने, सजग बन्नु होस् ।
साइबर खतराहरूका बारेमा जानकार रहनुहोस् र अरूसँग आफ्नो कुरा शेयर गर्नुहोस् । आधिकारिक संस्थाहरूले फोनमार्फत संवेदनशील जानकारी माग्दैनन् ।
यदि कल शङ्कास्पद लाग्यो भने राखिदिनु होस् र आफैँ आधिकारिक नम्बर प्रयोग गरेर कल ब्याक गर्नुहोस् । तपाईँको कलर आईडीमा देखिने नम्बरमा विश्वास नगर्नुहोस्, किनकि अपराधीहरूले स्पुफिङ गरेर आधिकारिक नम्बरहरू समेत दुरुपयोग गर्न सक्छन् ।
पछिल्लो अध्यावधिक: असार ९, २०८२ १६:२१
सामाग्री श्रोत :
टेक पाना
एजेन्सी– इजरायलले इरानको राजधानी तेहरानमा नयाँ आक्रमण गरेको जानकारी दिएको छ।
इजरायली सेनाले आफ्नो वायुसेनाले तेहरानमा रहेका सैन्य ठेगानाहरूलाई लक्षित गर्दै ‘एकसाथ धेरै आक्रमण’ गरेको बताएको हो।
इरानी मिडियाले इरानी राजधानीमा विस्फोटको आवाज सुनिएको र सहरमाथि धुवाँको ठुलो मुस्लो उठिरहेको भिडियो सार्वजनिक गरेको बेला यो विज्ञप्ति आएको हो।
यसअघि इजरायली सेनाले इरानका छ वटा विमानस्थलमा आक्रमण गरेको बताएको थियो। सेनाका अनुसार यी आक्रमणहरूमा १५ वटा विमान ध्वस्त भएका छन् र धावनमार्गमा क्षति पुगेको छ।
इजरायली रक्षा बल (आईडीएफ)ले आक्रमणहरू पश्चिमी, पूर्वी र मध्य इरानका विमानस्थलहरूमा गरिएको थियो। आईडीएफका अनुसार, यी हवाई हमलाहरूमा एफ-१५ र एफ-५ लडाकु विमानहरू, इन्धन भर्ने विमानहरू र एएच-१ कोब्रा हेलिकप्टरहरू नष्ट भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
काठमाडौं – प्रदेश अस्पताल, सुर्खेतमा सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोपमा लेखा अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्पतालका लेखा अधिकृत (अधिकृतस्तर छैटौं) शंकरप्रसाद सुवेदी, कम्प्युटर अपरेटर (करार) तृप्ती शाही र कुमारी बैंकको एक्सटेन्सन काउन्टरकी तत्कालीन प्रमुख गोमा सिंजाली मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका अनुसार, प्रतिवादीहरूले २०८० साउन १ देखि २०८१ असार ३२ सम्मको अवधिमा अस्पतालको सामाजिक सेवा एकाइ र स्वास्थ्य बिमा शाखामा संकलन भएको राजस्व रकम रु. ३४,०३,८५६.५० (चौँतीस लाख तीन हजार आठ सय छपन्न रुपैयाँ पचास पैसा) मध्ये रु. ८,३६,३३० (आठ लाख छत्तीस हजार तीन सय तीस रुपैयाँ) मात्रै अस्पतालको खातामा दाखिला गरेका थिए। बाँकी रु. २५,६७,५२६.५० (पच्चीस लाख सतसठ्ठी हजार पाँच सय छब्बीस रुपैयाँ पचास पैसा) हिनामिना गरेको अनुसन्धानबाट खुलेको छ।
आरोपपत्रमा उल्लेख भएअनुसार, करारमा कार्यरत तृप्ती शाहीले स्वास्थ्य बिमा शाखाको नाम दर्ता काउन्टरमा काम गर्ने जिम्मेवारी पाए पनि अनाधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी बिलिङ गरेको र सोबाट प्राप्त रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको पाइएको छ। लेखा अधिकृत सुवेदी र बैंककी तत्कालीन प्रमुख मगरले समेत यो अनियमिततामा संलग्नता जनाएको आयोगको ठहर छ।
सामाग्री श्रोत :
swasthyakhabar