२०८२ फाल्गुन १६ शनिबार
२०८२ फाल्गुन १६ शनिबार

साइप्रसमा सोनाम ल्होसारको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। प्रवासमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै आयोजना हुन लागेको यस कार्यक्रममा नेपाली कला र संस्कृतिको प्रस्तुति रहनेछ।

लामा अपार्टमेन्टको आयोजनामा हुन लागेको उक्त कार्यक्रम १८ जनवरी, आइतबार का दिन पापोस मा सम्पन्न हुने आयोजकले जानकारी दिएका छन्।

कार्यक्रममा नेपालका चर्चित तथा राष्ट्रिय गायक राजु लामा (मंगोलियन हार्ट) ले विशेष सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको छ। मंगोलियन हार्ट ब्याण्डका संस्थापक सदस्यसमेत रहेका गायक लामा नेपाली आधुनिक तथा जातीय संगीत क्षेत्रमा आफ्नो विशिष्ट पहिचान बनाउँदै आएका कलाकार हुन्।
उनका “हल्ला चलेछ”, “पर्खाइ मा ”, “सायद तिम्रो बाटो मा ” जस्ता चर्चित गीतहरू नेपालसहित साइप्रस तथा युरोपमा रहेका नेपाली समुदायबीच लोकप्रिय रहेका छन्।

कार्यक्रममा राजु लामासँगै साइप्रसमा सक्रिय स्थानीय कलाकारहरूको समेत उल्लेखनीय सहभागिता रहनेछ।

स्थानीय कलाकारहरूमा डान्सर मुना तामाङ, स्थानीय गायिका मोनिका विश्वकर्मा, डान्सर जियासना तामाङ, स्थानीय गायक मिङमार शेर्पा, साथै रसुवाली ग्रुप द्वारा प्रस्तुत गरिने स्याब्रु नृत्य र अन्य स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहने बताइएको छ।

 

आयोजकका अनुसार कार्यक्रममा सहभागी हुनका लागि प्रवेश शुल्क २५ युरो निर्धारण गरिएको छ। साथै, सहभागीहरूको सुविधालाई ध्यानमा राख्दै साइप्रसका विभिन्न सहरहरूबाट बसको व्यवस्था समेत गरिएको जनाइएको छ।

प्रवासमा नेपाली मौलिक संस्कृति, भाषा र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको यस कार्यक्रमले साइप्रसमा रहेका नेपाली समुदायबीच आपसी सद्भाव, सांस्कृतिक एकता र सामुदायिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रमसम्बन्धी थप जानकारीका लागि आयोजक पक्षले पोस्टरमा उल्लेख गरिएका सम्पर्क माध्यममार्फत सम्पर्क गर्न आग्रह गरेको छ।

साइप्रसमा सोनाम ल्होसार अवसरमा गायक राजु लामा को सांगीतिक प्रस्तुति

यो पनि पढ्नुहोस् : Holiday paper बनाउन के के कागजात चाहिन्छ?

प्रदर्शनीमा आए देखि नै व्यापक चर्चा कमाएको नेपाली चलचित्र ‘जारी २’ अब साइप्रसमा पनि प्रदर्शन हुने भएको छ।

साइप्रसमा रहेका  रहेका नेपाली समुदायलाई लक्षित गर्दै  ७ डिसेम्बर आइतबारका दिन निकोसिया स्थित प्यान्थियन थिएटरमा (Pantheon Theatre) दिउँसो १:३० बजेबाट प्रदर्शन हुन लागेको हो। 

‘जारी ‘ को सिक्वेल  साइप्रसभरि रहेका नेपालीबीच चलचित्रप्रतिको चासो र उत्साह थप बढेको देखिन्छ। रिलिज लगतै साइप्रस मा पनि प्रदर्शन हुने घोषणा गरिएको भए पनि नेपालको ” जेन जी आन्दोलन”  ले गर्दा स्थगित गरिएको थियो। 

नेपालमा रिलिज भएसँगै सामाजिक यथार्थ, संस्कार, सम्बन्ध र स्थानीय परिवेशलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको ‘जारी २’ ले दर्शकको मन जितेको छ। यथार्थपरक कथा, सांस्कृतिक प्रस्तुतिकरण र कलाकारहरूको अभिनयका कारण फिल्मले देशमै उल्लेखनीय सफलता पाइसकेको  छ ।

साइप्रसमा बस्ने नेपालीहरूलाई नेपाली कला–संस्कृतिसँग नजिक हुने मौका सिर्जना भएको आयोजकहरूले बताए। प्रदर्शनका लागि सबै तयारी भै सकेको  समेत जानकारी दिइएको छ।

समुदायको माग भए  अन्य शहरमा पनि चलचित्र देखाइने  सम्भावना रहेको  बताइएको छ।  निकोसियामा रहने नेपाली समुदायले  प्यान्थियन थिएटरमा उपस्थिति जनाई नेपाली चलचित्र प्रति समर्थन गर्न अनुरोध गरेका छन्।

कस्तो चलचित्र हो जारी २ ?

चलचित्र ‘जारी २’ नेपालको मौलिक संस्कृतिमा आधारित कथावाचन, भावनात्मक उतार–चढाव र यथार्थपरक प्रस्तुतीकरणका कारण चर्चामा आएको एक उल्लेखनीय नेपाली फिल्म हो। ‘जारी’ को सिक्वेलका रूपमा बनेको यस चलचित्रले पहिलो भागले उठाएका सामाजिक, पारिवारिक र सांस्कृतिक मुद्दालाई निरन्तरता दिँदै कथालाई अझ विस्तारित र गहिरो बनाएको छ।

फिल्मले विशेषगरी पूर्वी नेपालको लिम्बु समुदायको संस्कृति, रीतिरिवाज, विवाह प्रणाली र त्यससँग जोडिएका परम्परागत मान्यताहरूलाई कथा–संरचनाको केन्द्रमा राख्छ। ‘जारी’ को परम्परागत अर्थ—पति–पत्नीबीच छुट्टिन खोज्दा लाग्ने क्षतिपूर्ति—फिल्ममा प्रतीकात्मक तथा सांस्कृतिक रूपमा प्रस्तुत गरिएको छ।

‘जारी २’ मा पात्रहरू यस परम्पराले उनीहरूको व्यक्तिगत जीवनमा ल्याउने तनाव, सामाजिक दृष्टिकोण, मान–अभिमान, पारिवारिक सम्बन्ध र भावनात्मक अन्तर्क्रियालाई कथाको मुख्य धारा बनाइएको छ। गाउँ–घरको यथार्थ, सामुदायिक जीवनशैली, सांस्कृतिक पर्व–उत्सव, प्रेम–घृणा, तीतोपन–मिठास र मानवीय व्यवहारका बहुआयामिक पक्षहरू फिल्मले जीवन्त रूपमा उतारेको छ, जसले दर्शकलाई आफू बसेको परिवेश वा आफ्ना मूल जरा सम्झाउने अनुभूति दिलाउँछ।

फिल्ममा हास्य, भावुकता र सांस्कृतिक प्रतीकवाचनको सन्तुलन मिलेको देखिन्छ। नेपालको ग्रामीण समाजका खास चरित्र, उनीहरूको व्यवहार, बोलचाल, लय–सुर र संगीतमार्फत निर्माण गरिएको वातावरणले दर्शकलाई कथासँग जोडिन्छ।

‘जारी २’ को कथा, निर्देशन, संगीत, अभिनय र सांस्कृतिक गहिराइका कारण यसले पहिलो भागको सफलतालाई निरन्तरता मात्र दिएको छैन, नेपाली चलचित्र क्षेत्रमै मौलिकता र जरा–आधारित कथानकको महत्त्व उजागर गर्न पनि योगदान गरेको छ।

लिमासोल/२७ नोभेम्बर 

साइप्रसमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै पहिलो पटक अनलाइन  गायन प्रतियोगिता ‘ ‘साइप्रस नेपाली भ्वाइस’  प्रारम्भ भएको छ।  नेपाली पहिचान, भाषा र कलालाई प्रवर्द्धन गर्न उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा नेपाली समुदायको उल्लेखनीय रुचि देखिएको आयोजकले जनाएको छ।

 नोभेम्बर १३ देखि २० तारिख सम्म संगीत बिनाको  गायन कलालाई भिडियोमा   रेकर्ड गरि आयोजकलाई पठाउनु पर्ने व्यवस्था  थियो।प्रतियोगितामा हालसम्म ३० जना प्रतियोगीको सहभागिता दर्ता भएको छ। प्रतियोगिताले  साइप्रसमा  आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजक ‘नागरिक बोलि’ ले जानकारी दिएको छ।  

 

 ३ चरणमा छनौट हुने  

आयोजकका अनुसार पहिलो चरणमा   ३० जना सहभागीहरूको भिडियो  प्रस्तुतिलाई प्रतियोगीको नाम र  प्रतियोगी नम्बर सहित ‘नागरिक बोलि’ आधिकारिक सामाजिक सञ्जालहरूमा चरणबद्ध रूपमा अपलोड गरिनेछ। 

  प्रतियोगीको भिडियो प्रशारण भएको  मिति देखि सबै भन्दा धेरै लाइक, कमेन्ट, सेयर, रिपोस्ट र भ्युज को  आधारमा टप १० प्रतियोगी  निर्धारित गरिने छ।  र बाँकी २० जना प्रतियोगिता बाट बिदा हुने छन्।  

त्यस्तै ,टप १० मा परेका प्रतिष्पर्धीले दोस्रो चरणको छनौटका  लागि अर्को भिडियो  रेकर्ड गराउनेछन्  र आयोजकले प्रतिष्पर्धी को भिडियोलाई नाम र  प्रतियोगी नम्बर सहित प्रशारण गर्ने छ।  प्रतिष्पर्धीको भिडियो प्रशारण भएको  मिति देखि सबै भन्दा धेरै लाइक, कमेन्ट, सेयर, रिपोस्ट र भ्युज को  आधारमा टप ५ जना  प्रतिष्पर्धी निर्धारित गरिने छ।  र बाँकी ५  जना प्रतियोगिता बाट बाहिरिने छन्।  

र फाइनल राउण्डमा टप ५ जना बीच पुन: प्रतिष्पर्धा हुने छ। सबै भन्दा धेरै लाइक, कमेन्ट, सेयर, रिपोस्ट र भ्युज कोआधारमा ५० % मत र ५०% जजको मत बाट प्रथम, द्वितीय र तृतीय छनोट गरिने बताइएको छ। 

अन्तिम छनोटमा  जज को लागि नेपाली राष्ट्रिय कलाकार को उपस्थिति हुने आयोजकले जनाएका छन्। 

पुरस्कार  

प्रतियोगिताका उत्कृष्ट तीन स्थान हासिल गर्ने सहभागीलाई आकर्षक पुरस्कार तोकिएको छ। आयोजकका अनुसार प्रथम हुने बिजेतालाई  २ सय युरो, प्रमाणपत्र तथा विशेष उपहार प्रदान गरिनेछ। त्यस्तै, दोस्रो स्थानलाई १ सय ५० युरो सहित प्रमाणपत्र र विशेष उपहार दिइने र  तेस्रो स्थान हासिल गर्ने बिजेताले १ सय युरो, प्रमाणपत्र तथा विशेष उपहार प्राप्त गर्नेछन्। 

यस  प्रतियोगिताको प्रमुख प्रायोजक  Seven Star International Travel & Tours  रहेको छ । त्यस्तै,साइप्रसस्थित नेपाली सामाजिक संस्था र व्याक्तिहरूले पनि प्रतियोगितालाई सहयोग र सहकार्य प्रदान गरिरहेका छन्। 

३० जना प्रतिस्पर्धीहरूको नाम सुची। 

  1. कुन्ता बराल
  2. समीर भट्टराई
  3. मोनिका विश्वकर्मा
  4. खिमा पुन मगर
  5. दुर्गा कार्की
  6. सुमित्रा नाछिरिङ राई
  7. दीपक बी.के.
  8. विवेक लामा
  9. ब्रिशा बहादुर विश्वकर्मा
  10. चन्द्रकला तामाङ
  11. प्रदेसी कृष्ण
  12. सम्चना माझी
  13. मुकु राई
  14. फुटी शेर्पा
  15. निशान सापकोटा
  16. अनिता मगर
  17. मिग्मार दोर्जे लामा
  18. सफलता तिवारी
  19. डोल्मा योल्मू
  20. भीम बहादुर घर्ती
  21. सन्नी राई
  22. नुमाक्सिङ लिम्बु
  23. रीता थापा
  24. मीना कुमारी श्रेष्ठ
  25. समीर लामा
  26. ज्योती थापा
  27. सरगम शेर्पा
  28. कमला योङहाङ
  29. अनिजा थापा मगर
  30. निशा विश्वकर्मा

 काठमाडौं । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएर ९ हजार ५ सय रुपैयाँ बनाएको छ ।

तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले शुल्क बढाउने निर्णय गरेका थिए । त्यसअघि स्वास्थ्य व्यवसायीले वैदेशिक रोजगारीमा जाने श्रमिकबाट ६ हजार ५ सयसम्म लिने गरेका थिए ।

तत्कालीन मन्त्री भण्डारीले ८ चैत २०८१ को मन्त्रीस्तरीय निर्णय गर्दै सबै परीक्षणको प्याकेजमा ९ हजार ५ सय रुपैयाँ कायम गरेका थिए । उनको निर्णय आजदेखि लागु भएको हो ।

स्वास्थ्य परीक्षण सेवा गुणस्तरीय बनाउन भन्दै सरकारले ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने र त्यसका लागि शुल्कसमेत बढाउने निर्णय गरिएको थियो ।

सरकारले तत्कालीन समयमा शुल्क बढाउने निर्णय गरे पनि चौतर्फी विवादका कारण कार्यान्वयनमा आउन सकेको थिएन ।

यतिबेला विभागीय मन्त्रीसमेत नभएको अवस्थामा स्वास्थ्य व्यवसायीले उक्त बढेको शुल्क आजदेखि कार्यान्वयनमा ल्याएका हुन् ।

नेपाल स्वास्थ्य व्यवसायी महासंघ र नेपाल मेडिकल व्यवसायी संघले संस्थामा आबद्ध व्यवसायीलाई पत्राचार गर्दै बढेको शुल्क कार्यान्वयन गर्न भनेका छन् ।

३४ प्रकारका परीक्षण गर्नुपर्ने व्यवस्था गरिएको, त्यसका लागि शुल्क ९ हजार ५ सय लिन, सरकारले थप गरेका परीक्षण अनिवार्य रूपमा कार्यान्वयन गर्न संस्थाहरूले व्यवसायीलाई अनुरोध गरेका छन् ।

सबै स्वास्थ्य संस्था प्रविधिमैत्री (डिजिटलाइजेसन) बनाउने कार्य मन्त्रालयले निरन्तर गरिरहेको महासंघले जनाएको छ ।

समाचार श्रोत  : अनलाइन खबर 

लिमासोल — साइप्रसमा सक्रिय विभिन्न जातीय नेपाली संघ–संस्थाहरूले कुनै पनि सांस्कृतिक कार्यक्रम घोषणा  गर्नुअघि सम्बन्धित जातीय संस्थासँग सल्लाह–समन्वय गर्न समुदायका सबैलाई आग्रह गरेका छन्। संस्थाहरूले मौलिक पर्वको दिन वा त्यसको आसपास  प्रतिस्पर्धी कार्यक्रम नराख्न विशेष अनुरोध गर्दै समुदायको एकता र सांस्कृतिक समन्वयलाई कमजोर नपार्न सचेत गराएका छन्।

नेपाल तामाङ घेदुङ साइप्रससहित सात संस्थाले मङ्गलबार संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सोसल मिडियामा फैलिएका सोनाम ल्होछार विशेष कार्यक्रम स्थगित वा मिति परिवर्तन गरिएको भन्ने सूचनाहरू पूर्णतः भ्रामक रहेको उल्लेख छ। संस्थाहरूका अनुसार फेब्रुअरी ८ मा हुने सोनाम ल्होछार विशेष कार्यक्रम   तय गरिएको मितिमै भव्य रूपमा सम्पन्न हुने बताइएको छ। 

विज्ञप्तिमा साइप्रसमा करिब १५ हजार नेपाली बसोबास गरिरहेको र उनीहरूले आफ्नो भाषा, धर्म, परम्परा एवं सांस्कृतिक पहिचान संरक्षणका लागि विभिन्न संघ–संस्थाहरू मार्फत सक्रिय रहँदै आएको स्मरण गराइएको छ। विशेषगरी घरेलु क्षेत्रमा कार्यरत नेपाली महिलाहरू महिनामा एक दिन मात्र विदा पाउने भएकाले, विभिन्न जातीय संस्थाहरूले आफ्ना पर्व–उत्सव एक–अर्कासँग नजुध्ने गरी तालमेल गर्दै आएको उल्लेख गर्दै  यस समन्वयात्मक अभ्यासले समुदायमा आपसी सहयोग, सम्मान र व्यापक सहभागिता बढाएको संस्थाहरूको भनाइ छ।

विज्ञप्तिमा, पछिल्ला दिनमा केही व्यक्तिहरूले अनौपचारिक माध्यममार्फत भ्रम फैलाउने गतिविधि थालेकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। संस्थाहरूका अनुसार यस्ता क्रियाकलापले  संस्थागत उद्देश्य कमजोर पार्न सक्ने, समुदायमा सांस्कृतिक मूल्यप्रति नकारात्मक प्रभाव पर्ने बारे चिन्ता व्यक्त गरिएको छ। साथै  आपसी विश्वासमा आघात पुर्‍याउन र मौलिक पर्वबारे गलत धारणा बन्ने जोखिम समेत बढाउ सक्ने बताइएको छ। 

संयुक्त संस्थाहरूले विशेष रूपमा कार्यक्रम आयोजना गर्ने समूह तथा व्यक्तिगत आयोजकलाई समुदायको हितलाई प्राथमिकता दिँदै पारदर्शिता, सहकार्य र समन्वयका आधारमा अघि बढ्न आग्रह गरेका छन्।

नेपाल मगर संघ साइप्रस , NRNA साइप्रस, नेपाल तामाङ घेदुङ साइप्रस , तमु समाज साइप्रस, किराँत राई यायोख्खा साइप्रस , किराँत याक्थुङ चुम्लुङ साइप्रस तथा शेर्पा किदुग साइप्रसका अध्यक्षहरूद्वारा हस्ताक्षरित उक्त  विज्ञप्तिमा भनिएको छ, “समुदायको एकता, आपसी सम्मान र साँस्कृतिक गौरवको रक्षा हाम्रो साझा उत्तरदायित्व हो, जातिय पर्वलाई प्राथमिकता दिई सहकार्यको भावना प्रकट गर्नु नै सामुहिक प्रगतिको बाटो हो ।।”

संस्थाहरूले साइप्रसमा रहेका सबै नेपालीलाई सामूहिक हित र सांस्कृतिक गौरवलाई प्राथमिकता दिन, समुदायभित्र देखिने साना भ्रम वा विवादलाई संवाद र समझदारीबाट समाधान गर्दै अघि बढ्न आह्वान गरेका छन्। उनीहरूको भनाइमा, सहकार्य र एकतामा आधारित भावनाले साइप्रसमा रहेका नेपालीहरूको सामाजिक छवि र बन्धुत्व अझ मजबुत बनाउँदै आएको छ।

 

मौसम विभागले भारी वर्षा र असिना पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। बिहिबार बिहान ३ बजे देखि बेलुकी ५ बजे सम्म सतर्कता अपनाउन Yellow Warning जारी गरेको हो।  

पश्चिमी, उत्तरी र दक्षिणी समुन्द्र तटीय इलाकामा बिहान आँधीबेहरी संगै असिना र पानी पर्न  सक्ने बताइएको छ।  साथै यो क्रमस  दिउसोको समयमा देश को आन्तरिक भाग, पहाडि इलाका र पूर्वी भागमा बिस्तार हुने मौसम विभाग ले अनुमान गरेको छ।  

साइप्रसमा छ घण्टा भित्र २० भन्दा बढी पराकम्प  गए पछि भूगर्भविद्हरू सतर्क भएका छन्। युरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार बुधवार बिहान करिब ११ : ३० बजे ५ . ७ रेक्टर को भुकम्प र बेलुकी ४ : ३० बजे गएको ५ . ९ रेक्टर को भुकम्प संगै पराकम्प आउने क्रम जारी छ। 
तर भूगर्भ सर्वेक्षण विभाग साइप्रस का अनुसार बिहान गएको  भुकम्पको तीव्रता ५ . ३ र बेलुकी गएको भुकम्पको  सही विवरण  पुष्टि गर्न यसको अध्ययन भै  रहेको बताइको छ।   

साइप्रस न्युज एजेन्सीलाई दिएको अन्तर्वार्तामा विभागका निर्देशक ले भनेका छन् कि भूकम्प निरन्तर जाने अनुमान गरिएको छ र भूगर्भ सर्वेक्षण विभागको भूकम्पीय केन्द्रले घटनाको निगरानी गरिरहेको छ।

युरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टरका अनुसार बिहान ११:३० देखि दिउँसो ५:१५ सम्म २० वटा भन्दा बढी परकम्पहरू रेकर्ड गरिएको थियो।  पराकम्प को तीव्रता  रेक्टर स्केलमा २.२ देखि ५.३ सम्मका थिए।

भुकम्प धक्का लेबनान र इजरायल सम्म महसुस गरिएको समाचार प्रकाशित भएका छन्।  भुकम्प पछि सुनामी को खतरा भने नभएको बताइएको छ।  देश भरि बाट कुनै पनि क्षति को खबर भने आएको छैन। 

साइप्रसमा फेरी अर्को ठुलो तीव्रताको भुकम्प गएको छ।  करिब ४ : ३० बजे फेरी भुकम्प गएको हो।  बुधबार बिहान गएको भुकम्प भन्दा बेलुका गएको भुकम्प को तिव्रता ज्यादा थियो।  

साइप्रसमा बसोबास गर्ने नेपालीहरूको संख्या उल्लेखनीय रूपमा बढ्दै गएको छ। भर्खरै सार्वजनिक  सरकारी तथ्यांकअनुसार हाल साइप्रसमा कानुनी रूपमा  (Residency Permit) भिसा प्राप्त गर्ने नेपालीहरूको संख्या १५,६०७ पुगेको छ।यसरी  भिसा लिएर बस्ने मा विधार्थी, घरेलु कामदार लगायत  सबै किसिमका श्रमिक  रहेका छन्। 

यो तथ्यांक अनुसार, नेपालीहरू रुसी र बेलायतीपछि तेस्रो ठूलो समुदाय बनेका छन्। आप्रवासन उपमन्त्री निकोलस आयोन्निदेसले आफ्नो मन्त्रालयको बजेट प्रस्तुत गर्दै सार्वजनिक गरेका विवरण अनुसार २०२५ सेप्टेम्बर ३० सम्म साइप्रसमा एक  लाख ७५ हजार ६७७ जना तेस्रो देशको नागरिकहरु कानुनी रूपमा बसोबास गर्दै आएका छन्।

 

ती मध्य रुसी नागरिक ४०,७३५ जना, बेलायती १६,२७९ जना र त्यसपछि नेपालीहरू १५,६०७ जना रहेका छन्। अन्य प्रमुख समुदायमा भारत, सिरिया, चीन, श्रीलंका, फिलिपिन्स, युक्रेन र इजिप्टका नागरिकहरू छन्।

नेपालीहरू मुख्य रूपमा घरेलु काममा साइप्रसमा आउने गरेका छन् त्यस्तै होटल, रेस्टुरेन्ट, बेकरी, सुपरमार्केट लगायत निर्माण क्षेत्रसँग सम्बन्धित काममा पनि नेपाली आइरहेका छन् । पछिल्ला वर्षहरूमा विद्यार्थी, उच्च दक्षता भएका श्रमिक र व्यावसायिक क्षेत्रतर्फ पनि नेपालीहरूको उपस्थिती बढ्दै गएको देखिएको छ। 

एक अनुमानका अनुसार करिब ३ हजार नेपाली गैर-कानुनी रुपमा रहेको हुन सक्ने बताइएको छ। 

पापोस बाट लगभग 20 किलोमीटर उत्तर-पूर्व मा केन्द्र बिन्दु बनाइ  भुकम्प गएको छ।  बुधबार बिहान करिब ११ : ३० बजे 5.7 रेक्टर तीव्रता को भुकम्प गएको  यूरोपीय-भूमध्यसागरीय भुकम्प केन्द्रले जनाएको छ। 

भुकम्पको तिव्र धक्का पापोस, लिमासोल, लार्नाका  र निकोसियामा महसुस गरिएको छ।  भुकम्पका कारण हाल सम्म कुनै पनि भौतिक र मानविय क्षति नभएको बताइएको छ।  पापोसका केहि स्थान मा ढुंगाहरु सडकमा  खसेको छ।  ढुङ्गा पन्छ्याउँन  सडक विभागलाई खटाइ सकिएको छ।  

तिव्र भुकम्प पछि पापोस एयरपोर्टको  ‘रन वे ‘  निरीक्षण गरेर मात्र उडान कार्य  संचालन मा ल्याइएको छ।  ‘रन वे’ मा क्षति पुगेको हुन सक्ने अनुमान गर्दै प्रोटोकोल अनुसार  निरीक्षण गरिएको हो।  

त्यस्तै, भुकम्पको धक्का पछि सर्वसाधारण सडक मा निक्स्किएका थिए।  

भुकम्प गएको ३ मिनेट भित्र नै साना तीव्रताका ६ पराकंप गएको थियो।  

साइप्रसका विभिन्न सहरमा रहेका नेपालीले पनि भुकम्प को धक्का महसुस गरेको सामाजिक संजाल मा लेखेका छन्। 

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट