
२१ अगस्ट २०२०
पापोसमा बिहानै २ स्थानमा विस्फोट
पापोस प्रहरीले शुक्रबार बिहान पापोस को २ स्थानमा बिस्फोट भएको बताएकोछ। पहिलो बिस्फोट एक कारमा र केही मिनेट पछि नै घर को आगन बिस्फोट भएको हो । दुवै बिस्फोट बाट घर र कार मा क्षति पुगेको छ। कुनै पनि मानवीय क्षति नभएको बताइएको छ । घटना बारे सिआइडी ले अनुसन्धान गरिएको स्थानिय मिडियाले जनाएका छन्।
कोरोना रोक्न नयाँ निर्देशिका
स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण रोक्न नयाँ निर्देशिका बारे बताएका छन् । नयाँ निर्देशिका आगामी २०२१ जनवरी सम्म लागू हुने छ। निर्देशिका अनुसार प्राइभेट जमघट मा पचास जना भन्दा बढी सामेल हुन पाइनेछैन । त्यस्तै कन्सर्ट, उत्सब र मेलाहरु आयोजनामा प्रतिबन्ध रहनेछ । त्यस्तै रेस्टुरेन्ट भित्र १५० र बहिर २५० ग्राहक मात्र राख्न पाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना अपडेट
बिहिवार १० जनामा कोरोना भाइरस पुष्ठि भएको छ। स्वास्थ्य मन्त्रालय ले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ३२०२ टेस्ट गरिएको मध्य १० मा कोरोना देखिएको हो । बिहीवारको तथ्यांकअनुसार आज सम्म कोरोना बाट सन्क्रमित को संख्या १३९५ पुगेको छ ।
नियम मिच्नेलाई प्रहरीको कारवाही
साइप्रस प्रहरीले देश भरि २४ घन्टामा कोरोना भाइरस संबंधित नियमावली तोडेको भन्दै १० व्यवसायी र २७ व्यक्तिलाई कारवाही गरेको छ । खास गरि मास्क अनिवार्य गरिएको कानुनी प्रावधानलाई मध्य नजर गर्दै ८०८ चेकजाँच गरिएको थियो । निकोसिया जिल्ला भरी गरिएको १०९ चेकिङमा १ व्यवसायी र १० व्याक्तीलाई जरिवाना गरेको छ भने लिमासोल जिल्लामा १७६ चेक गरिएको थियो । जसमा ८ व्याक्ती र ३ व्यवसायीलाई कारवाही गरिएको थियो । यता, लार्नाकामा २१७ चेकजाँचमा १ व्यवसाय र ३ व्याक्ती र पापोस जिल्लामा ४५ चेकजाँचमा ५ व्यवसायिक प्रतिस्ठान र दुई ब्याक्तिलाइ कारवाही गरिएको सिएनए ले जनाएको छ । फामागुस्ता जिल्लामा १७७ चेकिङका दौरान ४ जनाले जरिवाना तिर्नु परेको थियो ।
अपहरण र कुटपिटको आरोपमा एक पक्राउ
५० वर्षिय महिलाको अपहरण र कुटपिट गरेको आरोपमा प्रहरीले ३० वर्षिय पुरुषलाई पक्राउ गरेको छ । पीडित महिला संग आरोपिको मैत्रीपुर्ण सम्बन्ध रहेको खुलेको छ। आरोपिले सो महिलालाई कुटपिट गरि जबर्जस्ति कारमा हालेर अपहरण गरि अन्जान स्थानमा लगेको सुराकी पाए पछि प्रहरीले अनुसन्धान थालेको थियो । अनुसन्धानको क्रम मा सो व्याक्तीको घरबाट लाइसेन्सवाला बन्दुक बराबद भएको थियो जसलाइ प्रहरीले आफ्नो कब्जामा लिइसकेको छ। आर्थिक लेनदेन को कारण सो घटना भएको बताइएको छ । प्रहरीले यसमा थप अनुसन्धान गरिरहेको छ।
१९ अगस्ट २०२०
साइप्रसको स्वास्थ्य मन्त्रालयले २६ जना नयाँ कोरोना संक्रमण भएको जानकारी दिएको छ । पछिल्लो २४ घन्टामा गरिएको ३३७२ परिक्षणमा २६ जनामा कोभिड १९ पुष्टि भएको हो ।
कहाँ कसरी भेटियो कोरोनाका बिरामी ?
कन्ट्याक ट्रेसिङ मार्फत १९० जनाको परिक्षणमा ७ जनामा कोरोना पोजिटिभ देखियो भने एयरपोर्टमा गरिएको १७०० परिक्षणबाट एक जनामा कोभिड १९ देखिएको हो । त्यस्तै, प्राइभेट ल्याब बाट ६८२ मध्य ६ जनामा, ब्याक्तिगत डाक्टरको सिफारिसबाट गरिएको १६६ टेस्टबाट एक जना, पुरनारा रेफ्युजी क्याम्प बाट १७८ मध्य ११ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
आजको नयाँ तथ्यांक सहित सन्क्रमितको जम्मा संख्या १३८५ पुगेको छ । आज सम्म २० जना संक्रमणबाट मृत्युु भै सकेका छन् । यता, टर्की शासित उत्तरी साइप्रसमा सन्क्रमित को संख्या २३० पुगेको छ । हिजो ९ जनामा कोरोना देखिएको थियो ।
१८ अगस्ट २०२०
साइप्रसमा मङ्लबार आठ जनामा कोरोना संक्रमण दिखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ४३१५ टेस्ट गरिएको थियो जस मध्य ८ मा कोरोना देखिएको हो । कोरोना कहर सुरु भए देखि आज सम्मको तथ्यांकमा कोरोना सन्क्रमित को जम्मा संख्या १३५९ पुगेको छ ।
कहाँ कसरी भेटियो कोरोनाका बिरामी ??
“कन्ट्याक ट्रेसिङ” मार्फत १३९ जना व्याक्तिमा गरिएको टेस्ट बाट एक जनामा संक्रमण भेटिएको थियो भने व्याक्तिगत डाक्टरले सिफारिस गरेका १६९ टेस्ट मध्य २ जनामा कोरोना देखिएको थियो ।
एयरपोर्टमा गरिएको २१९९ टेस्ट मा बेल्जियमबाट आएका एक सिपृयोट मा कोभिड १९ पोजेटिभ पाइएको छ । प्राइभेट ल्याब मा गरिएको ८५५ टेस्ट बाट तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भयो। एक जना लन्डन र अर्का मोरोक्को को यात्रा गरेर आएका व्याक्तिहरु हुन् भने अर्का एक सिपृयोट फुटबल खेलाडी हुन् । सरकारले द्वारा निशुल्क दिएको १० हजार टेस्ट कार्यक्रम अन्तर्गत ७७० परिक्षणमा एक जना मा संक्रमण देखिएको थियोे । सो व्याक्ती लिमासोल निवासी भएको बताइएको छ । उनी कोरोना सन्क्रमितको सम्पर्कमा आएका व्याक्ती हुन् तर कोभिड १९ को कुनै पनि लक्षण देखिएको थिएन तर टेस्ट पश्चात कोरोना पुष्टि भएको हो ।
सरकारी अस्पतालका प्रयोगशाला बाट ८२ र चेक पोइन्ट बाट १०१ टेस्ट बाट भने कोरोना संक्रमण नभेटिएको मन्त्रालयले जनाएको छ ।
भ्याकसिन खरिद गर्दै युरोपेली युनियनअगस्ट १४ मा युरोपेली युनियनले ३० करोड भ्याकसिन डोज खरिद गर्न डिल गरेको छ । “अस्ट्राजेनेका फार्मासुटिकल कम्पनी सङ भएको यो डिल महत्त्वपूर्ण छ। युरोपेली युनियनले निम्न र मध्यम वर्गीय आम्दानी भएका देश र अन्य युरोपेली देशलाई वितरण गर्नेछ । अस्ट्राजेनेका भ्याकसिन साइप्रसले कति संख्यामा पाउने छ भन्ने बारे यो हप्ताको अन्तिम सम्ममा थाहा हुने मन्त्रालयले जनाएको छ । उता, उत्तर साइप्रसको `स्वास्थ्य मन्त्रालय´ले पनि पछिल्लो २४ घन्टामा ९ जनामा संक्रमण भेटिएको बताएको छ। जानकारी अनुसार १६९५ परिक्षण मा ९ मा देखिएका सबै जना विदेशबाट आएका व्याक्तिहरु हुन् ।
१७ अगस्ट २०२०
साइप्रसमा पछिल्लो २४ घन्टामा १२ जना नयाँ कोरोना बिरामी फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ३५८८ टेस्ट मध्य १२ जनामा कोरोना पोजेटिभ देखिएको हो। नयाँ तथ्यांकअनुसार कोरोना सन्क्रमित को जम्मा संख्या १३५१ पुगेको छ ।
कहाँ कसरी भेटियो कोरोना ?
पोर्ट तथा एयरपोर्ट स्थित यात्रु तथा स्वदेश फिर्ती कन्ट्रोल विभागमा गरिएको १७१६ टेस्ट बाट २ जनामा पोजेटिभ देखिएको हो । साथै पुष्टि भैसकेका विरामीको सम्पर्कमा आएका ब्याक्तीहरुको “कन्ट्याक्ट् ट्रेसिङ” मार्फत ११६ टेस्ट बाट ३ जनामा संक्रमण भेटिएको हो जसमा १ जनाको हालै मात्र विदेश यात्रा रहेको बताइएको छ।
सरकारले दिएको १० हजार टेस्ट कार्यक्रम अन्तर्गत ११८२ टेस्ट मध्य ७ जनामा संक्रमण देखिएको हो ।
विभिन्न हस्पिटल र ल्याबले ५७४ टेस्ट गरे पनि कोरोना संक्रमण नभेटिएको पिआइओ ले जनाएको छ ।
वोल्डो मिटर का अनुसार ४६१ जनामा कोरोना सक्रिय छ भने ८७० जना निको भैसकेका छन् । कोरोना बाट हाल सम्म साइप्रसमा २० जनाले ज्यान गुमाइसकेका छन् ।
१७ अगस्ट २०२०
निकोसिया स्थित अस्ट्रा बैन्क को शाखामा लुटपाट गरेको आरोपमा थप १ जनालाई साइप्रस प्रहरीले पक्राउ गरेको छ ।गत शुक्रबार चक्कु देखाइ बैंक बाट करिब तीस हजार युरो लुटिएको थियो । शुक्रबार अबेर सम्म प्रहरीले ३ जनालाई पक्राउ गरिसकेको भए पनि घटना संग संबंधित अन्यको खोजी गरिरहेको थियो । स्थानीय मिडिया फिले न्युजले सो लुटको सन्लग्नतामा १९ वर्षका एक जनालाइ पक्राउ गरेको बताएको छ । उमेरले १७, १९ र २० वर्ष दुई जना युवाले लुट को घटनालाइ अन्जाम दिएका थिए । स्थानीय मिडियाले जनाए अनुसार ती युवा सेवाग्राही बनेर बैन्क प्रवेश गरेर क्यासियरलाई चक्कु देखाइ करिब ३० हजार युरो लुटेर फरार भएका थिए
एउटा जुत्ताले पक्राउ
लुटको घटना पछि सिसिटिभी फुटेज र प्रत्यक्षदर्शी को बयान अनुसार प्रहरीले लुटेराहरुको खोजी सुरु गर्यो । लुटेराहरु पैदल नै फरार भएको थाहा पाए पछि बैक आसपासको क्षेत्रहरूमा सर्च अपरेसनको दौरान झाडी को छेउमा फेला परेको एउटा जुत्ताले अनुसन्धान अधिकारीको ध्यान खिच्यो जुन सिसिटिभी फुटेजमा देखिएको थियो जुन महत्त्वपूर्ण “लिड” थियो । सर्च अपरेसनमा महत्त्वपूर्ण लिड भेटिए पछि केही बेरमा नै झाडी मा लुकेर बसेका १७ वर्षीय युवालाई प्रहरीले प्रकाउ गर्यो ।प्रहरीले युवाबाट लुटिएको रकम, चक्कु मास्क र पन्जा बरामद गरेको छ ।
अनुसन्धानको क्रममा प्रहरीले अन्य अपराधीको जानकारी पाए पछि २० वर्षका २ जना गृक सिपृयोट युवालाई पक्राउ गर्न सफल भयो । शुक्रवार पक्राउ परेका ३ जनालाई शनिबार नै निकोसिया जिल्ला अदालतमा पेश गरिएको थियो। न्यायाधीशले ५ दिनको हिरासतमा राख्ने आदेश दिएका छन् ।
चौथो अपराधी पनि छिटै अदालतमा पेश गरिनेछ्न् ।
१४ अगस्ट २०२०
पछिल्लो २४ घण्टा मा गरिएको २९६० टेस्ट मध्य १३ जनामा कोरोना पोजेटिभ देखिएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार 9 जना कन्ट्याक ट्रेसिङ मार्फत, २ जना एयरपोर्ट , 1 जना प्राइभेट ल्याब र अर्का एक आप्रवासी केन्द्र बाट हुन् ।
हिजो बिहिवार पनि १४ जनामा कोरोना संक्रमण भएको थियोे जसले कोरोना सन्क्रमित को संख्या १३०५ पुगेको थियो ।
आजको डाटा अनुसार भने सन्क्रमित को संख्या १३१८ पुगेको छ।
कोरोना संक्रमण कम हुँदै गए पछि लिमासोलमा भने ५० जना सम्म जमघट हुने गरि सरकारले लचिलोपन दिएको छ ।यद्यपि व्यक्तिगत सुरक्षा प्रती ध्यान पुर्याउन अनुरोध गर्दै मास्क को प्रयोग गर्न अनुरोध गरेको छ । पब्लिक होलिडे लाई मध्य नजर गर्दै सो निर्णय गरेको हो । सार्वजनिक स्थान मा मास्क प्रयोग नगर्नेलाई ३०० युरो जरिवाना भने यथावत नै रहेको छ।
प्रहरीले बैंक लुटेर भाग्ने दुई जनालाई पक्राउ गरेको छ। शुक्रबार दिउँसो मध्यान्हमा स्त्रोभोलोस एभिन्यु स्थित एक बैंकको शाखामा लुटपाटको आरोपमा पक्राउ गरेको हो। आरोपीले हुडि लगाएर बैन्क प्रवेश गरेका थिए । बैक कर्मचारीका अनुसार लुटेराले चक्कु देखाएर करिब तीस हजार युरो लुटेर भागेका थिए।
प्रहरीका प्रवक्ताका अनुसार आरोपी आफ्नो घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको हो। आरोपी बाट लुट्न प्रयोग भएको चक्कु र पैसाले भरिएको ब्याग पनि फेला परेको छ। आरोपी मध्य एकजना गृक सिपिरयोट युवक र अर्का आरोपी कुन देशका नागरिक हुन् भनेर खुलाइएको छैन
१२ अगस्ट २०२०
कोरोना सन्कट को सकियो कि भनेर ढुक्क भएको केहि हप्ता नबित्दै एकाएक फेरि देखिएको संक्रमणले साइप्रसको स्वास्थ्य मन्त्रालयमा खतराको घण्टी बजाइदियो । लकडाउन को विभिन्न चरण पछि राहत महशुस गरेका सर्वसाधारणले सामाजिक दुरि , मास्क र अन्य व्याक्तिगत सुरक्षाको उपायमा लापरबाही गर्दा संक्रमण पुनः फैलिएको देखिन्छ जसको परिणाममा साइप्रसमा चाडपर्व उत्सब र कार्यक्रमहरु रोकिएका छन् ।
तर अगस्ट १५ बाट सुरु हुने सार्वजनिक विदालाई मध्यनजर गर्दै मन्त्रालयले लिमासोलमा हुने जमघट को प्रतिबन्धमा लचकता दिएको छ । बुधबार देखि लागू हुने गरि अब लिमासोलमा ५० जना सम्म एक साथ जम्मा हुने सकिनेछ। सार्वजनिक स्थलमा यस अघि १० जना भन्दा बढी जम्मा हुन मनाही थियो।
संक्रमण को फैलावट रोक्न लिमासोलमा नयाँ नियम लागू गरिएको छ ।
१. घर वा सार्वजनिक स्थलमा ५० जना भन्दा बढी जम्मा हुन नपाइने । मास्क अनिवार्य
२. रेस्टुरेन्ट तथा बार भित्र ७५ जना र बाहिर १५० जना मात्र
३.चर्च भित्र प्रोटोकोल अनुसार ७५ जना मात्र
४. अन्य स्थानमा लगाइएको नियम कायम नै रहेको छ जस्तै अनिवार्य मास्क प्रयोग
केही हप्ता देखि एकाएक कोरोना संक्रमणमा वृद्धि भए पछि मङलबार २५ संक्रमण संगै एक ७७ वर्षीय वृद्ध को मृत्यु भएको थियो । यता, वुधवार को पत्रकार सम्मेलनमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालय ले जानकारी दिएको छ । पछिल्लो २४ घन्टा मा ३७७५ टेस्ट गरिएको थियो । बुधबार को डाटा सहित आज सम्म कोरोना संक्रमीत को जम्मा संख्या १२९१ पुगेको छ।
१२ अगस्ट २०२०
आज बुधबार राती आकाशमा उल्कापिन्ड को वर्षा देखिने सकिने खगोलिय सोसाइटी ले बताएको छ । नेपाली बोलचाली को भाषामा तारा खसेको भनिन्छ जुन राती ११ बजे देखि नग्न आँखा ले पनि देख्न सकिनेछ। खगोलविद् का अनुसार यस्तो घटना जुलाइ 17 सुरु भएको हो जुन अगस्ट 24 सम्म हुने बताइएको छ । तर आज १२ अगस्ट को राती भने धेरै उल्कापिन्ड खसेको देख्न सकिनेछ। एक घन्टा मा करिब १०० उल्कापिन्ड खस्ने अनुमान छ ।
तारा खसेको रोमाञ्च दृश्य राती ११ बजे पछि उत्तरपुर्वी दिशामा हेर्न सकिन्छ ।
११ अगस्ट २०२०
कोभिड १९ बाट सन्क्रमित भइ मङ्लबार एक वृद्ध को मृत्यु भएको छ । ७७ वर्षका वृद्धको अन्य रोगबाट ग्रसित शारीरिक समस्याबाट पनि जुध्दै थिए । यस अघि १९ जनाको कोरोना को कारण मृत्यु भै सकेको छ । आज सम्म मर्नेमा १४ पुरुष र ६ महिला छन् । जसको सरदर उमेर ७१ वर्ष रहेको छ ।
साइप्रसको स्वास्थ्य मन्त्रालयले मंगलवार दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २५ जनामा कोरोना पोजिटिभ देखिएको छ । मन्त्रालयले ४,०२४ टेस्ट गरिएको जानकारी दिएको छ । यी टेस्टहरु सरकारले हरेक जिल्लामा गरिने दस हजार टेस्ट , व्याक्तिगत डाक्टर को सिफारिस, एयरपोर्ट मा गरिने टेस्ट तथा सरकारी ल्याब र विभिन्न प्राइभेट ल्याब ले गरेका टेस्ट बाट आएको नतिजा हो । १३ जना कन्ट्याक ट्रेसिङ गरिएको थियो ।
आजको २५ जना बिरामी सहित कोरोना सन्क्रमित को संख्या १२२७ पुगेको छ ।





