
काठमाडौं, जेठ ३१ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रघाती महाकाली सन्धि गर्ने तत्कालिन सत्तारुढ दलका नेताहरू जनतासँग माफी माग्नुपर्ने बताएका छन्।
प्रतिनिधिसभाको शनिबारको बैठकमा पेश भएको संविधान संशोधन विधेयकमाथिको छलफलमा भाग लिँदै यादवले महाकाली सन्धि गरेर राष्ट्रघात गर्ने तत्कालिन शासकहरूलाई जनतासँग माफी माग्न चेतावनी दिएका हुन्।
महाकाली सन्धि गर्दा महाकाली नदीको मुहानको टुंगो किन नलगाएको भन्दै यादवले प्रश्न गरे। नेपालको नक्सामा समावेश कालापानी, लिपुलेक र लिम्पियाधुराको भूभाग कसको शासनका बेलामा गायव पारियो भन्ने विषयमा सदनमा जानकारी दिन यादवले माग गरे।‘सुगौली सन्धिले महाकाली पश्चिमको भूमि भारतको भने पनि महाकाली नदीको भूभाग नै सीमा भएको राष्ट्रघाती महाकाली सन्धिमा उल्लेख गरिएको छ,’ उनले भने, ‘त्यसैले यो सन्धि क–कसले गरेको हो, जनतासामु माफी माग्नुपर्छ।
नेपाल र इस्ट इण्डिया कम्पनीबीच भएको सुगौली सन्धि अत्यन्तै अपमानजनक रहेको बताउँदै यादवले त्यही सन्धिका कारण नेपालले ठूलो भूमि गुमाउनुपरेको बताए।अध्यक्ष यादवले नेपाल सरकारले कुनै पनि विषयमा युरोपेली देश र अमेरिकी वा कुनै विदेशीलाई इस्ट इण्डिया कम्पनीलाई सोध्नुपर्छ भन्ने शब्द अपमानकजनक रहेको बताए।
‘सन्धिमा काली नदी पश्चिम सीमाना भनेर स्पष्ट लेखिएको थियो,’ उनले भने, ‘तर, महाकाली सन्धि गर्दा सन्धिका हर्ताकर्ताहरू धेरै ठूला पार्टीका ठूला नेताहरु त्यो बेला हुनुहुन्थ्यो प्रधानमन्त्री पनि हुनुहुन्छ, महाकाली नदीबाट पश्चिमका भागको दाबी नेपालले छोडेको हो सुगौली सन्धिमा तर महाकाली नदीको सम्झौता गर्दा त्यसको प्रस्तावनामा लेखिएको छ।
महाकाली नदीको अधिकांश भाग दुई देशको सीमा भएको स्वीकार गर्दै भनेर लेखिएको यादवले बताए। सुगौली सन्धिले पाएको क्षेत्राधिकारलाई महाकाली सन्धिले पछाडि धकेल्ने कुरा उल्लेख रहेको उनले बताए।
कांग्रेस र कम्युनिष्ट पार्टीका नेताहरूले जवाफ दिनुपर्यो, यसका लागि हामी सबैले माफी किन नमाग्ने?,’ अध्यक्ष यादवले भने, ‘राष्ट्रवादीको नारा हामी दिन्छौं, मधेशीलाई गाली गर्छौं, यिनीहरू भारतीय हुन्, धोती हुन भनेर भन्छौं भनेर माफी माग्नुपर्यो।’नश्लवादी मानसिकता रहेसम्म राष्ट्रिय एकता बलियो हुन नसक्ने तर्क गर्दै यादवले आन्तरिक राष्ट्रियतालाई बलियो बनाउने तर्फ सरकारका अबका कदम अग्रसर हुनुपर्ने बताएका छन्।
साथै राष्ट्रियता र राष्ट्रवादको भावना टुटे सेना, सरकार र संविधानले पनि जनतालाई रोक्ने नसक्ने यादवले प्रष्ट पारेका छन्।
दिनेश गौतम
साईप्रस
आधुनिक समाजको मुल्य मान्यता र मानवता विरोधी जातिय हिसां एवमं रुकुम पश्चिममा सामुहिक हत्याको जनमुक्ति मन्च साईप्रसले विरोध जनाएको छ ।
मन्चकी अध्यक्ष तारा राईले गत जेठ २५ गते एक पे्रस विज्ञाप्ती जारी गर्दै घटना राष्टिय अन्र्तराष्टिय करण भएको अवस्थामा आफुहरु प्रवासमा बसे पनि अहिले आफनो देशमा जातकै कारणले दलित महिलाहरु न्याय नपाउनु , दलित भएकै कारणले समाजबाट बाहिस्कृत हुनु पर्ने , तल्लो जात भएकै कारण पानी छुन पनि नदिने जस्ता खालका घटना भैरहेको खबरले आफु लगाएत आफनो पार्टी अत्यन्त दुखि भएको उल्लेख गर्नु भएको छ ।
अध्यक्ष राईद्धारा जारी विज्ञाप्तीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृत्यु भएको छ । भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका– १ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्यान गएको हो ।
नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घटनाले उनीहरू सबैको ज्यान लिएको छ । सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिनु र शवको प्रकृति हेर्दा उनीहरूलाई हत्या नै भएको जनमुक्ति मंच, साईप्रसको ठहर छ ।

निहत्था समूहमाथि स्थानीय व्यक्तिहरूले हातहतियार सहित जुन पाशविक ढंगले जाईं लागे र सामूहिक हत्याकाण्ड मच्चाए त्यसले समाजलाई बर्बरता तर्फ धकेल्ने काम गरेको छ । सामान्य, कर्मकाण्डीय ढंगको छानविन र सजायले मात्र यो घटनाक्रमको क्षतिपूर्ति सम्भव हुने छैन भन्ने जनमुक्ति मंच, साईप्रसको धारणा छ ।
यस्तो घटनाक्रम र जघन्य अपराधको हकमा थप ‘कठोर क़ानूनी कारवाही आवश्यक भएको छ। सयौ बर्षदेखि निरन्तर थिचोमिचोमा पारिदै आएको दलित समुदायको सामाजिक, राजनीतिक र आर्थिक हैसियत उकास्न राज्यले अझ पनि धेरै कदम चाल्न बाँकी नै रहेको यो ‘चौरजहारी प्रकरणले पुष्टि गरेको ठहर गर्दै दोषीहरुलाई यथासिघ्र कानुनी कटघरामा ल्याउन जोडदार माग गरेको उल्लेख गर्नु भएको छ । ।
द्रोण रिजाल, नेदरल्यान्ड्स
पत्रकार महासंघ युरोप शाखाले फ्रान्समा त्यहाका सामाजिक अभियन्ताहरुसँग १९औं श्रिँखला अन्तर्गत नेपाली समुदायहरुको जनजीवन र संघसस्थाहरुको कृयाकलापहरुको बारेमा छलफल गरेको छ ।
सहभगितामा सामाजिक अभियन्ताहरुले फ्रान्समा सबै संघसन्थाहरु एक आपसमा सहकार्य गर्दै बिपत्ती परेको अवस्थामा राष्ट्रिय मुद्दा बनाएर एकजुट हुँदै अगाडि बडेको अवस्था रहेको जानकारी गराएका थिए ।
कोरोना सन्क्रमण बाट लगभग १५ जना जती सन्क्रमित भएर पनि निको भैसकेको अपुस्ट खबर प्राप्त भए पनी अहिले सम्म कुनै नेपालीको कोरोनाको कारणबाट मृत्यु नभएको जानकारी गराईएको थियो ।
एन आर एन फ्रान्सका उपाध्यक्षलाई कारवाहीका विषयमा पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै संगठनको बिधी र बिधान बिपरित लेटरप्याड को दुरुपयोग् र गलत कृयाकलापहरुका बिषयमा स्पष्टिकरण माग्दा चित्तबुध्दो जवाफ नदिएको पटक पटक सुध्रिने मौका दिदापनी सन्था प्रती लन्छना लगाउने गतिबिधी गरेकाले वाध्य भएर ६ महिनाका लागि निलम्बन गरेको उपस्थित एन आर एन अध्यक्ष नगेन्द्र शाही र महासचिब मिन कुमार श्रेष्ठले जानकारी दिनुभएको थियो ।
यस्तै मिलेर जाने कुरामा केन्द्र देखी एन एस् सि सम्म पनि आफुले समन्वय भूमिका निर्वाह गर्ने कुरामा कुनै कसुर बाँकी नराख्ने आई सि सि सदस्य पान कुमारी मल्लले जानकारी गराएकी थिईन ।
यस्तै समाज मिलेर जाने कुरामा कुनै दुबिधा नरहेको र ३ वटा सस्था बाहेकका अरु १२ वटा सन्थाहरु निस्पक्ष ढंगले राहत सन्कलन र बितरणमा कुनै बिभेद नगरिएको सामाजिक अभियन्ताहरुको एक्बद्दता रहेको उल्लेख गरेका थिए ।
सहभागिहरुमा एन आर एन का सन्थापक हरिहर अर्याल, एन आर एन आई सि सि सदस्य पान कुमारी मल्ल, एन आर एन अध्यक्ष नरेन्द्र शाही, एन आर एन महासचिब मिन कुमार श्रेष्ठ, प्रवासि नेपाली एकता मंचका अध्यक्ष भक्त वाग्ले, जन सम्पर्क समिती का अध्यक्ष शुधिर राणा, मगर समाजका अध्यक्ष रमेश थापा मगर, तामाङ् समाजका कोअर्डिनेटर मिलन तामाङ् र तमु समाजका महासचीब कृष्ण गुरुङ को उपस्थिती थियो ।
कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईले गरेका थिए भने सन्चालन सचिब वाइ बि गुरुङले र सहजिकरण सचिब द्रोण रिजाल, महेश कुमार खाती, सदस्यहरु शेर बहादुर परियार , रबिचन्द्र भट्टराई, राज कुमार थापाले गरेका थिए ।
सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने उडान तालिका तय गरेको छ। पहिलो चरणको उद्धार उडानका लागि संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तालिका तयार पारेर कोभिड-१९ व्यवस्थापन केन्द्र (सिसीएमसी) लाई बुझाएको छ।
सिसीएमसी स्रोतले दिएको जानकारीअनुसार जेठ ३२ देखि असार ११ गतेसम्मको उडान तालिका बनेको छ। यसमा एकै दिनमा विभिन्न देशमा उडानहरू हुने छन्।
मन्त्रालयले उडान तालिका तथा भाडादर बुझाए पनि त्यसमा कति मान्छे ती उडानबाट नेपाल आउँछन् भनेर सिसीएमसीले हिसाब गर्नेछ।
उद्धार उडानका लागि मन्त्रालयले नेपालबाट सरकारी स्वामित्वको नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाज पठाउने छ। पर्यटन मन्त्रालयले योसँगै केही विदेशी एयरलाइन्सलाई उडानमा प्रयोग गर्ने निर्णय गरेको छ।
विभिन्न देशमा रहेका ५६ हजारले नेपाल फर्किन चाहेका थिए भने परराष्ट्र मन्त्रालयले २४ हजारलाई सिफारिस गरेको छ। सरकारले ३० मुलुकबाट फर्किन स्वीकृत गरेकामध्ये सबभन्दा बढी मलेसियाबाट ६ हजार ४ सय छन् भने सबभन्दा कम लाओसबाट २ जना छन्।
यस्तो हुने छ उडान तालिकाः
सरकारको निर्णयअनुसार जेठ २९ गते कुवेतबाट दुई उडान हुने छन्। त्यस्तै जेठ ३२ मा बंगलादेश, असार १ मा माल्दिभ्स, मलेसिया, साउदी अरब, सिंगापुर, कम्बोडिया र ओमनबाट हुने छन्।
त्यस्तै, असार २ मा संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, श्रीलंका र माल्दिभ्समा उडान हुने छ। असार ३ मा अष्ट्रेलिया, थाइल्यान्ड, बहराइन, बंगलादेश, कतार र संयुक्त राज्य अमेरिकामा उडान हुने छ। असार ४ मा साउदी अरब, संयुक्त अरब इमिरेट्स, मलेसिया र ओमन उडान हुने छ। असार ५ मा जापान, कुवेत, साउदी अरब र नाइजेरिया उडान हुने छ।
असार ६ मा साइप्रस, मलेसिया, कतार, संयुक्त अरब इमिरेट्स, बंगलादेश र युरोपियन युनियनबाट नेपालीको उद्धार उडान हुने छ। असार ७ मा दक्षिण कोरिया, ओमन, कुवेत र मलेसिया तथा असार ८ मा अष्ट्रेलिया, थाइल्यान्ड, पाकिस्तान र कतार हुनेछ।
असार ९ मा जापान, माल्दिभ्स, संयुक्त अरब इमिरेट्स र युगान्डा तथा असार १० मा साउदी अरब, कुवेत र असार ११ मा साइप्रस र इजरायल उडान गर्ने तालिका तय गरिएको छ।
भाडादर
सरकारले गन्तव्य हेरी भाडादर निर्धारण गरेको छ। एयरलाइन्सहरूले चार्टर्ड उडान गरे पनि सरकारले तोकेभन्दा बढी भाडा लिन पाइने छैन।
नेपाल एयरलाइन्सलाई २४, हिमालयलाई १९ र अन्य विदेशी एयरलाइन्सलाई २४ उडानको जिम्मा दिने तयारी गरेको सरकारले तोकेको भाडादर यस्तो छ:
- BANGLADESH : 165 USD
- NEW DELHI : 205 USD
- MUMBAI : 310 USD
- BANGLOR : 335 USD
- BANGKOK : 390 USD
- CAMBODIA: 400 USD
- SHARJAHA : 500 USD
- ABU DHABI : 500 USD
- DUBAI : 500 USD
- MALDIVES : 505 USD
- OMAN : 510 USD
- KUALA LAMPUR : 520 USD
- DOHA : 545 USD
- BAHRAIN : 545 USD
- HONGKONG : 550 USD
- KUWAIT : 570 USD
- DAMAM (SAUDI) 590 USD
- RIYADH : 630 USD
- JEDDHA : 770 USD
- JORDAN : 815 USD
- CYPRUS : 875 USD
- NARITA: 935 USD
- KHARTUM (SUDAN) : 940 USD
- FRANKFURT (GERMANY) : 1255 USD
- LONDON : 1340 USD
उडानका नियमहरू:
चार्टर्ड उडानको नाममा ट्राभल एजेन्सीले अकुत पैसा असुल गरेको भन्दै यात्रुले तिर्नुपर्ने भाडादर नै तोकेको सरकारले टिकेटिङको व्यवस्थापन एयरलाइन्सले नै गर्नुपर्ने निर्णय गरेको छ।
यात्रुको व्यवस्था भने नेपाल सरकारको कुटनीतिक नियोगले गर्नुपर्ने छ। कुनै पनि क्षेत्रमा न्यूनतम ८५ प्रतिशत यात्रु भएपछि मात्र एयरलाइन्सले चार्टर्ड उडान गर्ने छ।
नेपाल आउने यात्रुले पिसिआर तथा आरडिटी परीक्षणबाट कोरोना नेगेटिभ रिजल्ट रहेको प्रमाण पेस गर्नुपर्ने छ। त्यस्तै नेपाल आएपछि सरकारको नियमअनुसार क्वारेन्टिनमा बस्नुपर्ने छ।
setopati मा प्रकाशित
द्रोण रिजाल ,
नेदरल्यान्ड्स | नेपाल पत्रकार महासंघ युरोप शाखाले कोरोना कहरमा नेपालीहरुको स्वस्थाका बारेमा शृंखला बद्ध अठारौँ शृंखला अन्तर्गत बेलायतमा रहेका नेपाली समुदायहरुमा परेको कस्ठकर अवस्थाका बारेमा त्याहाका सामाजिक अभियन्ताहरु संग अन्तरक्रिया गरेको छ |
जुन ६ तारिखका दिन पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा भएको कार्यक्रममा बेलायतका सामाजिक अभियन्ता र पत्रकारहरुको सहभागिता रहेको थियो |लगभग एक लाख पचास हजार नेपाली रहेको बेलायतमा कोरोना संक्रमण बाट ६७ जना नेपालीहरुको मृत्यु भएको जस्मा ५६ जना पुरुष र ११ जना महिला रहेको जानकारी बेलायतका लागि नेपाली दुताबासका उप नियोग प्रमुख शरद राज आरण ले जानकारी गराएका थिए |
बेलायतमा दैनिक २०२ भन्दा बढी को दैनिक मृत्यु हुनेगरेको प्रसङ्ग उल्लेख गर्दै सरकारी नियमहरु पालना गर्नुपर्ने र सामाजिक दुरी कायम गर्दै स्वास्थ्यमा बिशेस ध्यान दिनुपर्ने जोड दिएका थिए |
बेलायत डायस्परामा करिब ३०० संघसंथा रहेको र सबै संघसंथाहरु र एन आर एन बिचमा राम्म्रो समन्वय भएको उल्लेख गर्दै राजदूत को अध्यक्षतामा उच्चस्तरीय समिति गठन भैसकेको अवस्थामा नेपाली बिचमा कुनै समस्या देखिए दुताबासले एन आर एन वा अन्य संघसंथाहरु संग समन्वय गर्दै अगाडी बढ्दै जाने बताएका थिए |
अहिलेको बर्तमान परिस्थितिमा बेलायत, माल्टा र आयरल्याण्डमा विभिन्न कारणबाट रोकिएर रहेका नेपालीहरु नेपाल फर्किन चाएको जसमध्य ३५० जनाले फर्किनाकालागी रजिस्ट्रेसन गरेको र ४०० भन्दा बढीले रजिस्ट्रेसन गर्नसक्ने उल्लेख गर्दै बेलायतमा नेपालीहरुको भौतिक सम्पति माथि भएको श्रीखालाबद्ध धटना बेलायत सरकारलाई जानकारी गराइसकेको समेत उप नियोग प्रमुखले जानकारी गराएका थिए |
माल्टाको समस्याको बिषयमा जवाफ दिदै अहिले सम्म कुनै लिखित जानकारी नआएकाले केहि भन्न नसकिने उप नियोग प्रमुखले आफ्नो भनाइ राखेका थिए |पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै एन आर एन बेलायतका महासचिब फडिन्द्र भट्टराई ले कोरोना संक्रमणको सुरुवात बाटै संथाको अनलाइन बैठक बसेर पहिलो चरणमा जना चेतनामुलक कार्याक्रम गरेको प्रसङ्ग उल्लेख गर्दै २४ जना डाक्टरहरुको समूहले स्वास्थ्य र भयमुक्त हुनाकालागी सुचनामुलक परामर्स दिदै आएको प्रस्ट पर्दै राहत र सहयोग निरन्तर जारी राख्ने बताएका थिए |
परिवारको परामर्स बिना कुनैपनि सुचना मिडिया मार्फत दिन नमिल्ने उल्लेख गर्दै पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगरले यस विषम परिस्थितिमा भाइरस विरुद्धमा नेपाली समुदायमा जन चेतना फैलाउन बेलायतमा रहेका मिडियाकर्मीहरुको सामुहिक सहभागिताको प्रसंसा गरेका थिए |
कुनै संघसंथा र ब्यक्ति विशेषको पक्ष वा विपक्षमा नलाग्न आग्रह गर्दै स्वतन्त्र भएर मिडिया समाजमा रहनुपर्नेमा ध्यान दिन संचारकर्मीलाई आग्रह गरेका थिए |
सकारात्मक सोच राखेर समाचार सम्प्रेसण गर्नुपर्ने र अहिलेको यस्तो विषम परिस्थितिमा अग्रपंतिमा रहेर काम गर्दै गरेका कुनैपनि पत्रकारहरुमा संक्रमण नदेखिएको प्रेस युनियन केन्द्रको निर्देसनामा प्रेस युनियन बेलायतले काम गर्दै रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सबै संघ संथाहरु संग सहकार्य गरेर काम गर्ने प्रेस युनियन बेलायतका अध्यक्ष बिपिन निरौला ले प्रस्ट परे |
बेलायतमा अग्रपंतिमा काम गर्ने स्वास्थ्यकर्मो नेपालीहरु धेरै रहेको र उनीहरुको परिवारहरुमा प्राय बृद्ध र दिर्ध रोगि रहेको अवस्थामा संक्रमणको उच्च जोखिम रहेकाले सचेत रहन आग्रह गर्दै डाक्टर शुमाया राई ले सामाजिक दुरी राखेर सरसफाइमा ध्यान दिनुपर्ने योगा र ब्यायाम नियमित गर्नुपर्ने र अनावस्यक चिन्ता नलिन मनोबिद राईले सुझाब दिएकी थिइन |
पहिलो पटक कोरोना संक्रमणको अनुभब सुनाउदै स्वाथ्यकर्मी साथै भर्खर कोरोना भाइरस लाइ पराजित गरिसकेकी भगवती रानाभाटले आत्मबल बलियो बनाउनु पर्ने दैनिक जीवनसैलि र स्वास्थ्यमा ध्यान दिन सकेकिले भाइरसलाइ पराजित गर्न सफल भएको अनुभब राखेकी थिइन |
कार्यक्रमको सहजीकरण संघका सचिब द्वय : द्रोण रिजाल र महेश खाती , कार्यकारिणी सदस्य क्रमस : रविचन्द्र भट्टराई , राज कुमार थापा , सरला कट्टेल र युबराज फुयालले गरेका थिए |
दिनेश गौतम
युरोप ,साईप्रस
नेपालमा दलित समुदाय माथि भएको नरसंहार ,दलित बालिकाको हत्या लगाएतका विषयमा सारा नेपालीहरु एक मानव भएर विभेदको विरुद्धमा बोल्नुपर्ने राष्टिय सभाका संसाद रामलखन चमारले बताउनु भएको छ ।
चमारले नेपालको राजनितिक दलहरुमा रहेका सारा दलित समुदायका नेता कार्यकर्ताहरु समेत पार्टी भन्दा अलि माथि उठेर सामना गर्नुपर्ने बेला आएकोले अब सडक , सदन ,अदालत अन्र्तराष्टिय क्षेत्र, लगाएतका क्षेत्रहरुमा न्यायका लागि आन्दोलन गर्नुपर्ने सुझाव दिनु भएको छ ।
नेपाल पत्रकार महासघं यरोप शाखाले आज आईतवार आयोजना गरेको नेपालमा दलित समुदाय माथि भएको विभेदका विषयमा बृहत अनलाईन अन्र्तक्रिया कार्यक्रममा चमारले रुकुमको घटना घटेपछि आफु जिल्ला स्तरमा रहेका दोषी नेताहरुलाई तत्काल बर्खास्त गरि कारवाही गर्न र सदनमा दलित समुदायको मुद्दालाई पार्टीको स्वार्थ भन्दा माथि उठेर उठाउने कोशिस गरिहेको जानकारी दिनुभयो ।
साथै पछिल्लो समयमा घटेको घटनाहरुबाट शिक्षा लिएर सारा दलित अभियान्ताहरु अवसरको रुपमा प्रयोग गरि जे जे सरकारले दलित समुदाय माथि कमी कमजोरी गरेको छ ती मुद्दाहरुलाई बुदागत रुपमा टेबलमा राखेर सरकारसगं बार्ता गर्नुपर्ने सांसद चमारको भनाई थियो ।
नेपाली दलित समुदायहरुले गाण्तन्त्र वा लोकतन्त्रका लागि सघंर्ष गर्ने बेलामा जति योगदान दिएका छन त्यसपछि दलित समुदायलाई सत्ता प्राप्तीका लागि अझै पनि राज्यको संरचना पुरानै रहेकोले धेरै दलित समुदाय धेरै कठिनाई भोग्नु परेको प्रतिनिधि सभाकी संसाद अन्जना विसुन्खेले बताउनु भयो । विशुन्खेले भन्नु भयो राज्यको संरचना पुरानै भएकोले राज्यको सांसदीय निकाय सबै क्षेत्रमा उच्च बर्गकै पहुच भैरहने , महिला , दलित अझै पिछाडि परिरहेकोले अब अधिकार प्राप्तीका लागि सघंर्षको खाचो रहेको छ ,आफुहरु पार्टी भित्र वा पार्टी बाहिर र आफै भित्र अन्र्तसघंर्ष गर्नुपर्ने हुन्छ । अनलाईन छलफलमा सांसद विशुन्खेले अबको बाटो सबै दलित समुदायका अगुवाहरु संयुक्त मोर्चा बनाएर राज्यसगं सघंर्ष गर्नुपर्ने उहाको भनाई थियो ।
त्यस्तै कार्यक्रममा पछिल्लो समयमा दलित समुदाय माथि भैरहेको दमनका विरुद्धमा नेपाली संचार जगतले खेलिरहेको भुमिका सरहनिय भएको भन्दै अगामी दिनमा अझै सशक्त भएर अवाज विहिनको अवाज उठाउनुपर्ने नेपाल पत्रकार महासघंका केन्द्रिय सचिव रेम बहादुर विश्वकर्माले आग्रह गर्नुभयो ।
विश्वकर्माले लकडाउनको अवधिभरमा नेपाल भरी ३२ भन्दा बढि घटनाहरु भएको जानकारी दिनुभयो । यसका साथै दलित समुदायहरु सम्बन्धी सरकारी मिडियाहरुले समाचारमा त्यत्ति प्राथमिकता नदिएकोले पत्रकार वि.क.को आरोप थियो । उहाले भन्नु भयो महासघंले विज्ञाप्ती जारी गरेर दलित माथि भईरहेको घटनाहरुलाई सत्यतथ्यका साथ बाहिर ल्याउनका लागि सबै संचारकर्मीहरुलाई आग्रह गरिएको छ ।

यस्तै नागरिक समाजका अगुवा भक्त विश्वकर्माले लाकडाउनका समयमा ३३ वटा भन्दा बढि जातिय विभेदको घटना र लैगिकं हिसांहरु बढेको बताउदै नरसंहार , हत्याहरु, कुरुर लगाएत भैरहेकोले अब युवाहरुले यस्ता कार्यलाई तोडिनुपर्ने बताउनु भयो ।
तर जातिय घटनाहरु बढावा दिनेहरुमा सबै भन्दा बढि जनप्रतिनिधि जो जिम्मेवार छन उहाहरुले खासै गम्भिर नभएको विश्वकर्माले आरोप लगाउनु भयो । उहाले भन्नु भयो ..सिगों सांसद , सरकार , सारा पत्रकार जगत लगाएत आफनो दायित्व बोध गर्दै विभेदका विरुद्धमा अवाज उठाउनुपर्ने हुन्छ , नेपालमा भएको घटनाको बारेमा संयुक्त राष्टसघं लगाएतले चासो ब्यक्त गरेकोले नागरिक समाज यस्ता घटनामा अत्यन्त गम्भिर भएको भनाई थियो ।
नेपाल जातिय छुवाछुत सम्बन्धि महासन्धिमा हस्ताक्षर गरेको सदस्य राष्टको हैसियतले रुकुम लगाएत रुपन्देहीको घटनाहरुलाई नेपालको अदालतले नै आजिवन काराबासको सजाय सुनाउनुपर्ने सबोच्च अदालतका अधिवक्ता शैलेन्द्र अम्बेडकले बताउनु भयो ।
अम्बेडकरले नेपालको सविधानले नै कानुनी रुपमा हत्याराहरुलाई आजिवन कारावासको ब्यवस्था गरेको छ यदि नेपालको अदालतले कार्यवन्यन नगरेको खण्डमा अन्र्तराष्टिय अदालत जान सकिने समेत जानकारी दिनुभयो ।
त्यस्तै नेपालमा सबै भन्दा बढि मधेशी दलितहरु पिछाडिएकोले अब सारा दलितहरु एकिकृत भएर आवाज उठाउनुपर्ने बेला आएको दलित समाजिक बिकास केन्द्र कपिलबस्तुका अध्यक्ष रामशरण रैदासले बताउनु भयो ।
उता नेपाल राष्टिय दलित पत्रकार सघंका केन्द्रिय अध्यक्ष विनोद पहाडीले जब सम्म दलित समुदायलाई राज्यले अधिकार सम्पन्न नबनाए सम्म राज्यले आरक्षण दिनुपर्ने बताउनु भयो । पहाडीले अहिलेको घटनामा सबै दलित समुदायका संसादहरुले छुुट्टै संसदीय टिम बनाएर घटनाको छानविन गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा दलित सेवा सघंका निबर्तमान अध्यक्ष चक्रमान विश्वकर्मा , महिला अधिकारकर्मी सोना खटिक लगाएतले दलित समुदायको सवालमा सारा दलित अधिकारर्मीहरु एक हुनुपर्ने बताउनु भएके थियो ।पत्रकार महासघं युरोप शाखाका अध्यक्ष केजिन राईको अध्यक्षतामा भएको अन्र्तक्रिया कार्यक्रममा सचिव पेम्बा गेलु शेर्पाको स्वागत गर्नु भएको थियो भने सहजिकरण शाखाका उपाध्यक्ष राज कुमार दिकपाल , सचिव द्रोण रिजाल ,कार्यसमिति सदस्य पोल्यण्डबाट शेर बहादुर परियार , स्पेनबाट दिपेन्द्र गजुरेल , रवि चन्द्र भट्टराई र दिनेश गौतम लगाएतले सहजिकरण गर्नु भएको थियो ।
सरकार स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका विभिन्न देशका नेपालीहरूलाई ल्याउन सुरु गर्ने “अन्तिम तयारीमा रहेको” अधिकारीहरूले बताएका छन्।
कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वयन समितिको शुक्रवारको बैठकले एउटा कार्ययोजना स्वीकृत गरेपछि अब नेपालीहरूलाई स्वदेश ल्याउने कार्य सुरु हुने उनीहरूको भनाइ छ।
बैठकले नेपाली नागरिकहरूलाई स्वदेश ल्याउने सम्बन्धी कार्ययोजना स्वीकृत गरेको हो।
सोही कार्ययोजना अनुसार आगामी एक सातादेखि १० दिनभित्र विभिन्न देशमा रहेका करिब २५ हजार नेपाली नागरिकलाई नेपाल ल्याइने बताइएको छ।
अदालतको आदेश र संसद्को निर्देशन
यसअघि यही जेठ १२ गतेको मन्त्रिपरिषद् बैठकले “नेपाली नागरिकलाई स्वदेश ल्याउन सहजिकरण गर्नेसम्बन्धी आदेश” जारी गरेको थियो।
उक्त आदेशलाई कार्यान्वयन गर्न शुक्रवार कार्ययोजना स्वीकृत गरिएको अधिकारीहरूले जनाएका छन्।
विदेशमा रहेका नागरिकहरूलाई फर्काउन पहल नगरेको भन्दै सरकारको आलोचना भइरहेका बेला गत वैशाख पहिलो साता सर्वोच्च अदालतले “जोखिममा रहेका नेपाली नागरिकहरूलाई” स्वदेश फर्कने व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको थियो।
त्यस्तै जेठको पहिलो साता संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउन सरकारलाई निर्देशन दिएको थियो।
कार्यान्वयनको चरणमा
विदेशमा रहेका नागरिकलाई स्वदेश ल्याउने निर्णय अब कार्यान्वयनको चरणमा प्रवेश गरेको अधिकारीहरूको भनाइ छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सचिव नारायण बिडारीका अनुसार शुक्रवार कार्ययोजना स्वीकृत भएसँगै अब विदेशमा भएका नेपालीहरूको उद्धार सुरु गरिनेछ।
उनले भने, “नेपाली नागरिकहरूलाई तत्कालै ल्याउन सुरु गर्ने भनेर आदेश जारी भएको हो। अब चाँडै उहाँहरूलाई ल्याउन सुरु गरिहाल्छौँ।”
उनले विदेशबाट ल्याइने नेपालीहरूलाई क्वारन्टीनमा राख्नेबारे प्रदेश र स्थानीय सरकारसँग पनि समन्वय भइरहेको जानकारी दिए।
विदेशबाट नेपाली नागरिकलाई उद्धार गरिने भएपछि उनीहरूलाई कसरी ल्याइन्छ, कहाँ राखिन्छ र के सुविधा दिइन्छ भन्ने चासो धेरैले व्यक्त गरेका छन्।
अधिकारीहरूले बीबीसीलाई दिएको जानकारीका आधारमा विदेशबाट नेपालीलाई ल्याइने प्रक्रिया र उनीहरूले पाउने सुविधाबारे जान्नुपर्ने पाँच कुराहरू:
१. खर्च आफैँले बेहोर्नुपर्ने
अधिकारीहरूका अनुसार विदेशबाट आउन चाहने नेपालीहरूले लागत खर्च आफैँले बेहोर्नुपर्नेछ।
सरकारले हवाई जहाजको व्यवस्था गरिदिए पनि त्यसको टिकट खर्च स्वदेश फर्कन चाहनेले स्वयम् तिर्नुपर्नेछ।
त्यस्तै नेपालमा आएर होटलमा क्वारन्टीन बस्न चाहनेले होटलको खर्च पनि आफैँले बेहोर्नुपर्ने सचिव बिडारीले बताए।
त्यस्तै होटलमा बस्न नचाहनेले स्थानीय तहले बनाएको क्वारन्टीनसम्म पुग्नका लागि व्यवस्थापन गरिएको आन्तरिक यातायातको खर्च तिर्नुपर्नेछ।
विदेशस्थित नेपाली नियोगमा स्वदेश फर्कनका लागि दिइने आवेदनमा नै नेपालीहरूलाई यी सर्तहरू पालन गर्ने प्रतिबद्धता जनाउन लगाइनेछ।
२. बेखर्चीलाई सुरक्षाकर्मी सरह खाना खर्च
विदेशमा खर्च नभएर अलपत्र परेका तथा आममाफी पाएर आएका कामदारहरूलाई भने सरकारले खाना सुविधा दिने भएको छ।
कुवेतलगायतका खाडी मुलुकहरूले आममाफी पाएका कामदारहरूलाई आफैँले नेपालसम्म ल्याइदिने जानकारी दिइसकेका छन्।
त्यस्ता व्यक्तिहरूसँग खर्च नभएको अवस्थामा उनीहरूलाई स्थानीय तहहरूले बनाएका क्वारन्टीनमा राखिनेछ।
त्यसरी क्वारन्टीनमा बस्दा उनीहरूले दैनिक सुरक्षाकर्मीले पाउने सरहको खाना खर्च पाउने छन्।
हाल सुरक्षाकर्मीले दैनिक १७५ रुपैयाँ यस्तो खर्च पाउने गरेका छन्। यो दुर्गममा ढुवानी खर्चका आधारमा केही बढी पनि रहेको छ।
दुर्गम क्षेत्रका नेपालीका हकमा सोही अनुसार सुविधा दिइने बताइएको छ।
यो रकम सिधै पालिकाहरूलाई उपलब्ध गराइने र त्यसले खाना खर्च नपुग्ने अवस्था आएमा पालिकाहरूले आफ्नो कोषबाट रकम थप्नुपर्ने व्यवस्था गरिएको छ।
३. विमानस्थल र नाकामै सिमकार्ड
हवाई मार्गबाट आउनेलाई विमानस्थलमा र स्थलमार्गबाट आउनेका लागि नाकामै नि:शुल्क सिमकार्ड उपलब्ध गराइने बिडारीले जानकारी दिए।
नेपाली सिमकार्ड नभएकाहरूलाई घरपरिवारसँग सम्पर्क गर्न सहज होस् भन्नका लागि यस्तो व्यवस्था गर्न लागिएको हो।
कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वयन समितिको शुक्रवारको बैठकले भारतबाट नेपाल आउनेका लागि विभिन्न २० वटा नाकाबाट नेपाल प्रवेश गराउने निर्णय गरेको छ।
सोही निर्णय अनुसार भारतबाट आउनेहरूले पनि ती २० नाकाबाट प्रवेश गरेपछि सुरुमा ‘होल्डिङ सेन्टर’मा जानुपर्नेछ।
त्यहाँ उनीहरूलाई सिमकार्ड दिइने छ र स्थानीय तहले व्यवस्था गरेको क्वारन्टीनमा पठाइनेछ।
यो पनि पढ्नुहोस् : झापालीहरुले ५ लाखको कोरोना टेष्ट किट दिने
४. उद्धारमा खटिने जहाज
नेपालीहरूको उद्धारका लागि नेपाल वायु सेवा निगमका जहाजलाई खटाइनेछ।
सरकारले दैनिक २५ सय देखि तीन हजार जति नेपालीलाई स्वदेश फर्काउने लक्ष्य राखेको बताइएको छ।
त्यसका लागि नेपाल वायु सेवा निगमको उडान मात्र पर्याप्त नहुने भएकाले स्वदेशी जहाजहरू पनि प्रयोग गरिने अधिकारीहरूको भनाइ छ।
त्यसले पनि अपर्याप्त भए मात्र विदेशी जहाजहरू प्रयोग गरिनेछ।
नेपाल वायु सेवा निगमका अधिकारीहरूका अनुसार हाल निगमसँग खाडी मुलुकसम्म पुगेर यात्रुहरू ल्याउने अवस्थामा चारवटा जहाजहरू रहेका छन्।
ती सबै जहाज उडान गर्दा एकपटकमा ८ सय ६४ जना यात्र ल्याउन सकिन्छ।
निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार खाडी मुलुकमै पनि निगमले २४ घण्टामा दुई पटक उडान गर्नसक्छ।
त्यसका आधारमा २४ घण्टामा १७ सयभन्दा बढी यात्रु ल्याउन सक्छ।
तर सरकारी लक्ष्य एक दिनमा तीन हजारसम्म ल्याउने भएकाले निजी जहाजमार्फत् पनि उद्धार गर्नुपर्ने अधिकारीहरूले जानकारी दिए।
५. पहिलो प्राथमिकतामा गर्भवती, सुत्केरी र आममाफी पाएकाहरू
सरकारले विदेशबाट आउन चाहनेहरूलाई प्राथमिकता अनुसार ल्याउने जनाइसकेको छ।
कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारसम्बन्धी उच्चस्तरीय समन्वयन समितिको प्राथमिकताका आधारमा नागरिकहरूको वर्गिकरण गरिसकेको बिडारीले जानकारी दिए।
सरकारले पहिलो प्राथमिकता खाडी मुलुकहरूमा आममाफी पाएका कामदारहरू, गर्भवती र सुत्केरी महिलालाई राखेको छ।
कुवेतमा मात्रै आममाफी पाएका करिब तीन हजार नेपालीहरू रहेका छन्।
उनीहरूलाई कुवेतले आफ्नै खर्चमा नेपाल ल्याइदिने प्रस्ताव गरिसकेको छ।
त्यसपछि दोस्रो प्राथमिकतामा भने अलपत्र परेका विद्यार्थी र कामदारहरूलाई राखिएको बताइएको छ।
विदेशमा रहेका कैयौँ कामदारहरूले रोजगारी गुमाएर अलपत्र परेका छन् भने कैयौँ विद्यार्थीहरू पनि बेखर्ची बनेका छन्।
तर यस्ता व्यक्तिहरूको यकिन सङ्ख्या भने अहिले नै भन्न नसकिने अधिकारीहरूको भनाइ छ।
समाचार श्रोत : बिबिसी नेपाली
यो पनि पढ्नुहोस् : कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु
साइप्रस-नेपाल/२९ मे
युरोप ,साईप्रस
नेपालमा भैरहेको जातिय विभेदको विरुद्धमा आज युरोपीयन देश साईप्रसमा विरोध स्वरुप द्धिप प्रवजलन गर्नुका साथै मृतकहरु प्रति श्रन्द्धन्जली सभा गरिएको छ । केहि दिन पहिला पश्चिम रुक्मको चौरजहारी नगरपालिका ८ सोतीमा जातिय विभेदलाई लिएर ज्यानै जानेगरि भएको घटना सुनेपछि प्रवासमा रहेका सबै नेपालीहरु दुख ब्यक्त गर्दै दोषीहरु माथि कडा कारवाही गर्न माग गरिएको छ ।
साईप्रसमा रहेका पत्रकार दिनेश गौतम एवमं समाजसेबी मिन बगदासको नेतृत्वमा यहा रहेका धेरै नेपालीहरुले सहनुभुति प्रकट गर्दै यस्तो अपराधिक घटना दोहोरीन नदिनका लागि नेपाल सरकार गम्भिर बन्नु पर्ने सहभागिहरुले माग गरेका छन् ।

सभामा अगुवा मिन बगदासले देशमा संघीय लोकतान्त्रिक गणतान्त्रिक ब्यवस्था स्थापित भई जातिय विभेद र छुवाछुत अन्त्य गर्ने घोषणा भईसकेको अवस्थामा यस्ता घटना मानव अधिकार विरुद्धको जघन्य अपराध भएको भन्दै मानव सभ्यतालाई नै कलंकित बनाउने र कानुनी शासनको धज्जी उडाउनुका साथै नेपाली समाज कुन दिशा तर्फ जादै छ भन्ने प्रश्न समेत गरेका थिए । बगदासले २१ औ शताब्दीमा पनि जातकै आधारमा यस्तो कुरिति गर्नु भनेको सारा संसारमा रहेका नेपालीहरुको बेईज्जत भएको भन्दै आक्रोस पोखेका थिए ।
रुकुम र रुपन्देहीमा भएको घटनाले कानुनी राज्यको उपहास भएको र मानवले मानवताको धर्मलाई विर्सेको भन्दै हत्यामा संलग्न सबै जनालाई कडा कारवाही गरिनुपर्ने गैरआवासीय नेपाली सघं साईप्रसका महासचिव कृप थापाले माग गर्नु भयो ।
थापाले आफुहरु प्रवासमा भएपनि नेपालमा यस्तो जातकै आधारमा हत्या वा कुटपिट , छुवाछुतको घटनाले आफु लगाएत सारा साईप्रसबासी अत्यन्तै दुखि भएको भन्दै घटनाको सत्य तथ्य छानविन गर्न नेपाल सरकार लगायत अधिकारकर्मीहरुलाई आग्रह समेत गर्नु भयो ।
राजधानी निकोसियामा भएको सभामा जातिय विभेद कहिले सम्म ? जातिय छुवाछुत दण्डनीय अपराध हो , बलत्कारीलाई कडा कारवाही होस , पिडितलाई न्याय देऊ जस्ता प्लेकार्ड सहित प्रवासी नेपालीहरुले सहभागिता जनाएका थिए ।
यस्तै आफुहरुको रातै रगत भएकोले जात पातमा किन विभेद गर्ने ? मधेशी पहाडी किन भन्ने ? हामी सबै नेपाली भएकोले एक भएर यस्ता कुरितिका विरुद्धमा लाग्नुपर्ने विद्यार्थी आनन्द मण्डलले बताए । यस्तो संसार कोरोना भाईरसबाट संघर्ष गरिरहेको अवस्थामा नेपालमा जातकै आधारमा माया प्रेम गर्न नदिनु भनेको मानव अधिकारको घोर उलंघन भएको मण्डलले बताए ।

नेपाल पत्रकार महासघं युरोप शाखाका सदस्य दिनेश गौतम तथा मिन बगदासको संयुक्त प्रयासमा भएको कार्यक्रममा गैरआवासीय नेपाली सघं साईप्रसका प्रम्ख संरक्षक एवमं सल्लाहार सुबास मल्ल , विद्यार्थीहरु आकाश चौधरी , नरेश शाह , एन.आर.एनंए साईप्रसका युवा संयोजक कुन्दन कार्की लगाएतले सहभागिता जनाएर श्रद्धाञ्जली अपर्ण गर्नुभएको थियो ।
उता पत्रकार गौतमकै आग्रहमा साईप्रसको लिमासोल , आयानापा , पाफोस लगाएतका सहरहरुमा रहेका विभिन्न घरेलु कामदार लगाएत नेपालीहरुले लकडाउनका विच घरमै बसेर मैन बत्ति बाली यस्तो घटनाको संकेतिक रुपमा विरोध जनाएका छन ।
यस्तै युरोपियन देश ग्रिस , रोमानिया , बुल्गारियाको सोफिया र ईटाली तथा ईजरायलमा रहेको रुपन्देही समाजका प्रतिनिधिहरुले समेत घटनाको विरोध गर्दै द्धिप प्रज्वलन गरेका छन । साईप्रसमा गरिएको श्रद्धाञ्जली सभा एवमं विरोध कार्यक्रमलाई सहयोग साथ, एवमं विभेदका विरुद्धमा बोल्ने अभियन्ताहरुलाई विशेष धन्यबाद समेत गौतमले दिनु भएको छ ।
विनोद परियार
रुपन्देही
रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा नं ८ सोतिमा गत शनिवार दुई जनाको ज्यान जानेगरी,चार जना वेपत्ता हुनेगरी र करिब १३ जना हताहत हुनेगरी भएको घटनाले चमार कल्याण समाज नेपाल ध्यानाकर्षण भएको जनाएको छ ।
समाजका बरिष्ठ उपाध्यक्ष अमिरी मोची चमारले २१ औ शताब्दीमा यसरी दलित समुदायहरु माथि दमन हुनु भनेको नेपालमा मानवता हराएको ठहर गर्दै दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्नु भएको छ ।
चार दिनअघि रुकुम पश्चिमको चौरजहारी नगरपालिका आठ सोतीमा भएको आक्रमणमा परी मृत्यु भएका तीन जना युवाको शव फेला परेको छ । तीन जना अझै वेपत्ता छन् । प्रहरीले घटनाको एकदिनपछि नवराज विक र टीकाराम सुनारको शव भेटाएको थियो ।
हिजो साँझ गणेश बुढाको शव भेरी नदीको किनारमा फेला पारेको हो । अझै सञ्जु विक, गोविन्द शाही र लोकेन्द्र सुनार वेपत्ता छन् । प्रहरीका अनुसार जाजरकोटबाट गएका १९ जनामध्ये बाँकी १२ जना आक्रमणमा परी घाइते भएका छन् ।
मृतकहरूको शव जिल्ला अस्पताल जाजरकोटमा राखिएको छ भने गम्भीर घाइतेको उपचार भइरहेको छ । रुकुम पश्चिमको चौरजहारीकी १७ वर्षीया मल्ल थरकी युवती र जाजरकोटको भेरी नगरपालिका ४ का २१ वर्षीय नवराज गएको तीन वर्षदेखि प्रेममा थिए ।
केटी लिन भनेर साथीहरु सहित नवराज शनिवार गाँउमा गएपछि करिव डेढ सय गाँउलेहरुले घेरेर उनीहरुमाथि आक्रमण गरेका हुन् । आक्रमणबाट जोगिन भेरीमा हाम फालेकामध्ये तीनजनाको मृत्यु भएको र तीन बेपत्ता भएका हुन् ।

उता गत बुधवार नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीका जिल्ला नेता सन्जय गुप्ताले दलित समुदायलाई आत्मसम्मानमा आच आउने गरि समाजिक अभिब्यक्ति दिएर सारा दलित समुदायलाई अपमानित गरेका छन ।
भने नेपाल सरकारका पुर्ब सचिव भिम उपाध्ययले नेपालकै सबै भन्दा पछाडि परेको समुदाय डोमलाई होच्याउने गरि अभिब्यक्ति दिएका छन । उता सिरहा जिल्लामा दलित समुदायकी एक महिलालाई सत्ताधारी ने.क.पा. युवासघंका नेताको भन्जाले जबरजस्ती करणी गर्न खोज्दा प्रतिकार गरेपछि सबै कपडा खोलेर कुटपिट गरेका छन ।
भने रुपन्देही जिल्लामा समाजकै रोहबरमा गैर दलित युवासगं प्रेम विवाह गरेको केही घण्टामै दलित युवतिको हत्या भएको छ । यसरी एक हप्ता भित्र दलित समुदाय माथि भएको अन्यायका विरुद्धमा दलित अधिकारकर्मी तथा मानव अधिकारकर्मीहरुले विरोध गरिरहेका छन ।
मानवअधिकारकर्मी लगायत संघसंस्था र पीडित पक्षले घटनालाई जातीय विभेदका कारण भएको भनेका भन्दै दोषिलाई कडाभन्दा कडा कारवाही गर्न माग गरेका छन् । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
दिनेश गौतम
युरोयिन देश साईप्रसमा रहेका मुस्लिम समुदायका युवाहरुले आज रामजानको अन्तिम दिन ईद भब्यताका साथ मनाएका छन । साईप्रस देशमा नेपाली मुस्लिम समुदायहरुको संख्या अत्यन्त न्युन रहे पनि यहा रहेका अन्य समुदायहरुलाई समाबेश गरि ईद मनाएका हुन ।
आईतवार साईप्रस नेपाल.कमले गरेको रमजान विशेष कार्यक्रममा यहा रहेका नेपाली मुस्लिम युवाहरुले रमजान मनाएका हुन । नेपालको रौतहट घर भएका अरसद खानले लकडाउनको समयमा रमजानको बर्त बस्न धेरै गाह्रो भए पनि सबै मानव लगाएत अल्लाहको अर्सिबादले राम्रोसगं सफल पारेकोमा खुसि ब्यक्त गर्दै आफूलाई सहयोग गर्ने गैर मुस्लिम समुदायका नेपालीहरु सार्थीहरुलाई बिशेष धन्यबाद दिएका छन ।

उहाले गत बर्षको तुलनामा यस बर्ष राम्रो सगं रमजान मनाउन नपाएपनि यहा रहेका अन्य नेपाली समुदाय लगाएत अग्रजहरुले हौसला दिएर भएपनि रोजाको बर्त सफल भएको बताए । उता धनुषा घर भई हाल साईप्रसमा विद्यार्थी भिषामा आएका साहिल अख्तारले यस बर्षको ईद त्यत्ति राम्रो नभएको बताए ।
अख्तरले गत बर्ष नया लुगा कपडा किनेको यस बर्ष लकडाउनले गर्दा पैसा पनि नभएको , कोठा भाडाको समेत पैसा नभएकोले यो रमजान अलि तनावपुर्णमै वितेको दुख सुनाए । उता रौतहटकै साउद्दिनले यस पालीकोृ रमजानको समयमा आफनो आमाबुवाहरुको याद धेरै आईरहेको बताए ।
साउद्दिनले यस्तो पर्बमा आफुहरुसगं काम पनि भएको पैसा पनि नभएकोले धेरै कष्टकरले रमजान पर्ब मनाएको बताए । यसका साथै यहा रहेका नेपाली समुदायका साथी भाईहरुले आफुहरुको मनोबाल बढाउन सहयोग गरेकोले रमजान पर्बका दिन धेरै खुसियाली पर्बक मनाएको साउद्दिनको भनाई थियो ।
यस्तै दुई बर्ष पहिला साईप्रस आएका रौतहतका फिरोज अहमदले रमजान आफुहरुको पवित्र महिनाको रुपमा भएको र यस लकडाउनले खानाको विषयमा दुख भए खुसि भएर मनाएको बताए ।