
दिनेश गौतम
युरोप, साईप्रस
नेपालमा ताकाधारी र मतवाली समुह गरि सारा नेपालीहरुलाई विभाजन गरिएको भन्दै आन्तरिक राष्टियता बलियो नबनाए सम्म मुलुकको राष्टियता सधै कमजोर हुने नेपाली कागं्रेसका केन्द्रिय सदस्य धनराज गुरुगंले बताउनु भएको छ । नेपालका राजनितिक दलहरु आफनै देशका नागरिकहरुलाई फुटाएर राष्टियता कमजोर पारेको भन्दै सबै नेपालीहरुलाई एकिकृत गर्नका लागि नेपाली कांग्रेसका सबै तहका कार्यकर्ता लाग्नुपर्नेमा नेता ग्ुरुगंको जोड थियो ।
नेपाली जनसम्पर्क समिति साईप्रसले आयोजना गरेको कबिता प्रतियोगिताको अनलाईन कार्यक्रममा नेता गुरुगंले पहाडका जनताहरुलाई दुख्दा मधेशका जनताहरुले साथ दिए र मधेशमा बाढी जादा पहाडका जनताहरुले साथ दिए झै कुनै समुदाय वा जातलाई विभेद गर्न नहुने तर्क समेत राख्नु भएको थियो । जनसम्पर्क समिति साईप्रसकी सभापति सिता अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व सांसद समेत रहेका नेता गुरुगंले नेपालका केही नेताहरुको स्वार्थ पुर्तिका लागि आफनै देशका नागरिकहरुलाई देशद्रोही आखाले हेरेर जनता भाडकाउने कार्य प्रति सबै नेपाली समुदाय सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो ।
यस्तै नेपाली कांग्रेसकी केन्द्रिय सदस्य एवमं नेपाल महिला सघंकी केन्द्रिय अध्यक्ष डा. डिला संग्रौलाले विदेशमा रहेका नेपालीहरुलाई स्वदेश फर्काउनका लागि रुनुपर्ने स्थिति रहेको भन्दै नेपाल सरकारको नेतृत्व गरिरहेको नेताहरुले खोक्रो राष्टबादको नारा दिएर जनता गुम्राहमा पारेको बताउनु भएको छ । नेपाल सरकारले प्रवासी नेपालीहरुको रेमिटान्सलाई मात्रै स्वीकार्ने तर दुख पाईरहेका प्रवासी नेपालीहरुलाई उद्दार गर्न ध्यान नदिनु भनेको अत्यन्त खेदजनक कार्य भएको नेता संग्रौलाको भनाई थियो ।

जनसम्पर्क समिति साईप्रसका महामन्त्रि कुमार सिहंको संचालनमा भएको कविता प्रतियोगितामा साईप्रसकी विष्णु काफ्ले प्रथम , द्धितिय अम्बिका थापा र तारा पौडेल , तृतिय बिधिता भारती र चौथो सुमित्रा पाठक भएकी भएकी थिईन ।
जससकी उप सभापति कर्चुगं ह्याल्मोको स्वागतमा भएको कार्यक्रममा गैरआवासीय नेपाली सघं साईप्रसका प्रवक्ता एवमं नेपाल पत्रकार महासघं युरोप शाखाका कार्यसमिति सदस्य दिनेश गौतम , नेपाल महिला सघंकी केन्द्रिय उपाध्यक्ष सरस्वती तिवारी , तमु समाज साईप्रसकी अध्यक्ष धना गुरुगं , नेपाली जनसम्पर्क समिति कतारका महामन्त्रि अजिज अलि , पत्रकार महासघं बेल्जीयमका संयोजक ओम शर्मा , जनसम्पर्क समिति फ्रान्सका सभापति सुधिर राना , नेपाली जनसम्पर्क समिति दुबईका पुर्ब सभापति खेमराज बस्नेत ,जसस स्पेनका पुर्व सभापति चिन्तामनि सापकोटा , नेपाली काग्रेंस सुचना तथा संचार विभागका सदस्य गंगाधर गौतम , डा. नबिन बन्धु , नेपाली जनसम्पर्क समिति साईप्रसकी उपसभापित पुष्पा मिश्र लगाएतले आ आफनो धारण राख्नु भएको थियो ।
युरोप , साईप्रस , विश्वब्यापी महामरी कोरोना भाईरसबाट बांच्नका लागि सबै समुदाय चनाखो हुनुपर्ने साईप्रसबासीहरुले जोड दिएका छन । केही दिन पहिला साईप्रस सरकारले कोरोना भाईरस नियन्त्रणका लागि बनाएको थप नियमहरुलाई अवलम्बन गर्दै सारा नेपालीहरु राज्यको नियम कार्यवन्यन गर्दै अरु साथी भाईहरुलाई समेत सचेत गराउनुपर्नेमा उनिहरुले जोडदिएका छन ।

शनिवार साईप्रस नेपाल डटकमको अयोजना , गैरअवासीय नेपाली सघं साईप्रसको समन्वयमा भएको दिपावली शुभकामना आदानप्रदान कार्यक्रममा साईप्रसका विभिन्न समाजिक सघंसस्था एवमं समाजिक अभियान्ताहरुले सो कुरा बताएका हुन । पत्रकार महासघं युरोप शाखाका कार्यसमिति सदस्य एवमं साईप्रस नेपाल डटकमका सह सम्पादक दिनेश गौतमको संचालनमा भएको कार्यक्रममा साईप्रसको विभिन्न सहरहरुमा केही नेपाली समुदायहरुलाई कोरोना भाईरस लागेको र उहांहरु अहिले आईसोलेसनमा भएको आफुलाई थाहा भएको बताउदै सबै नेपाली समुदायहरु एकआपसमा समाजिक दुरि कायम गरिनुपर्ने समाजिक अभियान्ता धतानन्द पाण्डेले बताउनु भएको छ ।
अभियान्ता पाण्डेले साईप्रसकै निकोसिया सहरमा नेपाली समुदायहरुको उच्च बसोबास रहेको र भोली आईतवार नेपालीहरुको जमघट हुने भएकोले सबैले आपसी समाजिक दुरी बनाउनु पर्ने वा घरमै बसेर आफनो र आफनो साथीहरुको सुरक्षा गर्नुे पर्ने बताए । उता फापोस सहरमा सरकारले लकडाउन गरेकोले यहा रहेका नेपाली समुदायहरु सुरक्षित भएको महसुस गरेको तमु समाज साईप्रसकी अध्यक्ष धना गुरुगंले बताउनु भयो ।

अध्यक्ष गुरुगंले कोभिडले गर्दा यसपालि घरैबाट तिहारको शुभकामना लिनदिनका लागि सबै नेपाली समुदायहरुलाई अनुरोध गरेकी हुन । यस्तै कोभिडले गर्दा साईप्रसमा रहेका विद्यार्थीहरु सबै भन्दा बढि समास्यामा परेको र कोरोना भाईरसको सिकार पनि नेपाली विद्यार्थीहरु हुने भएकाले सबै विद्यार्थीहरु सचेत हुनुपर्ने किरात याक्थुङ चुम्लुङ साइप्रसका सदस्य डिबि सन्वा लिम्बुले आग्रह गर्नु भयो ।

दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा शेर्पा किदुक साईप्रसकी नवनिर्वाचित अध्यक्ष निमदिकी शेर्पा , नेपाल तामाङ घेदुङ साईप्रसकी अध्यक्ष लक्ष्मी ब्लोन तामाङ , सुनी तामाङ , नेपाली जनसम्पर्क समिति साईप्रसकी सभापति सिता अर्याल , सहमहामन्त्रि ईन्दिरा खडका उप्रेति , राप्रपा प्रवासी नेपाली एकता समाज साईप्रसका प्रमुख त्रिविक्रम सिहंलगाएतले आ आफनो धारण राख्नु भएको थियो । कार्यक्रममो प्राविधिक रुपमा बेभ डेभलपर दिपक पालले सहयोग गरेका थिए ।
शेरबहादुर परियार,पोल्याण्ड/ नेपाल पत्रकार महासंघ यूरोप शाखाले सदा बर्ष झैं यो बर्ष पनि शुभदिपावलि,म्ह पूजा र छठ पर्वको भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। महासंघको ३५औं श्रृङ्खला स्वरुप यूरोपमा क्रियाशिल पत्रकार तथा सामाजिक अभियान्ताहरुको उपश्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेल थिए। शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघका केन्द्रिय सचिव लक्ष्मी पुनले “हामी पत्रकारहरु अहिले कोभिडको कारणले जागिरबाट निकालिएको,बेतलबी विदामा बस्नु परेको,पाउनु पर्ने नियमित तलब नपाएको जस्ता पेशागत असुरक्षा हुँदाहुदै पनि अग्रपंक्तिमा रहि काम गरिरहेका छौं।
विश्व भरि छरिएर रहेका सबै पत्रकारहरुलाई उच्च मनोबलका साथ काम गर्न र सत्यतथ्य,तटस्थ, खबरदारी तथा जवाफदेहिता सहितको पत्रकारिताको लागि लाग्न ,शुभदिपावलि लगायतका सबै पर्वहरुले हौसला प्रदान गरोस्” भन्ने शुभकामना दिइन् ।सचिव पुनले युरोपमा कोभिडको दोस्रो चरण आएको भन्ने छ त्यसैले सबैले सुरक्षाका मापदण्डहरु पुरा गरी चाडपर्वहरु मनाउन समेत आग्रह गरिन्।
शुभकामना आदनप्रदान कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य मिरा राजभण्डारी,जापान अध्यक्ष मोहन घले,महासंघ कास्की जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठ, पोल्याण्डका लागि नेपाली पर्यटन दूत डाक्टर उदय देव आचार्य, एनआरएनए अभियन्ता तथा आइसिसी सदस्य रामशरण सिम्खडा,जनसम्पर्क समिति,यूरोप महामन्त्री गंगाधर गौतम, प्रवासी नेपाली एकता मञ्च पोल्याण्डका अध्यक्ष टंक कटुवाल,पोर्चुगलका महासचिव हेमराज सुवेदी,प्रेस युनियन युके अध्यक्ष विपीन निरौला, जनजाती महासंघ बेल्जियम अध्यक्ष बाबुराजा लामा,एनआरएनए नेदरल्यान्डस्का संस्थापक अध्यक्ष शशि पौडेल, अष्ट्रिया अध्यक्ष बिनोद चौंलागाई,बेल्जियम महासचिव तिर्थराज धमला,टर्की महासचिव डाक्टर बिनोद पौडेल,लक्जेम्बर्ग प्रवक्ता बालहरी राई, एनआरएनए मिडिया टास्क फोर्सका संयोजक चिरन शर्मा,पानी अभियान्ता मित्रलाल पार्दे लगायतले शुभकामना दिएका थिए ।
मनोरञ्जनात्मक रुपमा देउसीभैलो खेलिएको कार्यक्रम महासंघ युरोप शाखाका अध्यक्ष केजीन राईको अध्यक्षता तथा कार्यवाहक महासचिव दोर्ण रिजाल र सदस्य राजकुमार थापाद्वयको सञ्चालनमा भएको थियो । कार्यक्रममा प्रेम परियार(नर्वे), रबिचन्द्र भट्टराई (अष्ट्रिया), शेरबहादुरपरियार(पोल्याण्ड),कलश खरेल(पोर्चुगल),बाबा राजेश्वरी थापा(अष्ट्रिया),दिनेश गौतम(साइप्रस),दिपक धिताल(जर्मनी), भगवान गिरी(रासस प्रतिनिधि)लगायत विभिन्न देशका पत्रकारहरुको सहभागिता रहेको थियो।
१३ नोभेम्बर २०२० / लिमासोल
पछिल्लो २४ घन्टामा
समिम मियाँ
११ नोभेम्बर २०२० / लिमासोल
साइप्रस सरकारले लिमासोल र पापोस जिल्लालाइ क्वारेन्टाइन गर्ने निर्णय गरेको छ। बिहिबार देखि लागु हुने गरि अब लिमासोल देखि पापोस वा पापोस लिमासोल यात्रा गर्न प्रतिबन्ध गरिएको छ। अक्टोबर २८ दखि आज सम्म करिब ७०% कोरोनाका बिरामी लिमासोल र पापोसबाट भेटिएका कारण यी दुइ जिल्लालाई १८ दिनका लागि क्वारेन्टाइन गरिने भएको हो। यसका साथै सरकारले यी दुइ शहरका लागि विभिन्न कठोर नियम पनि घोषणा गरेको छ। नियम अनुसार बेलुका ८ बजे देखि बिहान ५ बजे सम्म कर्फ्यु लागु हुने छ।
पापोस र लिमासोलमा नोभेम्बर १२ देखि नोभेम्बर ३० तारिख सम्म यी नियम लागू रहने छन् ।
एयर्पोट देखि लिमासोल/ पापोस र लिमासोल/पापोस देखि एअरपोर्ट जाने आउने यात्रुका लागि भने प्रमाण देखाइ कर्फ्युको समयमा पनि यात्रा गर्न सक्नेछन् ।
सार्वजनिक स्थलमा प्रतिबन्ध गरिएको छ । सार्वजनिक स्थान भन्नाले पार्क,स्क्वायर, ड्याम, पिनकिन एरिया, मरिना तथा समुन्द्री तट हरु पर्दछन् । त्यस्तै यी एरियामा खेल सम्बन्धित कृयाकलाप छन् भने २ जना भन्दा बढी जान मनाही गरिएको छ। तर चिनेजानेका साथीभाइका घरमा बढीमा १० जना भेला हुन भने पाइनेछ । त्यस्तै, चर्च लगायतका धार्मिक स्थानहरुमा मा भक्तजन बिना सन्चालन गर्न सकिनेछ भने बिवाह, भोज वा अन्तिम सस्कार मा १० जना मात्र सहभागी हुन सकिने छ।
बिवाह लगायतका अन्य कार्यक्रममा खाना वा डिनर आयोजना गर्न मनाही गरिएको छ यदपी घर मा गरिएको भोजमा भने बढिमा १० जना मात्र सहभागी हुन पाइने छ।
किन्डरगार्डनहरु भने दैनिक झै सन्चालन हुनेछन् भने प्राइभेट र सरकारी उच्च शैक्षिक संस्थाहरु आगामी १६ तारिख बाट अनलाइन बाट मात्र सन्चलान हुने छन् ।
सरकारी, अर्ध सरकारी र स्थानीय प्रशासनले अत्यावश्यक सेवा वा इमर्जेन्सी मा मात्र सेवा दिने छन् । दैनिक आवस्यक पर्ने सेवाका सम्बन्धमा भने आवश्यक प्रोटोकोल पालना गरि सधै जस्तै सेवा सन्चालनमा रहनेछन् । दैनिक आवश्यक सेवा भनेको बिजुली , पानी, ईन्टरनेट, टेलिफोन लगायतका सेवा हरु हुन् । यस्ता सेवा प्रदायकमा काम नगर्नेहरु ले भने “वर्क फ्रम होम” गर्न सक्नेछन् ।
घोषणा अनुसार, रेस्टुरेन्ट, क्याफे, पिज्जारिया, पब, खाजाघर, बार, क्यान्टिन भित्रका भएका, स्पोर्ट्स क्लब, कल्चरल क्लब, वा अन्य क्लब भित्र भएका रेस्टुरेन्ट ले “होम डेलिभरी वा टेक अवे ” मात्र सन्चालन गर्न पाउने छन । तर कर्फ्यु लागू भए पछि भने होम डेलिभरी सेवा मात्र चालू रहनेछन्।
होटल भित्र वा पर्यटन आवास भित्र रहेका “डाइनिङ एरिया” राती १०:३० बजे सम्म मात्र खुल्ला राख्न सकिने बताइएको छ ।
चलचित्र हल, भित्री वा खुल्ला थियटर वा एम्पिठियटर को सबै कार्य स्थगित गरिएको छ । त्यस्तै, मार्केट हरु पनि 50% ग्राहकलाई मात्र प्रवेश गराइ सन्चालन गर्न पाउनेछन् यद्यपि प्रोटोकोल भने अनिवार्य मान्नु पर्नेछ ।
सार्वजनिक सवारीसाधनले पनि ५0% यात्रु मात्र राखेर सन्चालन हुन सक्नेछन्
व्युटी सेन्टर र टाटु सेन्टर , कपाल काट्ने पसल, जिम , ड्राइभिङ स्कुल, बेटिङ सप र क्यासिनो र स्विमिङ पुल को सबै कार्य स्थगन गरिएको छ। १८ वर्ष भन्दा कम का लागि आयोजना ह्ह्ने खेलकुद र ट्रैनिङ सम्वन्धीत सबै क्रियाकलाप पनि स्थगित गरिएको छ।
आज १६५ जनामा कोरोना संक्रमण भएको छ भने ४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको। पछिल्लो दुइ दिन मा कोरोनाका कारण ७ जनाको मृत्यु भैसकेको छ। हाल सम्म कोरोना ६४६१ जना कोरोना संक्रमित भै सकेका छन् भने अस्पतालामा करिब ९० जना अस्पतालामा भर्ना भएका छन्। एचडियु , आइ सु यु र भेन्टिलेटर मा पनि बिरामी भर्ना भएका छन्। पछिल्लो २४ घन्टामा ३,२९१ परिक्षण गरिएको थियो।

युरोप , साईप्रस , सुरक्षित अप्रवासन सस्थाको सहयोगमा आज बुधवार २५ जना नेपालीहरु स्वदेश फर्केका छन । कोरोना भाइृरसको महामारीले गर्दा साईप्रसमा रहेका नेपालीहरु अत्ति नै प्रभावित भएपछि यहा रहेका विभिन्न समाजिक अगुवा एवमं सघंसस्थाहरुको आग्रह तथा प्रभावितहरुको प्रत्यक्ष सहभागितामा आईएमओ साईप्रसले निशुल्क रुपमा नेपाल फर्काएको हो ।
साईप्रसमा खास गरि नेपाली विद्यार्थीहरु कोरोना पश्चाप्त लकडाउन , साईप्रसमा कामको समास्यासगै कलेज शुल्क तिर्न नक्ने भएपछि उनिहरु स्वदेश फर्किएका हुन । आईएमओ साईप्रसकी प्रतिनिधि नताशाका अनुसार बुधवार दिउसो एक बजे साईप्रसबाट क्यु आर २६६ नम्बरको जहाजले कतार हुदै विहिवार विहान १० बजे नेपालको काठमाडौमा २५ जना नेपालीहरु अवतरण गर्ने जानकारी दिएकी छिन ।
उहाका अनुसार यस अघि पनि लगभग ६३ जना नेपालीहरुलाई निशुल्क मै नेपाल फर्काईएको र अगामी दिनहरुमा पनि नेपाली समुदायहरुलाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएकी छिन । यता दुखमा परेको समयमा साईप्रसको आईएमओले नेपाली विद्यार्थी एवमं पिडित नेपालीहरुलाई निशुल्क रुपमा स्वदेश फर्काएकोमा साईप्रसमा रहेका विभिन्न समाजिक सघंसस्थाहरुले विशेष धन्यबाद दिएका छन ।
बुधवार आईएमओका कर्मचारीहरु विमानस्थलमै गएर नेपालीहरुको हाथमा टिकट लगाएतका सम्पुर्ण कागजपत्र हस्तान्तरण गरेकोमा गैरअवासीय नेपाली सघं साईप्रसका प्रवक्ता दिनेश गौतमले धन्यबाद दिएका थिए ।
एनआरएनए साईप्रसका प्रवक्ता गौतमका अनुसार बुधवार स्वदेश फर्किएकाहरु मध्ये प्रायः विद्यार्थीहरु रहेको जानकारी दिएका छन । गौतमका अनुसार आफुहरु साईप्रसमा रहेका विभिन्न समाजिक सघंस्था एवमं आईएमओ साईप्रससगं गैरआवसीय नेपाली सघंले सहकार्य गरेर नेपाली समुदायहरुलाई स्वदेश फर्काउनमा सहयोग गरिरहेको बताए ।
समिम मियाँ
१० नोभेम्बर २०२०/ लिमासोल
साइप्रसमा पछिल्लो २४ घन्टामा कोरोनाका १९८ बिरामी फेला छन्। मंगलबार साँझ स्वास्थ्य मन्त्रालयले दिएको जानकारीमा ४१४३ नमुना परिक्षणमा १९८ मा संक्रमण पुष्टी भएको हो। संक्रमितको निकट सम्पर्क मा आएका ६४२ मध्य ७८ मा कोरोना देखिएको छ। त्यस्तै व्याक्तिगत रुपमा टेस्ट गराउने २३९९ मध्य ८७ मा कोभिड १९ देखिएको हो। सरकरी अस्पतालका ल्याबमा संकलन गरिएका २२० नमुना मा १४ मा , एयरपोर्टमा संकलित ५३८ नमुना परिक्षण गर्दा ७ जनामा र डाक्टरको सिफारिस गरेका २५६ को नमुना टेस्ट गर्दा १२ जनामा कोरोना पोजेटिभ देखिएको हो।
आजको नयाँ तत्थ्याङ्क संगै हाल सम्म ६२९६ मा कोरोना पुष्टी भै सकेको छ भंने १८८२ निको भै सकेका छन्। हाल सम्म २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
फामागुस्ता हस्पिटलमा हाल ५९ जना कोरिना पोजेटिभ बिरामीले उपचार गराई रहेका छन् भने ति मध्य ४ जना आइ सी यु मा भर्ना भएका छन्। त्यस्तै निकोसिया जेनेरल हस्पिटलमा पनि ७ जना आइ सी यु मा छन् भने अन्य १० जना कोभिड वाड मा भर्ना भएका छन्।
भोलि के हुन्छ ?
भोलि हुने मन्त्रिपरिषदको बैठकले पूर्ण लकडाउन हुने वा स्थानिय स्तरमा लकडाउन हुने वा अन्य कडा नियम लागु हुने बारे निर्णय गर्नेछ। महामारी रोगका विज्ञहरुको सल्लाहकार कमिटिले आफ्नो सिफारिस हिजो नै रास्ट्रपति समक्ष बुझाइ सकेको छ। जानकारहरुका अनुसार सल्लाहकार कमिटिले स्थानिय लकडाउन गर्दा प्रभावकारी हुने जिकिर गरेका छन्।
खास गरि लिमासोल र पापोस जिल्लामा मात्र लकडाउन हुने सम्भावना धेरै भएको र अन्य जिल्लामा पनि कडा नियम लागु हुन् सक्ने सम्भावना रहेको स्थानिय मिडियाले लेखेका छन्।
मन्त्रिपरिषदको बैठक पछि रास्ट्रपति ले नै स्वयम् घोसणा गर्ने बताइएको छ।
समिम मियाँ
१० नोभेम्बर २०२०/ लिमासोल
राष्ट्रपति नोकोस अनास्टसियादेश सँग रोग महामारी विज्ञको सल्लाहकार कमिटिले सोमबार छलफल गरि महामारीको स्थिति बारे जानकारी गराएको छ। कमिटिले राष्ट्रपति समक्ष कोरोना नियन्त्रण गर्न, जनस्वास्थ्य प्रणाली को सम्बन्धमा , महामारी बारे गरिएको अध्ययन र पछिल्लो दिनको कोरोना अपडेट बारे पनि जानकारी गराएको हो।
साथै, कोरोना नियन्त्रण गर्न सरकारले चाल्नु पर्ने कदमको सिफारिस गरेको छ। सिफारिसमा सामान्य उपाय देखि पुर्ण लकडाउन, स्थानीय स्तरको लकडाउन वा कडा नियम बारे बताइएको छ।
हाल लिमासोल र पापोस रेड जोन मा रहेको कोरोनाको हटस्पट मानिएको छ। गत महिना लिमासोल बाट मात्रै १८०० जना संक्रमित भेटिएका थिए। जसको कारण सरकारको पछिल्लो केहि घोषणामा अन्य जिल्ला भन्दा लिमासोल र पापोस मा विशेष नियम लागु गर्दै आएको छ।
कमिटि संग को छलफल पश्चात राष्ट्रपतिले २ दिन भित्र निर्णय गर्ने सरकारका प्रवक्ताले जानकारी दिए। बुधबार बेलुकी ७.४५ बजे मन्त्रीपरिषदको बैठक पश्चात स्वास्थ्य मंत्री वा रास्ट्रपति स्वयम् ले निर्णय बारे जानकारी दिने छन्।
पुर्ण लकडाउन गर्नु भन्दा आवश्यकता अनुसार जहाँ जुनसुकै स्थानमा स्थानीय स्तरमा नियम लागु गर्दा प्रभावकारी हुने सल्लाहकार कमिटिमा आवद्द सदस्यहरुका बताएका छन्।
हालको परिस्थिति हेर्ने हो भने अन्य जिल्ला बाहेक लिमासोल र पापोसमा स्थानीय लकाडाउन लागु गर्न सक्ने सम्भावना देखिएको छ। अत्यावश्यक बाहेक सबै व्यवसाय बन्द गर्ने र स्कुल भने नियमित खुल्ला हुन सक्ने सम्भावना धेरै छ।
विश्व स्वास्थ्य संगठनले पनि स्थानीय स्तरमा कदम उठाउन सुझाव दिने गरेको छ।
युनिभर्सिटी अफ निकोसिया मेडिकल स्कुल का माइक्रोबायोलजी तथा भाइरोलोजि प्रोफेसरले अहिले नै कदम नचालिए अस्पतालमा बिरामीको अत्याधिक चाप बढ्न सक्ने बताउनु भयो।
सोमबार सम्म अस्पताल भर्ना हुने को संख्या ८५ पुगिसकेको छ। यो संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।
आज दिइने स्वास्थ्य मन्त्रालयको कोरोना अपडेट ले भोलि हुने निर्णय मा महत्वपूर्ण भूमिका खेल्नेछ।
समिम मियाँ
०७ नोभेम्बर २०२०
कोरोना महामारी सुरु भए देखि कै यता सम्मकै रेकर्ड तोड्दै साइप्रसमा आज ३१४ मा कोरोना संक्रमण पुष्टि भएको छ। शनिवार साँझ स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ३१४ नयाँ बिरामी संगै एक वृद्ध को मृत्यु भएको छ। फामागुस्ता हस्पिटलमा भर्ना भएका वृद्धमा कोरोना संक्रमण संगै अन्य स्वास्थ्य समस्या भएको बताइएको छ। हालसम्म कोरोनाका कै कारण २७ जनाले ज्यान गुमाइसकेका छन्। आजको नयाँ तथ्यांक सहित गत मार्च देखि हाल सम्म ५८७१ जना संक्रमित भएका छन् भने १८८२ जना निको भैसकेका छन्। शनिवार ४२१८ नमुना को परिक्षण गरिएको थियो।
स्वास्थ्य मंत्री कोन्स्टाटिनुस आयान्नु ले सर्वसाधारण जनतामा लागु गरिएका नियम पालना गर्न आग्रह गर्नु भएको छ।
शनिवार विभिन्न बधशालामा कार्यरत कर्मचारीमा टेस्ट गर्दा ९२ जना मा कोरोना देखिए पछि ” अत्यन्तै चिन्ताजनक ” भएको प्रतिक्रिया दिदै बधशालामा उचित सुरक्षाका उपाय पालना नगरिएको र “हेल्थ प्रोटोकोल” को उल्लंघन गरिएको टिप्पणी गर्नु भयो। बधशालामा “हेल्थ इन्स्पेक्टर” को रुपमा कार्यरत तिन जना भेटनरी स्टाफमा शुक्रबार परिक्षण गर्दा कोरोना पोजेटिभ देखिए पछि अन्य स्टाफ,मा पनि परिक्षण गरिएको थियो। संक्रमण भेटिएको बधशाला अहिले बन्द गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
“दुर्भाग्यबस, अधिकांस अवस्थामा परामर्श, अपिल, निर्देशन, सुरक्षाका उपाय, सुविधा र चेतावनी दिइए पनि सर्वसाधारणमा उदासिनता छ जुन माफीयोग्य छैन।” मंत्री आयान्नु ले भन्नु भयो।
मन्त्रालयका अनुसार ६० जना कन्ट्याक्ट ट्रेसिंगबाट, व्याक्तिगत रुपमा परिक्षण गराउनेबाट ९४ जनामा, सरकारी हस्पिटल ल्याबबाट १४ जना, एयरपोर्ट बाट ४४ जना र डाक्टरको सिफारिसबाट परिक्षण गराउने २६१ मध्य ८ जनामा कोरोना पोजेटिभ देखिएको थियो। त्यस्तै, स्कुल बाट एक जना र ८ जना आप्रावासीमा पनि कोभिड १९ पोजेटिभ देखिएको छ।
सरकारले कोभिड १९ अस्पताल को रुपमा परिवर्तन गरेको फामागुस्ता हस्पिटलमा शनिवार सम्म भर्ना हुनेको संख्या ५३ पुगेको छ थप बिरामी बढ्न सक्ने अनुमान अनुसारको अस्पतालले आवश्यक तयारी गरिसकेको छ। अहिले एक हजार भन्दा बढि सक्रिय संक्रमित ‘सेल्फ आइसोलेसन’ मा आ-आफ्नै घरमा छन्।
Read also : साइप्रसमा लागु भयो नयाँ नियम, लिमासोलाको पार्क सबै बन्द