
१० मार्च २०२१/ लिमासोल
स्वास्थ्य मन्त्रालयले आज ४१५ मा कोरोना संक्रमण भएको पुस्टि गरेको छ। बुधबार दिएइको जानकारी अनुसार कोरोनाका कारण २ बिरामिकोपानी मृत्यु भएको हो। गत वर्ष मार्च देखि हाल सम्म २३३ जनाले ज्यान जुमाइसकेका छन्। केहि दिन यता कोरोना संक्रमण मा तीव्रता आएको छ। हिजो मंगलबार पनि ४२० मा कोरोना देखिएको थियो।
संक्रमण तीव्र भए संगै हस्पिटल भर्ना हुने क्रम पनि बढेको छ। आजको ताजा तथ्यांक अनुसार हस्पिटलमा १६५ जना भर्नारत छन् जसमध्य ३० जनाको अवस्था गम्भीर रहेको छ।
संक्रमण मा आएको तीव्रता का कारण मंत्री परिसदको बैठक पनि शुक्रबार सम्म लाइ स्थगित गरिएको छ। सरकारको योजना अनुसार मार्च १६ देखि माध्यमिक विधालय, रेस्टुरेन्ट, होटेल, बार र क्याफे खुल्ने थियो त्यस्तै रातको कर्फ्यु पनि घटाइने भनिएको थियो।
साईप्रस , युरोप
प्रवासमा रहेका सारा महिलाहरु एकिकृत भएर संयुक्त रुपमा अवाज उठाउनुपर्ने साईप्रसका महिलाहरुले जोड दिएका छन । गैरआवासीय नेपाली सघं साईप्रसको आयोजनामा १११ औ विश्व नारी दिवसको अवसरमा आयोजित शुभकामना अदान प्रदान कार्यक्रममा नेपालमा अझै पनि महिलाहरु असुरक्षित रहेको भन्दै चिन्ता समेत ब्यक्त गरेका छिन ।
एनआरएनए साईप्रसकी महिला प्रतिनिधि सरिता चौधरीको अध्यक्षता एवमं कार्यसमिति सदस्य राधा पोख्रेलको संचालनमा भएको कार्यक्रममा प्रवासी नेपाली एकता मचं साईप्रसकी अध्यक्ष रमिला राईले आफनो देशमा महिलाहरु उच्च ओहदा सम्म पुगेपनि महिला हिसांमा कमि नआउनु भनेको आफनो छोरीहरु अझै असुरक्षित रहनु दुर्भग्य भएको बताउनु भयो । आफुहरु प्रवासमा रहेर आफनो बालबालिकाको भविष्यका लागि कठोर मिहनेत गरेर भएपनि सारा महिलाहरु एकिकृत भएर अवाज बुलन्द गर्नुपर्ने जनसम्पर्क समिति साईप्रसकी उपसभापति पुष्पा मिश्रले बताउन भयो ।
उहाले साईप्रसमा रहेका सारा नेपालीलाई जोडने प्रयास गरेकोमा एनआरएनए साईप्रसलाई धन्यबाद दिनुभएको थियो । प्रवासमा बसेर भएपनि गौतमबुद्धको जन्मस्थललाई चिनाउनका लागि आफहरुको प्रयासलाई सहयोग गर्न र सारा महिलाहरुलाई एउटै ठिक्का भएर लाग्नुपर्ने रुपन्देही समाज साईप्रसकी अध्यक्ष जानु अधिकारी कार्कीले आग्रह गर्नुभएको थियो ।
साईप्रसमा रहेका सारा नेपालीहरुको समस्या समाधानका लागि यहा रहेका सबैको एउटै अवाज हुनुपर्ने जनमुक्ति पार्टी साईप्रसकी अध्यक्ष तारा राईले आग्रह गर्नु भयो ।
कार्यक्रममा तमु समाज साईप्रसकी सचिव नानु तमु , तमागं घेदुगं साईप्रसकी अध्यक्ष लक्ष्मि ब्लोन , शेर्पा किदुक साईप्रसकी अध्यक्ष निमदिकी शेर्पा , जागौ नेपाल साईप्रसकी अध्यक्ष शुसिला चुडाल उप्रेती , ह्यल्मो युनिटि साईप्रसकी अध्यक्ष मिना ह्रयल्मो , गुल्मी सेवा समाज साईप्रसकी शान्ति शाही , सरिता सेन ठकुरी , नेपाल मगर सघंकी माया पुर्जा मगर , पत्रकार महासघं युरोप शाखाको कार्यसमिति सदस्य एवमं साईप्रस नेपाल डटकमका सम्पादक दिनेश गौतम , साईप्रसका सबै सामाजिक सघंसस्थाहरुको प्रतिनिधि लगाएतले महिला दिवसको अवसरमा शुभकामना ब्यक्त गर्नु भएको थियो ।
साथै भर्चुवल कार्यक्रममा साईप्रसका विभिन्न सामाजिक , राजनितिक , एवमं जातिय सघंसस्थाबाट सक्रिय रुपमा महिला दिदीबहिनीहरुले सहभागिता जनाएकोमा गैरआवासीय नेपाली सघं साईप्रसले विशेष धन्यबाद दिएको एनआरएनए साईप्रसकी महिला प्रतिनिधि सरिता चौधरीले बताउनु भयो ।
यो पनि पढ्नुहोस् : लकडाउन सहज बारे घोषणा शुक्रबार सम्म स्थगित
०३ मार्च २०२१/ लिमासोल
रास्ट्रपति निकोस अनास्टसियादेशले कोरोना सल्लाहकार समिति संग लकडाउन खुलाउने अर्को चरण बारे छलफल गर्नु भएको छ। लकडाउन को अर्को चरण आगमी मार्च १६ लाइ तोकिएको छ। बुधबार हुने मन्त्रिपरिसद को बैठक ले प्रस्ताव बारे निर्णय गर्नेछ। प्रस्तावमा मार्च १६ बाट भने माध्यमिक विधालय, रेस्टुरेन्ट, बार र क्याफेहरु डाइन इन को लागि खुल्ला हुने भनिएको छ।
रातको कर्फ्यु को समय लाइ घटाएर ११ बजे देखि ५ बजे सम्म गर्न र एसएम एस सेवा पनि २ बाट बढाएर ३ बनाउन प्रस्ताव गरिएको छ।
साथै घर मा १० जना सम्म जम्मा हुन् सकिने र विद्यालयमा जान अनिवार्य कोरोना नेगेटिभ रिपोर्ट आवश्यक पर्ने भनि प्रस्ताब गरिएको छ।
अहिले सरकारले मुख्य प्राथमिकता अस्पताल मा भर्ना हुने कोरोनाका बिरामीलै दिएको छ। अहिले १५४ जना कोरोना बिरामी साइप्रस का विभिन्न अस्पतालमा उपचाररत छन।
स्वास्थ्य मन्त्रालयले आज दिएको जानकारी अनुसार ४२० मा कोरोना पुस्टि भएको छ। पछिल्लो २४ घन्टामा गरिएको ३४ हजार टेस्ट बाट ४२० मा संक्रमण पुस्टि भएको हो। हाल सम्म ३७६५० लाइ कोभिड १९ संक्रमण भै सकेको छ। कोरोनाका कारण हाल सम्म २३३ ले ज्यान गुमाइसकेका छन्। साइप्रसमा लकडाउन केहि खुकुलो भए यता कोरोना संक्रमण मा पनि वृद्धि भै रहेको छ। खास गरि लिमासोल एरियामा कोरोनाको संक्रमण बढेको नया तथ्यांकले देखाएको छ।
सरकारले कोरोना बिरुद्धको खोप कार्यक्रम पनि तीव्रताका साथ् गरि रहेको छ। हाल सम्म ६७ उमेर भन्दा माथि का वृद्ध सबै लाइ खोप लगाइ सकिएको छ भने “फ्रन्टलाइन वर्कर लाइ पनि खोप लगाइ सकिएको छ।
यता कोरोना को लागि निशुल्क र्यापिड टेस्ट पनि हरेक दिन देश का विभिन्न शहरका भिन्दाभिन्दै स्थलमा गरिदै आएको छ।
६ मार्च २०२१/लिमासोल
प्रहरीले कोरोना नियम तोड्ने २१३ जना ब्याक्ति तथा व्यवसायीलाइ कारवाही गरेको छ। शुक्रबार बेलुकी ६ देखि शनिबार बेलुकी ६ बजे सम्म देश भरि गरिएको १२,७५४ चेकजाचमा ३ व्यवासायी र दुइ सय १३ जनालाई जरिवाना गरिएको हो। कोरोना भाइरस फैलावट रोक्न लगाइएको नियम उल्लघन गर्नेलाई प्रतिव्याक्ति ३०० युरो जरिवाना लगाइएको हो।
निकोसियामा ५१ जना, लिमासोलामा ६३ जना,लार्नाकामा, ४३ जना लार्नाका, २४ जना पापोस, २८ जना फामागुस्ता जिल्लामा र मोर्फु एरियामा ४ जनालाई कारवाही गरिएको हो।
मास्क नलगाउने र एसएमएस बिना हिड्नेलाई सो नियम अन्तरगत कारवाही गरिएको हो।
निकोसिया ,साईप्रस
युरोपियन देश साईप्रसमा एक नेपाली महिलाको असमायिक निधन भएको छ । सोमवार विहान आकस्मीक निधन भएकी लगभग ४० बर्षिय संगिता पाण्डेको नेपालको पहिचान खुलेको छ । गैरआवासीय नेपाली सघं साईप्रसले दिएको जानकारी अनुसार मृतक पाण्डेको नेपाल घर नुवाकोट जिल्लाको बिदुर नगरपालिका वडा न. १ पाण्डेगाऊ रहेको जनाएको छ ।
सघंका सचिव पुरन मगरका अनुसार नेपाली राजदुतावास ईजरायल , नेपाली होनरी कन्सुलेट अफ साईप्रस र गैरआवासीय नेपाली सघं साईप्रसले विहिवार पहिचान खुलेपछि मृतक पाण्डेको परिवारलाई जानकारी गराईएको बताउनु भयो । सचिव मगरले मृतक पाण्डेको शव साईप्रसको कानुनी प्रक्रिया पुरा गरेपछि नेपाल पठाउने बताउदै नेपाली समुदायहरुलाई सुरक्षा प्रदान गर्ने साईप्रस प्रसासनलाई विशेष धन्यबाद दिदै अगामी दिनमा सारा नेपालीहरु आ आफनो परिवारहरुसगं नियमित सम्पर्कमा रहन आग्रह गर्नु भएको छ ।
मृतक पाण्डे अवतार ह्युमान रिर्सोस प्रा.ली. काठमाडौबाट २०१५ साल नोमेम्बर २९ तारिखका दिन घरेलु कामदारको रुपमा ३०९ युरो मासिक तलबमा आएको सचिव मगरले जानकारी दिनुभयो । कोरोनाले गर्दा धेरै नेपाली समुदाय लगाएत साईप्रसकै नागरिकहरुको जागिर गुमेकोले केही समय धैर्यधारण गरि आ आफनो जिविकोपार्जन गर्नका लागि मगरले अनुरोध गरेका छन ।
आफुहरु विदेशमा कहा कुन ठाउमा बसोबास गरिरहेका छौ सबै ठेगानाहरु आ आफनो परिवार , नेपाली सघंसस्थाहरु , नेपाली कन्सुलेटमा जानकारी दिनका समेत एनआरएनए महासचिव कृपा थापाले आग्रह गर्नुभएको छ । जसले गर्दा केही अपरझट घटना भएको खण्डमा पुर्ण जानकारी लिन सहज हुने आपेक्षा लिएको महासचिव थापाको भनाई रहेको छ ।
महासचिव थापाले आ आफनो स्वाथ्यका बारेमा पनि ख्याल गर्नका लागि सबैलाई अनुरोध गर्नु भएको छ । साईप्रसमा कुनै पनि कहि कतै पनि जुनसुकै समास्या परिआएमा नअत्तिकन गैरआवासीय नेपाली सघं साईप्रस , नेपाली कन्सुलेट मा सम्पर्क गर्नहुन सबैमा अनुरोध गरिएको एनआरएनए साईप्रसका प्रमुख संरक्षक सुबास मल्लले अनुरोध गर्नुभएको छ ।
साईप्रसमा दिनहु भैरहेको विभिन्न किसिमका घटनाहरुलाई न्यनिकरण गर्नका लागि यहा रहेका सारा समाजिक ,जातिय , राजनितिक सघंसस्थाहरु एकआपसमा हातेमालो गर्दै अगाडी बढनुपर्ने एनआरएनए साईप्रसकी अध्यक्ष दिलकुमारी तिलिजापुनले बताउनु भएको छ । अध्यक्ष पुनले आफुहरु सारा नेपाली समुदायहरुको अवाज बुलन्द गर्नका लागि यहाका समाजिक सघंसस्थाहरुको सहयोग , सहकार्य अत्ति आवश्यक रहेको बताउदै बर्षेनी नेपाली समुदायहरुको यहा मृत्युदर बढदै जानु दुख ब्यक्त समेत गरेकी छिन ।
निकोसिया ,साईप्रस
गुल्मेलीहरु अन्तरराष्टिय स्तरमा एकिकृत गर्न सक्षम भएको एक कार्यक्रमका वक्ताहरु बताएका छन । गुल्मी सेवा समाज साईप्रसले आयोजना गरेको पहिलो भर्चुवल टिकटोक प्रतियोगिता कार्यक्रममा सारा गुल्मी जिल्लाबासीहरु एकिकृत हुनुपर्ने बताएका हुन ।
गुल्मेलीपन , संस्कृति को जर्गेना र भाईचाराको सु सम्बन्ध बृद्धि गर्ने हेतुले स्थापना भएको गुल्मी सेवा समाजले साईप्रसमा रहेका विभिन्न समाजिक सघंसस्थाहरुसगं सहकार्य गरेर आफनो कार्यक्रम, सहयोग लगाएतका कार्यहरु गर्दै आएको समाजका अध्यक्ष श्यामलाल नेपालीले जानकारी दिनुभयो ।
समाजकी नुनु परियारको संचालन तथा गुल्मी जिल्ला समाज बेलायतका अध्यक्ष टोप बहादुर पल्लीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा समाजका प्रमुख सल्लाहकार एवमं संरक्षक धतानन्द पाण्डे , गुल्मी जिल्ला समाज बेलायतका महासचिव विर बराल , गुल्मी जिल्ला समाज बेलायतका रुद्र थापा ,पत्रकार महासघं युरोप शाखाका सदस्य दिनेश गौतम , गुल्मी सेवा समाजका मनोज पन्त, सन्दीप गौतम, सरीता शेन ठकुरी, रितु मगर, सीता गाहा मगर, प्रकाश बिक ,पारु थापा मगर, राज शर्मा , मोहन महत लगाएतहरु सहभागिता रहेको थियो ।
आन्तरिक टिकटक प्रतियोगितामा प्रथम मोहन महत ,द्धितियमा राज शर्मा ,तृतीयमा थापा मगर ,र चौथोमा प्रकास विक हुनु भएको थियो । गुल्मी सेवा समाजका अध्यक्ष श्यामलाल नेपालीले आगामी दिनहरुमा विभिन्न देशमा छरिएर रहनु भएका गुल्मेली ब्याक्तित्व र त्यहाँ खोलिएका सँगठनसङ्ग सहकार्य गरि एकमुस्ट रुपमा दिन दुखी,असाय तथा पिडित पक्षहरुलाई मलम पट्टी लगाउने र अन्तराष्ट्रिय रुपमै सवै गुल्मेली संस्था एकिकृत भइ अगाडि बड्नुपर्ने जोड दिनुभएको थियो ।
०४ मार्च २०२१/ लिमासोल
साइप्रसमा चोरीको घटना दिनदिनै बढ्दै गरिरहेको छ। लकडाउन सुरु भए यता भने चोरी र लुटपाट को घटना बढ्दो छ। खासगरी लिमासोल र पापोसमा चोरीको घटना भै रहेका छन्। पापोस प्रहरीले मंगलबार एक चोरीको घटनाबारे छानबिन गरेको छ। ७४ वर्षीय ब्रिटिस नागरिकको घरमा चोरी भएको सूचना पाए लगतै प्रहरीले घटनास्थल सुरक्षित गरि अनुसन्धान सुरु गरेको हो।
सोमबार राति चोरहरुले घर फुटाएर नगद र गरगहना लुटेका हुन्। प्रहरीका अनुसार “सेफ” तोडेर तिन हजार युरो, एक हजार ब्रिटिस पाउण्ड नगद र केहि गरगहना पनि चोरी भएको हो। प्रहरीले अपराधी को खोजि गरि रहेको बताएको छ।
त्यस्तै, लिमासोलामा पनि एक लाख बिस हजार युरो मूल्य पर्ने घडि र १६५० युरो नगद जिमहलको लकर वाट चोरी भएको छ। ३५ वर्षीय बिजनेशम्यान लिमासोल टाउन होटेल को जिम सेन्टरमा रहेको लकरमा आफ्नो सामान राखेर व्यायाम गर्न गएका थिए। व्यायाम सकेर फर्किदा लकरबाट सामान हराएपछि प्रहरीलाई खबर गरिएको थियो।
सिसिटिभी फुटेज को आधारमा प्रहरीले २३ वर्षीय व्याक्तिलाई चोरी को आशंकामा पक्राउ गरि अनुसन्धान थालेको छ। सो व्याक्ति होटेलकै पाहुना भएको बताइएको छ। प्रहरीले एक लाख बिस हजार युरो मूल्यको घडि बरामद गरेको छ भने नगद अझै फेला परेको छैन यधपी अनुसन्धान जारि रहेको लिमासोल प्रहरीले जानकारी दिएको छ।
यो पनि पढ्नुहोस : वैदेशिक रोजगार विभागद्वारा नेपाल म्यानपावरमा छापा, पैसा फिर्ता पाइने आशामा युवा
द्रोण रिजाल, नेदरल्याण्ड्स , पत्रकार महासंघ युरोप शाखाले ५२ औँ श्रिन्खला फेब्रुवरी २५ तारिखका दिन उपेक्षित, उत्पीडित बर्गको बिषयमा अन्तर्कृया सम्पन्न गरेको छ | समुदायबाट उपेक्षित, उत्पीडित भनिएका दलित समुदायबाट आफ्नो छुट्टै पहिचान बनाउन सफल स्वास्थ्यकर्मी मुसहर समुदायबाट पहिलो मेडिकल अधिकृत डा. दिलिप कुमार मुसहर र चमार समुदायबाट एमबिबिएस अन्तिम बर्षमा अध्ययनरत विद्यार्थी रामजी राम चमार सँग युरोप शाखाले लाईभ अन्तर्कृया गरेको हो |
दलित भएकै कारण समाज र उपल्लो समुदायहरुले बिभिन्न ठाउँमा अपहेलित हुनुपरेको तितो अनुभब राख्दै त्यही समाज र समुदायमा रहेका ब्याक्तिहरुलाई स्वास्थ्य सेवा दिइरहेको र अझैपनी बिभिन्न बहानामा अपहेलित हुनुपरेकोमा डा. दिलिपले समाजको नियती परिवर्तन हुन जरुरी रहेको धारणा राखेका थिए |
आफ्नो बल्यकालको संघर्स र कठोर परिस्थितीमा अध्ययन गर्नुपरेको स्मरण गर्दै दलित विद्यार्थीहरु माथि शिक्षकहरुले गरिएका दुर्व्यबहार र भेदभावहरु सम्झन लाएक नभएका र अब दलित विद्यार्थीहरु माथि त्यस्तो व्यबहार नगर्न सुझाएका थिए | भेदभावहरुको बिषयमा आफ्नो भनाइ राख्दै डा. दिलिपले “ कुकूरलाई धॅाटीमा टाइ झुन्ड्याउदैमा त्यो प्रोफेसर हुन्छ “ भन्दै प्रश्न गरेका थिए |
परिस्थितीले र मनस्थितिले बनेका दासहरुको व्याख्या गर्दै दलित समुदायहरुका लागि राज्य र उपल्लो समुदायहरुबाट सकारात्मक सोच हुन जरुरी रहेको एमबिबीएस अन्तिम बर्षका विद्यार्थी रामजी राम चमारले दलित समुदायको हक र हितका लागि अग्रसर केही अभियन्ताहरु दलगत स्वार्थमा लाग्दा दलित अभियान ओझेलमा परेको, दलित कोटामा रहेका विद्यार्थीहरु माथि राज्यले बिभेद गरेको प्रती कडा प्रहार गर्दै गरीब र दलित समाजले बनाएको उल्लेख गरेका थिए |
दलित शब्दलाई समाजले नकारात्मक रुपमा हेरेकाले उपेक्षित र उत्पीडित बर्गमा परेको औल्याउदै कामको एक प्रसंगमा व्याख्या गर्दै “ कर्म गरिरहदा कर्म परिवर्तन भए जात परिवर्तन हुनुपर्छ कि पर्दैन ? “ भन्दै प्रश्न गरेका थिए | दलितहरुको न्यायका निम्ती समाज रुपान्तरण हुन जरुरी रहेको र राज्यले बिभेदकारी निती लागु गर्नु नहुने र नितिमा मात्र हैन कार्यन्वयन समेत राज्य लाग्नुपर्नेमा दुबै अतिथिहरुको जोड थियो |
करिब पौने दुई घण्टा चलेको उक्त कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष केजिन राईले गरेका थिए भने सन्चालनमा काबा महासचिब द्रोण रिजाल लगायत सचिब महेश कुमार खाती, सदस्यहरु रबिचन्द्र भट्टराई, सरला कट्टेल, दिनेश गौतम, जंगम खड्का, राजकुमार थापा, शेर बहादुर परियार, प्रेम पोमु, युबराज फुँयल, प्रेम परियार लगायत पत्रकारहरुको सहभागीता थियो |
फागुन ३ , काठमाडौं। नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तत्कालीन अध्यक्ष रोहन गुरुङले दायर गरेको फ्रि भिसा फ्रि टिकट खारेजीको मागसहितको रिटको बिषयमा सर्वोच्च अदालतले छलफल नगरेको पाइएको छ।रोहन गुरुङले दायर गरेको अनुचित विलम्व गरी रिट दायर गरेका कारण नेपाल वैदेशिक रोजगार व्यवसायी संघका तत्कालीन अध्यक्ष रोहन गुरुङले दायर गरेको फ्रि भिसा फ्रि टिकट खारेजीको मागसहितको रिटको विषयवस्तुमा छलफल नगरेको उल्लेख गरको हाे ।
तत्कालीन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले वैदेशिक रोजगार ऐन २०६४ को दफा २४ विपरीत फ्रि भिसा फ्रि टिकटको निर्णय गरेको भन्दै संघका तत्कालीन अध्यक्ष गुरुङले २०७४ साल चैत्र १५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।सर्वोच्च अदालतका प्रधानन्यायाधिश चोलेन्द्र शमशेर ज.ब.रा र सपना मल्ल प्रधानको संयुक्त ईजलासले गत २०७७ साल असोज ३० गते अनुचित विलम्व गरी रिट दायर गरेको भन्दै उक्त रिट खारेज गरेको थियो ।
हालै तयार भएको फैसलाको पूर्णपाठमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्णय गरेको २ वर्ष ६ महिनापछि निवेदन दिन आएको देखिएको भन्दै निवेदकले निवेदन जिकिरअनुरुप यदि आफ्नो हकमा प्रत्यक्ष असर परेको भए बेलैमा उपयुक्त उपचारको बाटो अबलम्बन गर्नुपर्नेमा सोतर्फ उचित कदम चालेको नदेखिएको उल्लेख छ ।
अदालतको फैसलामा भनिएको छ, ‘आफ्नो हक हनन् भएको छ भने निवेदक आफ्नो हकप्रति सजक रही आफ्नो हक हितमा प्रतिकुल असर परेपछि मौकामा उपचारको लागि आउनु पर्नेमा विलम्व गरी आएको र विलम्वको उचित, बस्तुनिष्ठ र व्यवहारिक कारण खुलाउन सकेको अवस्था पनि देखिँदैन । यस प्रकार निवेदकले आफ्नो हक अधिकारप्रति सजग नरही लापरवाही गरी समय व्यतित भएपछि अनुचित विलम्व गरी प्रस्तुत निवेदन दायर गरेको अवस्था देखिँदा रिटको विषयमा प्रवेश गरी निवेदन बमोजिम आदेश जारी गर्नु न्याय तथा कानून सम्मत देखिँदैन ।’
मन्त्रालयसहित वैदेशिक रोजगार विभाग र तत्कालीन वैदेशिक रोजगार प्रवर्द्धन बोर्डलाई विपक्षी बनाइएको रिटमा अधिवक्ता डा. भिमार्जुन आचार्य, शम्भु निरौला र ताराप्रसाद लामिछानेले बहस गरेका थिए ।रिटमा निवेदक पूर्व अध्यक्ष गुरुङका कानून व्यवसायीहरुले नेपाल सरकारको राज्यमन्त्री स्तरको मिति २०७२ जेठ २६ गतेको निर्णयले वैदेशिक रोजगार व्यवसायलाई धराशायी बनाउने, राज्यमन्त्रीलाई अधिकार नभएको, उक्त निर्णय सार्क मुलुकको अभ्यास अनुरुप नभएको, त्यस विषयमा मन्त्रालयमा पटक–पटक छलफल र वार्ता गर्नुपरेकोले विलम्व गरी रिट दायर गरेको भन्न नमिल्ने जिकिर गरेका थिए ।
त्यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय मीनबहादुर रायमाझी र कल्याण श्रेष्ठको संयुक्त ईजलासले जावलाखेल डिस्टिलरी प्रा.लि.को तर्फबाट अधिकारप्राप्त कर्मचारी गुरुप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालयसमेतलाई बिपक्षी बनाई दायर गरेको रिटमा उपचार माग गरिएको विषयको जानकारी भएपछिको लामो समयसम्म त्यस विषयमा सार्थक सरोकार वा चासो नदेखाइनुका साथै त्यस किसिमको अनावश्यक विलम्वको वस्तुनिष्ठ आधारसमेत प्रस्तुत गर्न नसकेको अवस्थामा उपचारको मार्ग अवलम्वन गर्न अनुचित विलम्व गरेको भन्ने देखिन आउने नजीर कायम गरेको थियो ।
अनुचित विलम्व गरी उपचारको मार्ग अवलम्वन गरेको देखिँदा निवेदनमा उठाएका विषयभित्र प्रवेश गरिरहनु नपर्ने उक्त रिटमा पनि उल्लेख छ । सर्वोच्च अदालतले निवर्तमान अध्यक्ष गुरुङको रिट खारेज गर्दा उक्त नजीरसमेत उल्लेख गरेको छ ।रिटमा निवर्तमान अध्यक्ष गुरुङले सरकारको दक्षिण कोरीयामा कामदार पठाउँदा रोजगारीमा जाने कामदारबाट एक लाख रुपैयाँ उठाउने निर्णय विभेदपूर्ण रहेको भन्दै फ्रि भीषा फ्रि टिकट निर्णय खारेजीको माग गरेका थिए ।
त्यसैगरी रिटमा ऐनमा नेपाल सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको शुल्क तोक्न सक्ने भन्ने व्यवस्था रहेकोमा फ्रि भिसा फ्रि टिकट निर्णय नेपाल सरकारबाट नभई राज्यमन्त्रीबाट भएकोले राज्यमन्त्रीको निर्णयलाई नेपाल सरकारको निर्णय मान्न नसकिने भन्दै उक्त निर्णय खारेजीको माग थियो । सरकारले फ्रि भिसा फ्रि टिकटको निर्णय गरेपछि वैदेशिक रोजगारीमा वार्षिकरुपमा एक लाख नेपाली कामदारले रोजगारी गुमाएको भन्दै श्रम सम्झौता बिना उक्त निर्णय कार्यान्वयन हुन नसक्ने जिकिर पनि रिट निवेदनमा थियो ।
केही समयअघि सर्वोच्च अदालतले सामाजिक न्यायको लागि कानून तथा नीति नियम मञ्चको तर्फबाट अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा श्रम तथा रोजगार मन्त्रालयले लागू गरेको फ्रि भिसा फ्रि टिकट’ निर्णय कार्यान्वयनका लागि आवश्यक कानून तथा संयन्त्र बनाउन निर्देशनात्मक आदेश जारी गरेको थियो । राईले २०७४ साल भदौ ११ गते सर्वोच्च अदालतमा परमादेश रिट दायर गरेका थिए ।
शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा तत्कालीन श्रम, तथा रोजगार मन्त्रालयले २०७२ साल जेठ २६ गतेदेखि लागू हुने गरी खाडीका ६ मुलुक तथा मलेसियाका लागि फ्रि भिसा फ्रि टिकटको निर्णय गरी कार्यान्वयन गर्दै आएको छ । फ्रि भिसा फ्रि टिकट निर्णयमा वैदेशिक रोजगारीमा जाने कामदारको शुल्क रोजगारदाताले व्यहोर्नुपर्ने र नेपालका म्यानपावर कम्पनीले रोजगारदाताहरुबाट सेवा शुल्क नपाएको अवस्थामा मात्र सेवा शुल्क वापत दश हजार रुपैयाँ लिन पाउने उल्लेख छ । कतिपय कामदारले उक्त निर्णय विपरीत अहिले पनि वैदेशिक रोजगारीमा जाँदा एक लाख भन्दा बढी रकम बुझाउनु परेको बताउने गरेका छन् ।
साईप्रस , युरोप गैरआवासीय नेपाली सघं साईप्रसले नेपाली शिद्यार्थीहरुको समास्यलाई समेटेर आईतवार शिक्षा मन्त्रालयमा ज्ञापन पत्र बुझाएको छ । सघंका महासचिव कृप थापाले साईप्रसका विभिन्न समाजिक , जातिय , राजनितिक सघंसस्था , संगठनहरुको नेतृत्व गर्दै शिक्षा, बिज्ञान तथा प्रबिधी मंन्त्री श्री कृष्ण गोपाल श्रेष्ठलाई ज्ञापनपत्र बुझाउनु भएको हो ।
महासचिव थापाले साईप्रसमा रहेका सघंसस्था , विद्यार्थीहरुको सल्लाहमा विभिन्न १३ बुदे साझा मागहरु राख्दै ज्ञापन पत्र बुझाइएको जानकारी दिनुभयो । ज्ञापन पत्रमा नेपाली विद्यार्थीहरुलाई नेपालका कन्सल्टेन्सीहरुले विभिन्न झुठो अश्वासन दिएर साईप्रस पठाउने गरेको , साईप्रसमा पुगेका विद्यार्थीहरुमा काम नपाएर ठुलो समस्या झेलि राख्नु परेको , कोठा भाडाको समस्या , कलेज शुल्कको समस्या लगाएतका कुराहरु समाबेश गरिएका छन ।
महासचिव कृपले मन्त्रि श्रेष्ठलाई साईप्रसका विद्यार्थीहरुको समास्यालाई आफुले साईप्रसमा भोगेको , देखेको हरेक समस्याहरुलाई जानकारी गराएको बताए । जवाफमा मन्त्रि श्रेष्ठले मंत्री श्रेष्ठले उक्त ज्ञापन पत्रमा समाबेश गरिएका बिषय बस्तुहरुलाई सरकारको मातहतमा रहेको यस मंत्रालयले यथासक्य संबोधन गर्ने बचन दिनु भएको महासचिव थापाले जानकारी दिनुभयो । साथै महासचिव कृपा थापाले साईप्रसम रहेका श्रमिकहरुका समस्याहरुको बारेमा नेपाल सरकारको श्रम तथा रोजगार मन्त्रालय , प्रधानमन्त्रि कार्यलय लगाएत ठाउहरुमा ज्ञापन पत्र बुझाएको जानकारी दिनुभयो ।
साईप्रसमा रहेका नेपाल मगर संघ साइप्रस, चितवन सेवा समाज साइप्रस, प्रवासी नेपाली एकता मञ्च साइप्रस, तमु समाज साइप्रस, संघीय लिम्वुवान सामाजिक मञ्च साइप्रस, नेपाल तामाङ घेदुङ साइप्रस, ह्योल्मो एकता समाज साइप्रस, किराँत राई यायोक्खा साइप्रस, किरात याक्थुङ चुम्लुङ साइप्रस, राष्ट्रिय जनमुक्ति मञ्च साइप्रस, तामाङ बौद्ध महासंघ साइप्रस र शेर्पा किदुक साइप्रस लगाएतका विभिन्न सघंसस्था एवमं संगठनहरुको तर्फबाट प्रतिनिधित्व गर्दै गैरआवासीय नेपाली सघंका महासचिव कृपा थापाले ज्ञापन पत्र दिनुभएको छ ।
श्रमिक सम्बन्धि समाचार भोलीको अकंमा …