२०८३ आश्विन ६ मंगलवार
LATEST NEWS
२०८३ आश्विन ६ मंगलवार

नेपाली विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको घटनामा भारतको किटले माग्यो माफी

काठमाडौं । नेपाली विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको घटनामा भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) ले माफी मागेको छ। किटका उपकुलपति शरणजित सिंहले मंगलबार एक विज्ञप्ति जारी गर्दै कलिंग इन्स्टिच्युटमा भएको घटनाबाट स्तब्ध भएको उल्लेख गरेका छन्। किटमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको गत आइतबार मृत्यु भएको थियो।

साथै उनले नेपाली विद्यार्थीहरूमाथि गरिएको व्यवहारप्रति खेद पनि व्यक्त गरेका छन्। ‘हाम्रा दुई कर्मचारीहरूले गरेका टिप्पणी अत्यन्त गैरजिम्मेवारपूर्ण छन्, हामी उनीहरूको कार्यलाई समर्थन गर्दैनौं, त्यसैले हामीले उनीहरूलाई सेवाबाट हटाएका छौं, उनीहरूले आफ्नो टिप्पणीप्रति माफी पनि मागेका छन्’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली विद्यार्थी र जनताप्रति हाम्रो स्नेह छ। हामी उनीहरूलाई त्यति नै माया गर्छौं जति हामी भारतका मानिस र विश्वका मानिसहरूलाई माया गर्छौं।’

साथै उपकुलपति सिंहले नेपाली विद्यार्थीहरूलाई तत्काल नियमित शिक्षामा सामेल हुन पनि आग्रह गरेका छन्। यस्तै नेपाली विद्यार्थीहरूलाई दुर्व्यवहार गरेकी प्राध्यापक मन्जुशा पाण्डेले पनि माफी मागेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा छोटो भिडिओ पोस्ट गर्दै नेपाली विद्यार्थीप्रति लक्षित गर्दै दिएका अभिव्यक्तिप्रति माफी मागेकी हुन्।

यस्तो छ विज्ञप्ति;

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार


श्रोत : www.janaboli.com

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट